नेपालमा निजी क्षेत्रको लगानीका लागि नीतिगतरूपमा अनुकूल वातावरण बनाइयो, तर लगानीको सुरक्षा र व्यवसाय संचालनका लागि उपयुक्त परिस्थिति निर्माण नहुँदा निजी क्षेत्रको क्षमता र सम्भावना पूर्णरूपमा उपयोग हुन सकेन।
फलस्वरूप चीन, भियतनाम, भारत, बंगलादेशआदि मुलुकले उदारीकरणबाट लिएको लाभ नेपालले लिन सकेन। हामीले विकास अभियानको रेल धेरै पटक छुटाइसकेका छौँ। त्यसको मूल कारण राजनीतिक अन्योल र अस्थिरता नै रह्यो। राजनीतिकै कारणले सरकारी क्षेत्रबाट हुने भौतिक तथा सामाजिक पूर्वाधारको विकासमा समेत नेपाल धेरै पछाडि पर्यो। राजनीति कति बिग्य्रो भने हामीले राजधानीको फोहरसमेत उठाउन सकेनौ। राजधानी वासीलाई खाने पानीसम्म पुर्याउन सकेनौ र बिजुली त विलासिताकै वस्तुसरह भयो। असीमित चाहना र ऊर्जा लिएर बसेको निजी क्षेत्र त्यसै चाउरिएर बस्न बाध्य भयो। नेपाल प्रवेश गर्न उत्सुक वैदेशिक लगानी त रोकियो नै भित्रिइसकेको लगानीसमेत फर्काउन बाध्य पारियो।
नेपालमा लुम्बिनीजस्तो विश्व धार्मिक सम्पदा, सगरमाथाजस्तो भौगोलिक र प्राकृतिक सम्पदालगायत असंख्य नदी र खोला, ताल तलैया, अमूल्य जडीबुटी, प्राकृतिक, भौगोलिक र मानवीय धार्मिक, सांस्कृतिक र भाषिक विविधता हुनुका साथै विश्व समुदायको असीमित सद्भाव पनि छ। तर तिनको सदुपयोग गर्न नसकेर २१औं शताब्दीमा पनि बहुसंख्यक नेपालीले गरिबीका कारण कष्टपूर्ण जीवन बिताउनर परेको छ। यस्ता सम्पदा र सम्पत्ति नभएका सिंगापुर, चीनको हंगकंग जस्ता मुलुक विकासको शिखरमा पुगेका छन्। विकासमा मात्र ध्यान केन्द्रित गरिएकाले ती मुलुकमा यो सम्भव भएको हो। विकासमा ध्यान केन्द्रित भए चमत्कार हुन सक्छ भन्ने उदाहरण दिइरहनु अब जरुरी छैन।
धेरै आधारमा अरूभन्दा निकै पछि परेकोले विश्व मञ्चहरूमा नेपाललाई असफल राष्ट्रको संज्ञा दिन थालिएको छ। त्यस्ता मञ्चमा नेपालको वर्तमान अवस्थाको प्रतिरक्षा गर्न कठिन भइरहेको छ। प्रगति गर्ने राष्ट्रहरूबीच नेपालीले शिर निहुर्याएर बस्नुपर्ने भएको छ।
यस्तो अबस्थामा पनि नेपालमा राजस्व परिचालन उत्साहबर्धक ढंगले बृद्धि भइरहेको छ। वैदेशिक सहायता पनि त्यसरी नै आउने सम्भावना छ। नेपाललाई सहयोग गर्न तयार भएर बसेका राष्ट्र र अन्तर्राष्ट्रिय वित्तीय संस्था नेपालप्रति निराश हुन भइनसत्तै्क राजनीतिक विवाद टुंग्याउनु जरुरी देखिन्छ। तर हाम्रो ध्यान भने राजनीतिक विवादमै अल्भि्कइरहेकाले उपलब्ध वित्तीय साधन खर्च हुन सकेको छैन। जे जति खर्च भएको छ त्यो पनि बिल्कुलै अनुत्पादक ढंगले भइरहेको छ। यसरी नेपालले अब विकासका लागि सहयोग माग्नसमेत नमिल्ने अवस्था देखिन थालेको छ। यसभन्दा दुःखद अवस्था के होला?
मानवीय सुविधायुक्त जीवन सर्वसाधारण नेपालीका लागि अहिलेसम्म आकाशको फल भएको छ। हाम्रो राजनीतिक किचलो अन्त्यहीन ढंगले चलिरहेको छ। यस आर्थिक वर्षमा पनि नेपालमा सरकारी र निजी क्षेत्रको तर्फबाट विकासका खास कुनै कार्यक्रम संचालन नहुने लक्षण देखिएको छ। फलस्वरूप, गरिबी र बेरोजगारी झन् बढ्नेछ। सामान्य जनताको औसत आय बढ्ने छैन। किनभने तयारीका साथ वर्षभरीको पूर्ण बजेट बनाउनुपर्नेमा काम चलाउ पेस्की बजेटमात्र संसद्मा पेस भएको छ। यस्तो परिवेशमा निजी क्षेत्रले पनि केही गर्न सक्दैन। नयाँ त्रीवर्षीय योजनाको पनि कुनै अर्थ हुँदैन? यसरी आउँदो वर्ष पनि निराश्ाम्मै बित्ने लगभग निश्चित् छ।
हाम्रो राज्य संयन्त्र कति कमजोर र निरीह भइसकेको छ भने हामी हाम्रा अमूल्य सम्पदा र सम्पत्तिको समेत संरक्षण गर्न असमर्थ भएका छौँ। विगत केही महिनादेखि संचार माध्यममा लगातार बन फडाँनी भएका समाचार आइरहेका छन्। काठ तस्करबाट सभासदको टोलीमाथि हमलाको प्रयाश, काठ तस्कर र प्रहरीबीच झडप, काठ तस्कर र वन कर्मचारीबीच झडपजस्ता शीर्षकमा समाचार प्रकाशित भइरहेका छन्। अवस्था हेर्दा सरकारी संयन्त्रमाथि काठ तस्करको हमधिपय भएजस्तो देखिन्छ। संचार माध्यममा यसरी स्थिति प्रकट भइरहँदा पनि वन फँडानी र काठ तस्करी पटक्कै रोकिन सकेको छैन। विडम्बना, जंगलको जिम्मा लिनेहरू भने बिल्कुलै गम्भीर दैखिँदैनन्। मुलुकको बहुमूल्य प्राकृतिक सम्पदा यसरी लुटिँदा पनि राज्य संयन्त्र बेखबर रहेको बहाना गरिहेको छ। वन, बालुवा, गिटी, ढुंगा, जडीबुटीजस्ता अमूल्य प्राकृतिक सम्पदाको जुन ढंगले दोहन भइरहेकोछ त्यसबाट नेपालीले ठूलो पश्चाताप गर्नुपर्ने निश्चित् छ।
यी सबै हुनुको एउटा प्रमुख कारण राजनीतिक विवाद टुंगिएला र विकासमा ध्यान दिउँला भनेर पर्खने प्रशासनिक प्रवृत्ति हो। राजनीतिक विवाद टुंगिएला र विकास सुरु गरौला भनेर कुर्दा धेरै ढिलो हुने र त्यसले भावि पुस्ता पनि अपमानितै भएर बाँच्नुपर्ने यथार्थ मनन गरेर विकासका वैकल्पिक उपायको खोजीमा लाग्नु बुद्धिमानी हुने देखिन्छ। यसका लागि मुलुकको प्रशासन संयन्त्रले आफ्नो भूमिका र सक्रियता बढाउनु आबश्यक हुन्छ। जनताको अवस्थामा सुधार ल्याउन प्रशासनिक पहल जरुरी छ। हुनत, जागिरे मानसिकता र दृष्टिबाट हेर्दा केही नगर्दा पनि फरक पर्दैन।
कर्मचारीको तलब पाक्छ, बढुवा र सुबिधा रोकिँदैन। अहिलेसम्म यसैगरी चल्दै आएको छ भने अब पनि चल्ला तर प्रशासन संयन्त्रसँग अधिकार र साधन दुवै भएकाले त्यसको सदुपयोग हुनु आवश्यक छ। परम्परा र प्रचलनका कारण जिम्मेवारीमा देखिएको विभाजन र अस्पष्टता हटाएर अघि बढ्न खोज्ने हो भने प्रशासन यन्त्रले गर्नसक्ने काम धैरै छन्। राष्ट्र र जनताप्रति प्रशासनको पनि जिम्मेवारी छ।
प्रशासन यन्त्रले अहिलेसम्म नलिएको जिम्मा कसरी लिन सकिन्छ भनेर पन्छन खोज्नु हुँदैन। दुनियामा पहिले भएका र हुनेगरेका काम र कुरामात्र हुने भए यस्तो विकासै हुने थिएन। अब, राजनीतिलाई मात्र दोष दिएर पर्खनु र पन्छनुभन्दा नयाँ नेपालको निर्माणमा अगुवाइ गर्ने हो भने अहिलेको राजनीतिक अस्तव्यस्तता प्रशासनिक संयन्त्रका लागि इतिहास रच्ने अवसर सिद्ध हुनेछ। यति जना मन्त्री खाएँ भनेर गफ दिनु बहादुरी हैन। देशका निम्ति यति गरेँ भन्न सकेमात्र गर्व गर्नुपर्छ। विभिन्न राजनीतिक दलसँग आबद्ध कर्मचारी संगठनहरूले पनि प्रशासन यन्त्रको यो अगुवाइमा पूर्ण साथ दिनुपर्छ।