'मेरो नाम नांगो छ
मेरो जात नांगो छ
म जहाँजहाँ उभिन्छु
त्यहाँत्यहाँ धर्ती नांगो मानिन्छ आज
एकदम जीउछाडा आइमाई बनाइएँ साहेब!'
यी पंक्ति कवि प्रगति राईको 'बादी विज्ञप्ति' शीर्षक कविताबाट उद्धृत गरिएको हो। केहीअघि काठमाडौंमा बादी समुदायद्वारा वैकल्पिक पेसालगायतका माग राख्दै अर्धनग्न प्रदर्शन गरेका थिए। बादीलाई देहव्यापार गर्ने समुदाय ठान्ने र उनीहरूको थातथलोलाई हेलाँ गरे चलन नेपाली समाजमा छ। पहिले नाचगान गरेर जीविका चलाउनेहरू पछि बादी हुन पुगेको मानिन्छ। पटकपटक तिनले आजीविकाको वैकल्पिक उपाय र पेसा अपनाउने रुचि देखाएका छन्।
'तिमी यौनकर्मी हौ' यस्तै आशय जनाउने टिप्पणी लेखिएको थियो। कम्प्युटरको स्त्रि्कन अगाडि नै आँसु खस्यो मेरो। स्क्रिनमा एक जना युवतीको तस्बिर थियो। 'तिमी असल केटी हौ, अगाडि बढ ' मैले त्यसमा टिप्पणी लेखेँ। मेरो साथीले कुवेतको कुनै एक समाचारबाट ती युवतीको तस्बिर फेसबुकमा राखेको रहेछ। त्यो तस्बिर अहिले पनि झल्झली सम्झिरहेकी छु। लामो कपाल कम्मरसम्म बाटेकी, वरिपरि पत्रिका छरिएको, कालो लामो बाहुला भएको टिसर्ट लगाएकी दुब्ली भित्तामा 'म?' लेखिएको अक्षरतिर हेरेर टोलाइरहेकी थिइन् तिनी।
युवतीको पछाडीबाट खिचिएको उक्त तस्बिरमा 'म?' लाई बढी फोकस गरिएको थियो। तस्बिर हेरेर उनलाई यौनकर्मी भन्नैपर्ने आधार के छ? तर उनलाई कुनै एक नामका कुबेर विचारका दरिद्र व्यक्तिले त्यही संज्ञा दिएकाले म रोएकी थिएँ। शारीरिक, मानसिक पीडाले व्यथित युवतीले आफू हुनुको अर्थ अर्थात् आफ्नो अस्तित्व खोजिरहेकी थिइन्। उनले विद्यमान अवस्थाप्रति विद्रोह गर्न सकिन् कि सकिनन्? मलाई थाहा छैन। उनको मौन आ ँधी आउनुअघिको सन्नाटा पनि त हुन सक्छ।
हाम्रो देशमा अहिले देह व्यापारका लागि 'रेडलाइट एरिया' तोक्ने विषयमा बहस भइरहेको छ। राजीखुसीले देह व्यापार गर्न चाहने महिला हाम्रो चासोका विषय होइनन्। किनभने भिरमा जाने गोरुलाई काँध थाप्न सकिँदैन भन्ने हाम्रो उखानै छ। विभिन्न परिबन्दमा परेर यौन व्यवसाय संलग्न भएका र वैकल्पिक व्यवसाय अपनाउन चाहने महिलाप्रति भने समाजले चिन्ता र समर्थन व्यक्त गर्नुपर्छ।
गिटी कुट्ने, बालुवा चाल्ने, भाँडा माझ्ने महिलाले जस्तै दुःखमा पनि इज्जतसाथ श्रम गरेर खाएकै छन्। आफ्नो शरीरलाई बिकाउ नबनाए पनि उनीहरू कुरुप हुँदैनन्। पूँजीवादले सबै वस्तुलाई बिकाउ बनाएको छ, महिलालाई पनि। तर एकाईसौं शताब्दीका महिला कठपुतली बन्न सुहाउँदैन। यौन आफ्नो लागि हो व्यापारका लागि हैन।
मीठो खाने, राम्रो लाउने सपना देख्नु व्यक्रिको गल्ती होइन तर यही सपनाले कतिपय महिलाको जीवन बरबाद बनाएको छ। नेपालबाट बर्सेनी हजारौं चेलीबेटी सीमापार बेचिन्छन्। नेपालका कुनै पनि महिलाले देह व्यापार गरेरै खान्छु भनेर सोचेकी हुन्नन् होला। गरीबी र अभावबाट मुक्ति पाउनु नागरिकको अधिकार हो तर कि गरीबी सहू, नत्र देहव्यापार गर भन्ने हिसाबले राज्य चलिरहेको छ। सोझा चेलीबेटी सम्पत्ति र चेतनाको अभावले दलालको फन्दामा फस्छन्।
एकछाक खान र एकधरो लाउनको लागि देह व्यापार गर्न वाध्य महिलाको बारेमा गहनरूपमा सोच्नु जरुरी छ। अशिक्षा, रोग, भोकले ग्रस्त महिलालाई नौरंगी सपना देखाएर फँसाउनु सजिलो धन्दा भएको छ। बेरोजगारी, अशिक्षा र अभावसँग जुधिरहेका, पति वा प्रेमीबाट धोका पाएका महिलालाई सर्लक्कै झिकिदिने हो भने 'रेडलाइट' बस्न जाने कोही हुने छैन। आधारभूत आवश्यकता पूरा गर्न लामो र घुमाउरो बाटो जान कठिन मानेर सजिलो उपायका रूपमा 'रेडलाइट एरिया' घोषणा गर्ने हो भने बेग्लै हो।
राम्रै अवस्थाका महिला पनि पद र पैसाका लागि शरीर बेच्ने गर्छन्। उनीहरु रेडलाइट एरियामा बस्छन् त? बादी बनाइएका महिलाले वैकल्पिक व्यवसाय माग गरिरहेको अवस्थामा रेडलाइट एरिया तोकेर अर्को 'बादी समूह' उत्पादन गर्ने मूर्खता नगरियोस्।