नयाँ सहमतिको खोजी
२१ भदौ २०६७
•
१२ मिनेट पाठ
नयाँ सहमतिको खोजी
नेपालको राजनीति गम्भीर मोडमा पुगेको छ। राष्ट्रिय सहमतिका नाममा भइरहेका सत्ताका खेलले शान्ति प्रक्रिया तथा संविधान निर्माणका महत्वपूर्ण कार्य ओझेल परेका छन्। फलतः राजनीतिक नेताको अकर्मण्यता, अक्षमता, बेइमानी र अल्पकालीन सोचले लोकतान्त्रिक पद्धतिको अस्तित्वसमेत धरापमा परेको छ।
संविधान सभा निर्वाचनपछि राजनीतिक नेताबीच देखिएको अस्वस्थ प्रतिस्पर्धा र सत्ता प्राप्तिको गणितीय अभ्यासले सर्वसाधारण नागरिक पुनः निराश भएका छन्। राजनीतिक इच्छाशक्ति तथा नेतृत्व क्षमताको कमीले राष्ट्रनिर्माणका पूर्वाधार तयार हुन सकेका छैनन्। राजनीतिक अनिश्चितताकै नाममा देशमा विधिको शासनका आधारभूत मान्यताको उपहास भएको छ। भ्रष्टाचार तथा दण्डहीनता संस्थागत भएको छ। बढ्दो राजनीतिक हस्तक्षेपका कारण राज्यका अंग विशेषगरी कानुन कार्यान्वयन निकायको मनोबल खस्केको छ भने नागरिक सुरक्षा तथा कानुनी शासनको प्रत्याभूतिमा प्रभावित भएको छ। राज्यका निकाय दिनानुदिन कमजोर हुँदै गएमा मुलुकमा बढ्दो असुरक्षा, कानुनविहीनता र अराजकताको परिणामस्वरूप देश असफल राष्ट्रको सूचीतर्फउन्मुख भइरहेको छ।




राष्ट्रिय सहमति वर्तमान राजनीतिक निकास, शान्ति प्रक्रियाका सफलता र नयाँ संविधानका निम्ति अपरिहार्य छ। तर नेतृत्वमा देखिएको सत्ता संघर्षको प्रतिस्पर्धाले दलका बीचमा सहमति नभई निषेधको रणनीति प्रभावकारी भइरहेको छ। एनेकपा (माओवादी) तथा नेपाली कांग्रेसका उम्मेदवार चुनावी प्रक्रियामा छन्। उनीहरूले एक्लै बहुमत ल्याउन सत्तै्कनन्। यस्तो स्थितिमा नेकपा (एमाले) तथा मधेसी मोर्चाको तटस्थ बस्ने निर्णयले संसदीय पद्धतिबाट प्रधानमन्त्री छनौटै नहुने हो कि भन्ने शंका उत्पन्न भएको छ। सिद्धान्ततः राजनीतिक सहमतिका लागि एमाले र मधेसी मोर्चाको तटस्थ बस्ने निर्णय उचित देखिए पनि व्यवहारमा उनीहरूको सत्तालिप्सा, दलभित्रको आन्तरिक द्वन्द्व र निर्णय क्षमताको अभाव पुष्टि हुन्छ।

राष्ट्रलाई अनिर्णयको बन्दी बनाउनु राष्ट्र र नागरिकप्रति राजनीतिक दलबाट गरिएको चरम गैरजिम्मेवारी तथा गैरजबाफदेही अभ्यास हो। लोकतान्त्रिक शासन पद्धतिमा देशको नेतृत्व राजनीतिक दलले गर्छन्। तर राष्ट्रलाई व्यक्तिगत तथा दलीय स्वार्थका निम्ति बन्धक बनाइरहनु र कानुनी कमजोरीको लाभ उठाउन खोजिरहनु राजनीतिक तथा नैतिक बेइमानी हो।

राष्ट्रिय संकट निवारणका लागि शान्ति, संविधान र लोकतन्त्रबाहेक संक्रमणकालीन राजनीतिक निकाससँग सम्बन्धित सबालहरूमा सहमतिका आधार र न्यूनतम समझदारी तयार गरिनुपर्छ। वर्तमान समस्या समाधानका लागि द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय वार्ता असफल भइरहेकाले पछिल्लो चरणमा नेकपा (एमाले)बाट आफूलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको सहमतिका आधारबाट पनि कुनै निष्कर्ष निस्कने देखिँदैन। यसैले साझा अवधारणा विकास गर्न राजनीतिक शक्तिहरूबीच यथाशीघ्र सहकार्य तथा संवाद हुनु जरुरी छ।

पहिलो, वर्तमान समस्या समाधानका लागि शान्ति सम्झौतासँंग सम्बन्धित सहमति तथा सम्झौताको पुनरावलोकन र पूरक सहमतिका लागि गृहकार्य गरिनुपर्छ। सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)बीचमा बाह्रबुँदे सहमतिबाट प्रारम्भ भएको कार्यगत एकताको पहिलो खण्ड बृहद् शान्ति सम्झौताको हस्ताक्षरसँगै टुंगिए पनि दिगो शान्ति स्थापना र लोकतन्त्र संस्थागत गर्ने क्रममा थुप्रै सहमतिमा हस्ताक्षर गरिएका छन्। विस्तृत टिपोट, अनुसूची र बैठकका निर्णयको अभिलेखनका अभावमा शान्ति सम्झौतालगायतका महत्वपूर्ण सहमतिमाथि मनगढन्ते, एकतर्फी वा आफूअनुकूल र विवादास्पद अभिमत शान्ति प्रक्रियाका नेतृत्वकर्ता राजनीतिक शक्तिहरूबाटै आउन थालेका छन्। शान्ति सम्झौतामा उल्लेखित महत्वपूर्ण प्रावधान विशेषगरी माओवादी लडाकुको समायोजन तथा पुनःस्थापना, सम्पत्ति कब्जा, आन्तरिक रूपमा विस्थापित व्यक्ति, भूमिसुधार, बेपत्ता तथा सत्य निरूपण आयोगको गठनलगायत अन्य प्रतिबद्धताको कार्यान्वयनका लागि हालसम्म हस्ताक्षरित सहमति तथा सम्झौताको निष्पक्ष पुनरावलोकन गर्नुपर्छ। यसका लागि विशेषज्ञसहित स्वतन्त्र व्यक्तिहरूको कार्यसमूह गठन गरिनुपर्छ। कार्यसमूहको प्रतिवेदनका आधारमा राजनीतिक दलहरूबीच विद्यमान बढ्दो ध्रुवीकरण, असमझदारी तथा विवाद कमी गराउन पूरक सहमति गरिनुपर्छ। अन्यथा कार्यान्वयनको अभावमा हस्ताक्षरित सहमति तथा सम्झौता बेवारिसे बन्ने खतरा दिनानुदिन बढ्नेछ।

दोस्रो, देशमा लोकतन्त्रको स्थापना र सशस्त्र द्वन्द्वको अन्त्यसँगै संक्रमणकालीन अवस्थालाई सिद्धान्ततः स्वीकार गरिएपनि कानुनीरूपमा संक्रमणकालिन सरकारको व्यवस्था नगर्नु वर्तमान राजनीतिक संकटको मूल जड बन्न पुगेको छ। अन्तरिम सरकार तथा व्यवस्थापिकालाई संक्रमणकालीन संयन्त्र मानिए पनि संविधान सभाको निर्वाचनसँगै सो व्यवस्था स्वतः समाप्त भएको र स्थायी सरकारको परिकल्पना गरिए पनि विगत दुईवर्ष यता गठित सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने तथा नयाँ संविधान जारीको जिम्मेवारी पूरा गर्नमा असफल भइसकेका छन्। राजनीतिक शक्ति सरकार निर्माणको झमेलामा फसिरहेको र संविधान निर्माणमा गम्भीर नभएकाले वर्तमान संकट निवारणका लागि संविधान संशोधनको विकल्प छैन। उक्त सशोधनमा अरू विषयका साथै स्वतन्त्र वा दलबाहिरका व्यक्तिको नेतृत्वमा निश्चित समय तथा प्रयोजनका लागि संक्रमणकालीन सरकारको गठनसम्बन्धी प्रावधान थपिएमा संवैधानिक जटिलता समाधान गर्न सहज हुनेछ र नयाँ संविधानमा सोही प्रकारका व्यवस्था समावेश गर्न न्यूनतम मापदण्ड तयार हुनेछ।

तेस्रो, संविधान सभा तथा विधायिका संसद् सिद्धान्ततः स्वतन्त्र निकाय भएपनि व्यवहारमा नागरिकले त्यस्तो महसुस गर्न सकेका छैनन्। संविधान सभाको दायित्व नयाँ संविधान निर्माण गर्नु र विधायिकाको जिम्मेवारी सरकारको गठन तथा संचालन भएपनि कार्यतहमा संविधान सभा विधायिकाको झमेलामा फसेको छ। सभासद्मा दोहोरो जिम्मेवारी भएकाले विधायिकामा देखिएको अविश्वास तथा असहजताले संविधान सभाका कार्य प्रभावित भएका छन्। संविधान सभा विगत चैत्रदेखि प्रायः निस्क्रिय रहेको र विषयगत समितिमा देखिएका विवादको निरूपण हुन नसकेको अवस्थामा दसौ पटक कार्यतालिका सशोधन भएपनि संविधान लेखन कार्यमा खासै प्रगति हुन सकेको छैन। संविधान सभाको सक्रियता कायम राख्न यसलाई विधायिकाको झमेलाबाट मुक्त राखिनुपर्छ। साथै, संविधान सभालाई सक्रियता दिन तत्काल संविधान निर्माणसम्बन्धी नयाँ रणनीति सार्वजनिक गरिनुपर्छ।

चौथो, संविधानसभा भित्र तथा बाहिर राजनीतिक दलहरूबीच विद्यमान कटुता हटाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्र गिरिजाप्रसाद कोइरालाको निधनपछि पूर्णतः निस्त्रि्कय छ। आपसी विश्वासको वातावरण तयार गर्न, संविधान लेखनसम्बन्धी विवाद निरूपण गर्न र शान्ति प्रक्रियालाई परिणाममुखी बनाउन संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व भएको क्रियाशील राजनीतिक संयन्त्र बनाउनु उपयुक्त हुन सक्छ। यस संयन्त्रको सहयोगीका रूपमा दोस्रो तहका नेतृत्वको कार्यसमूह गठन गरिनुपर्छ। साथमा शान्ति प्रक्रियाका समयमा नियुक्त गरिएझैं स्वतन्त्र व्यक्तिहरूको सहजीकरण समूह स्थापना गर्न सकिएमा शान्ति र संविधानको महत्वपूर्ण कार्यलाई व्यवहारमा उतार्न मद्दत पुग्नेछ।

अहिलेको अविश्वास, असम्कदारी र दलीय तथा व्यक्तिगत स्वार्थका कारण देखिएको राजनीतिक दिशाहीनता एवं अन्योलको अन्त्यका लागि नयाँ सहमति आवश्यक छ। राजनीतिक अनिश्चितता र ध्रुवीकरण यथावत् रहेसम्म शान्ति, संविधान र लोकतन्त्रको भविष्य सुरक्षित हुन सत्तैकन। राज्यको रूपान्तरण, न्यायपूर्ण शान्ति र जनताको सहभागिता सहितको लोकतान्त्रिक शासन पद्धतिको स्थापनाका लागि राजनीतिक शक्तिहरूबाट राजनीतिक इमान्दारी, नयाँ कार्यदिशासहितको सहमति र राष्ट्रनिर्माणसँग सम्बन्धित संकल्प सार्वजनिक गरिनु अत्यावश्यक छ।
अर्को समाचार
संविधानको प्रस्तावनाबारे ठूला नेताहरुबीच छलफल
१९ कार्तिक २०६६
•
५ मिनेट पाठ
संविधानको प्रस्तावनाबारे ठूला नेताहरुबीच छलफल
विगतका सहमतिको जगमा नयाँ संविधान-
माधव ढुङ्गेल, काठमाडौं कात्तिक १९ -  १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्त्रिम संविधानको जगमा नयाँ संविधानको निर्माण हुने भएकाले त्यसभित्रबाटै सहमतिको खोजी गर्नुपर्ने माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बताएका छन्।




संवैधानिक समितिको बैठकमा प्रस्तावनामाथि छलफल गर्दै भट्टराईले त्यस्तो धारणा व्यक्त गरेका हुन्।
संविधानले अहिलेको राजनीतिक अवस्थाको वर्गीय शक्ति सन्तुलनलाई अभिव्यक्त गर्ने दस्तावेज भएको उल्लेख गर्दै उनले जातीय, क्षेत्रीय, लैंगिक र वर्ग विभेदको अन्त्य गर्ने विषयमा यसअघि नै सहमति भैसकेको उनले बताए। दलित समस्या समाधान गर्नेगरी अग्रगामी पुनर्संरचना गर्न विगतमा सहमति भैसकेको तर वर्गीय विभेद अन्त्य गर्ने विषयमा भने त्यति ध्यान नदिएको भट्टराईले बताए।

नयाँ संविधानको नाम 'जनताको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान' राख्नुपर्ने उल्लेख गर्दै उनले भने, 'वर्गीय प्रश्न समाधान गर्न र वर्गीय उत्पीडनलाई प्रतिनिधित्व गर्न पनि 'जनताको' भन्ने शब्द राख्नुपर्छ।'

'विगतमा जस्तै विद्रोहको सदाका लागि रोक्ने हो भने वर्गीय पक्षलाई समेट्नुपर्छ', भट्टराईको जोड थियो। गणतन्त्र घोषणा गरिएको भए पनि सामन्तवादका आर्थिक-सामाजिक अवशेष बाँकी रहेको बताउँदै नयाँ संविधानको लक्ष्य 'राष्ट्रिय औद्योगिक पूँजीवाद' को निर्माण गर्ने भएकाले यसलाई किटान गर्न आग्रह गरे। आत्मनिर्णयको अधिकार र स्वायत्तताबिनाको संघीयता अमूर्त हुने उनको धारणा थियो।

 

अन्तरिम संविधानमा 'बहुदलीय प्रतिस्पर्धात्मक राजनीति' मा सहमति भैसकेको उल्लेख गर्दै उनले भने, 'बहुलवादी खुला समाज भनी नलेखौं, यसबारे दार्शनिक रुपमा नै सहमति जनाउन गाह्रो हुन्छ।' उनले विगतमा भएका सहमतिका शब्द राख्न आग्रह गरे।

 

नेपाली कांग्रेसका रामचन्द्र पौडेलले स्वतन्त्रता, न्याय र ऐक्यबद्धताको मान्यतालाई प्रस्तावनाले समेटुपर्ने बतउँदै आत्मनिर्णयको अधिकार जस्ता विवादास्पद शब्द नराख्न पनि आग्रह गरे। 'लोकतन्त्रका स्थापित मूल्यमान्यतालाई संक्षिप्त रूपमा समेट्नुपर्छ', पौडेलले भने, '१२ बुँदे, विस्तृत शान्ति सम्झौताका आधारलाई इमान्दारीपूर्वक समेट्नुपर्छ।' संविधान सहमतिको दस्तावेज भएकाले पनि एकतामा आँच आउने शब्द राख्न नहुने उनको मत थियो।

 

सामाजिक न्याय र जनताप्रति उत्तरदायी न्यायप्रणाली प्रस्तावनामा समेट्नुपर्ने बताउँदै गृहमन्त्री एवम् एमाले सभासद् भीम रावलले पनि साझा सहमति र एकताको जगमा उभिएर नयाँ संविधानको निर्माण गरिनुपर्ने उनले बताए। सबै प्रकारका शोषणको अन्त्य र उत्पादनका साधनमा जनताको स्वामित्व हुने गरी प्रस्तावना लेखिनुपर्ने रावलको मत थियो।
नयाँ संविधानको नाम 'गणराज्य नेपालको संविधान' राख्नु उपयुक्त हुने उल्लेख गर्दै अर्थमन्त्री रहेका एमाले सभासद् सुरेन्द्र पाण्डेले बताए, 'संविधानमा समानताको सिद्धान्त झल्किनुपर्छ, बहुलता र विविधताको प्रतिनिधित्व हुनुपर्छ।' उनले लोकतन्त्र, अधिकार र समानता प्रस्तावनामा झल्किनुपर्ने उनको मत थियो।

 

प्रस्तावनाले संविधानको भावना, मूल मर्म र समग्र सारलाई अभिव्यक्त गर्छ। यसले संविधान निर्माणको आधार, कारण र औचित्यलाई समेत स्थापित गर्ने हुनाले यसलाई प्रस्तावनालाई संविधानको प्रवेशद्वारको रुपमा लिइन्छ। यस विषयमा शुक्रबार पनि छलफल जारी रहने सभापति निलाम्बर आचार्यले बैठकको अन्त्यमा जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस