विद्रोह कि सहमति?
२९ कार्तिक २०६७
•
६ मिनेट पाठ
विद्रोह कि सहमति?
हात्तीवन रिसोर्टको गोप्य बैठकमा तीन दलका नेताले के के निर्णय गरे, थाहा भएन तर गोकर्णमा चाहिँ गजबकै गोप्य निर्णय गरेछन् - यही कात्तिक २९ गते पुनः बैठक बस्ने। धन्य पशुपतिनाथ! एक अर्कासँग बोल्दै नबोल्ने निर्णय चाहिँ गरेनछन्। पुनः बैठक बस्ने, भेट्दा हात मिलाउने, क्यामेरा अघिल्तिर छवटा जति दाँत देखाएर हाँस्नैपर्ने लगायतका सहमति हुनु गजब हैन त?
गोकर्ण रिसोर्टको चार बँुदे निर्णयको पुर्खा त बाह्र बँुदे हो। बाह्र बँुदे सहमतिले जनतालाई उत्साह जगाएको थियो। गोकर्णको चारबुँदे निर्णय नर्सरीको बच्चाले कनीकुथी लेखेजस्तो छ। सत्ता साझेदारी, शान्ति प्रक्रियाका विषयमा वार्ता र छलफल जारी राख्ने भनेको के? यस्तो पनि निर्णय हुन्छ? जे होस् बाह्र बँुदेका सहयात्री दल अहिले गम्भीर अन्तर्द्वन्द्वमा छन्। त्यसमध्येमा पनि तीन दलको झगडाले राजनीतिक अवरोध छ। यो अवरोध हटे तीन दलको सुनाम नत्रभने तीनै दल बदनाम हुँदैछन्।
एनेकपा (माओवादी)लाई ठेगान लगाउने हुती अन्य दलमा देखिएन। माओवादीको छैटौं विस्तारित बैठक यही मंसिर ५ गते देखि सुरु हुँदैछ। सो बैठक 'जनविद्रोहमय' हँुदैछ। तीन नेताका राजनीतिक दस्तावेजमा त्यही उल्लेख छ। होइन, वाह्र वर्षे युद्धमा १५ हजार सहिद बनाएर अझै नपुगेको हो? जीवित जनताभन्दा सहिदको संख्या बढी बनाएर गिनिज बुकमा नाम लेखाउने मन छ कि क्या हो? माओवादीका सबालहरू स्थापित भइरहेकै छन्। सदनको सबैभन्दा ठूलो दलले केलाई युद्ध गर्नु परेको त?
अर्को कोणबाट हेर्दा तेस्रो या अन्तिम धक्काको लागि हुने युद्धमा चाहिँ प्रमुख हतियार जुत्ता पो हुन्छ कि? सोलुमा माओवादी अध्यक्षका शब्दमा 'जनता'ले भारतीय राजदूतलाई जुत्ताले हानेर भारतीय विस्तारवादविरुद्ध जनविद्रोहको सुरुवात गरेका पो हुन् कि? सोलुमा भारतीय राजदूतलाई हानिएको जुत्ता 'मेड इन चाइना' हो कि भन्नेमा भारत बडो सशंकित देखिन्छ छ। टेप प्रकरणमा भनिएअनुसार कृष्णबहादुर महराले मागेको ५० करोड रकम सबै जुत्ता किन्नमा खर्चिए भने जनविद्रोहले नयाँ उचाइ कसरी नलेला र?
माओवादीको चुनवाङ बैठकले 'ढाडमा टेकेर टाउकामा हान्ने फौजी रणनीति' तय गरेको थियो। तर काम गर्दै जाँदा अन्य दलको विशेषगरी गिरिजाबाबुको टाउकैमा टेकेर ढाडमा हान्ने स्थिति भयो। अबको विस्तारित बैठकले चाहिँ 'एमालेको विशेषगरी खनाल-गौतमको टाउकोमा टेकेर सुशील-रामचन्द्रको टाउकामा हान्ने फौजी रणनीति' पारित भए अचम्म मान्नु पर्दैन।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालजीको भनाइअनुसार माओवादी अझै 'क्रान्तिको तुफान'भित्रै छ। उपाध्यक्ष भट्टराईले पार्टीमा अराजकता, भ्रष्टाचार रहेको रहस्योद्घाटन गरेका छन्। कुटपिट, चन्दा असुली, अवैध धन्दाजस्ता कार्य पनि क्रान्तिको तुफानभित्रै पर्छ कमरेड?
सहमति भन्ने बित्तिकै उति बेलाको उल्लासको सम्झना हुन्छ। हुन त अहिले पनि नेताहरू सहमतिको विकल्पै छैन भन्छन्। सोह्रौं चरणसम्म प्रम चुनाव तन्किरहेको छ। यस्तै हो भने यो तन्काइ सयौं चरणसम्म पनि पुग्नसक्छ। एमालेले राष्ट्रिय सहमति भनिरहेको छ। सहमति नहुनुको सहायक कारणमा दलभित्रका गुटउपगुट पनि हो। भन्नलाई सबै नेताले आफ्नो दल एक ढिक्का रहेको भन्छन् तर प्रत्येक दलभित्र कम्तीमा तीन ढिक्का देखिन्छन्।उदाहरणका लागि माओवादीमा दाहाल-भट्टराई-वैद्य, एमालेमा खनाल-नेपाल-ओली, कांग्रेसमा सुशील-देउवा-रामचन्द्र। पार्टीको एउटा ढिकाले गरेका कुरा अर्को ढिकालाई ठीक लाग्दैन। कतिसम्म भने दुई जनामात्र सभासद् भएको दल पनि दुई ढिका भएका छन्।




सिनेमामा नायक र खलनायकको पहिचान चरमोत्सर्गमा खुल्छ। नेपाली राजनीतिमा पनि अब त्यो समय आइसकेको छ। संविधान सभाको थप आयु पनि अब आधा मात्रै बाँकी छ। अन्तिम समयमा सबैको सक्कलीरूप चिनिने नै छ। सबै दलका नेताहरू 'हिरो' बन्ने कोसिस गर्नुहोला। नत्र ...।

 
अर्को समाचार
वैद्य पक्षधरको विद्रोह
०७ मंसिर २०६७
•
१ मिनेट पाठ
वैद्य पक्षधरको विद्रोह
पालुङटार, मंसिर ७ (नागरिक)- अध्यक्ष पुष्पकमल दाहालको पक्षमा आफ्नो क्षेत्रबाट एकजनाले मात्र बोल्ने सहमति गर्न दबाब दिएपछि सेती-महाकाली राज्य समितिका मोहन वैद्य पक्षधर केही सदस्यले मंगलबार विद्रोह गरेका छन्।
  २६ वटै राज्य समितिमा समूहगत छलफल भइरहेको बेला सेती-महाकालीको समूहबाट अकस्मात सात जना सदस्य बाहिर निस्केर टेलिभिजन क्यामरासामू आफ्नो विद्रोह सार्वजनिक गर्न थालेपछि मंगलबार अपरान्ह पालुङटार विस्तारित बैठकस्थलमा हल्लीखल्ली मच्चिएको थियो।




विद्रोही समूहका तर्फबाट दार्चुला 'वाइसिएल'की सावित्री बमले पत्रकारहरूसँग भनेकी थिइन्, 'हामीलाई विचारमाथि बन्देज लगाउन खोजियो, हामीलाई त्यो मन परेन, त्यो भएर हामी बाहिर निस्केका हौं।'

त्यसपछि अरू नेता आएर सेती-महाकालीबाट पनि अन्य क्षेत्रसरह तीनजनाले बोल्न पाउने सहमति गराएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस