पार्टीभित्रको पार्टी
२७ चैत्र २०६८
•
१७ मिनेट पाठ
पार्टीभित्रको पार्टी
दसवर्षे 'जनयुद्ध'बाट युद्धविराम हुँदै युद्ध विसर्जनसम्मको माओवादी यात्रा असहज भएपनि पीडादायी भने भएन। किन्तु, शान्ति र संविधानसँगै राज्यको रूपान्तरणका उकालीओराली भने कष्टकरमात्रै होइन पीडादायी पनि साबित भएको छ। पार्टीभित्र र बाहिरको संघर्ष 'जनयुद्ध'कालीन लडाइँभन्दा भीषण देखिएको छ र पार्टीभित्रको संघर्षले बाहिरको लडाइँलाई प्रभावित पार्ने अनि पार्टीबाहिरको द्वन्द्वले आन्तरिक संघर्षलाई उत्तेजित पार्ने काम हुँदैआएको छ। 'जनयुद्ध'कालमा राज्यपक्षका कमजोर क्षेत्रमा प्रहार गरी जितको अनुभूति गर्ने माओवादी अचेल विपक्षीसँग आमनेसामने संघर्षमा, उनीहरूको सर्वाेत्तम केन्द्रसँगको राजनीतिक द्वन्द्वमा छ। र, त्यसभन्दा पनि ठूलो द्वन्द्वका रूपमा आन्तरिक लडाइँ प्रकट भएको छ। यो घरझगडा यदुवंशी शैलीको आत्मघाती साबित हुने खतरा देखिएको छ। वास्तवमा सम्झौतालाई हेर्ने दृष्टिकोणमा अन्तर र द्वन्द्वका कारण विस्तृत शान्तिसम्झौतासँगै एकीकृत नेकपा (माओवादी)भित्रको एकता र शान्ति समाप्त भएको छ र यसको बृहत् आकार पनि खुम्चिने जोखिम बढेको छ।

तिनको दुष्प्रभाव संगठन, कार्यनीति र कार्यक्रममा प्रकट भइसकेको छ, एक पार्टी, दुई संगठन, दुई कार्यनीति, दुई कार्यक्रमका रूपमा। अझ रौँचिरै गर्दा संस्थापन पक्षमै तीन थरी, संस्थापनविरोधी पक्षमा पनि अनेक थरी त छँदैछन्, कार्यनीति र कार्यक्रममा पनि एकरूपता छैन। यसरी माओवादी पार्टीका दुवै पक्ष आफैँ ती सबै थरीको संयुक्त मोर्चा अनि माओवादी पार्टी पनि संयुक्त मोर्चाहरूबीचको संयुक्त मोर्चाजस्तो मात्रै बनेको छ। हुन त नेपालको कम्युनिस्ट आन्दोलनका लागि यस्तो संरचना र अभ्यास अनौठो र नौलो खालको हो जसले व्यापक भ्रम, अन्योल र निराशाको उत्पादन गरिरहेको छ। तर, विश्व कम्युनिस्ट आन्दोलन, त्यसमा पनि रुसको इतिहास हेर्दा देखिन्छ : यस्ता संरचना र अभ्यास नौलो तथा अनौठो दुवै होइन। यसलाई सल्टाउन राजनीतिक नेतृत्वसँग सामान्यभन्दा बढी बुद्धिमत्ता, कौशल र साहसको माग समय र परिस्थितिले गर्छन्। विश्व कम्युनिस्ट आन्दोलनका गुरुमध्येका मानिने लेनिनसमेत यसमा कहिले चुकेका थिए भने कहिले सफल भएका थिए। लेनिनलाई प्रिय गुरु मान्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पक्षदेखि जनविद्रोहको झन्डा उचालिरहेका मोहन वैद्य 'किरण'का पक्ष लेनिनजस्तै अग्निपरीक्षामा छन्।
एक पार्टी : दुई संगठन
लेनिनको नेतृत्वमा बनेको 'रसियन सोसल डेमोक्रेटिक लेबोर पार्टी'को अन्तरसंघर्षले देखाउँछ, द्वन्द्ववादी पार्टीमा विचार समूहको अस्तित्वलाई नकार्न सकिँदैन। किनभने विचार समूह बनाएर दर्शन, सिद्धान्त, राजनीति, कार्यनीति र रणनीति निर्माण तथा फेरबदललाई तीव्रता एवं सघनता दिन सकिन्छ। रुसमा पार्टी सदस्यले निश्चित एकाइमा बसेर नियमितरूपमा पार्टीका काम गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा भएको मतभेदपछि बोल्सेभिक (बहुमतवादी) र मेन्सेभिक (अल्पमतवादी) बनाई विचार समूह विकासका क्रममा पार्टीभित्र पार्टीको अभ्यास गरिएको थियो। पार्टीको नाम, विधान र कार्यक्रम एउटै हुँदाहुँदै पनि बोल्सेभिकका नेता लेनिन र मेन्सेभिकका नेता मार्ताेवले आफ्ना अनुयायीलाई आआफ्नै ढंगले संगठित र सक्रिय बनाएको 'हिस्ट्री अफ दी कम्युनिस्ट पार्टी अफ दी सोभियत युनियन (बोल्सेभिक)' नामक पुस्तकमा वर्णन गरिएको छ। हुन त 'रसियन सोसल डेमोक्रेटिक लेबोर पार्टी' बोल्सेभिक र मेन्सेभिक पार्टीका रूपमा विभाजितै भएकाले क्रान्तिअघि लेनिन पनि पार्टीभित्र पार्टीको अभ्यासमा असफल भएको मान्न सकिन्छ। तर, सन् १९१७ को क्रान्तिपछि एक पार्टीभित्र भएका अनेक पार्टी र कार्यनीतिको अभ्यासमा उनले सफलता प्राप्त गरेको इतिहास पनि उल्लेखनीय छ। नेपाली माओवादी र अन्य दलका लागि पनि यस्तो अभ्यास अध्ययनयोग्य हुनसक्छ।
लेनिनविरूद्ध जेहाद
सन् १९१७ को क्रान्तिलगत्तै विश्वयुद्धबाट थाकेका भोकाका रूसी जनताका लागि युद्ध र हिंसा होइन, रोटी तथा शान्ति चाहिएको थियो। तर, जर्मन साम्राज्य भने सिंगो रुस र रुसी क्रान्तिलाई नै निल्न राजधानी मस्कोतिर 'कुच' गर्दैथियो। यस्तो बेला 'हरहालतमा शान्ति'को नारा दिएका लेनिनले जर्मन साम्राज्यसँग सम्झौता गरी तीन चौथाइ रुसी भूभाग सुम्पेरै भए पनि क्षणिक शान्ति लेनदेन गर्न खोजे। ब्रेस्तलितोवस्कमा जर्मनीसँग शान्तिवार्ताका क्रममा उनलाई जति गाह्रो भयो, त्युभन्दा बढी गाह्रो आफ्नै सरकार र पार्टीका नेताहरूलाई शान्तिवार्ताका बुँदा स्वीका। गर्न लगाउन भयो। शक्तिशाली जर्मनीले निर्बल रुसको गर्धन च्यापिरहेको बेला विडम्बनापूर्ण र अपमानजनक शान्ति सन्धि गर्नुको विकल्प छैन भन्ने लेनिनको तर्क अन्य नेतालाई पटक्कै पाच्य भएन। दुई महिना लामो बहस, विवाद र संघर्षले गर्दा पार्टी बलियो हैन तलतलसम्म नराम्ररी विभाजित भयो र सरकार कमजोर बन्यो। क्रान्तिमा साथ दिने नेताहरूले पनि विरोधी खेमा बनाई लेनिनको तर्कलाई चुनौती दिन स्थानीय कमिटीहरूलाई पनि विवादमा ताने। पार्टीको पेत्रोग्राद कमिटी र मस्को क्षेत्रीय कमिटीले त उनीविरूद्ध जेहादै छेडे। पार्टीको केन्द्रीय नेतृत्वले ब्रेस्तलितोवस्क सन्धिलाई स्वीकारेको विरोधमा मस्को क्षेत्रीय कमिटीले त पार्टीसँग सम्बन्ध विच्छेदै गर्‍यो। पेत्रोग्राद कमिटी र मस्को क्षेत्रीय कमिटीमा 'वामपन्थी कम्युनिस्ट' विचार समूहको वर्चस्व थियो।
'वामपन्थी कम्युनिस्ट' विचार समूहले लेनिनविरूद्ध मोर्चाबन्दी गर्न पेत्रोग्रादबाट 'कम्युनिस्ट' दैनिक पत्रिका निकाल्यो र लाजैमर्दाे शान्ति सम्झौता गर्नुभन्दा त सोभियत सत्तै ध्वस्त भए पनि भइजाओस्, केही फरक पर्दैन भन्ने प्रचार गर्‍यो। शक्ति सन्तुलनलाई ख्यालै नगरी बलियो शक्तिसँग 'क्रान्तिकारी युद्ध' गर्नुपर्ने ध्वाँस दिन थालेको त्यस समूहको तर्क थियो, जर्मन साम्राज्यसँग शान्ति सम्झौता गर्नुको अर्थ सबै क्रान्तिकारी दृष्टिकोण समर्पण गर्नु हो, अन्तर्राष्ट्रिय सर्वहाराको लडाइँलाई धोखा दिनु हो।
यस्तै आरोपबीच 'हामी युद्ध चाहँदैनांै, तर असम्मानजनक सम्झौता पनि चाहँदैनौं' भन्ने नारा दिएका अर्का नेता लियोन त्रात्स्कीले पनि वार्ताका क्रममा अनेक दुस्साहसिक जुवा खेले। तर, लेनिनले समय र परिस्थितिको सफल नेतृत्व गरेकाले त्यस्तो जुवामा देशले केही भूभाग हारे पनि सोभियत सत्ता पूरै पराजित हुनुपरेन। सोभियत सत्ता भर्सेलामा परे परोस् तर जर्मन साम्राज्यसँग पटक्कै झुक्नुहुँदैन, मेरुदण्ड भाँचिने सर्तमा पनि तन्किनुपर्छ भन्ने मत अन्ततः पराजित भयो। यही जयपराजयबीच वैचारिक द्वन्द्व र आन्तरिक विभाजन निकै गहिरो गरी फैलियो। सन्धिको विरोधमा सरकार र पार्टीका उच्च पदबाट राजीनामा दिएका नेताहरूसँगको सम्बन्ध छिट्टै सुधि्रएन। शान्ति सन्धिविरूद्ध आन्दोलन चलाउने अधिकार सुरक्षित राखेका नेता र समूहले आफ्नो अभियानलाई कमजोर पार्न दिएनन्। उनीहरू निकट भविष्यमै पार्टी विभाजन अवश्यम्भावी छ भनेर घोषणा गर्दैहिँडे। तर, जर्मन फौजले सन्धिअघि एकपछि अर्काे रूसी सहर कब्जा गरेपछि उनीहरूको संघर्ष र विभाजनको ध्वाँस हावामा उडेर गयो।
सन्धिसँगै गोली
हरहालतमा शान्ति स्थापना गर्ने र सोभियत सत्ता बचाउने दृढ अठोट पुरा गर्न लेनिनले पनि सरकार र पार्टीलाई दाउमा राख्नुपरेको थियो। उनले अब 'क्रान्तिकारी लफ्फाजीलाई जारी नै राखियो भने केन्द्रीय समिति र सरकारबाट राजीनामा दिने' धम्कीसमेत दिनुपरेको थियो। अनेक खाले संघर्षपछि उनले पार्टीलाई फुट्नबाट जोगाए नै, देशलाई सोभियत सत्ताबाट वञ्चित हुन पनि दिएनन्, सन्धिमार्फत केही भूभाग गुम्ने सर्तमा पनि। त्यस शान्ति सन्धिलाई उनले सरकार र पार्टीका लागि ठुलो अवसरका रूपमा उपयोग गरे। पछि उने दाबी गरे, 'पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई यसरी पुरा गर्‍यौँ कि पछि हट्ने महान् आन्दोलन (ब्रेस्त सन्धि)ले पनि हामीलाई 'फुर्सद'को फाइदा उठाउने ठुलो मौका जुटायो।'
क्रान्तिपछिको 'फुर्सद'का बेला एकातिर जर्मन साम्राज्यले सन्धिमा हस्ताक्षरपछि युद्धबाट सम्भव नभएको रुसलाई हडप्ने लक्ष्य शान्तिबाट प्राप्त गर्न खोजेको थियो। अर्काेतिर 'वामपन्थी समाजवादी क्रान्तिकारी'हरूले सोभियत सत्ताविरूद्ध सशस्त्र विद्रोह नै गरे अनि अपमानजनक शान्ति सन्धि थोपर्ने जर्मन राजदूत मिरबाखलाई पनि ६ जुलाई, १९१८ मा मारे। त्यस्तै, शान्ति सन्धि र सोभियत सत्ताको विरोधमा 'समाजवादी क्रान्तिकारी पार्टी'की फान्या कापलानले ३० अगस्ट, १९१८ मा गोली हानेर लेनिनलाई मार्नै खोजिन्।
हो, शान्ति सन्धिकै कारण लेनिनले गोली खानुपर्‍यो तर मरणासन्न हुँदा पनि उनले त्यस सन्धिलाई सोभियत सत्तालाई सुदृढ गर्न र शान्ति विस्तार गर्न शक्ति सञ्चयका लागि राम्ररी उपयोग गरे। सन् १९१८ सम्म पुग्दा विश्वयुद्धमा अस्ट्रो-जर्मन ब्लक हारेपछि उनले सन्धिको औचित्य समाप्त भएको निष्कर्ष निकाले। र, १३ नोभेम्बर, १९१८ मा अखिल रुसी केन्द्रीय कार्यकारिणी समितिले सन्धि नै रद्द गरिदियो। यसरी अर्काको देशको सार्वभौमिकता र जनताको स्वतन्त्रता खोस्न जर्मन साम्राज्यले गरेका अनेक तिकडम, हमला र लुटेरा शान्ति सन्धि अन्ततः असफल साबित भयो। तर, युद्धमार्फत गर्न नसकिने उपलब्धि शान्ति र सन्धिमार्फत पनि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण ब्रेस्तलितोवस्क शान्ति सन्धिले स्थापित गरेर देखायो। यसमा लेनिनले कूटनीतिक चातुर्य, राजनीतिक सुझबुझ र नेतृत्वकारी साहस देखाउन नसकेका भए जर्मन साम्राज्यले फाइदा लुट्थ्यो नै।
लोकतान्त्रिक अभ्यासको जुक्ति
देश, सरकार र पार्टीभित्र भएका व्यापक बहस, विवाद, आलोचना तथा भर्त्सना खेप्दै शान्ति स्थापनाका लागि लेनिनले गरेको अरू केही नभएर लोकतान्त्रिक अभ्यास र साहसी नेतृत्व नै हो। पार्टीमा अनेक विचार समूहले विद्रोहको झण्डा उचाले पनि, पार्टीका विभिन्न कमिटीले सम्बन्धै विच्छेद गरे पनि उनले सन्धि र शान्तिबारे बहसलाई निषेध गरेनन्, 'कारकारबाहीमा एकता, अभिव्यक्ति र आलोचनामा स्वतन्त्रता'को शैली उल्लंघन हुँदा पनि कारबाही होइन, तीव्र रूपमा बदलिँदै समय र माथिदेखि तलसम्म जारी वैचारिक संघर्षको रापबाटै सिक्ने सिकाउने काम गरे। कतिसम्म भने पार्टीमा पटकपटक अल्पमतमा पर्दा पनि निरन्तर बहस र मतदान, नयाँ मुद्दामा फेरि बहस र मतदानको अभ्यासबाट सत्यबोध गराउने काममा उनी पटक्कै थाकेनन्।
यसरी हेर्दा माओवादीभित्र विचार समूहको नाममा जारी एक पार्टी, दुई संगठन, दुई कार्यनीति, दुई कार्यक्रमका समस्या पनि समाधानै नहुने असाध्य रोग नदेखिन सक्छ। तर, माओवादी नेतृत्वले लेनिनले जस्तै कूटनीतिक चातुर्य, राजनीतिक सुझबुझ र नेतृत्वकारी साहस देखाउन सकेन भने विभाजन अवश्यम्भावी छ, जनविद्रोहका नाममा। विद्रोहकै नाममा बोल्सेभिक र मेन्सेभिकले जस्तै विभाजित हुँदै अन्ततः पार्टी नै फुटाउने कि शान्तिपूर्ण क्रान्तिमार्फत् एकीकृतरूपमा अगाडि बढ्दै न्यायपूर्ण शान्ति र अग्रगामी रूपान्तरणको प्रयोग गर्ने? अन्तिम निर्णय गर्नुभन्दा अघि ठण्डा दिमागले लेनिनले जस्तै वस्तुगत र आत्मगत स्थितिको सही विश्लेषण गर्नु जरूरी छ।
अर्को समाचार
एमालेले २६ वर्षदेखि ‘खाता’ खोल्न नसकेको जिल्ला
१० माघ २०८२
•
३ मिनेट पाठ
एमालेले २६ वर्षदेखि ‘खाता’ खोल्न नसकेको जिल्ला
कर्णालीमा आफूलाई ‘जनताको पहिलो रोजाइ’ ठान्ने नेकपा एमालेका लागि जुम्ला २०५६ सालदेखि चुनाव हार्नुपर्ने अवस्था बनेको छ। चुनाव आउँदा एमाले जुम्लामा आशा बोकेर प्रवेश गर्छ, मतगणना सकिँदा फेरि हारको बोझ बोकेर फर्किन्छ। कहिले उपविजेताको सान्त्वना, कहिले तेस्रो स्थानमै थन्किएर ‘स्थिति राम्रो थियो’ भन्ने आत्मधोका बाँड्छ। 

जुम्लामा जित एमालेका लागि एउटा पुरानो सम्झना मात्रै बनेको छ। यही हारको लामो श्रृंखलालाई चिर्ने दाबीका साथ यसपटक एमाले जुम्ला अध्यक्ष, ६२ वर्षीय शान्तिलाल महत उम्मेदवारी दिएर मैदानमा उत्रिएका छन्। एमाले जिल्ला कमिटीले सर्वसम्मत एकल सिफारिस गरेको, नेता–कार्यकर्ताको अपार समर्थन रहेको र अब पार्टीको दुर्भाग्य टुंगिने उनको दाबी सुन्दा जुम्लाका मतदातालाई ‘यो त धेरै पटक सुनिसक्यौँ’ भन्ने अनुभूति हुन्छ।

जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाउँका स्थायी बासिन्दा महत यसअघि सामाजिक सेवामा क्रियाशील थिए। सामाजिक सेवा, गैरसरकारी संस्था र लामो राजनीतिक यात्रा, सबै पूरा भएपछि अब संसद् प्रवेशको ढोका खुल्ने उनको विश्वास छ। मंगलबार उम्मेदवारी दर्ता गरेसँगै उनी नेता–कार्यकर्ता भेटघाट र खलंगा आसपासका बस्तीमा घरदैलो गर्दै छन्। एमालेले हरेक चुनावमा प्रयोग गर्ने ‘सक्रियता’को नुस्खा यसपटक पनि नयाँ होइन, केवल उम्मेदवार फेरिएको मात्र हो।

एमाले जुम्लाले २०५६ सालमा देवीलाल थापालाई जिताएपछि चुनाव जित्ने सीप नै बिर्सिएको जस्तो देखिन्छ। त्यसयता भएका हरेक निर्वाचनमा पार्टी आफ्नै आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको अहंकारले घाइते बनेको छ। एमाले कार्यकर्ता ‘पार्टीभित्रको झगडा रोक्न सके मात्रै महत जित्छन्,’ भन्छन्। एमालेको सबैभन्दा ठुलो डर विपक्षी दल होइनन्, आफ्नै पार्टीभित्रको गुटबन्दी हो।

२०६४ सालमा उम्मेदवार बनेका डिल्लीबहादुर महत तेस्रो स्थानमा आएका थिए। २०७० सालमा पदम रोकायाले दोस्रो स्थान ल्याएर ‘अब जित नजिक छौँ’ भन्ने सन्देश दिन खोजे। २०७४ सालमा एमाले–माओवादी मिलेर बनेको नेकपामा एमालेले उम्मेदवार दिन पाएनन्। सो समयमा एमालेले तत्कालीन माओवादीका गजेन्द्रबहादुर महतलाई जिताउनुपर्‍यो। २०७९ सालमा एमालेका केन्द्रीय सदस्य रतननाथ योगी उम्मेदवार बने, नतिजा फेरि उस्तै, तेस्रो स्थानमा पुगे। २०७९ मा राप्रपाका ज्ञानबहादुर शाहीले जित हात पारेका हुन्। 

यी सबै हार, सम्झौता र आत्मसमर्पणका अध्याय पल्टाएर एमालेले यसपटक शान्तिलाल महतलाई अघि सारेको छ। महतले राष्ट्रियता विरोधी गतिविधि, भौतिक संरचना जलाउने र हिंसात्मक कार्यका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन्। उनले जुम्ली जनताबिच ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पनि दोहोर्‍याइरहेका छन्। तर जुम्लाका लागि यी नारा नयाँ होइनन्, चुनावी मौसममा मात्र सुनिने पुराना रेकर्डजस्तै हुन्।

२०३८ सालदेखि नेमकिपाबाट भूमिगत सदस्यता लिएर २०४७ मा नेकपा माले हुँदै एमालेमा आएका महतको राजनीतिक इतिहास लामो छ। वडाध्यक्षदेखि सुकुम्वासी आयोगको अध्यक्षसम्म, गैरसरकारी संस्थामा समाजसेवा गर्दै उनले जीवन राजनीति र संस्थामा बिताएका छन्। तर जुम्लामा एमालेको इतिहासले सहज नतिजाको अपेक्षा धेरैले गरिरहेका छैनन्। लामो राजनीतिक जीवन हुनु जितको ग्यारेन्टी नहुने तर्क गर्ने पनि उस्तै छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगर प्रमुखमा उम्मेदवारी दिँदा महत कांग्रेसकी कान्तिका सेजुवालसँग पराजित भएका थिए। उनी २०७७ देखि एमाले जिल्ला अध्यक्ष छन्। यसपटक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका नौ जना प्रतिस्पर्धीलाई पराजित गर्नुपर्नेछ। मुख्य प्रतिस्पर्धी नेकपाका नरेश भण्डारी, कांग्रेसका दीपबहादुर शाही र राप्रपाका ज्ञानबहादुर शाहीभन्दा धेरै मत ल्याउन नरम प्रचार शैली, आकर्षक एजेन्डा र बस्ती–बस्तीमा पुग्नुबाहेक विकल्प नरहेको कुरा महत स्वयं स्वीकार्छन्।

‘जुम्लामा एमाले पहिलो पार्टी हो,’ महत भन्छन्। तर यही ‘पहिलो पार्टी’ २०५६ सालदेखि संसद् पुग्न नसकेको तथ्य जुम्लाले हरेक चुनावमा प्रमाणित गर्दै आएको छ। यसपटक एमाले जित्छ कि फेरि हारको अर्को मिति थप्छ, उत्तर नारा, दाबी र आत्मविश्वासले होइन, मतपेटिकाले दिनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस