कांग्रेसको नेतृत्व
२७ असार २०६९
•
७ मिनेट पाठ
कांग्रेसको नेतृत्व
राजनीतिक गतिरोध कायमै छ। गतिरोध हटाई एउटा मार्ग प्रदान गर्नका लागि सुरु भएको प्रयासले पनि अझै आकार लिन सकेको छैन। खासगरी यस्तो प्रयास गर्नुपर्ने र गर्न सक्ने दलले ढिलो गरी प्रयास थालनी गरेको छ।
नेपाली कांग्रेसले केही दिनअघि मात्र यस्तो प्रयास थाल्ने औपचारिक निर्णय गरोस। नेतृत्व गर्ने भनेको हुलले हैन, चरित्र र चिन्तनले हो भन्ने कुरा नेपाली राजनीतिमा फेरि एकपटक स्थापित भएको छ। ठूलो दलका नाताले एमाओवादीले देशको नेतृत्व गर्दै संक्रमणकालको कुशल व्यवस्थापन गर्छ भन्ने अपेक्षा थियो। कांग्रेस स्वयंले समेत माओवादी ठूलो हुनुका नाताले त्यो भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा खुलारुपमा प्रकट गरेको हो। प्रचण्डलाई सुशील कोइरालाले धेरैपटक 'नेतृत्व लिएर राजनेता बन्न' सुझाव दिएका थिए। यो सुझावका पछाडि ठूलो दल हुनुका नाताले माओवादीले अग्रसरता लेओस् भन्ने चाहनाले काम गरिरहेको थियो। तर, ठूलो दल हुँदैमा नेतृत्वका लागि योग्य हुँदोरहेनछ।




देशभित्रका शक्तिबीचको बलियो एकता नै नेपाली राष्ट्रियताको जग हो। संक्रमणकालको कुशल व्यवस्थापनका लागि नेपालको मौलिक राष्ट्रियताका मियो समात्नुपर्छ र लोकतन्त्रका सम्पूर्ण आयामप्रति पूर्ण प्रतिबद्ध हुन सक्नुपर्छ। माओवादी नेतृत्वले आधुनिक राजनीतिको जगका रुपमा सात सालको क्रान्तिसँगै सुरु भएको राष्ट्रियताको भावना बुझ्न सकेन र लोकतन्त्रका आयामप्रति व्यवहारतः प्रतिबद्ध हुन सकेन। बलियो सामाजिक एकताको अनिवार्यता उपहास गर्दै जातीय विभाजनलाई अग्रगमन सोच्यो। लोकतन्त्रप्रति ओठे प्रतिबद्धता जनाए पनि बहुलवादको विपक्षमा उभिँदै नियन्त्रित अदालतका पक्षमा आफूलाई प्रस्तुत गर्यो्। यी सन्दर्भले नेपाली राष्ट्रियताको मौलिक पक्षप्रति र लोकतन्त्रको व्यावहारिक प्रतिबद्धताप्रति माओवादी गम्भीर र इमानदार बन्न सकेन भन्ने पुष्टि गर्छ। जसका कारण उसको नेतृत्व असफल भयो। चिन्तनले राष्ट्रवादी र चरित्रले लोकतन्त्रवादी बन्न नसक्दासम्म सिंगो मुलुकको नेतृत्व हुन सक्दोरहेनछ। बीपी कोइरालालाई उहाँको व्यक्तित्व र लोकप्रियताको कारण के हो? भनेर एक जना विदेशी पत्रकारले सोध्दा उहाँले जवाफ दिनुभएको थियो- 'मैले राष्ट्रियताको चुरो समातेको छु र म लोकतन्त्रप्रति प्रतिबद्ध छु। आज नेपालको अस्तित्व जोगाउँदै मुलुकलाई अग्रगति दिनका लागि लोकतन्त्र र राष्ट्रियताबीचको यो सम्बन्ध गहिरोसँग बुझ्न सक्ने नेतृत्व खाँचो छ।

राष्ट्रियता र लोकतन्त्रका लागि कांग्रेसले लिएको अग्रसरता नेपालको राजनीतिमा स्थापित भएको छ। २००७ सालको क्रान्तिको जगमा स्थापित नेपालको राष्ट्रियतामाथि घात हुन थाल्दा राजनीतिक र व्यक्तिगत जोखिम उचालेर बीपी कोइरालाले मेलमिलापको नीति ल्याउनु चानचुने कुरा थिएन। नेपालको भौगोलिक अवस्थिति र आर्थिकरुपमा विपन्नताबीच राष्ट्रियता मजबुत बनाउनु कठिन थियो। बलियो सामाजिक एकता नै नेपालको राष्ट्रियताको आधार हो भन्ने स्कुलिङ कांग्रेसको हो। यही स्कुलिङको आडमा यहाँको राष्ट्रियता बाँचेको छ। माओवादी युद्ध समापन गर्दा राष्ट्रियतामाथि कुनै बाह्य शक्तिको प्रहार हुने खतरा देखेर गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको नारा जीवनपर्यन्त लगाइरहनुभयो। यतिबेला पनि यही सूत्रका आधारमा नेपालको राष्ट्रियता जोगाउँदै लोकतन्त्र सुदृढ गर्नुपर्ने अवस्था छ। यही महसुस गरेर कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठकबाट सहमतिका लागि अग्रसरता लिँदै संवाद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

सबैको अस्तित्व स्वीकारेर अगाडि बढ्नु र कमजोरी सच्याउँदै अर्को कदम चाल्न नहिच्किचाउनु लोकतन्त्रको एउटा महत्वपूर्ण आयाम हो। यो कुरामा कांग्रेस स्पष्ट देखिन्छ। चिन्तन र चरित्रमा अब्बल मानिँदै आएको कांग्रेसले फेरि एकपटक नेतृत्व गर्नुपर्ने दायित्व आएको छ। कांग्रेसले यो पटक पनि आफ्नो विशिष्ट कौशलता देखाउने अपेक्षा गरिएको छ। यो आशा मर्‍यो कि भने आशा गर्ने अर्को कुनै ठाउँ तत्कालका लागि देखिँदैन। कांग्रेसले सुरु गरेको यो संवाद प्रक्रियाको एजेण्डा सहमतिमा संविधान निर्माण हुनुपर्छ। संविधान निर्माणको प्रक्रियाबारे छलफलबाटै टुंगो लगाउनुपर्छ।

माओवादी नेतृत्व अहिले तनावमा पनि छ। पार्टी फुटेको छ। सरकारको नेतृत्व गरे पनि कामचलाउको अवस्थामा छ। राज्य सञ्चालन प्रक्रियामा सघाउने जनप्रतिनिधिमूलक निकाय छैनन्। यस्तो अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति भाँड्दै अधिनायकवादी बन्ने अभ्यास गर्न सक्छन्। अर्को दल एमाले स्पष्ट धारणाबिनाको तटस्थतावादमा विश्वास गर्ने संस्कृतिले गाजिँदै आएको छ। यो अवस्थामा अर्काको अस्तित्व स्वीकार्ने चरित्रका साथ नेपालको राष्ट्रियता र लोकतन्त्रबारे स्पष्ट भएको नेपाली कांगेससँग आम अपेक्षा रहनु स्वाभाविक पनि हो।
अर्को समाचार
देशको नेतृत्व कांग्रेसको काँधमा : गगन थापा
०७ चैत्र २०७७
•
२ मिनेट पाठ
देशको नेतृत्व कांग्रेसको काँधमा : गगन थापा
आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता गगन थापा।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले देश नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन्। उनले पाँच वर्ष सरकार सञ्चालनका लागि बहुमत पाएको नेकपा नै अस्तित्वमा नरहेपछि देशको नेतृत्व कांग्रेसको काँधमा आएको बताए । ‘जनताले पाँच वर्ष सरकार चलाउन नेकपालाई बहुमत दिए, हामी पाँच वर्षका लागि प्रतिपक्षमा बस्न तयार भयौं,’ नेपाल मगर संघ कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका नेता थापाले भने, ‘अव त नेकपा अस्तित्वमा छैन्, यस्तो बेला देशको नेतृत्व कांग्रेसले गर्नुपर्ने भएको छ ।’




नेता थापाले कांग्रेसकै नेतृत्वमा देशमा निष्पक्ष चुनाव हुने बताए । ‘कांग्रेसकै नेतृत्वको सरकारले भयरहित वातावरणमा तीनै तहका निर्वाचन गराउँछ,’ उनले भने, ‘जनताको निर्णयका आधारमा आगामी सरकार सञ्चालन हुन्छ ।’ उनले आगामी निर्वाचनमा जनतामाझ कांग्रेसले समृद्ध नागरिकसहितको समृद्धिको संकल्प लिएर जाने बताए । ‘कम्युनिस्टको जस्तो खोक्रो समृद्धिको सपना देखाउँदैनौं,’ उनले भने, ‘हामी नेपालमै युवाहरुको रोजगारीको ग्यारेण्टी गर्नेगरि समृद्धिको एजेण्डा लिएर जान्छौं ।’

कांग्रेस केन्द्रीय सदस्य थापाले प्रधामन्त्री केपी शर्मा ओलीको अहंकारले नेकपा नामको पार्टी विभाजन भएको बताए । ओलीले गरेको असंवैधानिक कदमका कारण अहिले बहुमत पाएको नेकपा एक ठाउँमा रहन नसकेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले सरकारकातर्फबाट संसद्लाई दिनुपर्ने विजनेश नदिएर प्रतिनिधिसभालाई काम गर्न सकेन् भन्ने पार्ने योजनामा ओली रहेको उनले बताए । ‘संसदले काम गर्न सकेन भन्ने पारेपछि ओलीले दुईवटा विकल्प रोज्नेछन्,’ उनले भने, ‘पहिलो मधेसवादी दलको साथ पाए आफ्नै नेतृत्वमा सरकार बनाउने, दोस्रो आफूविरुद्ध बोल्ने सबैलाई तर्साएर सरकार अबको दुई बर्ष टिकाउने ।’

थापाले कांग्रेस पनि अव सच्चिन आवश्यक रहेको बताए । उनले नेतृत्वबीचको तिक्ततालाई विर्सेर महाधिवेशनमा जानुपर्ने बेला आएको पनि बताए । ‘महाधिवेशन नजिकै आएको छ,’ उनले भने, ‘यस्तो बेलामा सबै सच्चिएर जानुपर्छ, तिक्तता कसैले पनि राख्नुहुन्न ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस