शक्तिखोर टेप प्रकरणपछि लडाकु व्यवस्थापन थप जटिल देखिएको छ । एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले शान्ति प्रक्रियामा आइसकेपछि पनि आफ्नो दलीय हैसियत बलियो बनाउन नयाँ भर्ती गरेर शिविरमा राखेको थियो। अहिले शिविरमा राखिएकामध्ये अधिकांश जनयुद्धको बेलाका माओवादी लडाकु होइनन्।
यीमध्ये धेरैजसो आर्थिक अभाव र बेरोजगारीका कारण अवसर र सुरक्षाका लागि शिविर घुसेका हुन् । यसरी यी दुवैले एक अर्कालाई उपयोग गरेको देखिन्छ । यसले तत्कालका लागि माओवादीको रणनीतिक उद्देश्य पूरा गर्यो। के माओवादीबाहेक अन्य दलको यसो हुनुमा केही भूमिका थिएन त ? जनआन्दोलनपछिको अन्तरिम सरकारमा माओवादी र एमाले लगायतका आठदलको गठबन्धन सहभागी थियो। प्रधानमन्त्रीलगायत रक्षा गृह र अर्थजस्ता प्रमुख मन्त्रालय नेपाली कांगेसले सम्हालेको थियो। गैरलडाकुलाई माओवादीले अस्थायी शिविरमा राखेको खवर दिनहुँ पत्रपत्रिकामा आइरहँदा र कांग्रेस एमालेका नेताकार्यकर्ताले नै गुनासो गरिरहँदा पनि त्यति बेलाको सरकारले आँखा चिम्लिएकै हो।
सरकारले चाहेको भए गैरलडाकुलाई शिविर भित्रिन रोक्न वा निरुत्साहित गर्न सक्थ्यो। महिनौसम्म प्रमाणीकरण सुरु नगरिँदा शिविर भित्रिएपछि गैरलडाकुलाई सैनिक तालिम राजनीतिक प्रशिक्षण र आवश्यक कागजात प्राप्त गर्ने समय मिल्यो। यस अवस्थामा '२०६३ जेठ १२ गतेभन्दा अगाडि माओवादी लडाकु दस्तामा सामेल भएका' र उक्त मितिमा १८ वर्ष पुगेका' सबै लडाकु प्रमाणीकरण गर्ने म्यान्डेड पाएको अनमिनलाई 'वास्तविक' र 'नवआगन्तुक' भनेर छुट्याउने कार्य फलामको च्युरा चपाउनुसरह थियो। त्यसमाथि प्रतिकूल लाग्ने कुनै पनि निर्णय बाहिर आउनासाथ पूर्ण असहयोग गर्ने माओवादी रणनीति र बिनातयारी प्रस्तुत हुने अरु दलका कार्यशैलीबीच रहेर आपुनो म्यान्डेडअनुसार अनमिनले दुई चरणमा यो प्रक्रिया पूरा गर्यॊ । प्रमाणीकरण मापदण्ड र अरु दलको उदासीनताले लडाकु संख्या बढाउने माओवादी रणनीति सफल बनाउन सघायो। यस्मा संख्याको बढ्नु स्वाभाविक थियो। यसैले प्रचण्डको टेपलाई लिएर 'गाँउ गुहार'- देश पुकार' गर्नुपर्ने कारण देखिँदैन।
अहिले लडाकु व्यवस्थापनलाई प्राथमिकता दिन कुनैपनि पक्ष इमानदार र गम्भीर देखिँदैन । माओवादीलाई शिविरका अधिकांश लडाकु उसका कार्यकर्ता नभएको थाहा छ । तैपनि जागिरको मौका र सुरक्षाको लागि माओवादीको ँपुच्छर समातेर आएका'लाई प्रशिक्षित गर्न पाएमा कालान्तरमा कट्टर माओवादी समर्थक बन्नसक्छन् भन्ने माओवादीले ठानेको हुनुपर्छ। व्यवस्थापनमा ढिलाइ भए संविधानसभा निर्वाचन अघि र पछिजस्तै आउने दिनमा परिचालन गर्न सकिने र तिनलाई शक्तिका रुपमा प्रयोग गरिरहन सकिने पनि माओवादीले थाहा पाएको छ। यसैले माओवादी लडाकु व्यवस्थापनलाई बाहिर चर्काएको देखाएपनि भित्रैदेखि समाधान होस् भन्ने चाहँदैन। शिविरका अधिकांश लडाकु आफ्नो भविष्य व्यवस्थित गर्न चाहन्छन्। माओवादीलाई भने उनीहरुको हितैषी आफू मात्र भएको देखाइराख्नु आवश्यक छ।
नेपालमा शान्ति चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय लडाकु व्यवस्थापन छिटै होस् भन्ने चाहन्छन् । तिनको सर्मथन र सदाशय कायम राख्न र लोकतन्त्रप्रति प्रतिबद्धता देखाउन पनि माओवादीलाई लडाकु व्यवस्थापनलाई प्राथमिकता दिएको देखाउन जरुरी छ । यसैले 'लडाकुलाई सेनामा नै बिनासर्त समायोजन गरिनुपर्छ' भन्ने माओवादीको नारा 'आए आँप गए झटारो' को प्रयोग हो । कमाण्डर दर्जाका वास्तविक माओवादी लडाकुलाई सेना वा अरु सुरक्षा अंगका अधिकृत पदमा समायोजन गर्न सकिएमा कालान्तरमा दललाई राम्रै सहयोग मिल्ने अपेक्षा माओवादीको हुनसक्छ । देखिन्छ । केही नभए पार्टी उनीहरुकॊ भविष्यप्रति चिन्तित रहेको देखाउन पाइन्छ । माओवादी कमाण्डरहरु नै अनौपचारिक कुराकानीमा ुआपुना मातहतका अधिकांश लडाकु सेना वा सरकारी सुरक्षा अंगमा जान चाहँदैनन्' र ँजबर्जस्ती उनीहरुलाई उक्त अंगमा नराखे हुन्थ्यो" भन्छन् । लडाकुले माओवादी भै लड्दा वा शिविरमा रहँदा कसैप्रति जवाफदेही हुनुनपर्ने गरी उपयोग गर्दै आएको स्वच्छन्दता सरकारका सुरक्षा अंगमा गएपछि संभव हुँदैन । शिविरमा रहेका अधिकांश लडाकुको पुरानो गैरमाओवादी पहिचान पनि समस्या भएकॊ छ । माओवादीले विश्वास गरिनसकेको छैन भने तीन वर्षदेखि शिविरमा रहेकोले अन्य दलले पनि शंकाका दृष्टिले हेर्ने अवस्था छ । तसर्थ नवप्रवेशीलाई उचित विकल्प दिएमा सरकारको सुरक्षा अंगमा नजाने सम्भावना नै ज्यादा देखिन्छ ।
यस्तै हिजो सबै सुरक्षा निकाय माओवादीविरुद्ध परिचालन गरिएको र त्यही संरचनामा समाहित भएपछि आउनसक्ने समस्याप्रति पनि उनीहरु अनभिज्ञ छैनन् । सरकारमा रहँदा पनि लडाकुका हितमा कुनै उल्लेख्य काम गर्न नसकेको माओवादी सेनासँगकै विवादमा सरकारबाट बाहिरिन परेपछि शिविरका लडाकुको मनोबल अरु कमजोर भएको हुनुपर्छ । यस अवस्थामा अधिकांश तल्लो दर्जाका वास्तविक लडाकुको अन्तिम गन्तव्य सेना र सुरक्षा निकायमा समायोजन नभै दीर्घकालीन सुरक्षा र व्यवस्थापन हुनसक्छ ।
मासिक नौहजारसम्म पाइने लोभमा शिविर भित्रिएका लडाकु आफ्ना नाममा आएको रकमको अधिकांश भाग माओवादी पार्टीले नै लिएपछि थप विरक्त भएकाछन् । युद्धकालका घाइतेको माओवादी नेतृत्वको सरकारले समेत बेवास्ता गरेपछि घाइतेका साथै अरुलाई पनि माओवादीले उपयोग गरेर छाड्ने उनीहरुले ठानेको देखिन्छ। लडाकुको यस्तो मानसिकताले मनोबल कमजोर गराएको र अपराधतर्फ उन्मुख बनाएको देखिन थालेको छ । यो माओवादी मात्र होइन स्थायी शान्ति र लोकतन्त्रको अपेक्षा राख्ने सबैका लागि चिन्ताको विषय हो।
अर्कातिर कांग्रेस र एमालेलगायत शान्ति प्रकि्रयाको अर्काे पक्ष पनि लडाकु व्यवस्थापनमा उदासिन देखिएको छ । तिनले लडाकु व्यवस्थापन माओवादीको मात्र नभएर राज्यको जिम्मेवारी हो भन्ने आत्मसात् गर्न सकेको देखिएन । ँलडाकु सेनामा समायोजन गरिँदैन' र 'पाँच हजारमात्र सुरक्षा अंगमा समायोजन गरिने सहमति भएको' जस्ता सरकारी पक्षका प्रतिक्रियाबाट उनीहरु गम्भीर नभएको थाहा पाइनछ । लडाकु राज्यअन्तर्गत रहने व्यवस्था गरेपनि सरकारमा रहेका दलले तिनलाई अपनत्व देखाउन नसकेको र विपक्षी सेना ठान्ने गरेको पाइन्छ । जसरी हिजो ँशाही नेपाली सेना'लाई ँशाही सेना' मात्र बन्न र रहिरहन राजनीतिक दलको संकीर्ण मानसिकताले सहयोग गरेको थियो त्यसरी नै यस प्रवृत्तिले शिविरका गैरमाओवादी लडाकुलाई माओवादी बन्न र पूर्वलडाकुलाई गैरमाओवादी सरकारबाट असुरक्षित ठान्न बाध्य बनाएको छ । नेपाल सरकारअन्तर्गत राखिएको भनिएपनि सरकारमा रहेका अन्य दलका नेता तथा नागरिक समाजको उनीहरुसम्म पहुँच हुने र माओवादीको दलगत कि्रयाकलापबाट तिनलाई टाढा राख्ने कुनै संयन्त्र नबनाइनुले पनि माओवादीले नै खोजेजस्तो भएको छ ।
समस्या इमानदारी जवाफदेही र जिम्मेवारीबोधकॊ हो । ँसेनामा जाने आकांक्षा बोकेर पीएलएमा नआएको' र ँमाओवादीको सहमतिमा नेपाल सरकारले गरेका निर्णय मान्न तयार रहेको' अधिकांश लडाकुले भन्ने गरेका छन् । यसले व्यवस्थापनमा समस्या लडाकु नभएर विभाजित र गैरजिम्मेवार राजनीतिक दलहरु भएको पुष्टि हुन्छ । शान्ति प्रकि्रयाका मुख्य शक्ति नेपाली कांगे्रस र माओवादी सरकारी र विपक्षी भएर रहनु तथा एमाले र मधेशवादी दलको ँजता मल्कु उतै ढल्कु'को नीतिले नै यथार्थमा लडाकु व्यवस्थापन प्रकि्रया सहज हुन नसकेको देखिन्छ ।
यसैले लडाकु व्यवस्थापनका लागि उनीहरुलाई नै स्वेच्छिक निर्णयको अवसर दिनु आवश्यक देखिन्छ । उनीहरुसँग नसोधी सम्बन्धित समिति सरकार र माओवादी मात्रको सहमतिकामा समायोजन वा व्यवस्थापनको निर्णय गरिएमा समस्याको दीर्घकालीन समाधान हुने देखिँदैन ।
(लेखिका भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा शोधार्थी हुन्।)