बाबुरामको एक वर्ष
१७ भदौ २०६९
•
१८ मिनेट पाठ
बाबुरामको एक वर्ष
दुई शताब्दीअघि नै अन्त्य भएको फ्रान्सेली क्रान्तिको मूल्यांकन गर्न एक पत्रकारले आग्रह गर्दा स्वर्गीय चाउएन लाइले समय अझै नआइसकेको उत्तर दिनुभएको थियो। जनयुद्ध गरेर कांग्रेस पार्टीको संसदीय दलका नेतालाई १ सय ५ भोटले पराजय गरी प्रधानमन्त्री पदमा चुनिएका माउत्सेतुङका अनुयायी डाक्टर बाबुराम भट्टराईको एक वर्ष सकिनासाथ उनको कार्यकालको मूल्यांकन शायद अपरिपक्व हुन्छ। तर स्वयं प्रधानमन्त्री आफैँले प्रमुख दुई दैनिकमा तीन लेख छाप्नु तथा राष्ट्रका लागि टेलिभिजनबाट सम्बोधन गर्नुबाट प्रष्ट हुन्छ, उहाँको कार्यकालको मूल्यांकन आवश्यक छ।

बाइस वर्ष अर्थात् प्रजातन्त्र पुनर्स्थापनापछि हाम्रो देशमा २१ पटक सरकार बने र १८ जना प्रधानमन्त्री बने। राजा ज्ञानेन्द्रले आफैँ मन्त्री परिषद्को अध्यक्ष भएकोलाई नगन्ने हो भने एक वर्षसम्म प्रधानमन्त्री बनिरहनुलाई पनि एउटा उपलब्धि नै मान्न सकिन्छ। झन् त्यसमा पनि संसदीय कार्यसमेत गर्ने संविधान सभा आफैँले विघटन गरेको घोषणापश्चात् बाबुरामले सफलतापूर्वक आफूलाई हटाउने निकाय पनि भौतिकरूपमा नष्ट गरिसक्नुभएको छ। उहाँले चाहेको खण्डमा भीमसेन थापाभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्न सक्नुहुनेछ। यो मौका नेपालका अन्य प्रधानमन्त्रीलाई प्राप्त भएको छैन।
प्रधानमन्त्री भएपछि बाबुराम साँच्चिकै पूण्र्िामाको चन्द्र बन्नुभएको छ। उहाँको मन्त्रीमण्डलका चालीसभन्दा बढी संख्याका मन्त्री आकाशको चन्द्र किरणका कारण अदृश्य भएका छन्। उनीहरूको उपस्थिति त घूसकाण्ड, ज्यानमारा काण्ड अथवा अभद्र व्यवहार आदिबाट थाहा हुन्छ। अन्यथा सडकमा सबैलाई उछिन्दै, साइरन बजाउँदै दगुर्ने सुरक्षाकर्मीको घेराका विदेशी गाडीहरूबाट मात्र थाहा पाइन्छ।
प्रधानमन्त्रीले पनि मन्त्रीमण्डलका सदस्यहरूको औचित्यलाई समयसमयमा ओझेलमा पारेर मुलुकमा भएका सबै सत्कार्यहरूको जस आफूले लिने गर्नुभएको छ। हुन नसकेका कामका कारणमा चाहिँ विपक्षमा रहेका पार्टी र विभिन्न दल मिलेर बनेको सरकार हो भन्ने गर्नुभएको छ।
'दिल्लीका कोठीहरूको चौकीदार हाम्रा नेपाली दाजुभाइका पीडा, खोप्लाङका दिदीबहिनी र भाउजूमाथिका शोषणका कारणले गर्दा राजनीतिमा आएको थिएँ' भन्ने व्यक्ति प्रधानमन्त्री भएको एक वर्षपछि ती समस्यालाई उहाँले कसरी सम्बोधन गर्नुभयो भन्ने प्रश्न अनुत्तरित नै छ। किनकि आजसम्म सरकारले न उल्लिखित समुदायलाई लक्ष्य गरेर कुनै कार्यक्रम बनाएको घोषणा गरेको छ, न त उनीहरूलाई फाइदा हुने किसिमका योजना नै तर्जुमा भएका छन्। वास्तवमा उनको कार्यकालमा दलित समुदायको व्यक्तिले पाएको एउटामात्रै अवसरको प्रमाण हो, राज्य पुनर्संरचनाका लागि बनेको प्राविधिक आयोगको प्रमुखमा चयन। शायद गोर्खा खोप्लाङको नभएर होला अथवा कतै नातागोता वा राजनीतिक संलग्नताको अभावका कारणले यो मुलुकको प्रथम पटक महिलाले मुख्य सचिव बन्ने हैसियत राखेकी थिइन्। उनको यो प्रयासमा पाँच सचिवको राजीनामाले केही गर्न सकेन। अनि महिला सचिव सर्वोच्चको निर्णयसमेतको अवहेलनाका कारणले पुनः अदालतको ढोका घच्घचाउन बाध्य भएकी छिन्। प्रधानमन्त्री भएपछि आफ्नो राजनीतिक उद्देश्य प्राप्ति गौण हुन्छ शायद।
तर, १ सय ५ मतले कांग्रेस पार्टीको संसदीय दलको नेतालाई पराजय गर्नासाथै प्रधानमन्त्रीको हैसियतले उनले आफ्नो सरकारको प्राथमिकता चार 'स' हुनेछन् भन्ने बताएका थिए । ती चार 'स' अहिले कुन हालतमा छन् र तिनका प्राप्तिका लागि उठाइएका कदमहरूको विश्लेषणबाट उनको कार्यकालको सिंहावलोकन गर्न सकिन्छ होला।
शान्ति : शान्ति प्रक्रियाको तार्किक निष्कर्ष भनेको माओवादी लडाकुहरूको शिविरबाट बहिर्गमन मान्ने हो भने यस कार्यमा ठूलो सफलता हासिल भएको पाइन्छ। किनकि १९ हजार ६ सय २ लडाकुमध्ये केवल तीन हजारमात्र शिविर कुरिरहेको अवस्था छ। बाँकी १६ हजारभन्दा बढीले त शिविर छाडिसकेका छन्। ३ हजार ५ सयको पनि समावेश विषयमा किचलो अझै कायम छ। अनि पहिले भनिएका ९ हजार ७ सय जवान, जो सेना वा सुरक्षा अंगमा समावेश हुन चाहेका थिए, को अत्तोपत्तो छैन।
यदि शान्ति प्रक्रियाको परिभाषालाई शिविरबाट माओवादी लडाकुहरूको बहिर्गमनलाई नै मान्ने हो भने पनि यो बाहिर्गमनपश्चात् मुलुकको शान्ति र सुव्यवस्थामा के-कस्ता असर पर्न सक्छन् भन्ने विषयमा तीन जिम्मेवार पक्ष, माओवादी, विपक्षी दल र सुरक्षा संयन्त्र गम्भीर नभएको प्रष्ट देखिन्छ। सर्वप्रथम त यी युवाले मुलुकको उन्नतिका निमित्त, भ्रममा नै परेर किन नहोस्, बन्दुक उठाएर मार्न र मर्न तयार भएका हुन् भन्ने तथ्यलाई सबैले बिर्सिए। दोस्रो कुरा यिनीहरू पनि हाम्रै सन्तति हुन् भन्ने वास्तविकता पनि ओझेलमा राखियो। माओवादीले आफ्ना लडाकुको हैसियत बन्दुक अथवा हतियारमा सीमित तुल्यायो। यसले सत्ता प्राप्ति नहुन्जेलसम्म तिनलाई देखाएर अन्य दललाई भयभित तुल्यायो। अन्य दलले पनि त्यही सैन्य शक्ति देखाएर माओवादीलाई झन्डै चार वर्षसम्म सत्तामा आउनबाट रोके। सेनाले त उनीहरूसँग अछुतको व्यवहार नै गर्‍यो। हाम्रो सेनाले त उनीहरूमाथि दश वर्षसम्म राज्यले विजय प्राप्त गर्न नसकेको तथ्यलाई भुलिदिएर समन्वय प्रक्रिया पछाडि नै धकेलिराख्यो।
माओवादी लडाकुहरूको पुनर्स्थापनाका विषयमा सम्बन्धित क्षेत्रले चासोसमेत देखाएका छैनन्। उनीहरू आफ्ना गाउँघर पुगे/पुगेनन्? अनि त्यहाँ पुग्नेहरूले के/कस्ता काम गर्दैछन्? उनीहरूलाई समाजले स्वीकार गरेको छ कि छैन? जस्ता महŒवपूर्ण प्रश्नका विषयमा सम्बन्धित सबै क्षेत्र मौन छन्।
प्रधानमन्त्रीको ठूलो जोखिम लिएर शान्ति प्रक्रिया टुंग्याइएको भन्ने कथनका अगाडि रहेका दुई शब्द 'ठूलो जोखिम' हाम्रो समाजमा त्यतिबेलासम्म रहिरहन्छ, जबसम्म दश वर्ष हतियार बोकेर राज्यसँग लडेका युवायुवती समाजमा पूर्णरूपले पुनर्स्थापित हुँदैनन्। आफू प्रधानमन्त्री भएको ४५ दिनभित्र शान्ति र संविधानको कुरा अगाडि बढेन भने राजीनामा गर्छु भन्नुभएको थियो डा। भट्टराईले। तर उहाँले संविधान सभा नै नगई रेडियो र टेलिभिजनमार्फत् सभाको मृत्युको घोषणा गर्नुभयो। एक नेताले अर्काे नेतालाई अथवा एउटा दलले अर्काे दललाई जति आरोप-प्रत्यारोप गरे पनि वास्तविकता के हो भने सबैले गैरजिम्मेवार भएर नै मुलुक संविधानविहीन हनु पुगेको हो। संविधान सभा विघटन सत्तामा टिकिराख्ने माओवादीहरूको कुटिल चाल थियो अथवा विपक्षी दलहरूको खेल, यो तथ्य कुनै न कुनै दिन प्रकाशमा आउने नै छ। तर पनि मुलुकलाई युद्ध थोपरेर दश वर्षसम्म समस्त नेपालीको मनबाट शान्ति खोसेर १६ हजारभन्दा बढी नरनारीको संहार गर्ने कार्यको आर्किटेक्ट वा योजनाकार व्यक्तिले नै यस्तो घोषणा गर्नुपरेको थियो। त्यही व्यक्ति सरकार प्रमुख भएर संविधान सभा विघटनको घोषणा फूर्तिका साथ मुलुकलाई मध्यरातमा गर्नु पनि हाम्रो मुलुकको इतिहासको विडम्बना नै हो। यस अर्थमा बाबुराम पूर्णतया विफल भएका छन्।
सुशासन : चार सूत्रीय समझदारीमा सही छाप भएर प्रधानमन्त्री हुँदा साथै थुप्रै नेपाली स्तब्ध भएका थिए। किनकि चारमध्ये एक बुँदामा दण्डहीनतालाई प्रश्रय दिँदै ज्यानमारा अभियोगमा परेका, अपराध गतिविधिमा संलग्न भएकादेखि फोजदारी मुद्दामा परेका व्यक्तिहरूलाई आममाफी दिने प्रावधान छ। यस कार्यमा प्रधानमन्त्री समय-समयमा अगाडि आइ नै रहनुहुन्छ। दण्डहीनता भनेको सुशासनसँग मेल खाने अवस्था होइन। त्यसैगरी यदि भ्रष्टाचारलाई कुशासनको मापदण्ड मान्ने हो भने मन्त्री प्रशासकमात्र नभएर प्रधानमन्त्रीका वरिपरि भएका थुप्रैलाई अभियोग लागेको छ। उनीहरूलाई सरकारले कुनै कारबाही गर्न सकेकेा छैन। त्यतिमात्र होइन, समय-समयमा अदालतले नै ठहर गरेको अभियोगीलाई समेत माफी दिने कार्य अघि बढाउन प्रधानमन्त्री स्वयं लागिपर्नुभएको छ। अख्तियार दुरुपयोग निवारण आयोज जस्ता महŒवपूर्ण अंगलाई सबल र सार्थक बनाउन सरकार उदासीन नै देखिन्छ। जहाँसम्म प्रशासन यन्त्रलाई मजबुत तुल्याउने कार्य छ, त्यसमा त झन् राजनीतिकरणतर्फ नै सरकार लागिपरेको आभास पाइन्छ। माथि उल्लेख गरिएका कारण विचार गर्ने हो भने सुशासन मुखको अभिव्यक्तिमै सीमित छ।
समृद्धि : प्रधानमन्त्री ९ महिना अर्थमन्त्री हुँदा आफूले गरेका कार्यहरूको बयानमा केन्द्रित हुनुहुन्छ। यदि तथ्यांकलाई आधार मान्ने हो भने उहाँको बयानसँग तिनको मेल पाइँदैन। उहाँ अर्थमन्त्री हुनुअगाडि र त्यसपछिका वर्षहरूको हाम्रो आर्थिक वृद्धि पाँच प्रतिशत पनि पुग्न सकेन। निश्चय पनि उहाँ अर्थमन्त्री भएको समयमा राजस्व संकलनमा ठूलो वृद्धि भएको थियो। तर, उहाँपछि अर्थमन्त्री बन्नुभएका सुरेन्द्र पाण्डेको समयमा पनि राजस्व संकलनमा कमी आएको होइन, वृद्धि नै भएको थियो। जबकि एमालेका अर्थमन्त्रीले बाबुरामले जस्तो गरेर वाइसिएल परिचालन गर्ने त्रास वा धम्की उनले दिएका थिएनन्।
त्यसैगरी प्रधानमन्त्री यो वर्षको आर्थिक वृद्धिदर बढी हुने प्रचारमा लाग्नुभएको छ। जबकि प्राप्त तथ्यांकले विगतको दाँजोमा अर्थतन्त्रले कुनै ठोस गति प्राप्त गर्ने लक्षण देखाउँदैनन्। बाबुरामलाई शायद याद नहुन सक्छ तर उहाँको एक वर्षीय कार्यकालमा मुलुक झन्डै सय दिन ठप्प भयो, कहिले चक्काजामका कारण त कहिले बन्दको कारण। अनि वैदेशिक लगानीकर्ताहरू धमाधम पलायन हुन थालेका छन्। यस अवस्थामा समृद्धिका निमित्त जनमानसको जीवनस्तर उच्च पार्ने न कुनै नौला आयोजना आउन सकेका छन्, न त कुनै नीति वा कार्ययोजना सरकारले प्रस्तुत गर्न नै सकेको छ। माथि उल्लेख गरिएको वास्तविकतासँग शायद प्रधानमन्त्री जानकार हुनुहुन्छ होला। यिनै कारणले गर्दा हुनसक्छ उहाँको प्राथमिकतामा परिवर्तन आउन थालेका छन्। त्यसैले उहाँ कहिले कुचो लिएर सडक बढार्न पुग्नुहुन्छ त, कहिले ट्य्राक्टर चढेर चेपाङ बस्तीको अध्ययन गर्न। यी सबै गतिविधि वास्तवमा उहाँले मुस्ताङ गाडीमा सवार भएर कीर्तिमान राख्न खोजेजस्तै हो। अन्ततोगत्वा प्रधानमन्त्री चढेको मोटरको अघिपछि उहाँकै सुरक्षा गार्डहरू जापानमै बनेका मोटर चढ्छन्। अनि उहाँको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि त घटेको छैन। अर्थात् प्रधानमन्त्रीले नेपाली मुस्ताङमा सवार हुँदा यो मुलुकको अर्थतन्त्रमा खासै असर परेको छैन।
स्वयंघोषी अर्थराजनीतिज्ञ प्रधानमन्त्रीले देखाउनलायक कुनै योजना वा नीति निर्माण र कार्यान्वयन गरेको उदाहरण पाइँदैन, जसले निम्न आय भएकालाई फाइदा पुगोस्। काठमाडौँ सडक फराकिलो पार्दा निश्चय पनि थुप्रै मजदुरले रोजगारी पाएका छन् तर यो रोजगारी छोटो अवधिका लागिमात्र हो। भत्काइएका संरचना निर्माण सकिएपछि अहिले उपलब्ध रोजगारीका अवसर स्वतः गुम्नेछन्। अनि त सक्नेले मलेसिया, कोरिया, जापान, अरब र नसक्नेले दिल्ली, बम्बे, कलकत्ता आदि भारतीय शहरमा गएर कमाउनु अर्थात् शोषित हुनुपर्ने बाध्यता जस्ताको तस्तै रहनेछ। यस्तै बाध्यता देखेर नै युवक होनाहार विद्यार्थी बाबुराम मार्क्सवादी राजनीतिमा उत्रनुभएको थियो। पछि गएर पुराना संरचना भत्काउने ध्वंसात्मक कार्यको नेतृत्वमा लाग्नुभयो। अर्थात्, उहाँ जे कारणले राजनीतिमा लाग्नुभयो, सोह्र हजार नेपालीको नरसंहारको भागिदार बन्नुभयो, ती सबै कारण ज्यँुका त्युँ छन्।
भविष्यमा बाुबरामको प्रधानमन्त्री कालको मूल्यांकन अवश्य पनि हुनेछ। र, ती मूल्यांकनमा उहाँलाई धैरै हदसम्म त्यस्तो व्यक्तिको रूपमा प्रस्तुत गरिनेछ- जसले नेपाली युवाहरूको एउटा ठूलो जमातलाई सपनाको संसारमा राखेर जीवन बलिदान गर्न तयार गरायो। अनि त्यसैका आधारमा मुलुकको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्न सफल भयो। प्रधानमन्त्री बनेपछि अरूले जस्तै पुरानो कला प्रयोग गर्‍यो, अर्थात् जनतालाई समृद्ध सपनामा सुताउन चाह्यो।
अर्को समाचार
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
१२ मंसिर २०८३
•
१ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध माझिराख्न सुझाव दिएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले चितवनमै भेट्दादेखि नै आफूले दुवै नेतालाई यस्तो सल्लाह दिँदै आएको सुनाए। 

सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे। चितवनमा भेट हुँदा नै आफूले खुलस्त रूपमा भेटघाट गरिरहन र सम्बन्ध माझिराख्न, नत्र फेरि अवस्था बिग्रने चेतावनी दिएको उल्लेख गर्दै उनले अहिले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यस्तै सुझाव दिइरहेको बताए।
संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदहरूले नेतृत्वको कामबारे प्रश्न उठाउनुलाई अन्यथा लिन नहुने भट्टराईको तर्क छ। ‘दलहरूभित्र बेलाबखत आकाङ्क्षाहरू अलिकति बाझिनु स्वाभाविक नै हो,’ उनले भने, ‘तर, त्यो दूरीलाई अनावश्यक रूपमा बढाउनु हुँदैन।’
सत्ता पक्षको आन्तरिक विवादमा घिउ थप्ने र सरकार गिराउने खेलमा नलाग्न भट्टराईले विपक्षी दल, नागरिक समाज र सञ्चारमाध्यमलाई समेत आग्रह गरे। संविधान निर्माणअघिको अवस्था फरक भए पनि पछिल्लो १० वर्षमा पटक-पटक सरकार बनाउने र गिराउने तमासाले देशमा गम्भीर अस्थिरता निम्त्याएको उनले औंल्याए।

https://www.youtube.com/watch?v=_rLtE2Xsxo0
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस