नेतृत्वमा राष्ट्रिय सहमति
१८ कार्तिक २०६९
•
८ मिनेट पाठ
नेतृत्वमा राष्ट्रिय सहमति
देशको राजनीतिक अवस्था दिन प्रति दिन संकटग्रस्त बन्दै गएको अवस्थामा मुलुकलाई अहिलेको नेतृत्वले सही दिशातर्फ हाँक्न सक्दैन कि भन्ने शंका उठ्न थालेको छ। सहमतिका टिठलाग्दा बैठकहरुको मिडिया विशेषगरी टेलिभिजन प्रस्तुतीहरुले जनतामा विश्वास पैदा गर्न छोडेको छ। सत्ताधारी संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन वार्ता, सहमति र बाधक नबन्ने भाषण गरे पनि प्रतिपक्षसँग पौंठेजोरी खेल्ने तयारीमा लागेको सहजै अनुभूत गर्न सकिन्छ। पूरा बजेटको तयारी, सरकारको विस्तार र जथाभावी राजनीतिक नियुक्ति गरेको हेर्दा लाग्दछ, देशको संकटले सत्तापक्षीय गठबन्धनलाई रत्तिभर पनि छोएको छैन।
सत्ताकब्जाको आफ्नो यात्रालाई निरन्तरता दिने काममा बाबुराम भट्टराई नेतृत्वको सरकार दत्तचित्त भएर लागेको छ। त्यसै गरी प्रतिपक्षी दलहरु पनि उपयुक्त गृहकार्य र प्रस्तुतीमा काविल देखिएका छैनन्। संविधानसभाको पुनःस्थापना र ताजा जनादेशको लुकामारीमा लिप्त एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले माछो माछो भ्यागुतो शैलीमा अरु राजनीतिक पार्टीलाई र आम नेपाली जनतालाई झुक्याइरहेका छन्। निर्वाचनमा सहमति गर्ने र केही समय पछि पुनःस्थापनाको एजेण्डा झिक्ने, निर्वाचन हुने हो भने राष्ट्रपतिको समेत निर्वाचन गर्नुपर्छ भन्ने जस्ता तर्क अगाडि सारेर नेपालको राजनीतिक वातावरणलाई अझ धुमिल बनाउन लागि परेका प्रचण्डले पछिल्लो समयमा निर्वाचनको पक्षमा आफूलाई उभ्याएको जस्तो देखिन्छ। मधेसी मोर्चाले संविधानसभाको पुनःस्थापनालाई भन्दा ताजा जनादेशलाई प्राथमिकता दिएको अवस्थामा आफू एक्लो परिने डरले प्रचण्डले यो पछिल्लो अभिव्यक्ति दिएको हुनु पर्दछ।
संविधानसभाको पुनःस्थापना वा ताजा जनादेश दुवै अवस्थाको लागि संविधान संशोधन गरिनुपर्दछ। बाधा अड्काउ फुकाउन विशेष व्यवस्था गरिनुपर्दछ। त्यसको लागि राष्ट्रिय सहमतिको अर्को विकल्प छैन। राष्ट्रिय सहमति निर्माण गर्ने साधनको रुपमा राष्ट्रिय सहमतिको सरकारलाई अगाडि सार्नुपर्ने हुन्छ। जुन वर्तमान सरकारको हठका कारण सम्भव हुन सकेको छैन। राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न कसै न कसैको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ। एनेकपा (माओवादी) र नेकपा (एमाले)ले पटक-पटक सत्ताको नेतृत्व गरिसकेको हुनाले अबको नेतृत्व आफूले पाउनुपर्ने तर्क जवर्जस्त रुपमा नेपाली कांगे्रसले अगाडि सारेको छ। झट्ट हेर्दा यो तर्क स्वभाविक लागे पनि कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्था देखिएको छैन।
१२ बुँदे सहमति पश्चात् जसरी आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले जवर्जस्त रुपमा गरेका थिए, त्यसरी नै अब आउने सरकारको नेतृत्व र चुनावको संचालन नेपालका नेताहरुमध्ये सहमति हुन सक्ने नेताको नेतृत्वमा बन्नुपर्दछ। पुष्पकमल दाहाल, सुशिल कोइराला, झलनाथ खनालमध्ये कसैको नेतृत्वमा निर्माण गरिनुपर्दछ। राष्ट्रिय समस्याहरुको समाधान, संविधान निर्माण र आम निर्वाचन सम्पन्न गर्न सोही अनुरुपको व्यक्तित्व प्रधानमन्त्रीको निम्ति उपयुक्त हुन सक्छ। पार्टी स्वार्थभन्दा माथि उठेर राष्ट्रको समस्यालाई हेर्न सक्ने, आलोचना र विरोधहरुलाई सहज स्वीकार गर्न सक्ने व्यक्तित्व नै आगामी प्रधानमन्त्रीको निम्ति उपयुक्त हुन सक्दछ।
संविधानसभामा उपस्थित राजनीतिक दलका शीर्ष नेताहरुले उपयुक्त विधिमार्फत त्यस्ता व्यक्तित्वलाई प्रधानमन्त्रीको निम्ति सर्वसम्मत वा चुनावको प्रक्रियाद्वारा छान्न सक्दछन्। कथंकदाचित मत बराबर भएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुईजनालाई राष्ट्रपतिकहाँ ती दलहरुले सिफारिस गर्न सक्ने छन् जसमध्येबाट एकजनालाई राष्ट्रपतिले राष्ट्रिय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्। छलफलको अहिलेको तरिकालाई परिवर्तन नगर्ने हो भने त्यसबाट कुनै परिणाम निस्कन सक्दैन। घिउ बेचुवा र तरवार बेचुवाको दाउपेचबाट नेपालले निकास पाउन सक्दैन। यदि सबै विकल्पहरुको लागि प्रथम आवश्यकता राष्ट्रिय सहमतिको सरकार हो भने त्यसमा मात्र केन्द्रित भएर छलफल किन नगर्ने? राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न कसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार हुने भन्ने प्रश्न नै सबैभन्दा महत्वपूर्ण भएकोले व्यक्तिको छनोट गर्ने विधि अवलम्वन नगरी निष्कर्षमा पुग्न सकिन्न।
संविधानसभा वा व्यवस्थापिका संसद नभएको वर्तमान अवस्थामा विगतमा संसदमा उपस्थित राजनीतिक दलहरुका शीर्ष नेताहरुले यो भूमिका निर्वाह गर्नुपर्ने ऐतिहासिक बाध्यता हाम्रो सामु छ। साझा प्रधानमन्त्रीको छनोट विधि तय भइसकेपछि त्यसलाई कार्यरुप दिन सोही विधि अनुरुप अगाडि बढ्न कुनै बाधा हुने छैन। अब बन्ने सरकार चुनावी सरकार नै हो। चुनावी सरकारमा प्रधानमन्त्री अत्यन्त शक्तिशाली हुने प्रश्नै रहँदैन। चुनाव सम्पन्न गर्नका लागि खेल्ने समन्वयकारी भूमिका नै उसको महत्वपूर्ण कार्य हो। अब बन्ने प्रधानमन्त्रीले खेल्ने भूमिका निश्चित भइसकेपछि त्यस्तो व्यक्तित्व खोज्नु तर्कसंगत र व्यवहारिक हुन्छ। नेपालमा विद्यमान नेतृत्वपुञ्जवाहेक अरु कसैलाई खोजेर प्रधानमन्त्रीको कुर्सीमा राख्न सकिंदैन। प्रचण्डले भने जस्तै 'स्वतन्त्र' व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमति गर्न सकिदैन। स्वतन्त्र व्यक्तिले वर्तमान नेपालको राजनीतिलाई परिचालन गर्न सक्दैन। राजनीतिले बाटो विराएपछि पछुतो गरेर हुँदैन।
अर्को समाचार
सहमति जुटाउने दलकै नेतृत्वमा सरकार हुनुपर्छ : उपेन्द्र यादव
२७ जेष्ठ २०६७
•
२ मिनेट पाठ
सहमति जुटाउने दलकै नेतृत्वमा सरकार हुनुपर्छ : उपेन्द्र यादव
'गच्छदार नयाँ सरकारमा पनि बार्गेनिङ गर्दै'-
अजित तिवारी, विराटनगर, जेठ २७- मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमति कायम गर्ने राजनीतिक दलकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने बताएका छन्। आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने हठ एकीकृत माओवादीले त्याग्नुपर्ने धारणा पनि उनले राखेका छन्।

‘जुन पार्टीले सहमति कायम गर्छ, त्यही पार्टीको नेतृत्वमा सरकार बन्नुपर्छ’, विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसित कुरा गर्दै फोरम अध्यक्ष यादवले भने- ‘माओवादीले आफ्नै नेतृत्व खोज्नु व्यावहारिक होइन, उसको हठमात्र हो।’

तीन दिने मोरङ र सुनसरी भ्रमणपछि बिहीबार काठमाडौं फर्किएका नेता यादवले सरकार परिवर्तन मात्र हैन, नेता र दलहरुको मानसिकतामा पनि परिवर्तन आउनुपर्ने बताए।

‘माधव नेपाल नेतृत्वको सरकार असफल भइसक्यो, त्यसैले राष्ट्रिय सरकार अबिलम्ब बन्नुपर्छ’, फोरम अध्यक्ष यादवले भने- ‘माओवादी र फोरमलाई अलग्याएर समस्या हल हुँदैन।’ अब बन्ने राष्ट्रिय सरकार दुई तिहाई सभासदको समर्थन र सहयोगमा हुनुपर्ने तर्क गर्दै नेता यादवले भने- त्यसो भए शान्ति प्रकृया र संविधान निर्माणमा अवरोध पुग्दैन।

माओवादी र माधव नेपाल नेतृत्वको सरकार असफल भइसकेकाले राष्ट्रिय सरकार गठनका लागि सबै दलसँग परामर्श गर्नुपर्ने उनको विचार छ। उपप्रधान मन्त्री विजयकुमार गच्छदारमा सत्ता र कुर्सीको मोह कायमै रहेकाले नयाँ सरकारमा आउन पनि बार्गेनिङ गरिरहेको यादवको आरोप छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस