माओवादी नेतृत्वको सरकारले काग कराउँदै जान्छ, पिना सुक्दै गर्छ भन्ने नीति अवलम्बन गर्दै आएको छ। विपक्षी दलहरुले उठाएका मुद्दा हुन वा तिनीहरुसँग गरिएको सम्झौता- सबैलाई यो सरकारले मात्र होइन, पार्टीले समेत आफ्नो उद्देश्य प्राप्तिका निम्ति उपयोग गर्दै आएको छ। राजनीतिक प्रतिबद्धता तथा सम्झौताहरु सत्ता प्राप्त गर्ने भर्यापङको खुड्किलामात्रै बन्न पुगेका छन्।
माओवादी नेतृत्वको सरकारले प्रत्येक राजनीतिक मुद्दा, विशेष गरेर 'राष्ट्रिय समझदारी' लाई नाटकको विषय बनाइदिएको छ। आफूहरुले समझदारी कायम गर्न ज्यादै लचिलो भएर प्रयास गरेको छ भन्ने देखाउन धुमधामसँग प्रचार गरिन्छ। यो प्रचारबाजीमा माओवादीहरु नाटकको नायकको भूमिकामा बस्छन् अनि विपक्ष कमजोर खलनायकको भूमिकामा हुन्छ। यो प्रयासमा तिनलाई मिलेको सबैभन्दा ठूलो सफलता भनेको जनमानसमा नेपाली काँग्रेस र एमाले सत्तालोलुप व्यक्तिहरुको झुण्डसिवाय अरु केही होइन भन्ने कुराको उद्गार हो, जसले गर्दा हामी सबैको मन मस्तिष्कमा नेपाली राजनीति भनेको सत्तामा पुग्ने होडवाजी र नेताहरु भनेको सत्ता प्राप्त गर्न तम्सने पहलमान मात्र हुन् भन्ने भान परेको छ। यसले गर्दा जनमानसमा लोकतन्त्रप्रति नै वितृष्णा पैदा हुन थालेको छ। जति-जति लोकतन्त्रप्रति जनमानसमा विश्वास घट्छ, त्यति त्यति माओवादीहरु सफल हुन्छन्।
मंसिर ७ गतेको प्रधानमन्त्रीको राष्ट्रिय सम्बोधन तथा आर्थिक वर्ष २०६९/७० को बजेटलाई माओवादी पार्टीले क्षेप्यास्त्रका रूपमा प्रस्तुत गरेको छ। राष्ट्रपतिले राष्ट्रिय सरकार गठन निम्ति गर्नुभएको आह्वानले सजिलोसँग सहमतिको सरकार निर्माण हुनेवाला छैन। संविधान सभा भएकै बेला एमाले नेता माधवकुमार नेपालको राजीनामापछि झण्डै सात महिनापछि मात्र उनकै पार्टीको अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेकोे कुरालाई बिर्सन सकिँदैन। अध्यादेशद्वारा बजेट अनुमोदन गर्नु र राष्ट्रिय सहमतिको सरकार गठनका निमित्त राष्ट्रपतिले आह्वान गर्नु भनेको त्यो क्षेप्यास्त्र प्रहार गर्ने 'स्वीच' वा 'टि्रगर' थिच्नु बराबर नै हो । वैशाख महिनामा चुनाव गरिने प्रावधानले सबै राजनीतिक शक्तिलाई हतियारविहीन तुल्याइदिएको छ। आन्दोलनबाट बाबुराम भट्टराईलाई सत्ताच्युत गर्ने उद्देश्यमा सविस्तार एक जुट हुन थालेका राजनीतिक पार्टीहरु अहिले द्विविधामा छन्। तिनका निम्ति अहम् प्रश्न भनेको चुनावका निमित्त स्रोत र साधन परिचालन गर्ने वा चुनाव बहिस्कार गर्ने हो। झलनाथ खनालले त चुनाव वैशाखमा नहुने भविष्यवाणी नै गरिसकेका छन्।
नेपाली कांग्रेस, एमालेलगायत्का विपक्षमा रहेका राजनीतिक दलले चुनावी प्रकृयाबाट सरकार बदल्नु नै सबैभन्दा उत्तम विकल्प हो भन्ने मूल्य र मान्यतालाई संवैधानिक आधार बनाएका छन्। पूर्व राजा ज्ञानेन्द्रले गर्न लागेको चुनाव र बाबुरामद्वारा प्रस्तावित चुनाव दाँज्न मिल्दैन। बाबुरामको सरकार गठन मुलुकको सार्वभौम सम्पन्न संविधान सभाबाट भएको हो। संविधान सभालाई बाबुरामले निमोठेका किन नहुन्, त्यसको अवसानपछि अन्ततोगत्वा बाबुरामलाई पदच्युत गर्ने बाटो भनेको चुनाव नै हो। योबाहेक अरु सबै बाटो त गैरप्रजातान्त्रिक नै हुनेछन्। राष्ट्रपतिले आह्वान गरेको राजनीतिक सहमतिको राष्ट्रिय सरकार त्यति सजिलो छैन। दलबीच सजिलै सहमति बन्दो हो त ६ वर्षमा यति धेरै सरकार परिर्वतन हुने थिएनन्।
गैरराजनीतिक सरकारले गराएको चुनाव बढी स्वच्छ हुने तर्क यो पंक्तिकारले धेरै अगाडिदेखि नै अघि सार्दै आएको हो। त्यसो त मुलुकको राजनीतिक अवस्थाको सिंहावलोकन गरेर नै पूर्व निर्वाचन प्रमुख आयुक्त भोजराज पोखरेलदेखि थुप्रै बुद्धिजीवीले पनि यो तर्क प्रस्तुत गर्दै आउनुभएको छ। यो तर्क राजनीतिक दलहरुको क्षमता नभएको वा तिनमा विश्वास नभएका कारण आएको भन्न मिल्दैन। चुनावमा राजनीतिक दलहरुले नै भाग लिने हुन्। गैरराजनीतिक सरकारको मातहतमा चुनाव हु"दा निर्वाचन आयोगदेखि चुनाव सञ्चालनका निमित्त खटिएका कर्मचारीसम्मले अनावश्यक राजनीतिक हस्तक्षेपको भार खेप्नुपर्दैन। तर विपक्ष राजनीतिक शक्तिलाई यो विकल्प मान्य भएन।
अब माओवादीले सजिलैसँग भन्न सक्छ- 'हाम्रो गठबन्धन सरकारले चुनाव गर्छु भन्दा पनि गर्न नदिने भएपछि प्रतिपक्षको नेतृत्वमा गठन भएको सरकारले चुनाव गर्छु भन्दा हामीले किन मान्ने ? नेपाली कांग्रेसको नेतृत्वमा चुनाव भएमात्र निष्पक्ष र धा"धलीरहित हुन्छ भन्ने ठोकुवा कसरी गर्ने?' राजनीतिक शक्तिहरु चुनाव बहिष्कार गर्न तयार हुनु भनेको माओवादीलाई सत्तामा टिकिरहन सहयोग पुर्यािउनुसिवाय अरु केही हुँदैन। यसले बाबुरामलाई अनिश्चितकालसम्म प्रधानमन्त्री बन्न मद्दतमात्र गर्नेछ। बाबुराम चुनावी प्रकृयाबाट सरकार हेरफेर गर्ने काममा विश्वास गर्ने व्यक्ति होइनन् भन्ने विपक्षी दलहरुलाई थाहा हुनुपर्छ। न त तिनको पार्टी नै चुनावबाट सरकार परिर्वतनमा विश्वास गर्ने पार्टी हो। उनीहरुको आशय चुनाव प्रयोग गर्ने हो। चुनाव नगराइकनै सत्तामा टिकिरहन पाइन्छ भने किन चुनाव गराइराख्ने? बहिष्कार तथा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रकृयाले 'विपक्षले चुनाव गर्नै दिएनन्, त्यसकारण हामी बाध्य भएर सत्तामा बसिरहनुपरेको हो' भन्न सहयोग नै पुर्या'उनेछ।
सत्ताका प्रमुख घटक माओवादी र आफूलाई मधेसवादी भन्ने दलका नेताहरु सबैलाई चुनाव भयो भने त्यसको परिणम आफ्नो पक्षमा नहुने सम्भावना बढी छ भन्ने राम्रैसँग अवगत भएको कुरा हो। माओवादीमा सत्तामोह र 'क्यास' प्रतिको लालचका कारण उनीहरुकै कमरेडहरुले 'ड्यास' थपिएको पार्टी गठन गरिसकेका छन्। अब उनीहरुको वर्चस्व भएका¬¬¬¬¬¬¬ चुनावी क्षेत्रहरुमा पनि प्रतिस्पर्धा 'क्यास' र 'डयास' मा विभाजित दुई माओवादी घटकबीच नै हुनेछ। यो लडाइँमा तेस्रो शक्तिले उनीहरुलाई उछिन्ने सम्भावना स्पष्ट छ। जनजातिलाई सत्तामा सहभागी तुल्याउने लोभ बाँड्ने पार्टी आफू कत्तिको समावेशी छ? अनि उसले समावेशीकरणका निमित्त के-कस्ता नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्योश? त्यो पनि जनजाति तथा पिछडिएका वर्ग वा समुदायले देखी/भोगिसकेका छन्।
मधेसवादी कहलाउने पार्टीहरुको स्थिति पनि माओवादीहरुको भन्दा पृथक छैन। तिनका नेताहरु सत्ता प्राप्तिको लुछाचु"डीमा केन्द्रित भएकाले मधेस आन्दोलन केवल माओवादी नेताहरुले जस्तै हतियार बोकेर सत्तामा जाने अस्त्रमा परिणत भएको छ। उनीहरु मधेसी समस्या तथा मुद्दा बोकेर अघि लागेका होइनन् भन्ने तथ्य अब मधेसबासीबीच छर्लङ्ग भइसकेको छ। जसरी माओवादी आफूहरुले उठाएको मुद्दाहरुमा सत्ता प्राप्तिपछि आँखा चिम्लेर बसेका छन्, त्यसैगरी मधेसवादीहरु पनि सत्ता प्राप्त भएपछि ती समस्याको अवहेलना गर्दै सरकारी गाडीमा झण्डा फर्फराई दगुरीमात्रै राखेका छन्।
विद्यमान परिस्थितिमा चुनावको विकल्प त्यागेर राजनीतिक शक्तिहरु प्रधानमन्त्रीलाई सत्ताच्युत गर्न वा चुनाव बहिष्कार गर्नपट्टि लाग्दा नोक्सान मुलुकलाई पर्ने हो। राजनीतिक हिसाबले अराजकतालाई प्रश्रय दिनु र सामाजिक हिसाबले जे/जति उपलब्धि भएका छन्, त्यो पनि खोस्नु सिवाय अरु केही नहुने प्रष्ट छ। जति-जति देश द्वन्द्वतर्फ उन्मुख हुन्छ, जति-जति राजनीतिक परिस्थिति तरल बन्दै जान्छ र आर्थिक एवं सामाजिक अवस्था अनिश्चित हँुदै जान्छन्, त्यति नै मुलुकबाट श्रम र पुँजी पलायन हुने हो। त्यसको असर भनेको नेपाल गरिबबाट झन् बढी गरिब हुनु हो।
विवेकले स्थान पाउने हो भने विद्यमान संकटबाट देशलाई निकास दिन त्यति कठिन छैन। हाम्रो नागरिक समाजका निमित्त आफ्नो कर्तव्य पूरा गर्ने यो एउटा अवसर हुन सक्छ। नागरिक समाजले सरकारलाई चुनाव गराउन कटिबद्ध तुल्याउन सक्छ। दलहरुलाई चुनाव निष्पक्ष र धा"धलीरहित तुल्याउने सर्तहरु मान्न बाध्य पनि बनाउन सक्छ। विपक्षमा रहेका राजनीतिक शक्तिहरुलाई पनि आफ्नो शक्ति परिचालन सरकार गिराउने तथा चुनाव बहिष्कार गर्ने अनुत्पादक प्रयत्नतर्फ केन्द्रित गराउनुको साटो संगठित भएर चुनावको तयारीमा केन्द्रित हुन बाध्य तुल्याउने छ। वास्तवमा नागरिक समाजले आफूलाई दलहरुको विकल्पमा उभ्याउने प्रयास गर्नुको साटो दुवैथरीलाई टेबुलमा राखेर मध्यस्थकर्ताको भूमिकामा अग्रसर हु"दा मुलुक मुठभेडबाट बच्नेछ।