शहरी क्षेत्रमा बसेर हेर्ने हो भने आधुनिक चिकित्साका सबैजसो सुविधा अब नेपालमा उपलब्ध भइसकेको देखिन्छ। निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, डाइग्नोस्टिक सेण्टरहरू जताततै खुलेका छन्। देशभर सरकारी अस्पताल ९८, मेडिकल कलेज २०, डेण्टल कलेज ३, ट्रष्टबाट सञ्चालित, सामुदायिक, सहकारी, गैरसरकारी र निजी क्षेत्रबाट सञ्चालित ५० बेडभन्दा माथिका अस्पताल मात्रै ६५ वटा छन्। २ सय १४ प्राथमिक स्वास्थ्य केन्द्र, ६ सय ७९ स्वास्थ्यचौकी, ३ हजार १ सय ३४ उपस्वास्थ्यचौकी, ४८ हजार ५ सय ४९ महिला स्वयंसेविका छन्। त्यस्तै सरकारी अस्पतालमा हालसम्म उपलब्ध भएको बेड संख्या ७ हजार ४९ र निजी अस्पतालहरुमा १५ हजारभन्दा बढी छन्। प्रतिवर्ष देशभित्रै उत्पादन हुने डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको संख्या हजारौँमा आउँछ विदेशबाट एमबीबीएस् पढाइ पूरा गरेका चिकित्सकहरूको संख्या प्रतिवर्ष झण्डै दुई हजारभन्दा माथि हुने गरेको छ।
मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका चिकित्सकहरू करिब १२ हजार पुगिसकेको छ। प्रत्येक वर्ष देशभित्र र विदेशबाट पढेर आउने चिकित्सकहरूको औसत संख्या २ हजार हुने गर्छ। २०४८ सालमा तत्कालीन सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरी सरकार र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्ने निश्चयद्वारा यो उपलब्धि सम्भव भएको हो। देश प्रतिवर्ष करिब १२ अर्ब रुपियाँको देश-विदेशका औषधी उत्पादनको बजार भइसकेको छ। यसमध्ये करिब पाँच अर्ब रूपियाँको औषधी मुलुकभित्रै उत्पादन हुने गर्छ। करिब दुई सय विदेशी कम्पनीहरूले नेपालमा औषधी बेचिरहेका छन् भने करिब ६ हजार जनशक्तिले औषधी उत्पादनमा रोजगारी पाएका छन्। जनतामा जडीबुटीको आर्थिक तथा औषधीय महत्त्वबारे चेतना बढेको हुनाले यसको व्यावसायिक खेती र प्रशोधनमा व्यापकता बढ्दै गएको छ।
एकातिर स्वास्थ्य क्षेत्रको संख्यात्मक विकास भएको छ भने यो क्षेत्रको गुणस्तरीयता र स्तरीय सेवा प्रवाहका विषयमा भने गुनासो आउने गरेको छ। सरकारले हचुवाका आधारमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिनु, चिकित्सा क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु, त्यस क्षेत्रका पदाधिकारीहरुको छनौट र नियुक्ति प्रक्रियामा पारदर्शिता देखाउन नसक्नु, योग्य, दक्ष र वरिष्ठताको आधारमा सम्बन्धित निकायका पदाधिकारीहरु नियुक्त गर्ने परम्पराको थालनी गर्न नसक्दा नै अहिलेको स्थिति आएको हो। साथै गुणात्मक स्वास्थ्य सेवा प्रदान गर्न अनुगमन, निरीक्षण र नियमन गर्ने संस्था नेपाल मेडिकल काउन्सिललगायत् अन्य काउन्सिलहरुको उत्तरदायित्व ग्रहण भएको छ/छैन भन्ने प्रश्नसमेत उठिरहेको छ।
मेडिकल काउन्सिलको भूमिका
स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको गुणात्मकताका लागि नियमन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल हो। काउन्सिलबाट दिइँदै आएको चिकित्सकहरुको अनुमतिपत्रको परीक्षा प्रणाली अत्यन्त विश्वास गर्न लायक छ। र 'पोष्ट ग्राजुएसन' का लागि पनि त्यो परीक्षाले गुणात्मक जनशक्ति उत्पादन हुन्छ भन्ने आम चिकित्सकहरुको मान्यता रहिआएको छ। तर, मेडिकल कलेजको स्वीकृति र मेडिकल कलेज शिक्षण अस्पतालको गुणात्मकताका क्षेत्रमा जुन किसिमले अनुगमन, नियमन र निर्देशन हुनुपर्ने हो, त्यसमा कमी/कमजोरी भएको आमउपभोक्ता तथा सरोकारवाला निकायको समेत गुनासो छ।
मेडिकल कलेजबाट 'पोष्ट ग्राजुएसन' का लागि संख्या वृद्धि गर्ने र त्यसको गुणात्मकताका सम्बन्धमा समेत काउन्सिलको मुख्य भूमिका देखिनुपर्छ। तसर्थ नेपाल मेडिकल काउन्सिलले देशव्यापीरूपमा एमबिबिएस प्रवेश परीक्षा सञ्चालन गरी गुणस्तरीयताको आधारको परम्परा बसाल्न सक्यो भनेमात्र स्वास्थ्य शिक्षाको गुणस्तरीयता आउन सक्छ, जुन काउन्सिलको दायित्वभित्र पनि पर्छ।
निजी क्षेत्रको प्रवेश
निजी क्षेत्रमा कार्यरत् स्वास्थ्य संस्थाहरु गुणात्मक स्वास्थ्य सेवा प्रदान गर्नुको सट्टा दिन/प्रतिदिन बिरामी बढाउने र नाफामूलक व्यापारमा मात्र संल्लग्न रहेको आमगुनासोलाई निरुत्साहित पार्न पनि निजी क्षेत्रबाट पहल गर्नु अत्यावश्यक भइसकेको छ। वास्तवमै नेपालको स्वास्थ्य क्षेत्रमा निजी निकायहरुको प्रवेशले उपचार प्रक्रियामा उल्लेख्य योगदान पुर्यााएकामा कुनै द्विविधा छैन। कुनैबेला क्षयरोग उपचारका लागि अप्ठेरो मान्ने हाम्रो देशमा अहिले बाइपास सर्जरी, एन्जियोग्राम, बोनम्यारो ट्रान्सल्पान्ट र क्यान्सरजस्ता जटिल रोगको उपचारमा सहजता आएको छ, जुन नेपालीहरुका लागि गौरवपूर्ण कार्य हो। शहरी क्षेत्रमा झण्डै ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ४० प्रतिशत सेवा निजी क्षेत्रले दिएको आंकडा छ। तर निजी क्षेत्रलाई अझ बढी व्यवस्थित, जिम्मेवारी र गुणस्तरीय बनाउनका निमित्त कुनै पनि प्रयास थालनी भएको देखिँदैन।
निजी क्षेत्रसँगको समन्वय र सहकार्यलाई आत्मसात गर्दै दुर्गम तथा ग्रामीण क्षेत्रमा त्यसको विकास गर्नुपर्ने कुरामा राज्य मौन छ। उदाहरणका लागि एउटा एमबिबिएस उत्तीर्ण गरेको चिकित्सकलाई ग्रामीण क्षेत्रमा गएर क्लिनिक खोले त्यसका लागि चाहिने स्वास्थ्य औजारहरु विदेशबाट ल्याउँदा निःशुल्क भन्सार गर्ने नीति भयो भने ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहँुंच बढ्नेछ। र, नेपाली जनताले गुणात्मक स्वास्थ्य सेवा पाउने अवस्था आउन सक्छ। राज्यले यसमा आवश्यक पहल गर्नु आवश्यक छ। शहरी क्षेत्रमा कैयांैको संख्यामा निजी मेडिकल तथा नर्सिङ होम खुलेका छन्। राज्यको नीतिअनुसार त्यस्ता मेडिकल अस्पताल तथा नर्सिङ होमले गरिब तथा विपन्नका लागि कम्तिमा १० प्रतिशत बेड छुटयाई सामाजिक सेवामा योगदान पुर्यामउनुपर्ने व्यवस्था छ। त्यसका लागि त्यस्ता निजी क्षेत्रका संस्थाहरू त अग्रसर हुनुपर्छ नै, राज्यले पनि त्यसका लागि वातावरण तयार पार्नुपर्छ।
निजी क्षेत्रमा मेडिकल कलेजहरुको स्वीकृति दिँदा सरकारले केन्द्रीकृत नभई विकेन्द्रीकरणको सिद्धान्तअनुरूप स्वीकृति दिँदै जाने, दुर्गम र अति दुर्गम क्षेत्रमा निजी क्षेत्रबाट मेडिकल कलेज खोल्ने अनुमति मागिएको खण्डमा नेपाल सरकारबाट चाहिने आवश्यक पूर्वाधार, जमिन तथा उपकरणहरु र आवश्यक भवन निर्माणका लागि चाहिने सामग्री १० वर्षका लागि भन्सार निःशुल्क गर्ने परिपाटी बसाल्नुपर्छ। अर्कोतिर अतिरिक्त स्वास्थ्य सेवा करलगायत् दोहोरो कर प्रणाली सेवाको अवस्थालाई मध्यनजर गर्दै मिनाहा गर्ने प्रक्रिया थालनी गर्नु उचित देखिन्छ।
बजेटको समस्या
सरकारैपिच्छे नीति तथा कार्यक्रमलाई राजनीतिक आस्थाका आधारमा विनातयारी परिवर्तन गर्दै जानु, सञ्चालनमा भएका नीति तथा कार्याक्रमहरुको यथोचित अनुगमन हुन नसक्नु प्रमुख समस्याका रूपमा रहेको छ। सरकारपिच्छेकै नीति तथा कार्यक्रमहरुका लागि पर्याप्त मात्राको बजेटको अपुग हुन पुग्नु पनि प्रमुख कारणको रूपमा रहेको छ। विगतको दीर्घकालीन नीति तथा कार्यक्रमसँगै स्वास्थ्य बजेटमा तत्कालीन सरकारले स्वास्थ्यमा कुल बजेटको झण्डै साढे ६ प्रतिशत बजेट छुट्याएको थियो र सन् २०१५ सम्ममा बजेटको प्रतिशत दुई अंकमा पुर्या उने भनिए तापनि हालसम्म पनि ७ प्रतिशतभन्दा माथि बजेटमा वृद्धि हुन सकेको छैन।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सबैभन्दा अविकसित मुलुकले पनि जनताको स्वास्थ्यमा प्रतिव्यक्ति १५ डलर खर्च गरेकै हुनुपर्छ भन्ने छ। तर, नेपाल सरकारले छुटयाएको बजेटमा चानचुन ७ डलरको हाराहारीमा छ। नेपालमा चिकित्सक र बिरामी अनुपात ०.०४ प्रतिहजार छ, जबकि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २.३ प्रतिहजार हुनुपर्छ। यसले नेपालको स्वास्थ्य अवस्था चित्रण गर्छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका सामग्री खरिदका लागि समेत सरकारको वर्तमान सार्वजनिक खरिद ऐन पनि कारकका रूपमा रहेको देखिन्छ। खरिद ऐनले औषधी वा सामान खरिद गर्दा सबैभन्दा सस्तो सामग्री कसले दिन सक्छ भनेर आवेदन माग्छ। स्वास्थ्यमा कस्तो छ भने एम्लोडिपिन भन्ने एउटा ट्याब्लेट ४ रुपियाँमा पाइन्छ र त्यस्तै अन्य एम्टासको मूल्य त्यसभन्दा धेरै माथि छ। अब सरकारी नियमले त्यही ४ रुपियाँवाला औषधी खरिद गर्ने कि गुणात्मक औषधीका लागि बढी मूल्य तिर्ने? कानुनी हिसाबकिताबले खरिद गर्दाखेरी आर्थिक खरिद नियमावलीअनुसार कम मूल्यका लागि नै खरिद गर्नुपर्ने हुन्छ। तर, त्यसको गुणस्तर अकल्पनीय हुन सक्छ। जनतालाई निशुल्क स्वास्थ्य दिन र सरकारी स्वास्थ्य संस्थाहरुमा राखिने त्यस्ता औषधीले के स्वास्थ्यलाई फाइदा नै पुर्याकउँछ त? यस्ता ऐन समयसापेक्ष संशोधन हुनु आवश्यक छ।