नेपालको अन्तरिम संविधान २०६३ राजनीतिक सहमतिको संक्रमणकालीन दस्तावेज हो।
यस संविधानको प्रमुख उद्देश्य जननिर्वाचित संविधान सभाद्वारा संविधान निर्माण गर्नु रहेको देखिन्छ । मधेश आन्दोलनलगायत जनचाहनाका कारण अन्तरिम संविधानले नै संघीयता एवं समावेशी पद्धतिलाई अंगीकार गरिसकेको छ। संविधानले अंगीकार गरेको यस अवधारणालाई मुखरित गर्ने कार्यान्वयन प्रक्रिया र पद्धतिमा यदाकदा संवैधानिक मर्म र मान्यता प्रतिकूल हुन गयो कि भन्ने विषय पनि साचार माध्यममा देखिने गरेको छ। यसमा न्यायपालिकाका बारेमासमेत टिप्पणी हुने गरेको देखिन्छ। मधेशीलगायत सबै नेपाली नागरिक संविधान निर्माणलाई गम्भीरतासाथ नियालिरहेका छन्। निर्वाचित प्रतिनिधिले हाम्रा पहिचान भेषभुषा भाषा राजनीतिक सांस्कृतिक प्रादेशिक भौगोलिक अधिकारलाई हाम्रो सार्वभौम नेपालअन्तर्गत स्वायत्त संघीयरुपमा के कसरी समाविष्ट गराउन सक्छन् एवं केन्द्रीय र प्रादेशिक अधिकारको सन्तुलन कसरी हुँदैछ भन्ने विषयमा सबै नेपालीको चासो रहेको छ।
मधेशको सबाललाई राष्ट्रिय विषय बनाउन देशका सबैजसो राजनीतिक दल सहमत भइसकेका छन्। यस्तो अवस्थामा उपराष्ट्रपतिको शपथसम्बन्धी विषय पनि विगत १ वर्ष देखि राजनीतिक एवं कानुनी वहसको विषय बन्दै आएको छ । यसै विषयमा सर्वोच्च अदालतबाट भएका फैसलाले पनि नयाँ बहसको सूत्रपात गराएको छ। कानुनी शासनको सिद्धान्तअनुसार सर्वोच्च अदालतको आदेश बाध्यकारी हुने भए पनि संक्रमणकालीन अवस्थाको सन्दर्भमा भने त्यस्ता आदेश वा फैसला बारे पर्याप्त छलफल गर्नुपर्ने देखिएको छ । संक्रमणकाल सबैका लागि जोखिमपूर्ण हुन्छ। संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा मानिसकेको छ । यसैले कानुनी वा अन्य कुनै बहानामा यस्ता अधिकारलाई कुण्ठित गर्ने निर्णय संविधानको मर्म एवं भावना प्रतिकूल हुन्छ। उपराष्ट्रपति परमानन्द झाले नेपालीमा सहीछाप गरेको शपथको लिखित दस्तावेजलाई बेवास्ता गरी सर्वोच्चले मान्यता दिएन । न्यायिक इतिहासमा पहिलो पटक लिखित दस्तावेज मौखिक कारणले कागजको खोस्टा साबित गराइएको छ । यसलाई कसरी न्यायिक आदेश मान्ने
उपराष्ट्रति झा संसद्बाट निर्वाचित पदाधिकारी हुन् । उनले आफ्नो व्यक्तिगत हितका लागि नभएर प्रादेशिक उत्थान र पहिचानका लागि हिन्दीमा शपथ खाएका हुन् । त्यसर्थ राष्ट्रका नीति निर्माता तथा निर्णयकर्ताले नेपाल राष्ट्रको र राष्ट्रिय अखण्डताको भावना बलियो बनाउन उदाररुपमा प्रस्तुत हुनुपर्छ।
नेपालको मधेशी समुदाय मेचीदेखि महाकालीसम्म एक अर्को भाषाभाषीसँग संवाद गर्दा प्रायः हिन्दी भाषामै गर्छन्। त्यसै गरी पहाडी वा हिमालीले मधेशीसँग हिन्दीमा कुराकानी गर्छन्। मधेशवादी नेता स्व। गजेन्द्रनारायण िसंहले दुई दशकअघि देखि नै संसद्देखि सडकसम्म यो सबाल बुलन्द गरेका थिए । तत्कालीन संसद्मा उहाँ हिन्दीमा बोल्न त पाउनु भयो तर त्यसलाई रेकर्डमा राखिएन । उहाँ धेरै पटक हिन्दी भाषा र धोती कुर्ता पहिरनका कारण अपमानित हुनुभयो तर उहाँले सूत्रपात गरेको भाषिक जागरण आज सम्पूर्ण नेपालभर फैलिएको छ। उपराष्ट्रपतिसम्बन्धी विवाद त यसको सूक्ष्म अंश मात्र हो।
सर्वोच्च अदालतको फैसलामा राष्ट्रिय एकताको भावना उजागर भएको देखिएन । बरु उपराष्ट्रपति झा सर्वोच्च अदालतबाट हराइए नेपालको संघीय एकताको दृष्टिबाट अझ सशक्त देखिएका छन्। मधेशी भावनालाई भाषिक रुपमा प्रतिनिधित्व गर्ने उपराष्ट्रपति झाको उचाइ बढेको छ।
सर्वोच्च अदालतको उपराष्ट्रपति शपथसम्बन्धी निर्णयले नेपालको संविधानले आत्मसात गरेको संघीय स्वतन्त्रताको भावनामा प्रहार गरेको छ। यो प्रहार न्यायिक मापदण्ड प्रतिकूल छ । यसले मधेशी समुदायको भावनालाई चोट पुर् याएको छ। अतः अविलम्ब यस्ता निर्णय आदेशलाई पुनरावलोकन गर्नु न्यायपालिका कै हितमा हुने देखिन्छ। यसतर्फ ध्यान दिइएन भने स्थिति भयावह भई संविधान निर्माणमा नै प्रतिकूल असर पर्नसक्छ।