राष्ट्रपति, अध्यक्ष र निर्वाचन
०२ भदौ २०७०
•
१३ मिनेट पाठ
राष्ट्रपति, अध्यक्ष र निर्वाचन
राष्ट्रपति डा. रामवरण यादवदेखि सर्वसाधारण राम, श्याम, हरि सबैको मनमा एउटै प्रश्न छ: के निर्वाचन होला ? अनि निर्वाचन भईहाले पनि मंसिर ४ मै होला ? सर्वसाधारण जनता चिया गफमा निर्वाचन हुने र नहुने विषयमा पक्षविपक्षमा विभिन्न तर्क प्रस्तुत गर्छन्, सरकार र राजनीतिक दललाई गाली गर्छन्, अनेक सल्लाह दिन्छन् र आआफ्ना कर्ममा होमिन्छन् । जनताको मनको बह सडकमा बगेर बिस्तारै जनमत बन्दैछ । जनता निर्वाचनका लागि तयार हुँदैछन् । यसरी बन्दैगरेको जनमतले निर्णयकर्तामाथि दबाब सिर्जना गर्दैछ । अहिले देश संचालनमा प्रत्यक्ष संलग्न भएको मन्त्रिपरिषद् र संविधानको संरक्षकको जिम्मेवारी पाएका राष्ट्रपतिलाई यो दबाबले चस्स पोलेको छ।राष्ट्रपति विभिन्न दलका नेतालाई बोलाएर मनको कुरो खोल्छन्, निर्वाचन समयमै गर्न सहयोग गरिदिनु होला है भन्छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी बारम्बार राष्ट्रपति निवास पुग्छन् र भन्छन्, सरकार निर्वाचन गराउन कटिबद्ध छ । दुवैको ध्यान निर्वाचनमै देखिन्छ तर दुवै संस्था हातमा हात मिलाएर अघि बढेका छैनन् कि जस्तो पनि भान हुन्छ । दुवैले आआफ्ना निकटका स्रोतसँग कुराकानी गर्दा अविश्वासको छनक दिएका हुन् कि? अध्यक्ष फर्कनेबित्तिकै शीतल निवास निवासी राष्ट्रपतिको मनमा चिसो पस्दो हो यिनले निर्वाचन त गराउँछन् ? कतै शासन कहिल्यै नछोड्ने विचार पो गरेका छन् कि ? शीतल निवासबाट बालुवाटार फर्कदा रेग्मीको मनमा पनि चिसो पस्दो हो, कतै निर्वाचन नभए आफ्नो हातमा शासन आउँछ भन्ने लालसा त पालेका छैनन् राष्ट्रपतिले?




एक अर्काप्रति कति विश्वस्त छन्, कति आश्वस्त छन् वा कति चिसो वा तातो सम्बन्ध छ दुई संस्थाबीच भन्ने त उनीहरूलाई नै थाहा होला । जनतालाई औपचारिकरूपमा जे भनिए पनि राष्ट्रपति र प्रधानमन्त्री (अहिले अध्यक्ष) का बीचमा विगतमा भने कहिल्यै बलियो सम्बन्ध स्थापित भएको छ्रैन । डा. यादव २०६५ साउन ८ गते राष्ट्रपति हुँदा स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । आफ्ना पुराना नेता प्रधानमन्त्री भएका कारण डा. यादवको भूमिका त्यति प्रभावकारी हुने अवस्था थिएन कोइरालाका पालामा । तर चुनावमा दोस्रो भएको नेपाली कांग्रेसका नेता कोइरालाले यादव राष्ट्रपति भएको एक महिना पनि नपुग्दै अर्थात् भदौ २ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पद जिम्मा लगाए । तत्पश्चात् पनि कोइराला र यादवका बीचमा पुरानो सुमधुर सम्बन्ध पुनः स्थापित हुन सकेन भन्छन् जानकार राजनीतिक विश्लेषकहरू । तर प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रपति र सरकार प्रमुखबीचको द्वन्द्व खुल्लम खुल्ला सुरु भयो ।

प्रचण्डले अहिले आफैँले सकारेका छन् – सेना प्रमुखलाई निकाल्ने निर्णय गरेर आफ्नो राजनीतिक भविष्य सिध्याउने ठूलो गल्ती गरेँ भनेर । राष्ट्रपतिले तिनको निर्णय उल्टाउनेबित्तिकै सिंहझँै गर्जिदैँ रहेका प्रचण्ड बिराली म्याउ गर्दै पदबाट आफैँ बाहिरिए । प्रचण्ड बाहिरिएपश्चात बनेको माधवकुमार नेपाल नेतृत्वको सरकार र राष्ट्रपतिबीच ठूलो विवाद देखिएन । नेपाल र यादवको वास्तवमा सम्बन्ध राम्रै बनेको थियो । तर नेपालको बहिर्गमन्पश्चात झलनाथ खनालको नेतृत्वको सरकार भने राष्ट्रपतिसँग त्यति खुल्न सकेन । खनालको सरकारको लगाम प्रचण्डको हातमा भएको हुनाले पनि यो सम्बन्धले प्रगाढता पाउने अवस्था थिएन । खनालको पतनपश्चात डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । भट्टराईको शासन कालमा दुई डाक्टरबीच ठूलै महाभारत चल्यो भन्दा हुन्छ ।

भट्टराईको सरकार राष्ट्रपतिसँग सधैँ सशंकित रह्यो । राष्ट्रपतिले पनि सरकार अपदस्थ गर्न सेनाको सहयोग खोेजेको सम्मका कुरा बाहिर आए । अन्ततः डा. यादवले 'कु' गर्दैछन् भन्ने माओवादीद्वारा अति प्रचारित समय नआउँदै डा. भट्टराई बाटो लागे । अहिलेको खिलराज रेग्मीको सरकार पनि डा. यादवले चाहेर आएको होइन । तर उनको समर्थन नभई आउने संभावना पनि थिएन । राष्ट्रपतिले संविधान संशोधनमा भाँजो हाल्नसक्ने प्रशस्त ठाउँ थियो । तर डा. यादवलाई एक सज्जन र विद्वान् प्रधान न्यायाधीशले निर्वाचन सम्पन्न गराउन सक्छन् भन्ने लागेको थियो होला । अध्यक्ष बनेका रेग्मीले पनि राष्ट्रपतिबाट व्यवधान नआउला भन्ने अपेक्षा गरेका थिए होलान् ।

राजनीतिक जानकारहरू लख काट्छन्, अहिले अचानक सम्बन्ध चिसिएको छ यी दुई संस्थाबीच । देशका लागि यो अनुमान गल्ती हुनु लाभदायक छ । नेपाल अहिले शक्ति संघर्ष पचाउन सक्ने अवस्थामा छैन । न राष्ट्रपति, न त मन्त्रिपरिषद्का अध्यक्ष, कसैलाई पनि मंसीर ४ गतेको निर्वाचन नगराउँदा फाइदा हुने अवस्था छैन । तर पनि कुनै शक्तिले उनीहरूबीच खेल्यो भने दुवैको र देशको दुर्भाग्य हुनेछ ।

कदाचित् मंसिर ४ मा निर्वाचन हुन सकेन भने पनि राष्ट्रपतिले शासन आफ्नो हातमा लिनसक्ने अवस्था छैन । राष्ट्रपतिले शासन लिन सेनाको सहयोग चाहिन्छ । सेना सम्पूर्ण रुपमा उनका लागि बन्दुक बोकेर विरोधीहरू माथि गोली प्रहार गर्न तयार भएर सडकमा आउनुपर्छ । नेपाली सेनाको अहिलेको नेतृत्व राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउन र उनको नाममा गोली चलाउन तयार मनस्थितिमा देखिँदैन । फेरि डा. यादव ईजिप्टको सेना नायकजस्तो सयौं जनता मारेर शासन चलाऊँ भन्ने महत्वकांक्षा राख्ने व्यक्तित्व पनि होइनन् । गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति भएका कारण उनको सफलता नेपालको गणतन्त्र र लोकतन्त्रलाई संस्थागत हुन दिनु नै हो । निर्वाचनमार्फत् आएको सरकारले शासन सम्हालेर र नवनिर्वाचित व्यवस्थापिका संसद्ले नयाँ राष्ट्रपति चुनेपछि मात्र गणतन्त्र र लोकतन्त्र संस्थागत हुने बाटोमा तबमात्र लाग्छ ।

हुनत, डा. यादवको राजनीतिक महात्वाकांक्षा नभएकै देखिन्छ । त्यस्तो कुनै महत्वाकांक्षा भए नै पनि लोकतन्त्र संस्थागत नभई उनको कुनै उद्देश्य पूर्ति हुँदैन । उनको महत्वकांक्षा छ भने आफ्नो सन्तानको राजनीतिक भविष्य उज्वल बनाउने चाहना हुन सक्छ । तर डा. यादव धृतराष्ट्रजस्तो सन्तान मोहमा फस्ने संभावना छैन । किनभने त्यसका लागि उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको समर्थन प्राप्त हुने अवस्था देखिन्न । त्यसैले राष्ट्रपतिले निर्वाचनविरुद्ध कुनै षड्यन्त्र गर्दैनन् भन्नेमा ढुक्क हुन सकिन्छ ।

त्यसो भए के खिलराज रेग्मीले निर्वाचनविरुद्ध षड्यन्त्र गर्लान् त ? यो पनि असंभव किन छ भने उनी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी भएका कारण नभई सर्वोच्च अदालतका प्रधान न्यायाधीश भएका नाताले हुनपुगेका हुन् । अर्थात् उनको पदको म्याद सर्वोच्चमा उनको पदावधि कायम रहेसम्म मात्र रहनेछ । विसं २०७१ साल असारतिर रेग्मीकोे प्रधान न्यायाधीशको पदावधि समाप्त हुन्छ । त्यस पश्चात् कसैले मुद्दा हाल्योभने सर्वोच्च अदालतले रेग्मीको पक्षमा आदेश दिने संभावना न्यून देखिन्छ । अर्थात्, निर्वाचन हुँदा वा नहुँदा दुवै अवस्थामा उनी बाहिरिने नै छन् । निर्वाचन गराएर बाहिरिँदा उनलाई बढी फाइदा छ । कम्तीमा इतिहासले त राम्रो मूल्यांकन गर्ला ?

रेग्मी तानाशाह बन्ने संभावना छ त भनौ भने त्यो पनि मुस्किल छ । तानाशाह बन्न उनलाई पनि उही सेनाको सहयोग चाहिन्छ । सेना प्रमुख उनको सहयोगमै अगाडि बढे पनि कांग्रेस, एमाले र माओवादीले टँुडीखेल घेरे भने नेपाली सेनाले इजिप्टमा जस्तो सयौंको लासको थुप्रो लगाउन त पक्कै सत्तैmन । उसलाई पनि भोलि मानव अधिकारविरुद्धको मुद्दा लाग्ने डर त छँदैछ र हेगको अन्तर्राष्ट्रिय न्यायिक अदालतमा उभिन पर्ला भन्ने हेक्कासमेत पक्कै छ ।

नेकपा–माओवादीसमेत निर्वाचनको विकल्प नदेखेर बिस्तारै सकेसम्म आफ्ना माग मनाउँदै नसके इज्जत जोगाउँदै निर्वाचनको पक्षमा एकजुट हुँदैगरेको अवस्थामा राष्ट्रपति, अध्यक्ष वा अरु कुनैपनि शक्ति निर्वाचनको विपक्षमा जानसक्ने अवस्था छैन । तथापि, नेपालमा स्थायित्व नआउँदा आफ्नो स्वार्थ पूरा हुने संभावना देखेका विभिन्न शक्ति र व्यक्तिले राष्ट्रपति र अध्यक्षलाई एक अर्काप्रति सशंकित बनाएको हुन सक्छ । यस्तो भडकाउमा नलागी आगामी मंसिर ४ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गराई दुवैले अवकाश लिएमा देश र जनताप्रति उनीहरूको गुण ऐतिहासिक र अविस्मरणीय हुनेछ ।
अर्को समाचार
चुनावपछि प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्छ: प्रचण्ड
१२ भदौ २०७९
•
१ मिनेट पाठ
चुनावपछि प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्छ: प्रचण्ड
फाइल तस्बिर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन्।




आज माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले आगामी निर्वाचन पछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका हुन्।

प्रचण्डले आन्दोलनका लागि तयार हुनसमेत निर्देशन दिएका छन्। आगामी निर्वाचनमा अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने बताउँदै उनले  कांग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि त्यसलाई मिलाएर अघि बढ्नु पर्ने बताए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस