चुनावको चहलपहलसँगै उत्साहित मतदाता चन्दा आतंकबाट तर्सन थालेका छन्। हुनत, अहिले पर्साको एउटा चुनावी सभामा मात्र चन्दा आतंकको खुलासा गरिएको छ तर त्यो अपवाद पक्कै हैन। देशैभर उमेदवारले पक्कै चन्दा उठाएका होलान्। लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलहरूले शुभेच्छुक, समर्थकसँगमात्र हैन सामान्य जनतासँग पनि आर्थिक सहयोग माग्ने र लिने गर्छन्। त्यसैले चन्दा माग्नु वा लिनु नै आपत्तिको विषय हैन। तर, चन्दाका नाममा शक्तिको धम्की वा लोभ देखाएर व्यक्ति वा संस्थाको दोहन गर्नु भने आपत्तिजनक विषय हो र प्रचलित कानुनअनुसार दण्डनीय अपराध पनि हो। पर्साको चुनावी सभामा उठाइएको विषय पनि यही बलपूर्वक चन्दा असुली नै हो। डर देखाएर रकम असुल गर्ने अभ्यासलाई नै 'चन्दा आतंक' भनिएको हुनुपर्छ। यस प्रकरणमा खुलासा भएको सबैभन्दा आपत्तिजनक र चिन्ताको विषय भने उमेदवारबाटै चन्दा आतंक मच्चाइनु नै हो।
केही दिनपछि मत माग्नुपर्ने जनसमुदायसँग उमेदवारले धम्क्याएर चन्दा असुलेको समाचार पत्याइहाल्न सजिलो छैन। तर, संविधान सभा निर्वाचनमा राजनीतिक दलहरूबाट उमेदवार भएकैले चन्दा आतंक मच्चाएको गुनासो प्रहरीसमक्ष आएको खुलासा नेपाल प्रहरीका जिम्मेवार वरिष्ठ अधिकारीले गरेकाले त्यसलाई 'प्रचार पाखण्ड’ मात्र मान्न मिल्दैन। पक्कै पनि प्रहरीका उच्च अधिकारीले बिनाप्रमाण सार्वजनिक कार्यक्रममा यति ठूलो आरोप लगाउने आँट गरेनन् होला! यसैले उमेदवारबाटै मच्चाइएको चन्दा आतंकको विषयलाई सम्बन्धित सबै पक्षले गम्भीररूपमा लिनु आवश्यक छ। कतिपय उमेदवारको पृष्ठभूमि र उमेदवारीका लागि गरिएको चलखेल हेर्दा पनि चुनावका नाममा अनुचित लाभ उठाउन खोज्ने प्रवृत्ति बढ्नु स्वाभाविकै हो। यस्तै क्रियाकलापले राजनीतिको अपराधीकरण हुने हो। त्यसो हुन नदिन राजनीतिक दलहरू नै बढी चनाखो र गम्भीर हुनुपर्छ। केही पहिले व्यापारीहरूले राजनीतिक दललाई बैंकमार्फत् दिने चन्दा पहल गरेका थिए। केही प्रमुख दलले त्यस पहललाई सकारात्मकरूपमा लिएर बैंकमार्फत् चन्दा लिन अग्रसरता पनि देखाएका थिए। यस्तो पारदर्शी पहलको सकारात्मक परिणाम देखियो भने बिस्तारै चन्दा संस्कृति पनि सभ्य हुँदै जानेछ। तर, पार्टीले बैंकमार्फत् चन्दा दिन आग्रह गर्ने र उमेदवारले चाहिँ धम्क्याएर पैसा असुल्ने हो भने त्यो झन् डरलाग्दो पाखण्ड सिद्ध हुनेछ।
नागरिकलाई धम्क्याउने उमेदवारले अहिलेका जनता डराएर चुप लाग्दैनन् भन्ने चाहिँ बिर्सेजस्तो छ। धम्की पाउने व्यक्तिले चाहेमा त्यस्ता क्रियाकलापको गोप्य अंकन (रेकर्डिङ) गरेर सार्वजनिक पनि सजिलै गर्नसक्छन्। यसैले मतदातालाई धम्की दिने उमेदवारले यस्तो अभ्यास आफ्नै लागि आत्मघाती र दलका लागि प्रत्युत्पादक हुनसक्छ भन्ने हेक्का राख्नु उचित हुनेछ। यस्ता पाखण्डपूर्ण अभ्यासको अन्त्य गर्न सकेमा नै लोकतान्त्रिक संस्कार बलियो हुने हो।साथै, यस्ता गुनासा आएमा प्रहरीले पनि सार्वजनिक प्रचारको विषय बनाउनुभन्दा कारबाही गर्ने र धम्की पाउने व्यक्तिलाई आश्वस्त तुल्याउने तथा सुरक्षा दिनु बढी उचित हुनेछ। धम्की दिनेलाई मत नदिने वाचा सबै मतदाता गरे भने पनि यस्तो अभ्यासको अन्त्य हुनेछ। जनतालाई धम्क्याउनुभन्दा पहिले धेरैपटक सोच्नुपर्ने अवस्था सिर्जना गर्नका लागि सबै क्षेत्रबाट गम्भीर प्रयास हुनुपर्छ। राजनीतिक दलका शीर्ष नेताहरूकै सहमा तिनका उमेदवारले चन्दा आतंक मच्चाएका हैनन् भने दलहरूले पनि यस्ता घटनाको निन्दा गर्नु जरुरी छ। यस्ता घटनामा मौन रहनुको अर्थ सम्मति दिएको भन्ने हुन्छ।