एमाओवादीको आगामी बाटो
१२ माघ २०७०
•
१३ मिनेट पाठ
एमाओवादीको आगामी बाटो
राजनीतिमा रचनात्मकतासँगको दुश्मनीले कतै पनि पुग्न सकिँदैन। इमान र जमानसँगको शत्रुता, सदाचारसँग्ाको खेलठठ्ठा, अनाचारप्रतिको आशक्ति जस्ता आन्तरिक कारणले नै एमाओवादी कमजोर भएको हो।सत्ता धनमा, धन बलमा, बल कर्तव्यमा, कर्तव्य सत्यमा, सत्य सदाचारमा र सदाचार शीलमा अडिएको नीतिशास्त्र बताउँछ। उपरी संरचनाका धन र बलको भर पर्नु र आधारको रूपमा रहेका कर्तव्य, सत्य, सदाचार र शील स्वभाव नहुँदा नै राजतन्त्र ढलेकोबाट एमाओवादी नेताहरुले पाठ सिक्न सकेनन्। कपट, कलह, क्लेस र कृतघ्नता एमाओवादी नेताहरुको नसा नसामा व्याप्त भयो। बाँस बढेपछि निहुरिने र काँस बढेपछि ठडिने गर्छ। उत्कर्षकालमा एमाओवादीका नेताहरुले सहयात्री लोकतान्त्रिक दल, आफ्नो राजनीतिक गुरु मोहनविक्रम सिंह र मोहन वैद्य, नागरिक समाज र सर्वशक्तिमान जनसमुदाय कसैको आदर गर्न जानेनन् र कसैलाई आँखा देखेनन्।
आफूभन्दा माथि जनताको अदालत छ भन्ने सत्य अस्वीकार गर्नु नै प्रचण्डको शीघ्र ओरालो झराईको आधार हो। राजतन्त्रको अन्त्य, एमाले कांग्रेसले अघिल्लो चुनावमा भोगेको पराजय र यस पटक एमाओवादीले बेहोरेको करारी हार बाह्य हस्तक्षेपको असफलताले नेपाली जनता नै अन्तिम र सर्वोच्च शक्ति भएको छोटो समयमै प्रमाणित गरेको छ । सुधि्रनु छ र पतन रोज्नु छैन भने एमाओवादी नेताहरुले एमालेविरुद्ध गरेका हत्कण्डाप्रति प्रायश्चित्त गरेर सहयोगी घटक बन्नुपर्दछ। आफूले एमालेविरुद्ध प्रयोग गरेर आफँैलाई घातक सिद्ध भएका घातक निम्नलिखित मिसाइलहरुको समीक्षा उसको शुद्धीकरणको प्रस्थानबिन्दु हुनुपर्दछ :
१) सेनापति मिसाइल
२०६६ साल वैशाख २० गते प्रधान मन्त्री पुष्पकमल दाहालले सेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गरी रथि कुलबहादुर खड्कालाई का.मु. सेनापति बनाएर मूलतः दुई निशाना साँधेका थिए। प्रथम त उक्त बहुलठ्ठीपूर्ण निर्णय जंगी अड्डाबाट स्वीकार गराई युद्धकालमा माओवादीको टाउको दुःखाइको विषय बनेको राज्यको अन्तिम अंग सेनालाई आफ्नो  खेलौना बनाउनु थियो। दोस्रो, व्याप्त आतंकको आडमा एमाओवादी नेतृत्वको सरकारको सत्ता साझेदार घटक एमालेलाई विभाजित पारेर उग्रवामपंथलाई चार दशकसम्म निष्कंटकरूपले लाद्नु थियो। कटवाल झिटिझाम्टी बोकेर जंग्ाी अड्डा छोडी घर हिँडेपछि एमाले अध्यक्ष झलनाथ खनाल चीन भ्रमणबाट फकर्िंदासम्म विरोधी जतिलाई अधिकतम सफाया न्युनतम निकालाको सजाय भोग्न बाध्य पारिने थियो। इमानदार त्यो हो जो बेइमान गर्न सक्ने ठाउँमा पुगेपछि पनि बेइमान गर्दैन तर एमाओवादी नेताहरु विपक्षी त के सत्ता साझेदार घटकमाथि पनि इमानदार हुन सकेनन्। संयोगवश कटवाल औसत जागिरे भन्दा पृथक प्रकृतिका परेकाले माओवादी र एमालेभित्रका कारण सृजित दुर्भाग्य टर्‍यो। एक शुरवीर सेनापतिका रूपमा कटवालले मृत्यु रोजे तर जंगी अड्डा छाडेनन्। कटवालको त्यही आँट र अठोट अहिले आएर एमाओवादी र एमालेभित्रका भाइ माओवादीको पतनको कारण बन्यो भने जवज रक्षक बटालियन र लोकतन्त्रवादीको उत्थानको कारण बन्यो।




२) राष्ट्रपति मिसाइल
राजनेताले बहन गर्ने भार राष्ट्रिय आवाराको थाप्लोमा पुगेपछि नै मुलुकले हण्डर खाने खतरा बढ्छ। सेनापति काण्डमा नेपाली सेना एक अर्को रक्तपातपूर्ण कोतपर्वको मुखमा पर्न सक्यो। जंगी अड्डाले विवेक पुर्‍याउन सक्यो। जसको तरबार उसको दरवार भनेझै हातमा बलियो प्रमाण नभए पनि साहसपूर्वक रुक्मांगद कटवालले कमान्ड समालिरहे। सरकारी नियुक्ति पत्र पाएर पनि जंगी अड्डाको साथ नपाउँदा कुलबहादुर खड्का एक्ला वृहस्पति भए। जाबो एक जना कर्मचारी को हुने भन्ने कुराको छिनोफानो जनताले सडकमा उत्रेर गर्न सम्भव थिएन। तर उसले सडक संघर्ष छेड्यो। नोयडा र जेएनयुमा भारतले दिएको भातको बदलामा सोलुमा भारतीय राजदुत राकेश सुदलाई लात हानेर अपरिपक्वता र कृतघ्नता पस्कियो। राष्ट्रपति र प्रधान मन्त्रीविरुद्ध जनता उतारेर एमाले कांग्रेसलाई एक चिहान पार्न सत्ता र आमहड्ताल घोषणा जस्ता हत्कण्डाको सहारा लियो। जब जनताको साथ मिलेन, माओवादीको वास्तविक औकात उदांग भयो।
३) पशुपति मिसाइल
माओवादीले दरवारलाई समेत उछिनेर धर्ममा राजनीति गर्‍यो तर ठीक विपरीत बिन्दुमा उभिएर। अरब, अमेरिका र युरोपमा हिन्दु मन्दिर बन्न पाउँदैनन्। माओवादी धर्म निरपेक्षताका आडमा नेपालमा भने इस्ााई मण्डलाहरु च्याउझैँ उफ्रिए। ऐतिहासिक हिन्दु मन्दिरहरु द्वन्द्वकालमा भत्काइनुलाई संयोगमात्र मानिएको थियो। उसको घोर अवसरवादी राजनीति पशुपतिको पुजारी नियुक्तिमा उदांगियो। भारतका कैयौं मन्दिरमा नेपाली भट्ट र पशुपतिमा भारतीय नागरिक पुजारी भएको सत्य जब प्रकाशमा आयो तब माओवादी बोल माछा मुखभरि पानीको स्थितिमा पुग्यो।

३) अराजनीति मिसाइल
अराजनीतिक छवि र गतिविधि एमाओवादी पतनको अर्को कारण हो। २०६५ सालमा अन्य दलले बेहोरेको करारी हारबाट अत्तालिएर ती पार्टीभित्रका कमजोर तन्तुहरुले दल त्याग गरेको घोषणा गरे। अस्थिर, अवसरवादी र पदलोलुपहरु आफ्नो पार्टीमा ओइरो लागेपछि माओवादी फुटेको तालबाट निस्केको क्षणिक बाढी मात्र थियो। हिउँदको नदी जसरी सुस्ताएका एमाले कांग्रेसलाई चाँडै भदौ आउँदैछ भन्ने भेउ एमाओवादी नेताहरुले पाएनन्। उत्कर्षकालमा रहेको एमाओवादीको चुलोमा छेपारे बुद्धिजीवी र दलबदलुहरु ढाडे बिराला बने। उनीहरुलार्इ्र एमाले समाप्त भएको ढोल पिट्न लगाइयो। तिनै निर्वल नर्कटको बल र उक्साहटमा एमाओवादी एमालेमाथि षड्यन्त्र गर्न लाग्यो। वास्तवमा एमालेसँगको यस प्रकारको मित्रघात कुखुराको चल्लाले माउसँग गरेको सम्बन्ध जस्तै आलोकाँचो खेल सावित भयो।  अन्ततः अवसरवादी मुसाहरुको भरपर्दा नै एमाओवादीको जहाज डुब्यो।  

४ जनजाति मिसाइल
एकल जातीय पहिचानको मुद्दा उचालेर एमाओवादीले समाधानभन्दा पनि एमालेको मर्मस्थलमै हानेर विभाजन गराउन चाहेको थियो। नभन्दै उहिले महाकाली प्रकरणको राष्ट्रियताको रक्सी पिउनेहरु नै पूर्वी पहाडमा जातीयताको जाँड बेच्न तयार भए। सानो छँदा रोइ सताउने ठूलो भए चोरी सताउने अस्थिरहरु एमालेमै छँदा एमाले ३३ सिटमा थन्किएको थियो। उनीहरु बाहिरिँदा कपट, कचिंगल र अन्तरघात न्युन भयो। एकातिर गडबडी गर्नेहरु एमालेमा कमजोर हुनु र अर्कोतर्फ जनजातिवादी पार्टी गठन भएपछि एमाओवादीका युवाहरु पनि त्यता जानुले एकाधिकारमा धक्का लाग्यो। अन्ततः एमालेविरुद्ध प्रयोग गरेको जनजाति मिसाइलका कारण एमाओवादीको भोट बैंकमा नै क्षति पुग्यो।
५) सम्पत्ति मिसाइल
चुनाव अवधिअघि र पछि पनि एमाओवादी नेताहरुको सत्तामा मोह, भडि्कलो जीवन शैली, हेलिकोप्टर सवार, रोडपति र करोडपतिमा नेता कार्यकर्ताबीच कोरिएको रेखा, सर्वहारावादको नारा उचाल्ने पार्टीको नैतिक निर्वस्त्रीकरण थियो। एमाओवादी नेताहरु सार्वजनिक नहुन्जेलसम्म उनीहरुको निष्ठा, साहस, बलिदान र सक्रियता विरलाकोटीको मानिन्थ्यो। खुला जीवनले एमाओवादी नेताको ढोगी चरित्र उदांग पारिदियो। यसरी सम्पत्तिप्रतिको आशक्ति एमाओवादीको पतनको कारक तत्व बन्यो।
६) युवती मिसाइल
जनयुद्ध कालमा पनि एमाओवादी नेता तथा नेतृहरु जवान छापामारहरुमा यौन विकृति फैलाउन उत्प्रेरक भएको चर्चा चलेेका थिए। खुला राजनीतिमा आएपछि दुःखकालका जीवन साथी छाडेर युवतीका पछि लाग्ने होड एमाओवादी नेता कार्यकर्ताबीच चल्यो। सहिदका मातापिता, पत्नी र तिनका लालाबालाहरुको संरक्षणभन्दा पनि पुँजीवादी सञ्चारमाध्यमसम्म पहँुच पुर्‍याउने रेखा थापाहरुको उपयोग गरियो। प्रकाश दाहाल र विना मगर विवाहलाई सामान्यरूपमा हेरियो। जुन कार्यकर्ता जनयुद्धका महानायकको लकेट छातीमा टाँस्न पाउँदा आफूलाई धन्य ठान्थ्यो उनैका सन्तानबाट घर भाँडिनु सामान्य कुरा थिएन। कन्चनपुरमा उमेदवार बनाएर विना मगरलाई येाग्यताअनुसारको काम दिनु एउटा पक्ष थियो। जनतामा फैलिएको वितृष्णाको समयमै लेखाजोखा नगरिनु अर्को पक्ष थियो। यसरी कदम कदममा एमाओवादी नेताहरु काविल हुन नसक्दा सत्ता, शक्ति र सम्पत्तिको त्रिवेणीमा पुगेर पनि किनारा लाग्न बाध्य भए। बहुदलीय जनवादको नजिकै आएर पनि एमाओवादीले यसको मर्म पक्रन सकेनन्।
अर्को समाचार
संविधान सभा सफलताका सर्त
२९ चैत्र २०६९
•
९ मिनेट पाठ
संविधान सभा सफलताका सर्त
आगामी संविधान सभामा प्रवेशका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ न्युनतम् १ प्रतिशत मत ल्याउनुपर्ने निर्वाचन आयोगको प्रस्तावविरुद्ध विघटित संविधान सभाका साना दल आन्दोलित छन्।
आगामी संविधान सभामा उपस्थिति सुनिश्चित गर्न एकथरीले एमाओवादीको साहारा लिएका छन भने अर्कोथरीले नेकपा-माओवादीको। चार दलीय सिण्डिकेट वा प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठनविरुद्ध गठन गरिएको नेकपा-माओवादी नेतृत्वको गठबन्धनका अधिकांश दलको माग पनि स्पष्ट छ- समानुपातिकतर्फको कोटा बढाउने र प्रस्तावित एक प्रतिशतको सिलिङहटाउने। एमाओवादीको गठबन्धनमा रहेका साना दलले चाहिँ आफ्नो सरोकार चुनावी मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीसमक्ष खुलस्त राखेका छन्। एकीकृत माओवादीको नेतृत्वमा रहेका विघटित संविधान सभामा प्रवेश पाएका डेढ दर्जन र नेकपा-माओवादी गठबन्धनमा रहेका विगत संविधान सभामा प्रवेश नपाएका वा भर्खर गठन भएका सबै दलको एउटै चिन्ता र सरोकार समानुपातिकको वैशाखी टेकेर संविधान सभामा पुग्ने नै हो।





निर्वाचन आयोगद्वारा प्रस्तावित १ प्रतिशत सिलिङको विरोध गर्नेहरुले संविधान सभामा विभिन्न समूहको प्रतिनिधित्व गराउनका लागि सीमा राख्न नहुने हास्यास्पद तर्क गरेका छन्। पहिलो संविधान सभामा देशभरबाट सिला टिपेर संविधान सभामा प्रवेश पाएका दलले पुरानो संविधान सभालाई लिगेसी बनाएर फेरि पनि त्यहाँ जान पाउनुपर्ने तर्क गरिरहेका छन्। चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, नारायणमान बिजुक्छेको मजदुर किसान पार्टी वा कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाहेकका कुन साना दलले संविधान सभामा फरक विचार राख्न सके? फेरि पनि संविधान सभामा जानलायक काम उनीहरुले के गरेका थिए? यदि एकपटक संविधान सभामा प्रवेश गरेवापत फेरि पनि उनै दल सोही हैसियतमा आउनैपर्ने हो भने निर्वाचन किन गर्नुपर्योस? अन्यथा अनियन्त्रित दलको उपस्थितिले संविधान सभा फेरि पनि भद्रगोल बन्छ भन्ने जान्दा/जान्दै एमाओवादीले किन साना दललाई काँध थापेर हिँडिरहनु? आश्चर्यको विषय बनेको छ। नयाँ संविधान सभालाई प्रदूषणमुक्त बनाउन मुहान सफा गर्नु आवश्यक छ, त्यो भनेको निर्वाचन प्रणालीको सुधार हो।
विगतको संविधान सभा निर्वाचनमा समानुपातिकतर्फको कोटा बढाएर झण्डै ५८ प्रतिशत पुर्यााइएका कारण कुनै राजनीतिक दर्शन/सिद्धान्त नभएका दल संविधान सभामा प्रवेश गरेका थिए। गैरसरकारी संस्था वा धार्मिक समूहलाइ राजनीतिक दलका रूपमा दर्ता गरेर संविधान सभा प्रवेश गरेका दलले संविधान लेखन प्रक्रियालाई सहज बनाएनन्, बरु संविधान सभालाई दूषित बनाएका थिए। देशभरबाट सिला टिपेर संविधान सभामा पुगेका एकसिटे दलले संविधान सभा/व्यवस्थापिका संसदलाई हप्तौं बन्धक बनाएका थिए। युवाको रूपमा प्रवेश गरेकाले रातो पासपोर्ट बेचेर सभासदको बेइज्जत गरेका थिए। यस्ता गल्ती नजरअन्दाज गरेर समावेशीको नाममा सबैलाई संविधान सभामा हुल्यौं भने त्यस्तो संविधान सभाबाट हामीले कस्तो संविधान अपेक्षा गर्ने?
चोर आउँछ भनेर घरमा ताला लगायो भने सज्जन व्यक्ति पनि आउन सक्दैन। संविधान सभाभित्र प्रदूषण रोक्ने नाममा साना दललाई संविधान सभा प्रवेशमा बन्देज लगाउने कुरा पनि अराजनीतिक हुन्छ। तर आमनिर्वाचनमा एक प्रतिशत मत ल्याउन नसक्ने दललाई राष्ट्रिय दलको मान्यता दिनु भने आवश्यक छैन। किनभने राम्रो दर्शन/सिद्धान्त बोकेको दललाई जनताले प्रत्यक्ष निर्वाचनबाटै संविधान सभा प्रवेश गराएका हुनेछन् वा समानुपातिकतर्फ पनि एक प्रतिशतभन्दा धेरै मत दिनेछन्। एक प्रतिशत पनि मत ल्याउन नसक्ने दल संविधान सभामा नआउँदा खासै फरक पनि पर्दैन। अर्थात् एक प्रतिशत ल्याउन नसक्नु भनेको जनताको नजरमा त्यस्तो दल आवश्यक छैन भन्ने सन्देश पनि हो। समावेशिताको कुरा गर्नेले पनि एक प्रतिशतको विरोध गर्नुको औचित्य छैन, जनजातिहरुले एक प्रतिशतभन्दा बढी ल्याउने सम्भावना छँदैछ। बरु एउटै प्रकृति/समूहका धेरै दल हुँदा कुनैले पनि नजित्ने खतरा रहन्छ। प्रमुख दललाई नै प्रत्यक्ष र समानुपातिकतर्फ नै कोटा छुट्याउन बाध्य पार्नुपर्छ, सशक्तीकरणका लागि समावेशिता प्रत्यक्षतर्फ खोज्नुपर्छ, टीका लगाएर होइन।
आकारमा सानो भए पनि राष्ट्रिय जनमोर्चाले अन्य दलले भन्दा पृथक राजनीतिक दर्शन बोकेको छ। अन्तरिम संविधानको प्रस्तावनामै संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख गरे पनि जनमोर्चाले संघीयता नै आवश्यक नहुने तर्क गर्दै आएको छ। नेपाल मजदुर किसान पार्टी सानो भए पनि उसका सभासदले संविधान सभामा सम्झनलायक भूमिका खेलेका थिए। एक प्रतिशतको सीमा तोक्यो भने यी दल पनि संविधान सभामा आउँछन्, आउँदैनन यकिन गर्न कठिन छ तर उनीहरु प्रत्यक्षतर्फबाटै चुनिएर आउँछन्। हुनु पनि यही पर्ने हो।
गिरिजाप्रसाद कोइरालाले कांगे्रस संसदीय दलको बैठकमा समानुपातिकतर्फबाट आएका दललाई 'मसरुम पार्टी' को संज्ञा दिनुभएको थियो। लोकतन्त्रको भविष्यका लागि बहुदल हुनु राम्रो हो तर अति धेरै दल बोझ हुँदोरहेछ। विघटित संविधान सभाको चार वर्षे कार्यकालको समीक्षा गर्ने हो भने अधिकांश दल सरकार गठन विघटनका खेलौना र पात्र बने। सरकार गठनको समयमा साना दलका सभासद खसी-बोका जस्तो मोलमोलाइका वस्तु बन्न पुगे। विगतमा देशभरबाट २३ हजार भोट पाएको दलले सभासद पाएर राष्ट्रिय दलको मान्यता पाएपछि त्यही आशामा राजनीतिक पार्टी खोल्ने लहड चलेको छ। यस्तै कारणले जनजाति समूहसँगै क्षत्री समाजले पनि राजनीतिक दल दर्ताको तयारी गरेको छ। असार वा मंसिर जहिले चुनाव गरे पनि संविधान सभामा प्रवेशका लागि निश्चित सीमा राख्नैपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस