काठमाडौँ, साउन २१- एकीकृत नेकपा (माओवादी)ले आगामी माघ १४ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको एमाओवादीको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठकले माघ १४ गते महाधिवेशन गर्ने निर्णय गर्दै सो अघिनै पार्टी सदस्यता नवीकरण गर्ने, गाउँ, एरिया, जिल्ला, राज्यसमतिको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।
त्यस्तै बैठकले नेताहरुको कार्यविभाजनसमेत परिवर्तन गर्ने निर्णय गरेको छ जसअनुसार विशेष ब्यूरो तथा जनवर्गीय सङ्गठन विभाग प्रमुखमा कृष्णबहादुर महरा, आयोग तथा संयुक्त मोर्चा प्रमुखमा अमिक शेरचन, पूर्वी ब्यूरो प्रमुखमा गिरिराजमणी पोखरेल, पश्चिम ब्यूरो प्रमुखमा लिलामणी पोखरेल, सुदूरपश्चिम ब्यूरोमा शक्ति बस्नेत, मधेस ब्यूरो प्रमुखमा हरिबोल गजुरेल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा राम कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
प्रचार ब्यूरो प्रमुख तथा पार्टी प्रवक्तामा अग्नि सापकोटा, नेवा राज्यसमितिमा देवेन्द्र पौडेल, अवध राज्यसमितिमा चन्द्रप्रकाश खनाल, मगरात राज्यसमितिमा लोकेन्द्र विष्टमगर, कोचिला राज्यसमितिमा गोपाल किराँती, भेरी-कर्णाली राज्यसमितिमा लेखराज भट्ट, तमुवान राज्यसमितिमा डिलाराम आचार्य र मिथिला राज्यसमितिमा भीमप्रसाद गौतमलाई ईन्चार्जको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।
यसअघि पार्टी प्रवक्ता रहेका दीनानाथ शर्मालाई बुद्धिजीवी विभागको प्रमुख, निनु चापागार्इंलाई सांस्कृतिक विभागको प्रमुख तथा जनार्दन शर्मालाई जनवर्गीय सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय एमाओवादीले गरेको छ।
बैठकले असोज १५ गतेभित्र सदस्यता नवीकरण सम्पन्न गरिसक्ने, असोज १६ देखि असोज मसान्तसम्म एरिया, गाउँ कमिटीको सम्मेलन सम्पन्न गरिसक्ने, मङ्सिर १ देखि १५ गतेसम्म सम्पूर्ण जिल्लाहरुको जिल्ला सम्मेलन सम्पन्न गरिसक्ने र मङ्सिर १५ देखि पुस मसान्तसम्म सबै राज्यसमितिको सम्मेलन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन र पार्टी विधान तयार पार्ने, सङ्गठनात्मक प्रतिवेदन तयार पार्ने, तत्कालीन कार्यक्रम तयार पार्ने र महाधिवेशनमा भिन्न मत राख्ने अवस्था आए त्यसका लागि फोरम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ।
महाधिवेशन सम्पन्न गर्नका लागि महाधिवेशनको कार्यविधि बनाउने, सबै जिल्ला समिति र राज्यसमितिहरु आजैका मितिबाट विघटन भई आयोजक समिति बनाउने निर्णय बैठकले गरेको छ।
त्यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको निजी सचिवालयमा रहेकाहरुलाई परिवर्तन गर्ने निर्णय एमाओवादीले गरेको छ।
महाधिवेशन गर्ने मिति तोकिए पनि महाधिवेशनको स्थान भने तोकिएको छैन।- रासस