राज्य पुनर्संरचना र जातीय पहिचान
२७ कार्तिक २०७१
•
१२ मिनेट पाठ
राज्य पुनर्संरचना र जातीय पहिचान
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३८ मा राज्यको पुनर्संरचना गरिने उल्लेख भएपछि राज्य पुनर्संरचनासम्बन्धी विषयले नेपालमा औपचारिकरूपमा प्रवेश गरेको हो। हाल यस विषयले नेपाली राजनीतिक बजारलाई निकै तताएको छ। राज्य पुनर्संरचनाको सन्दर्भमा पनि खासगरी नामाङ्कन, सीमाङ्कन र अधिकारका विषय पेचिलोरूपमा उठिरहेका छन्।  कोही बढीभन्दा बढी प्रान्त बनाउने र तिनको नामकरण पनि जातीय आधारमा गरिनुपर्छ भन्दैछन् भने देशको ठूलो जनमत यस भनाइको विरुद्धमा रहेको संविधान सभाको दोस्रो निर्वाचनमा जातीय राज्यको विपक्षमा र सकेसम्म कम राज्यको पक्षमा भएका दलहरुको विजयले देखाएको छ।
राज्य पुनर्संरचना के हो?
राज्यको वर्तमान ढा“चा र संरचनाले जनअपेक्षा सम्बोधन गर्न नसकेको भान भएको, राज्यप्रति जनताको अपनत्व नभएको वा राज्य व्यवस्थाप्रति जनताले प्रश्नचिह्न उठाएको महसुस भएको खण्डमा राज्यका विद्यमान नीति, निकाय, संरचना र संयन्त्रमा गरिने हेरफेर, परिवर्तन वा सुधार नै राज्यको पुनर्संरचना हो। यसमा राज्यशक्ति वा राजकीय शक्तिको नया“ ढंगले पुनरावलोकन गरेर जनतामा असन्तुष्टि पैदा गराउने कारण र तिनको समाधानका उपाय अपनाउने पहल गरिन्छ। त्यसैले राज्य सञ्चालनका सन्दर्भमा वेलाबखत देखिने असन्तुष्टि, गुनासा र माग सम्बोधन गर्नका लागि, समाजमा पछाडि परेका वा पारिएका वर्गको उत्थान गरी मूलप्रवाहमा सामेल गर्नका लागि र समानुपातिक प्रतिनिधित्व, समावेशीकरणमार्फत् राज्य व्यवस्था र राज्य संयन्त्रप्रति सबैको अपनत्व कायम गराउने कामलाई राज्यको पुनर्संरचना भन्न सकिन्छ। अर्थात् राज्यको विद्यमान संरचनामा समयसापेक्ष परिवर्तन गर्ने काम नै राज्य पुनर्संरचना हो।
किन गर्ने?
सबैका अधिकार सुनिश्चित गरी असमानता र असहमति कम गर्दै सबैको पहु“च, पहिचान र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति राज्यको पुनर्संरचना गर्नुपर्ने हुन्छ। यसको मुख्य उद्देश्य अधिकार र पहिचानका नाउ“मा हुने द्वन्द्वको समाधान गरी समाजमा शान्ति र अमनचयन कायम गराउने नै हो। यसका साथै नया“ क्रान्ति वा परिवर्तनपश्चात् जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यले पनि राज्यको पुनर्संरचना आवश्यक हुन्छ। नेपालमा पनि वि.सं.२०६२/६३ को जनआन्दोलनपश्चात् राजतन्त्र अन्त्य भएपछि आन्दोलनकारीहरुले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने उद्देश्यले राज्यको पुनर्संरचना गर्ने कुरा उठाइएको हो। नेपाल जस्तो भौगोलिक विकटता र विषमता, जातीय, सांस्कृतिक, धार्मिक विविधता भएको देशमा हिजोको केन्द्रीकृत राज्य संरचनाले यी विविधताको सम्बोधन गर्न नसकेको हुँदा संघात्मक राज्य निर्माण गर्ने, हिन्दु राज्यको ठाउ“मा धर्म निरपेक्ष राज्य बनाउने र पहिचान तथा सामर्थ्यसमेतलाई मध्यनजर गरेर राज्यहरु निर्माण गर्नेगरी राज्यको पुनर्संरचना गर्ने कुरा उठाइएको छ। जुन झट्ट सुन्दा जति सहज छ, विषयवस्तुको गाम्भीर्यताको दृष्टिबाट त्यत्तिकै संवेदनशील पनि छ।
जातीय राज्यबारे 
पछिल्लो जनगणनाअनुसार नेपालमा १२५ जातजाति छन्, जसमध्ये नेपाल सरकारले मान्यता दिएका ५९ जनजाति छन्। यिनलाई हामीले हालसम्म मूलप्रवाहमा आउन नसकेको मानेर निजामती सेवालगायत विभिन्न सार्वजनिक क्षेत्रमा आरक्षणको व्यवस्था पनि गरेका छौं। यहाँ १२३ भाषा बोलिन्छ र १ प्रतिशतभन्दा धेरै जनसंख्याले बोल्ने भाषाको संख्या नै १२ छ, १० भन्दा बढी धर्म मानिन्छ भने हिन्दु धर्मावलम्बीको संख्या मात्र झण्डै ८१.३ प्रतिशत छ। यस्तो अवस्थामा एउटा वा केही जात वा जातहरुको नाउँमा राज्यको नामकरण गर्ने कार्यले अन्य जातमा नैराश्यता, हीनभावना वा अपमान महसुस हुन सक्छ भने जसको नाममा राज्यको नामकरण भएको छ सो जातिमा दम्भ उत्पन्न हुनसक्छ। फलस्वरूप हाल विविधतामा एकताको अनुपम उदाहरणका रूपमा रहेको नेपाली समाजमा गहिरो द्वन्द्व बीजारोपण हुन सक्नेछ। यसमा पनि नेपालका कुनै पनि क्षेत्रमा राज्य नै बनाउन पर्याप्त हुनेगरी कुनै पनि जातको बाहुल्यता पाइ“दैन। साथै ८१.३ प्रतिशत हिन्दु रहेको देशमा एकातिर धर्म निरपेक्षता अपनाउने र अर्कोतिर अल्पमतमा रहेका कुनै जातिविशेषको आधिपत्य झल्किने गरी राज्यको नामकरण गर्ने कुरा आफैँंमा मेल खा“दैन।
जातीय राज्य निर्माणले मूलतः दुई समस्या ल्याउन सक्छ– कुनै खास जातका मानिसलाई जबर्जस्ती त्यो क्षेत्रबाट धपाउने काम हुन सक्छ जसलाई 'क्लिन्जिङ' भनिन्छ भने कुनै खास जातका मानिसलाई कुनै निश्चित क्षेत्रमा जम्मा हुन बाध्य पार्न सक्छ जसलाई 'क्लस्टरिङ' भनिन्छ। हामीले एक किसिमको जातीय धारबाट उठाइएको 'मधेस आन्दोलन' को समयमा पहाडे मूलका मानिसको 'क्लिन्जिङ' र 'क्लस्टरिङ' का घटना देखेका छौं। एकचोटी पछाडि फर्केर हेर्ने हो भने त्यो घटना सा“च्चिकै कहालीलाग्दो थियो तर आज आएर फेरि विशाल मन भएका 'मधेसी' र 'पहाडी' हरु हिजोको भन्दा दरिलो एकता बनाएर बसिसकेका छन् र यति आत्मीय भावमा दरार ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न चाहनेहरुप्रति उनीहरु सजग भइसकेका छन्।
जातीय राज्यले देशलाई कहा“ पुर्या उ“छ भन्ने कुराको उदाहरणका निमित्त ३ वटा जातीय राज्यबाट विभाजन सुरु भएका सुडान र नाइजेरिया हेरे पुग्छ। सन् २०११ सम्म अफ्रिकाकै सबैभन्दा ठूलो देश सुडान जातीय दंगाकै कारणले टुक्रिएर दक्षिणी सुडान अलग भएपछि हाल तेस्रो ठूलोमा सीमित भएको छ। १८ वटा राज्य तथा अन्य क्षेत्रीय प्रशासनिक अंगहरुसमेत गरी २६ जातीय प्रान्तमा विभक्त भइसक्दा पनि त्यहा“ जातीय दंगामा कमी आउन सकेको छैन। त्यस्तै अर्को विशाल देश, अफ्रिकाकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक नाइजेरिया हाल ३६ प्रान्तमा टुक्रिएको छ र पनि त्यहा“ 'बोकोहराम' जस्ता अनेकन् जातीय आतंकवादीले स्कुले नानीहरुदेखि लिएर कैयन् निर्दोषहरुको अपहरण गर्ने र ज्यान लिने काम गरिरहेका छन्। अर्थात् जातीय द्वन्द्वको समापन हुने कुनै छा“ट देखि“दैन। त्यस्तै विश्वको एघारौं ठूलो देश, विश्वको सिंगो हिराखानीको ३० प्रतिशत र कोल्टनको ७० प्रतिशत ओगट्ने मुलुक कंगोको दुर्गति पनि कम दयनीय छैन। यहा“ १५ वर्षसम्म भएको जातीय दंगाबाट करिब ५० लाख कंगोलीले ज्यान गुमाए, अझै त्यहा“ शान्ति छाउन सकेको छैन, समृद्धिको त कुरै छोडौं। त्यस्तै भर्खरै रुस र युक्रेनको फसाद, भारतका विभिन्न प्रान्तमा हुने गरेका जातीय दंगा र विश्वका अनेकन् मुलुकमा भएका यस्ता द्वन्द्वका घटना हेर्ने हो भने जातीय राज्य बनाउने जस्तो विषाक्त काम गर्नुहुँदैन भन्ने चेतना सबैमा आउन आवश्यक छ। अहिले समय छ, यस्तो गलत काम र नाराका पछाडि कुनै पनि देशभक्त र राष्ट्रप्रेमी लाग्नुहु“दैन र लाग्न सक्दैन। १२५ जातजाति भएको देशमा केही जातिका नाउ“मा मात्र राज्यको नामकरण गर्ने कुरा सम्भव हु“दैन, अहिले गरे पनि त्यो दिगो हु“दैन। 
नेपालमा, आफूलाई पहिचान र संघीयताको पक्षधर भनेर चिनाउन चाहने केही पार्टीका र केही स्वनामधन्य जनजातिका नेताहरुले पहिचानको नारालाई जातीय राज्यसँग मात्र जोडेर प्रचार गर्ने र आफू कुनै अमुक 'कोट'को राजा हुने सपनासँग जोडेर हेर्ने गरेको देखिएको छ। पहिचानसँग जातजातिका अलाबा त्यस क्षेत्रको भाषिकता, भौगोलिक क्षेत्र, धर्म र संस्कृति, ऐतिहासिकता, जातीय सघनता र बसोबास जस्ता थुप्रै कुरा जोडिएर आउ“छन्। पहिचानलाई आर्थिक सम्बन्ध र सामर्थ्य, प्राकृतिक स्रोत–साधनको उपलब्धता, प्रशासनिक सुगमता, पूर्वाधारको विकासको अवस्था र सम्भावना आदि जस्ता सामर्थ्यका कुरासँग छुट्याएर वा अलग्गै पारेर हेरियो भने राज्य पुनर्संरचनाको कार्य अधुरो र अपूरै रहन्छ। अर्थात्, पहिचान र सामर्थ्यलाई एकसाथ विचार गरेर गरिएको राज्यको पुनर्संरचना मात्र दिगो र अर्थपूर्ण हुन सक्छ।


अर्को समाचार
जातीय राजनीतिका जोखिम
०४ जेष्ठ २०६९
•
१४ मिनेट पाठ
जातीय राजनीतिका जोखिम
संविधान सभाको म्याद दुई साताभन्दा पनि कम बाँकी रहँदा प्रमुख दलका शीर्ष नेतबीच भएको सहमतिले संविधान बन्ने आशा जगाएको छ। राज्य पुनर्संरचना गर्दा एकल जातीय पहिचान नभई नहुनेहरु सम्पूर्ण शक्ति प्रदर्शन गर्दैछन् भने जातीय राज्यले विखण्डन ल्याउँछ भन्नेको संख्या पनि अनपेक्षित गतिमा बढ्दै गएको देखिन्छ। अर्कतिर, जातीय राज्यका पक्षधरमा पनि मतैक्य छैन।
जातीय राज्यका पक्षधर र मधेसी मोर्चाबीच सहकार्यको सहमति भएको बताइएको छ। तर मधेसी दलहरू 'समस्त मधेस एक प्रदेश'को मागमै अडिएका छन् भने त्यही क्षेत्रबाट थारुवान, मिथिला, कोचिला, विराटआदि राज्यको माग हुँदैछ। थारुवानभित्रै पनि रानाथारुका लागि छुट्टै राज्यको माग भइरहेको छ। किराँत राज्यको मागविरुद्ध खुम्बुवानले चुनौती दिएको छ भने लिम्बुवानले आफ्नो राज्यविरुद्ध नबोल्न धम्की दिएको छ। अखण्ड सुदूरपश्चिमको माग स्वीकार गरिएको चर्चा सुनिएको छ। अझ आश्चर्य लाग्दो त सप्तरी जिल्लामा छ वटा फरकफरक नामका राज्यको माग गर्दै आन्दोलन भएको छ। परिस्थिति यति जटिल हुनुको दोष भने मूलतः प्रमुख राजनीतिक दलका नेतालाई जान्छ। शक्ति र सत्ता प्राप्तिका लागि जातीय 'तुरुप'को प्रयोग गर्दा नै नेताहरु अहिले फर्किनै नसक्ने अँध्यरो सुरुङमा फसेका हुन्। एनेकपा (माओवादी) सशस्त्र द्वन्द्वको बेला जातीय राज्यको सपना बाँडेकाले फसेको छ। मधेसी नेतालाई मधेसको चर्को नारा नदिए आफ्नो राजनीति नै सकिनेे डर छ। जनजाति नेताहरू जातीय नारा नदिए भोटबैंक गुम्ने भयमा छन्। अर्कोतर्फ जनसंख्याको आधा हिस्सा भएका ब्राह्मण, क्षेत्री, ठकुरी, दसनामी, दलित 'खस आर्य' आफ्नो पहिचान र अस्तित्वै समाप्त हुने भयले उद्वेलित देखिन्छन्। अर्थात् नेपाली समाजमा विद्यमान सद्भाव खलबलिने र जातीय विद्वेष बढ्ने अशुभ संकेत देखिँदैछ।




संविधान निर्माणमा देखिएको सबैभन्दा जटिल विवाद राज्यपुनर्संरचना नै हो। केन्द्रीकृत एकात्मक राज्यप्रणालीलाई संघीयतामा रूपान्तरण गर्दा सबैको पहिचान स्थापित गर्ने, बहिष्करणमा परेकालाई समावेशीकरण गर्ने, आर्थिक वंचितीकरणमा परेको क्षेत्रलाई न्याय दिने र स्थानीयवाद (लोकालिज्म) लाई व्यवस्थित गर्ने उपायहरु बढी नै जटिल छन्। पहिचानको आधारलाई लिएर बढी विवाद छ र भविष्यमा पनि विवाद भइरहनेछ। एकल जातीय पहिचानका आधारमा राज्यको माग भइरहेको छ तर, पहिचानका अरु आधारको सम्बोधन गर्नेतर्फ कमै ध्यान गएको देखिन्छ। सामान्यतः भौगोलिक एकता, समान भाषा, धर्म, इतिहास, कष्ट, सपना, उत्पत्ति, जातजाति, संस्कृतिलाई पहिचानको आधार बनाउने गरिन्छ। समाजशास्त्रीहरु पहिचान अपरिवर्तनीय हुन्छ भन्ने मान्यता राख्दैनन्। बरु मानवीय समाज लगातार अन्य समाजसँगको सम्पर्क, सम्बन्ध, अन्तर्क्रिया र प्राकृतिक वातावरणमा भएको परिवर्तनसँगै बदलिइरहन्छ भन्ने मान्छन्।
पहिचानका यति धेरै आधार हुँदा पनि किन एकल जातीय पहिचानको माग भइरहेको छ त? बु‰न नसकिने विषय भएको छ। नेपालमा एकसय भन्दा बढी जातजाति ९२ जीवित भाषा, ९ धार्मिक समूह छन्। यसबाहेक अरू कतिपय सांस्कृतिक र भाषिक समूहबाट समग्र नेपाली समाज बनेको छ। यस स्थितिमा केही जातिको नाममा राज्य बनाउँदा विविधताको सम्बोधन हुन सत्तै्कन। संविधानसभाको राज्यपुनर्संरचना समितिले प्रस्ताव गरेको १४ प्रदेशमा लिम्बुवानमा लिम्बु जातिको २७ प्रतिशत, किराँतमा राई जातीको ३४ प्रतिशत नेवामा नेवार जातिको ३६ प्रतिशत, तमुवानमा गुरुङ जातिको ३२ प्रतिशत, मगरातमा मगर जातिको ३४ प्रतिशत, लुम्बिनी-अवध-थारुवानमा थारु जातिको २६ प्रतिशत, जडानमा भोटेलामाको ३५ प्रतिशत जनसंख्या रहेको देखिन्छ। यसबाट लक्षित जातिहरु स्पष्ट अल्पमतमा रहेको स्पष्ट हुन्छ। तैपनि, एकल जातीय पहिचानको आधारमा राज्यको पुनर्संरचना हुनुपर्छ भन्दा नयाँ द्वन्द्व निम्तिने स्पष्ट छ। मिश्रित समानुपातिक निर्वाचन प्रणाली र अर्कोतर्फ एकल जातीय पहिचानमा जोड दिँदा जातीय राजनीतिमा रमाउनेकै अहित हुन्छ। यस आधारमा प्रदेश निर्माण गरियो भने अन्य जातिको ध्रुवीकरणले लक्षित जाति अत्यन्त अल्पमतमा पर्नेछ र संघीयताबाट खोजेको लाभ पाउने छैन। त्यस्ता प्रदेश कि त पुनः विभाजित हुनेछन् नभए अन्त्यहीन जातीय कलहमा फस्नेछन्। बहुमतमा रहेका अन्य जातजातिले अल्पमतको तानाशाही स्वीकार त पक्कै गर्ने छैनन्। फलस्वरूप, शताब्दियौँदेखिको सामाजिक सद्भाव भताभुङ्ग हुने खतरा बढ्नेछ। नेपाली समाजका विविध जातजातिमा असल सम्बन्ध छ। दुःखसुखमा सधैँ साथै रहनेे गाउँले समाज घृणा, विद्वेषको भुमरीमा पर्ने जोखिम छ। के यस्तै हो त नयाँ नेपालले परिकल्पना गरेको समाज? जातीय विभेदलाई बढी चर्काएर हामीबीच विभाजन ल्याउन खोज्ने पश्चिमी मुलुकमा कहाँ छ जातीय राज्य? जातीय सांस्कृतिक रूपमा विभाजित स्विट्जरल्यान्ड, बेल्जियम, क्यानाडा कहीँ पनि पूर्ण एकलजातीय पहिचानका राज्य त छैनन्। ती मुलुकमा फरक संस्कृति र भाषाभाषीका लागि पृथक राजनीतिक एकाइ बनाइए पनि जातीय विद्वेषको गन्ध नआओस् भन्नेमा उनीहरू बढी नै सतर्क छन्।
डेभिड ब्राउनले ठीकै भनेका छन् - ‘जातीय राज्य आक्रोशको विचारधारा हो।' यसले अन्ततोगत्वा राष्ट्रिय एकता सुदृढ हुँदैन। विश्वमा जातीय आधारमा संघीयतामा जाने देशहरुको अवस्थाबाट हामीले सिक्न जरुरी छ। अफ्रिकाको इथियोपियामा सन् १९९१ मा सैनिक तानाशाहीको अन्त्यपछि जातीय आधारमा नौ राज्य र राजधानी प्रदेश गरी १० राज्य बनाइयो। साथै, संविधानको धारा ३९ मा सर्तरहित आत्मनिर्णयको अधिकारको पनि व्यवस्था गरियो। यही धाराको प्रयोग गरेर सन् १९९३ मा एरिटि्रया स्वतन्त्र राष्ट्र बन्यो। अन्य राज्य पनि पृथक हुने आन्दोलनमा छन्। ओरोमो लिवरेसन फ्रन्ट र ओगाडेन नेसनल लिवरेसन फ्रन्ट दक्षिणी र दक्षिण पूर्वी इथियोपियालाई पृथक राष्ट्र बनाउन सशस्त्र सङ्घर्षमा छन्। पूर्वसोभियत संघ, युगोस्लाभिया र चेकोस्लाभाकियामा जातीय आधारमा विखण्डन भएको सबैले थाहा पाएकै हो। यस सन्दर्भमा अमेरिकी पूर्वविदेशमन्त्री वारेन क्रिस्टोफरको ‘हामीले समाजका विभिन्न जाति राज्यमा सँगै बस्नसक्ने उपाय खोजेनौं भने - हामीसँग अहिलेको सयभन्द बढी हैन पाँचहजार देशहरु हुनेछन्' भन्ने भनाइ मननीय देखिन्छ।
स्थानीय स्वायत्तता र राष्ट्रिय एकता सुदृढ गराउनु नै संघीयतामा जानुको मुख्य उद्देश्य हो। यसको प्राप्ति जातीय आधारमा राज्य निर्माण गरेर हुन सक्तैन। विविधताको सम्बोधन हुने गरी प्रदेश निर्माण र नामाकरण गरिनु पर्छ। यसो गर्दा सबै प्रदेशले विविधताको लाभ लिन सक्छन्। भौगोलिक विशेषता वा ऐतिहासिक क्षेत्रको नाममा प्रदेशको नामाकरण गर्दा अल्पसंख्यक वा बहुसंख्यक कसैले पनि उपेक्षित भएको अनुभव गर्नु पर्दैन। बरु प्रदेशअन्तर्गत कुनै विशेष संस्कृति र उपेक्षित जातीको बाहुल्य भएको क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र, उपप्रदेश वा जिल्ला आदिमा विभाजित गरेर सम्बोधन गर्न सकिन्छ। पिछडिएका वर्ग, जातजाति, सम्प्रदायलाई राष्ट्रको मूलधारमा ल्याउन र तिनको उत्थानका लागि समानुपातिक प्रतिनिधित्व हुनसक्ने चुनाव प्रणाली, विशेष आरक्षण कोटा, सहुलियत, प्राथमिकता आदिको व्यवस्था संविधानमै गर्न सकिन्छ। सक्रिय समावेशीकरणका लागि महिला, दलित, जनजातिलाई मन्त्रिपरिषद् र संसद्मा उनीहरूसँग सम्बन्धित नीति निर्माणमा निषेधाधीकार( भिटो ) को अधिकार दिन सकिन्छ। बेल्जियम, नेदरल्यान्डमा यस्तो व्यवस्था छ।
अहिले सबभन्दा बढी दबाब आआफ्नो पहिचान कायम गर्नेमा परिरहेको छ। को आदिवासी, को जनजाति आदिमा अलमलिनुभन्दा संविधान जारी भएको दिनसम्म नेपालमा बसोबास गर्ने सबै नेपाली नागरिक नेपालका आदिवासी भएको उद्घोष गर्नुपर्छ। आदिवासीको परिभाषा अध्ययन गर्ने हो भने राज्यविहीन प्रणालीमा रहेका र उत्पादनका परम्परागत प्रणाली अवलम्बन गर्ने त्यस स्थान विशेषमा उत्पत्ति भएका व्यक्ति भन्ने अर्थ लाग्छ। अंग्रेजीमा ‘ट्राइवल' वा ‘एबोरिजिनल' शब्द प्रयोग गर्ने गरिन्छ। त्यसैले नेपालमा बसोवास गर्ने सबै नेपालका आदिवासी नै हुन्। यीमध्ये पिछडिएका, सीमान्तकृत, अतिसीमान्तकृत, लोपोन्मुख र विकसित आदिमा वर्गीकरण गरी संविधानमा सूचीकृत गरिनु उचित हुनेछ।
पहिचानको सवाल विवादास्पद हुने गरेको छ। यसका विविध आधार हुनसक्ने भएकाले शब्दमा अलमलिनु निरर्थक छ। हामी सबै नेपाली हौँ र हाम्रो पहिचान नेपाली हो भन्नेमा सबै सहमत हुनुपर्छ। ‘सयथरी बाजा एउटै स्वर' र ‘सयौं थुंगा फूलका एउटै माला नेपाली' हाम्रो नारा हुनुपर्छ। नयाँ नेपालमा सबै नेपालीलाई मान्य हुने ‘नेपाली संस्कृति'को विकास गर्ने बेला आएको छ। बेलायतमा आइरिस, स्कट र वेल्सलाई समेत मान्य हुने ‘वि्रटिस कल्चर' को विकास गरिएको उदाहरण अनुकरणीय छ। स्थानीय संस्कृतिको सम्वर्द्धन गर्दै नेपाली सबैले मान्ने नयाँ संस्कृतिको विकास गरिएमा नेपालको राष्ट्रिय एकता अझ सुदृढ हुनसक्छ। अहिलेको संवेदनशील घडीमा जातजाति र सम्प्रदायबीच विभाजन र विद्वेष बढ्ने कुनै पनि कदम नेतृत्व वर्गले लिएमा नेपाली समाजले कहिले माफी दिनेछैन।

 

 

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस