एमाओवादी र सत्य
२३ फागुन २०७१
•
१२ मिनेट पाठ
एमाओवादी र सत्य
प्रक्रियावाट संविधान बनाउने कि सहमति खोजीका नाममा दिन धकेल्दै जाने भन्ने विषयमा कुरा नमिल्दा ध्रुवीकृत भएका राजनीतिक दलहरु फेरि संवादमा जुट्न थालेका छन् । विपक्षी मोर्चाले संवादका लागि संविधान सभामा प्रारम्भ भएको प्रक्रिया खारेज हुनुपर्ने सर्त राखेरै भएपनि 'दोस्रो चरणको आन्दोनको घोषणा गर्नुपूर्व एक पटक वार्तामा बस्ने' निर्णय गरेपछि संवादको वातावरण बनेको हो । यही निर्णयका आधारमा अब संवादको थालनी हुने र त्यसबाट एउटा निकास आउने संभावना देखिको छ।

जतिसुकै आन्दोलनमा गए पनि निकासका लागि वार्ताको टेबल नै उपयुक्त र 'अधिकारसम्पन्न' ठाँउ रहेछ भन्ने विपक्षी मार्चाले बुझोेस् भनेर पर्खिएको सत्तापक्ष पनि पछिल्लो निर्णयबाट हौसिएको प्रतित हुन्छ । एनेकपा (माओवादी)लाई पनि यसको महसुस हुनै पर्ने थियो । आन्दोलनप्रतिको जनताको अरुचि उसले महसुस गर्नैपर्ने थियो । हिजो एक्लैको एउटा अपिलको भरमा भरिने काठमाडौंको टुँडिखेल अहिले ३० दलले एक महिना मिहिनेत गरेपछि मात्र भरिएको हो भन्ने एमाओवादीले बुझ्नु जरुरी थियो । संविधान सभामा पराजित भए पनि जनता हामीसँगै छन् भन्ने दम्भ टुडिखेलको उपस्थितिले पुष्टि हुँदैन भन्ने बोध पनि एमाओवादीलाई हुनुपर्ने थियो । सायद, भयो पनि होला । लोकतन्त्रमा निर्वाचनले दिएको जनादेशलाई चौरमा जम्मा भएको भिडले प्रतिस्थापित गर्न सक्तैन। त्यसका लागि अर्को चुनाव नै चाहिन्छ । एमाओवादी नेतृत्वको आन्दोलन कुण्ठा मिश्रित प्रतिक्रिया थियो । त्यसैले त्यो जनक्रान्तिको रूपमा आउने सम्भावना थिएन ।

'नागरिक सर्वोच्चता'को नाराका साथ सुरु भएको काठमाडौं घेरेर सत्ता कब्जा गर्ने आन्दोलनको असफलताबाट पाठ सिकेको एमाओवादीका लागि यस पटकको आन्दोलन पनि अर्को शिक्षा हुनपुगेको हुनुपर्छ । जनता आदेश मान्ने हैनन् प्रतिक्रिया दिनसक्ने क्षमतासहति उपस्थित छन् भन्ने एमाओवादीले अब त बुझेको हुनुपर्छ । संविधान निर्माणका भएको ढिलाइको कारण के हो भन्ने प्रश्नको उत्तर खोज्न अब प्रचण्ड र बाबुरामको प्रशिक्षणमा बाध्यतावश बस्नै पर्ने त्रासबाट जनता मुक्त भइसकेका छन् भन्ने पनि एमाओवादीले बुझेकै हुनुपर्छ । सञ्चार माध्यमको व्यापक उपस्थिति र त्यसका सामग्रीमा दैनिक पहुँच स्थापित भइसकेको जनमानसलाई कुनै दलको सभामा छरिएको भ्रमले अब प्रभावित पार्न सत्तैन भन्ने बोध पनि एमाओवादी नेतृत्वलाई भयो होला । त्यसभन्दा पनि अर्को महŒवपूर्ण सन्देश एमाओवादी नेतृत्वले ग्रहण गर्नैपर्ने के हो भने सत्य कहिल्यै आफूले ठानेजस्तो मात्र हुँदैन । एमाओवादीले जेलाई सत्य भनिरहेको छ, त्यतिमात्र सत्य हो भन्ने भ्रमबाट मुक्त नभएसम्म मुलुकले सहज निकास पाउने सम्भावना पनि देखिँदैन । अरू दलका सबै प्रयास र प्रस्ताव शान्ति सम्झौताको विपक्षमा देख्नु, अरू दललाई २०४७ सालको संविधान ब्युताउने चरित्रको देख्नु, अरू दलको प्रस्ताव प्रतिगामी देख्नु, अरू दलको प्रस्ताव संघीयता बिरोधी देख्नु, अरूले कोरेको संघीयताको खाका प्रशासनिक विभाजन हुनु र आफूले कोरेको नक्सामात्र संघीय ठान्नुजस्ता एमाओवादीका मनोगत 'सत्य'ले नै अहिलेको समस्या पैदा गरेको हो । आन्दोलनका क्रममा एमाओवादीका नेता डा. बाबुराम भट्टराई पश्चिम नेपालमा रहे । उनका हरेक भाषण र प्रशिक्षणमा उनका यिनै 'सत्य'को प्रचारमात्र भए । 'मिडियाले सत्य कुरा बाहिर ल्याएनन्, उनीहरू पुराना शासकसँगको संगतका कारण प्रभावित भएका हुन्छन्, त्यसैले परिवर्तनको एजेन्डा उनीहरूबाट आउँदैन, सत्य कुरा आउँदैन, त्यसैले सत्य भन्न म आएको छु' भन्ने आशय प्रकट नभएको एउटा पनि भाषण, प्रशिक्षण भएन होला । सत्तापक्षीय केही नेताको नामै लिएर 'उनीहरूलाई शान्ति प्रक्रिया थाहै छैन, शान्ति प्रक्रियामा सहभागी भएकाले हामिलाई मात्र थाहा छ' भन्नेजस्ता अत्यन्त अशोभनीय तथा दम्भ र कुण्ठाले भरिएको अभिव्यक्ति दिँदै उनी हिँडे।

आफूमात्र सत्य देख्ने सोचको अर्को रूप नै त तानाशाही हो । त्यही असली कम्युनिस्ट रूप पनि हो । स्टालिन, माओ र पोलपोटको प्रवृत्ति त्यही हो भन्ने जानकारी भट्टराईलाई पक्कै छ । हिटलरको शैली र प्रवृत्ति पनि त्यही हो । जब कुनै राजनीतिकर्मीले आफ्नो विचारमा मात्र सत्य देख्छ र आफ्नो सोचलाई मात्र उचित ठान्छ तब लोकतन्त्र र बहुलता मर्छ । बाबुराम भट्टराईले संविधानमा बहुलवाद राख्न हुदैन भनेर त्यतिबेला लिएको अडान र अहिलेको उनको अभिव्यक्तिसँगै राखेर हेर्ने हो भने अवसर पाए उनी कतिसम्म तानाशाह हुनेथिए होलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ । उनले कांग्रेस एमालेले लोकतन्त्र बुझेकै छैनन् समेत भने । उनी आपूmले लोकतान्त्रिक चरित्रको अनुसरण गरेका छन् कि छैनन् भन्ने समीक्षा त हुँदैजानेछ र उनको व्यवहारले पनि त्यो देखाउनेछ । उनी लोकतन्त्रबादी बनून्, अरुले नबुझेको लोकतन्त्र बुभूmन र लोकतन्त्रको मर्ममा प्रहार नगरून् न । त्यतिभए यसे मुलकको कल्याण नै हुनेछ । तर, आफ्नो सांचमात्र पूर्ण सत्य भन्ने मानसिकता राखेर अरु सबैलाई खराब देख्ने प्रवृत्ति तानाशाहीको चरित्रकै पूर्वसंकेत हो ।

बीपी कोइरालाले भनेका छन् – 'सत्य बहुआयामिक हुन्छ ।' आफ्नो अनुकूललाई मात्र सत्य ठान्ने चरित्र मानवीय कमजोरी हो । तर, यस प्रवृत्तिले सिंगो मानव कल्याणका लागि व्यवधान सिर्जनाबाहेक अरु केही गर्नसक्तैन । सत्यको बहुआयामिकतालाई बुझ्न सक्ने, ग्रहण गर्नसक्ने र त्यसका आधारमा एउटा निर्णयमा पुग्नसक्नु नै लोकतान्त्रिक प्रवृत्ति हो । लोकतन्त्रको सुन्दरता वा चमक यही प्रक्रियाबाट मात्र प्रज्वलित हुन सक्छ । सत्यलाई नै एकात्मक रूपमा बुझ्न थालियो भने त्यहाँ लोकतन्त्र अंकुराउन सक्तैन। दुनिया बदलिएको छ । प्रविधिको विकासले राजनीतिक मोडेललाई नै अर्को स्वरूप दिँदैगएको छ । परिभाषाहरूमात्र हैन परिणामसमेत प्रत्येक व्यक्तिको हातहातमा रहेको मोवाइलमा हेर्न सकिने समयको विकास भएको छ । एकलकाँटे समाजको परिकल्पनासमेत असम्भव हुँदै गएको छ । प्रविधिको विकासले राजनीतिक सोचको मात्र हैन, नेतृत्वको कला, कौशल हुँदै व्यक्तिका आनीबानी र लवाइखवाइसमेत प्रतिस्पर्धाका आधारमा छनोट हुनसक्ने अवस्था निर्माण गरिदिएको छ।

अब भारतमा बीजेपी कि कांग्रस भन्ने हैन नरेन्द्र मोदी कि राहुल गान्धी भन्ने अवस्था आइसकेको छ । यस्तो बेलामा 'हामी कम्युनिस्ट र हामीले उत्पीडित जनताको हितमा काम गर्छौ' भन्दै अमूर्त कुरा गरेर गरिबहरूको तारनहार बन्ने कोसिस युग सुहाउँदो हुन सक्तैन भन्ने पनि माओवादीहरूले बुझ्नुपर्ने हो । जनताको चेतनास्तरलाई अस्वीकार गर्दै ठेकेदार बन्ने प्रवृत्ति कुनै पनि हालतमा लोकतान्त्रिक चरित्र हुनसक्दैन । 'नेपालका ७० प्रतिशत जनताको भनाइ सञ्चार माध्यममा आँउदैन, जसको भनाइ सञ्चार माध्यममा आउँदैन तिनै उत्पीडित हुन्' भन्दै सञ्चारको विकास र जनताको पहुँचको गलत तथ्यांङ्क पेस गर्दै आफूलाई जनताको ठेकेदार ठान्ने मानसिकता पनि एमाओवादीका नेताहरूमा देखियो । जनतालाई यसरी कमजोर ठानेर तिनका नाममा आफूले शासनको सपना देख्नु जनताको अपमान हो । एमाओवादीले स्थापित गर्न खोजेका यी चरित्रहरूका कारण नेपालको लोकतन्त्रीकरण अभियानमा नकारात्मक असर परिरहेको छ । संविधान निर्माणका लागि संवादको प्रसंगमा फर्कौँ । यस प्रक्रियामा एमाओवादीको सहज प्रस्तुति नै मुलुकको हितमा हुने्छ । उसले सबैभन्दा पहिले बुझ्नैपर्ने चाहिँ सत्यको बहुआयामिक हो । यो बहुआयामिकताबाटै लोकतन्त्र परिष्कृत र पल्लवित हुन्छ भन्ने कुरा हो । यसमा स्पष्ट भएर वार्ताको टेबलमा एमाओवादी आएमा सहजै निकास निस्कन सक्छ । सहमति भइसकेका विषयलाई लिपिबद्ध गरेमा मात्रै पनि संविधान बन्छ । एमाओवादीले यति बुझेमा अरू सत्ताका लागि खुलेआम चाखे थाप्नेहरू समस्या बन्नसक्ने छैनन् ।
अर्को समाचार
'नौ बुँदे' बाट पीडामाथि पीडा
नागरिक
२४ वैशाख २०७३
•
७ मिनेट पाठ
'नौ बुँदे' बाट पीडामाथि पीडा
दाङ- यही वैशाख ११ गते दाङ आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई तत्कालीन माओवादी 'जनयुद्ध' को सर्वोच्च कमान्डरका रूपमा उभ्याउँदै भनेका थिए, 'द्वन्द्वकालीन घटनाको सबै जिम्मा मेरो हो।' दाहालकै नाम किटानीसहित सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरी सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा उनले दिएको यो अभिव्यक्तिको संकेत थियो– दोषी प्रमाणित भए सजाय भोग्न तयार छु।

सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता छानबिन आयोगले काम गर्न थालेकोमा प्रशंशा गर्दै दाहालले भनेका थिए, 'सबै द्वन्द्वपीडितले निर्धक्क उजुरी हाल्नुस्, यो काम तपाईंहरूलाई न्याय दिलाउनका लागि भइरहेको छ।' पटकपटक विभाजित माओवादी घटकलाई एकै ठाउँमा राखेर द्वन्द्वकालीन घटनामा आममाफीको बहस चलाउँदै आएका दाहालले दाङमा भने त्यसको पक्षमा आफू नरहेको प्रतिक्रिया दिएका थिए। दाहालका त्यस दिनका अभिव्यक्तिले द्वन्द्वपीडितमा 'न्याय' पाउने आशा बढनु स्वभाविकै थियो।

तर, उनै दाहालले एक महिना पनि नबित्दै आफ्नै अभिव्यक्तिविपरीत एमालेसँग ९ बुँदे सहमति गरे। दुई दिनसम्म केपी ओली नेतृत्वको सत्ता गिराउने खेलका नायक बनेका उनले फेरि त्यही सत्ता टिकाउने सर्तमा द्वन्द्वपीडितको घाउमा थप ठेस पुर्यातउने ९ बुँदे सहमतिमा बिहीबार राती हस्ताक्षर गरे। जुन सहमति आफूहरूको विरुद्ध भएको महसुस द्वन्द्वपीडितले गरेका छन्। सरकार टिकाउने सर्तमा एमाले र एमाओवादीबीच भएको ९ बुँदे सहमतिको एउटा बुँदामा लेखिएको छ, 'सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दा फिर्ता, माफी र मिनाहाको प्रत्रिक्रया तत्काल अघि बढाइने छ।' यो सहमतिले थप पीडा दिएको द्वन्द्वपीडित बताउँछन्। पीडित भन्छन्, 'हामीले अब न्याय पाउँदैनौं, सबै नाटकमात्रै हो।'

बिजौरीका रामबहादुर थापा राज्यद्वारा बेपत्ता पारिएकाका परिवारहरूको संगठन बेपत्ता परिवार समाजका अध्यक्ष हुन्। वैशाख २ गतेदेखि बेपत्ता छानबिन आयोगले कारबाही प्रक्रियाअन्तर्गत पीडितबाट निवेदन लिइरहेको छ। तर थापाले अहिलेसम्म उजुरी हालेका छैनन्। केही दिनमा उजुरी हाल्ने तयारीमा रहेका उनले एमाले–एमाओवादी नौ बुँदे सहमतिले न्यायमा बाधा पुर्या्एको बताए। 'मलाई पहिल्यै थाहा थियो, उजुरी लिने नाटक मात्रै गरिएको छ भन्ने,' उनले भने, 'नौ बुँदे सहमतिले त यसको पर्दाफास गर्यो । हामीले न्याय पाउने हैन भने किन उजुरी हाल्ने?'

२०५९ वैशाख १५ गते राज्य पक्षबाट बेपत्ता पारिएका छोरा वीरबहादुरको यथार्थ अवस्था जान्न चाहन्छन् उनी। माओवादी कार्यकर्ताको आरोपमा सेनाले बीरबहादुरलाई पक्राउ गरेको थियो। त्यसयता उनको अवस्था के छ थाहा हुनसकेको छैन। बेपत्ता बनाउनेमाथि कारबाही हुनुपर्ने उनको माग हो। तर दोषीलाई मिनाहा प्रक्रिया तत्काल सुरु गर्ने भनेर सत्ताधारी दुई दलबीच भएको नौ बुँदे सहमतिले अब आफ्नो मागमा सुनुवाइ हुन्छ र न्याय पाइन्छ भन्ने विश्वासमा तुषारापात गरेको रामबहादुर बताउँछन्। उनले भने, 'मलाई न्याय मिल्छ भन्ने आधार अब कहाँनेर बाँकी छ र? मेरो छोरा बेपत्ता पार्नेमाथि छानबिन र कारबाही नहुने हो भने मैले किन निवेदन दिनु पर्योे र?'

फूलवारी ४ मजघट्वाकी सीता चौधरी ११ वर्ष देखि बेपत्ता श्रीमान हरिलालको खोजीका लागि गुहार गर्न शुक्रबार शान्ति समितिमा आएकी थिइन्। देउखुरीबाट अमिलिया हिँडेका हरिलाललाई २०६२ सालमा माओवादी आरोपमा राज्य पक्षबाट बेपत्ता पारिएको उनले बताइन्। 'बेपत्ता श्रीमानको अवस्था थाहा पाए मन हलुंगो हुने थियो, बेपत्ता पार्नेलाई कारबाही भए त झन् मन चंगा हुने थियो, तर अब न्याय पाउने आशा हरायो, त्यो नौ बुँदे सहमतिले गर्दा,' सीताले भनिन्, 'सरकारले के हामीलाई न्याय दिन्छ त? यस्ता घटनामा छानबिन नगरी मिलाउने भन्ने सहमति भएको छ रे भन्ने सुनेकी छु।'

फुलवारीकै जयकलादेवी विक पनि नौ बुँदे सहमतिपछि न्याय पाउनेमा सशंकित छिन्। शुक्रबार शान्ति समितिमा उजुरी दर्ता गराउँदै उनले भनिन्, 'न्याय त के पाइएला र? तै पनि निवदेन त दिनुपर्यो ।' २०५९ भदौ १३ गते गाउँमा राँगो काट्न जम्मा भएका उनका श्रीमान पुनारामसहित ७ जना माओवादी विद्रोही भएको आरोपमा राज्य पक्ष (सैनिक) बाट मारिएका थिए।

'दोषीले कारबाही भोग्लान् भन्ने आशा जागिरहेका बेला उल्टै घटना मिलान गर्ने निर्णयले दुखिरहेको घाउमा फेरि नुनचुक छर्कने काम भएको छ,' मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक रामबहादुर दहित भन्छन्, 'नौ बुँदे सहमति पीडितको हितमा छैन।'

दाङमा ४ हजार २ सय ८६ जना द्वन्द्वपीडित छन्। तर अहिलेसम्म आयोगमा सयवटा निवेदन पनि परेका छैनन्। शान्ति समिति कार्यालय सचिव हेमराज अधिकारीका अनुसार अहिलेसम्म जम्मा ९४ निवेदन मात्रै परेका छन्। यीमध्य ७३ वटा सत्य निरुपणतर्फ र २४ बटा बेपत्तातर्फका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस