चिकित्साशास्त्र शिक्षाका बारे बहस चलाउँदा निजी र सरकारी भनेर विवाद गर्नु आवश्यक थिएन र छैन पनि। नेपालको चिकित्साशास्त्र शिक्षामा देखिएका विकृतिविरुद्ध प्रा.डा. गोविन्द केसीको अनशनपछि सरकारले शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वकमा उच्च स्तरको कार्यदल बनाएको थियो। माथेमा कार्यदलले प्रतिवेदन पेस गरिसकेको छ। सरकारले प्रतिवेदन सार्वजनिक नगर्दै त्यसका प्रावधानविरुद्ध खासगरी निजी क्षेत्रका शिक्षण अस्पताल संचालकहरूले चर्काएर विरोधले पुनः सन्देह उत्पन्न भएको छ।डा. केसीको अनशन र उनको समर्थनमा भएको आन्दोलन निजी क्षेत्रविरुद्ध लक्षित ठान्नु अन्याय हुन्छ। यस्तै चिकित्सा शिक्षामा मौलाउँदै गएका अनियमितता, अराजकता, बेथिति, विसंगतिका कारक निजी क्षेत्र शिक्षण अस्पतालका लगानीकर्तामात्रै ठान्नु पनि अन्याय हुन्छ। यसैले शिक्षाविद् माथेमा र चिकित्सा क्षेत्रकै विज्ञहरू सम्मिलित आयोगले विवेकहीन सिफारीस गरेकोे कल्पना गर्न पनि सकिन्न।
पचासौं करोडको लगानीमा संचालनमा आइसकेका निजी क्षेत्रका मेडिकल कलेजको त कुरै छोडौँ आफँैले स्वीकृति दिइसकेकाको लगानीप्रतिको जिम्मेवारीबाट राज्य पन्छिन मिल्दैन। तिनका हकमा राज्यले अवश्य पनि गम्भीर रूपमा सोच्नुपर्छ।
चिकित्साशास्त्र शिक्षामा मौलाएका अनियमितता, अराजकता, बेथिति र विसंगतिको अन्त्यको पहल सर्वप्रथम राज्यका सम्बन्धित निकायबाट थालिनु सुरु हुनुपर्छ। किनभने तिनको उद्गम पनि राज्यबाटै भएको हो। अहिलेको अवस्था हेर्दा निजी मेडिकल कलेज सञ्चालन स्वीकृति प्रक्रियासँगै विकृतिको पनि सुरुअ हुनथाल्छ। मनसाय पत्र, अस्पताल स्वीकृति, सम्बन्धन, कोटा निर्धारण आदि कार्यमा करोडौंको चलखेल हुने चर्चा कपोलकल्पित नभएर तीतो यथार्थ हो। मनशायपत्र लिँदादेखि स्वीकृति प्राप्त गर्दासम्म पूरा गर्नुपर्ने प्रावधान कति जटिल छन् भने लाग्छ ती देखाउने दाँतमात्रै हुन्। तिनलाई देखाएर 'नजराना'को व्यवस्था मिलाउनमात्र खोजिएको अनुमान सहजै हुन्छ।
मुलुकको हित प्रतिकूल नहुने गरी स्पष्ट ऐन कानुन बनाएर प्रक्रिया र मार्ग सहज बनाएर निर्धारित प्रावधान र पूर्वाधार तयार गर्नेलाई नियमानुसार सहमति, स्वीकृती, कोटा प्रदान गर्ने व्यवस्था हुनुपर्थ्यो। त्यसको सट्टा उनीहरूलाई राज्यकै संबन्धित निकायले गलत बाटो अख्तियार गर्न बाध्य गराइदिँदा नै अनियमितता, अराजकता, बेथिति अनि विसंगति पैदा भएका हुन्। सहमति, स्वीकृति, कोटा निर्धारण र नियमन गर्ने निकायजस्तो शिक्षा मन्त्रालय, स्वास्थ मन्त्रालय, मेडिकल काउन्सिल, विश्वविद्यालयहरू, चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी नै मूलतः यसमा मुख्य जिम्मेवार देखिन्छन्।
त्यसैले माथेमा प्रतिवेदनलाई शुल्क, कोटाजस्ता सवालमा निजी मेडिकल कलेजहरूलाई कस्ने उद्देश्यमा लक्षित ठानेर हेर्नु विवेकसम्मत ठहर्दैन। स्वदेशमै स्तरीय चिकित्साशिक्षा अध्ययनको अवसर रहँदारहँदै पनि विनापरीक्षा र प्रतिस्पर्धा चीनलगायतका मुलुकमा वर्षेनि सयौंको संख्यामा नेपाली विद्यार्थी एमबीबीएस अध्ययनका लागि गइरहेका छन्। त्यसबाट अर्बौंको पुँजी विदेश गइरहेको स्थितिलाई पनि आयोगले ध्यानमा राखेकै हुनुपर्छ। नेपालमा मेडिकल काउन्सिलले लिने गरेको लाइसेन्स परीक्षाको नतिजाले पनि तुलनात्मकरूपमा नेपालको एमबीबीएस शिक्षण स्तरीय रहेको पुष्टि हुन्छ।
औपचारिकरूपमा सार्वजनिक भइनसकेको माथेमा प्रतिवेदनमा एमबीबीएसको कोटा शिक्षण अस्पताललाई बढीमा सय स्थानको मात्र दिने र शुल्क पनि पैंतीस लाखसम्म मात्र लिनुपर्ने भनेर तोकिएको चर्चा छ। निजी क्षेत्रका मेडिकल कलेज सञ्चालकहरूको आपत्ति हो भने त्यो खासै महत्वपूर्ण छैन। किनभने यस्ता व्यवस्था निरपेक्ष र सर्वकालिक हुँदैनन्। केही लाख शुल्क र केही कोटा कटौतीभन्दा चिकित्साशास्त्र शिक्षाको भविष्यका लागि छात्रवृत्ति कोटा र स्तरीयताको प्रश्न महत्वपूर्ण हुन्छ।
माथेमा प्रतिवेदनको सुझावमा शुल्क र कोटाभन्दा चिकित्साशास्त्रमा व्याप्त अनियमितता, अराजकता, बेथिति र विसंगतिको समाधानका उपाय बढी महत्वका छन् भन्ने यथार्थ सार्वजनिकै नभएको सुझावमा आपत्ति जनाउने कसैले अस्वीकार गर्नसक्छन्? नागरिकको जीवनसँग गाँसिएको चिकित्सा शिक्षा र सेवालाई कतिन्जेल निहित स्वार्थको बन्धक बनाइरहने?
चिकित्सा सेवा र शिक्षामै सुधारको निम्ति डा. गोविन्द केसीको अर्को अनशन वा अर्को माथेमा आयोग निम्त्याउनु दुर्भाग्य हुनेछ। त्यसैले माथेमा प्रतिवेदन शीघ्र सार्वजनिक गरेर त्यसको ठाडो विरोध र समर्थनभन्दा पनि सरकारी र गैरसरकारी निजी एवं सामाजिक क्षेत्रबीच छलफल गराएर उपयुक्त बुँदालाई 'चिकित्सा शिक्षा ऐन'को रूप दिएर कार्यान्वयन गर्नु आवश्यक छ। त्यसो हुनसके वर्षौंदेखि विवाद र आन्दोलनमा अल्भि्कने गरेको चिकित्सा शिक्षाको विवाद सल्टिन्थ्यो कि?