प्रधानमन्त्री माधवकुमार नेपाल जनवादी गणतन्त्र चीन भ्रमणमा छन्। यसअघि ओलम्पिक खेलको समापनको अवसरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण गरेका थिए। प्रधानमन्त्रीले सामान्यतः भारतबाट वैदेशिक भ्रमण सुरु गर्ने चलन भए पनि दाहाल पहिले चीन गएका थिए। देशभित्र प्रमुख दलहरूबीच असझदारी बढेका अवस्थामा प्रधानमन्त्री नेपाल चीन भ्रमणमा गएका छन्।
नेपालले एक चीनको परम्परागत नीति कायमै राखेको छ र पुनः त्यसलाई दोहोर्याइनेछ। नेपाल चीनबीच वशेष समस्या छैन। यसैले यस प्रकारको भ्रमणबाट विकसित हुने द्विपक्षीय राजनीतिक सम्बन्धले समझदारी बढाउने र नेपालजस्तो अल्पविकसित राष्ट्रको आर्थिक र भौतिक विकासमा थप योगदानसमेत पुग्ने निश्चित् छ। त्यसबाहेक, बाहिरी रिङरोडको निर्माणमा चीनको प्रतिबद्धतालाई कार्यरूपमा अघि बढाउन अनुरोध गर्ने, मध्यपहाडी लोकमार्ग निर्माणमा चीनको सहयोगका लागि अनुरोध गर्नेजस्ता कार्यहरू प्रधामन्त्री नेपालको कार्यसूचीमा रहेका छन्।
माओवादी नामले नै चीनसंग गाँसिएको मात्र नभई दाहाल। उनका सहयोगीहरू अनन्त, बादलआदिको औपाचारिक, अनौपचारिक भ्रमणद्वारा पार्टीगतरूपमा चीनको निकट सम्पर्कमा पुगेको माओवादीभन्दा आफू र आफ्नो पार्टी पनि टाढा नरहेको बताएर चीनको विश्वास र समर्थन जुटाउनु पनि प्रधानमन्त्रीको अर्को उद्देश्य हुन सक्छ। कोपेनहेगनबाट फिर्ताहुने क्रममा प्रधानमंत्री नेपालले चीन र भारतको आफूलाई समर्थन भएको बताएर आफू चीनसँग पनि निकट रहेको सन्देश दिइसकेका छन्।
चीनमा भएको आर्थिक उदारीकरण र चमत्कारी विकास नेपालीका लागि आकर्षणका रूपमा रहेको छ। सो विकास हेर्न र सिक्न लायक विषय हो। चिनिया पर्यटकलाई नेपालमा स्वागत गर्ने विभिन्न उपाय गरिएजस्तै नेपालीलाई चीन जान सजिलो गराउने विषयलाई प्रधानमन्त्रीको भ्रमणमा उठाउन सकिन्छ। प्रधानमन्त्रीको नेपालको चीन भ्रमणले उत्तरी छिमेकी राष्ट्रको भ्रमणमा जाने नेपाली नागरिकलाई सरल बनाउने हो भने सम्बन्ध समानस्तरको बनाउने आशा गर्न सकिन्छ।
वर्तमान अवस्थामा चीन विश्वमै सर्वाधिक वैदेशिक मुद्रा संचिति भएको मुलुकमा पर्छ। आर्थिक मन्दीमा परेेको अमेरिकालाई समेत अर्बौँ डलर ऋण दिई सहयोग गर्ने देश भएकोले, नयाँ नेपालको विकास लक्ष्यलाई पूरागर्न चीनले उल्लेख्य मद्दत गर्न सक्छ। यसो हुन सके दुई मुलुकबीचको सम्बन्ध अरू सुदृढ हुनेछ। जलस्रोतमा लगानी गरेर आर्थिक वृद्धिमा लामो अवधिको लागि महत्वपूर्ण योगदान गर्ने पनि चीनलाई यो अवसर हो। चीन यस क्षेत्रको लागि सम्भाव्य व्यापारिक साझेदार हो।
नेपालको गलैँचा निकासी खस्केको र तयारी पोसाक ध्वस्तै भएको छ। पस्मिना निर्यात विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण उद्योग हुनपुगेको छ। सोका लागि आवश्यक कच्चा पदार्थ धागोको उत्पादक चीन, मंगोलिया भए पनि कच्चा पदार्थलाई तैयारी अवस्थामा पुर्याई नेपालको बजार विस्तारमा योगदान पुर्याउने चीन नै हो। यस्ता अन्य थप क्षेत्रको समेत औद्योगिक प्रयोजनको लागि प्रयोग गर्न सकेमा नेपाल चीनबीचको व्यापार घाटा कम गर्न मद्दत पुग्नसक्छ। हालै चिनिया प्राविधिकद्वारा स्याङ्जाको सुन्तलाको गुणस्तर र स्वाद हेरी चीनीया बजारको लागि उपयुक्त ठहर्याइएको थाहा भएको छ। अरू पनि कतिपय नेपाली कृषि उत्पादनले चीन तथा तिब्बतको बजारमा प्रवेश पाएमा कृषिमा आधारित अर्थतन्त्र भएको नेपाललाई फाइदै हुनेछ। चीन-नेपाल मैत्री सम्बन्धलाई दोहोरो फाइदाको पुग्ने बनाउन सकेमा यस भ्रमणको महत्वपूर्ण उपलब्धि साबित हुन सक्छ।
चीन जहिलेपनि बलियो सरकारको पक्षमा रहेको देखिन्छ। कारण तीन तीर खुल्ला, सिमाना भएको, समान भाषा, खाना र संस्कृति रहेको भारतजस्तै जनस्तरको सम्बन्ध चीनसँग छैन। उच्च हिमालले छेकेकाले चीन नेपाल घनिष्ठ छिमेकी भनिए पनि सम्बन्ध केही सीमित रहनु स्वाभाविकै हो। जनस्तरको सम्बन्ध हुनुका साथै नेपाली जनता रोजगारीको खोजीमा बढी जाने पनि भएकाले नेपाल-भारत सम्बन्धसँग बढी निकट रहेको चीनलाई थाहा छ। त्यसकारण टंकप्रसाद आचार्यको पालामा औपचारिक कूटनीटिक सम्बन्ध स्थापना भएको चीनले नेपालमा जहिले पनि बलियो सरकार हेर्न चाहन्छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री विश्वेश्वरप्रसाद कोइरालाको चीन भ्रमणले नेपाल-चीन सम्बन्ध थप प्रगाढ बनाएको थियो। राजा महेन्द्रको कदमपछि पनि चीनले नेपाललाई घनिष्ठतम मित्रको परिचय र समर्थन गर्दै आयो। राजतन्त्र, पंचायती व्यवस्था, प्रजातन्त्र र लोकतन्त्र जेजस्तो व्यवस्था भएपनि नेपालमा बलियो सरकार होस् चाहना उत्तरी छिमेकी चीनको रहेको देखिएको छ।
यस्तो अवस्थामा दुई अंकमा आर्थिक वृद्धि दर रहेको र जनसंख्या नियन्त्रणमा महत्वपूर्ण अग्रसरता राखेको देशबाट नेपालले धेरै सिक्न सक्छ। परिवर्तनको संघारमा रहेको नेपालले यस भ्रमणबाट धेरै मद्दत लिन सक्छ। प्रधानमन्त्री नेपालको भ्रमणका अवसरमा साइपाल-चैनपुर-बझाङ जोड्ने र सुदूरपश्चिम नेपाललाई तिब्बतको मानसरोबर कैलाश जोड्ने राजमार्ग निर्माणमा सहयोग माग्न सक्छ। यसै वर्ष बझाङको सदरमुकाम चैनपुर पुगिसकेको सडक मार्गलाई सय किलोमिटर भन्दा पनि कम थप गरेर निर्माण गर्दा वर्षेनि लाखौं भारतीय र नेपाली धार्मिक पर्यटकका रूपमा मानसरोवर यात्रामा जान सक्नेछन्। सुदूरपश्चिम नेपालले पनि चिनीया वस्तु सस्तो मूल्यमा पाउँथ्यो।
हाल चर्चामा रहेको रसुवा-केरूङको सडक जोड्ने अभियानलाई चीनले सहयोग पुर्याउँदै आएको छ। मध्यपश्चिम र सुदूरपश्चिमको पिछडिएको अवस्थासुधार्न उत्तरी मार्गको निर्माण आवश्यक छ। नेपालको ठूलो भूखण्डलाई फाइदा हुने गरी चैनपुर-साइपाल-उरैलेक-भन्ज्याङ सडक चीनको सहयोगमा बनाउन सकेका नेपालको अर्थतन्त्र उकासेर लोकतान्त्रिक नेपाललाई गतिशील बनाउन मद्दत पुग्नेछ।
(लेखक राजनीतिशास्त्रका सह-प्राध्यापक हुन्।)