काठमाडौं- प्रधानमन्त्री केपी ओलीको पहिलो भ्रमण भारत हुने भएको छ। चासोको विषय भनेको भ्रमण भारत र चीन कहाँबाट सुरु गर्ने भन्ने टुंगो लागेको थिएन। बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको पहिलो भ्रमण भारतबाटै हुने बताएका छन्।
रिपोर्टर्स क्लबमा भएको साक्षात्कार कार्यक्रममा थापाले प्रधानमन्त्री पहिले भारत भ्रमणमा जाने स्पष्ट पारेका हुन्। उनले भने, 'दुवै छिमेकीको सम्बन्धलाई महŒव र विशिष्तासँग राखिएको छ। प्रधानमन्त्रीको भ्रमणको प्रारम्भिक तयारी सुरु भइसकेको छ। पहिलो भम्रण भारतबाटै हुनेछ।' एकीन मिति भने उनले बताएनन्। प्रधानमन्त्री हुँदा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई र निम्तो दिएकाले भारत भ्रमणको तयारी भएको बताए। साथै, चिनिया पक्षबाट पनि उत्सुकता व्यक्त गरिएको उनले बताए।
भारतसँग क्रमागत विषयलाई निरन्तरता दिनुपर्ने भएकाले पनि भारत भ्रमण मुख्य रहेको उनको तर्क छ। उनले भने, 'भारतका प्रधानमन्त्री नेपाल आउँदा १ हजार करोडको आर्थिक सहयोग घोषणा गर्नुभएको थियो। भूकम्प आउँदा पनि सहयोग घोषणा भएको छ।' त्यसलाई कार्यान्वयनमा लैजान पनि भारत जान आवश्यक भएको उनले स्पष्ट पारे।
उनले चीनसँग पारवहन सन्धिका लागि प्रारम्भिक मस्यौदा पेस भइसकेको बताउँदै आफूले चीन पुगेर नयाँ सम्बन्ध बनाएको दाबी गरे। उनले थपे, 'चीनसँग बढाएको सम्बन्ध भारतका कारण होइन। नेपालका बृहत्तर हितका लागि दुवै छिमेकीसँग सम्बन्ध बढाउनुपर्छ।' थापाले वीरगन्ज नाकाबाहेक अन्य सबै खुलेको दाबी गरे। वीरगन्जमा आन्दोलनकारीको धर्नाका कारण खुल्न नसकेको बताउँदै वार्ताका माध्यमबाट माग सम्बोधनको प्रयास जारी रहेको उल्लेख गरे। अब मुलुकको गन्तव्य आर्थिक विकास र समृद्धि हुने उनले दाबी गरे।
परराष्ट्रमन्त्री थापाले रिक्त रहेका राजदूतको नियुक्ति सुरु गरिने बताए। संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका थापाले दुई वर्षभित्रमा सम्पूर्ण गाविसमा मोटरबाटो पुर्यातउने लक्ष्य रहेको दाबी गरे। उनले भने, 'अझै ५ सय गाविसमा मोटरबाटो पुग्न सकेका छैनन्।' 'जनताको संविधान जनताकै माझ' अभियान एक महिना थप गरी माघ २० सम्म कायम गरिएको छ।
देशमा बढेको ऊर्जा संकट समाधानका लागि घरघरमा सोलार, बायोग्यास जडान गर्ने सुनाए। उनले भने, 'सरकार, स्थानीय निकाय र जनताको प्रत्यक्ष लगानीमा वैकल्पिक ऊर्जा सञ्चालन गरिनेछ।' देशभरिका नगरपालिकामा स्वच्छ र हरियो सहर बनाउन प्रत्येक घरले अनिवार्य रुख रोप्नुपर्ने अभियानका रुपमा लैजाने बताए। साथै गाविस, नगरपालिकामा सडकबत्ती अभियानका रुपमा सञ्चालन गरिने बताए।