भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेका बेला संविधान सभामा आफ्ना भनाइ राखेका थिए । सार्वभौम मुलुकको सर्वोच्च निकायका रूपमा रहेको उक्त सभामा सम्बोधनका क्रममा नेपाल सार्वभौम मुलुक भएको, गौतम बुद्ध नेपालमा जन्मेको जस्ता कुरा गर्दा जनतामात्र होइन, नेता एवम् कार्यकारणी प्रमुख प्रधान मन्त्रीसमेत टेबुल ठोक्दै उत्साहित बनेका थिए।
त्यतिबेलाको वातावरण हेर्दा लाग्थ्यो– मोदी हामी नेपालीका पनि भाग्यविधाता हुन् । विगतमा भारतले जे÷जस्तो व्यवहार गरे पनि अब भने त्यसखालको नियति भोग्नबाट मुक्ति भइन्छ भन्ने ठान्दै 'मोदी जिन्दावाद' का नारा घन्किए । जब उनी भ्रमण सकेर स्वदेश फर्किए त्यतिबेला नेपाली भन्दै थिए– 'मोदी जस्तो नेता भइदिएको भए ।' तर कस्तो विडम्बना, मोदी नेपालमा आएर जे बोलेका थिए ठीक त्यसको उल्टो व्यवहार देखाए । उनैको निर्देशनमा आज नेपालमाथि नाकाबन्दी लगाइएको पनि दुई महिना नाघेको छ । नेपालीको चुलो बल्न छाडेको छ । बिरामीले औषधि उपचार नपाउने भएका छन् । समग्रमा भन्नुपर्दा नेपाल र नेपालीलाई ढुङ्गे युगमा फर्काउने काम भएको छ ।
इ।सं।१८५७ मा ब्रिटिस शासनविरुद्ध उठेको सिपाही विद्रोहलाई दबाउन सहयोग गरेपछि जङ्गबहादुर राणालाई बेलायती महारानीले तिम्रो सहयोगबाट हामी प्रभावित भयौँ, तिमीलाई केही पुरस्कार दिने मन छ, तिमी के चाहन्छौ भन्दा उनले व्यक्तिगत सुखसुविधाका केही कुरा नगरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर मागेर नेपालमा मिलाए । त्यसपछि नै नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किमि हुन गयो । तर २००७ देखि पद र प्रतिष्ठाका लागि नेपालका नदीनाला सुम्पने काम भयो भने २०४६ सालपछि त्यो क्रम बढ्दै गएर २०७२ सम्म आइपुग्दा आफूलाई एक पटक मन्त्री, प्रधान मन्त्री बनाइदिए त्यसको बदलामा ९संघीय राज्यको मुख्य मन्त्री० जे भन्यो त्यही गर्ने वाचा गर्न पछि नपर्ने अनि खुलेआम आफूलाई विदेशी एजेन्टका रूपमा प्रस्तुत गर्दासमेत गर्वको अनुभूति गर्दैछन् । अहिले मधेसमा उठेको आन्दोलन र त्यसका नेताले तराईका १५ जिल्ला भारतको भूमि भएको र उसले नै लिनुपर्ने प्रस्ताव राखेको समाचार आइरहेका छन् । त्यस्ता व्यक्तिहरू दलका नेता हुन सक्लान् तर नेपाली हुन सक्दैनन् ।
वि।सं।२०४६ सालको परिवर्तनपछि नेकाका नेताले समाजवादको व्याख्या गर्दै भाषण गर्दा संविधान सभामा मोदीको भाषणमा नेताले पिटेजसरी जनताले ताली पिटेका थिए । कांगे्रसले शासन चलाएपछि आफँै सरकारमा पुगेको जस्तो ठाने । आफँैले जय जयकार गरेका मोदीबाट जस्तोखालको व्यवहार बेहोर्नुपरेको छ ठीक त्यस्तै व्यवहार सरकारको नेतृत्व गर्ने दलबाट बेहोर्न जनता बाध्य भए । गिरिजा सरकारले चालु अवस्थामा रहेका कलकारखाना निजीकरण गरी बेरोजगार बनाए । जनताको चुलो बल्न छाड्यो । गाउँगाउँमा विकास घरघरमा रोजगार भन्नेहरूले रोजगारीका लागि खाडी मुलुक पस्न बाध्य बनाए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्व सरकारले आफ्नो गाउँ आफँै बनाउँ, वृद्ध भत्ता वितरण जस्ता कार्यक्रम लागु गर्दा विपक्षमा रहेका पार्टीहरू आत्तिदै सरकार विघटन गरेका थिए । आज पुनः केपी ओली नेतृत्वको सरकारले राष्ट्रियताको सवालमा लिएको अडानले केही पार्टी र तिनका नेताको निद्रा हराम भएको छ । त्यसै भएर उनीहरू सरकारविरुद्ध विष वमन गर्दैछन् । अहिले सरकारको जुन अडान छ त्यो कुनै व्यक्ति, पार्टी, जातजातिभन्दा पनि राष्ट्रिय स्वाभिमानका लागि लिएको देखिन्छ । व्यक्ति कुन पार्टीको भन्नुभन्दा पनि उसले उठाएका माग देश र जनताको पक्षमा छन् कि छैनन् त्यस्ता कुरामा नागरिक स्वयम्ले पार्टीगत चिन्तनभन्दा माथि उठेर मूल्याङ्कन गर्न सक्नुपर्छ । देश भाँडमा गए पनि जाओस्, प्रभुका नजरमा वफादार बन्न सकियोस् भन्नेहरूले अझै पनि जनतालाई गुमराहमा राख्न खोज्दैछन् भने जनता सधैँभरि त्यस्ताको पछि किन लाग्नुप¥यो रु एक पटक कुनै पार्टीलाई भोट हाल्दैमा जीवनभर त्यही पार्टीको ट्याग भिर्नुपर्छ भन्ने चिन्तनबाट मुक्त हुँदै पहिला नेपाली हुन सक्नुपर्छ । राष्ट्रियता पार्टीको कार्यकर्तालाई भन्दा नेपालीलाई प्यारो लाग्छ ।
(उप–प्राध्यापक रत्नराज्यलक्ष्मी क्याम्पस)