स्याङजा — यहाँको पिढिखोला–६ का तीनजना बालक ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। पसलबाट सामान किनेर घर फर्कंदै गरेकी बालिकालाई धानबारीमा लगेर ती बालकले बलात्कार गरेको प्रहरीले जनाएका छन्।पक्राउ परेकाहरू ११, १३ र १४ वर्षका छन् । उनीहरूले बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । ११ वर्षीय बालकले गत भदौ १९ गते पनि बलात्कार गरेको खुलेको छ । प्रहरी नायक उपरीक्षक आभूषण तिमल्सिनाले बालकहरूलाई बालमैत्री कक्षमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
अर्को समाचार
९ वर्षे बालिका बलात्कार आरोपमा तीन बालक पक्राउ
अर्को समाचार
बाह्रवर्षे बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ
भक्तपुर-बालिका बलात्कार गरेको आरोपमा भक्तपुरमा सूर्यविनायक–५ बस्ने ७६ वर्षका बाबुकाजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।सूर्यविनायक नगरपालिका–४ कटुञ्जेस्थित गैह्रीगाउँमा डेरामा बस्दै आएकी १२ वर्षे बालिकालाई उनकै डेरामै गएर आइतबार साँझ बलात्कार गरेको आरोपमा बस्नेतलाई प्रहरीले महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो ।
आरोपित बस्नेतलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिनेशकुमार भण्डारीले जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षणका प्रसूतिगृह पठाएको प्रहरीले जनाएको छ । कटुञ्जेका स्थानीयवासीले आरोपित बस्नेतलाई कडा कारबाहीको माग गर्दै प्रहरी वृत्त थिमिमा घेराउ गरी कडा कारबाही गर्न माग गरेका छन् । रासस

यो पनि पढौँ
किशोरी बलात्कारमा ६५ वर्षे पक्राउ
·
०३ पौष २०७१
·
१ मिनेट पाठ
५ वर्षे बालिका बलात्कार गर्ने युवक पक्राउ
·
३० पौष २०७१
·
१ मिनेट पाठ
ट्रेन्डिङ