२० सवारीसाधन तोडफोड र आगजनी
०८ साउन २०७२
•
३ मिनेट पाठ
२० सवारीसाधन तोडफोड र आगजनी
काठमाडौं–नेकपा माओवादी विप्लव समूहद्धारा गरिएको नेपाल बन्दको क्रममा शुक्रबार बन्दकर्ताहरुले देशका विभिन्न स्थानमा २० वटा सवारी साधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्या्एका छन्। तोडफोडमा संलग्न पुरुष १९७ र महिला ५ जना गरी २ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ४ जनालाई छानविन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ। 




दूध बोक्ने गाडी पनि छोडेनन्
बालाजुमा ना.३ ख ४४३५ नम्वरको डिडिसि दुधको गाडी, कमलादीमा बा.१ ज ४३६७ नम्वरको गाडी, नेपालटारमा बा.१० च ६६४०, बसुन्धारामा बा.५ ख ८२५१, बौद्धमा बा.१ ज ५२५५ नम्वरको सवारी साधन तोडफोड गरेका छन् । ललितपुर : पुल्चोकमा बा.१ ज ५८३६, बा.१ ज ७३२२ र प्रयागपोखरीमा बा.३ ख ११०८ नम्बरको गाडीमा तोडफोड गरी क्षति पु-याएका छन्।

चितवन भरतपुर उपमहानगरपालिका–११ मा ना.३ ख ७५११ र बा.१ ख ६०८५ नम्वरको ट्रकमा ढुंगा प्रहार गरी शिसा फुटाएर क्षति पु-याएका छन्।

काभ्रे भुम्लुटार–६ स्थित काभ्रे र सिन्धुपाल्चोकको सिमाना अरनिको राजमार्गमा बा.१२ च ९५०२ नम्वरको मारुती भ्यान तोडफोड गरी क्षति पु-याएका छन्। धादिङ, नलाङमा बा.१० प १८४५, धादिङको सुगुरेखोलामा ना.४ ख ३६२२ नम्वरको सवारी साधनमा आगजनी गरी क्षति पु-याएका छन्।

मकवानपुर हेटौडा उपमहानगरपालिकामा बा.३ ख १९२५ नम्वरको सवारी साधन तोडफोड गरी क्षति पुर्यााएका छन् भने रुपन्देही खेरहनीमा बा.४ ख १९० नम्वरको सवारी साधन तोडफोड गरेका छन्।

यसैगरी नेपालगंज उपमहानगरपालिका–१९ स्थित स्नेह होटल अगाडी सिमान्त ईन्टर कलेजको युपि ४० टि ०७६३ नम्वरको म्याजिक भ्यान बिद्यार्थी लिन आउने क्रममा बन्दकर्ताहरुले भ्यानमा आगो लगाउँदा जलेर क्षति भएको छ। कुसुममा ना.५ ख ५०१४ नम्बरको ट्रकमा आगजनी गरी क्षति पु-याएका छन्। नेपालगंज बसपार्कमा भे.१ ख ८०९र भे.१ ख ८५८ नम्वरको बसमा अगाजनी गरेर क्षति पु-याएका छन्।

कंचनपुरको भिमदत्त नगरपालिका–४ चमनचोकमा बन्दकर्ताहरुले म.१ ह ४६ नम्वरको टेम्पोमा ढुंगा प्रहार गरी अगाडीको सिसा फुटाई क्षति पु-याएका छन् ।
अर्को समाचार
हत्याको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन, ओरोपीको घरमा आगजनी
०८ मंसिर २०७५
•
७ मिनेट पाठ
हत्याको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन, ओरोपीको घरमा आगजनी
कपिलवस्तु - सुद्धोदन गाउँपालिका– ४ मोतिभारीमा युवा नेता दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरेको विरोधमा स्थानीयले सो क्षेत्रमा दिनभर प्रदर्शन गर्नुका साथै हत्याको आरोपमा अजित पाण्डेको घर, सवारीसाधन तथा पेट्रोल पम्पमा आगजनी तथा तोडफोड गरेका छन्।




प्रदेश नम्बर ५ अन्तर्गत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट स्वतन्त्र उम्मेदवा समेत रहेका राजाबावु भन्ने ३५ बर्षे दिपेन्द्र चौधरीको अज्ञात समुहले हत्या गरको हो। लवनी– हथिहवा सडक खण्ड अन्र्गत मोतिभारीमा रहेको घर नजिकै उनको हत्या गरिएको प्रहरीले जनाएको छ।

राती ९ः४० बजे चौधरी माथी गोली प्रहार भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा ५ वटा गोली हानिएको छ। स्थानीय स्तरमा निकै लोकप्रिय मानिएका राजाबाबुको हत्या पश्चात लबनी क्षेत्रको स्थिती तनावग्रस्त बनेको छ। आक्रोशित भिडले हत्या आरोप लागेका बन्टी भनिने अजित पाण्डेको मोतिभारीस्थित घर, कम्पाइन मेशिन र लबनीस्थित प्रमिला पेट्रोल पम्पमा आगजनी र तोडफोड गरेका छन् । घटनाका आरोपी अजित तत्कालीन लवनी गाविसका पूर्व प्रधान हुन। 

यस्तो थियो  घटनाक्रम

राजाबाबु शुक्रबार उक्त घटना घट्नुपुर्व मोतिभारीस्थित घरमै थिए । राती ९ बजे सामान किन्न पसल गएका मृतक दिपेन्द्रका भाई जितेन्द्र चौधरीसँग स्थानीय अजित पाण्डे (बन्टी) को अभिराम मदिरा पसलमा विवाद भएको थियो। विवादपछि जितेन्द्रले दाजु राजाबाबुलाई फोन गरी बोलाएका थिए। बाटोमा निस्किएका दिपेन्द्र र अजितबीच पुनः बिबाद भयो। बिवादपश्चात अजितले दिपेन्द्रमाथी सिधै गोली प्रहार गरेका मृतक दिपेन्द्रका भाई जितेन्द्रले बताए। 

‘मलाई बचाउन आएका दाईमाथि अन्धाधुन्द गोली चलाए पछि भागेर ज्यान जोगाएँ,’ उनले भने । उनका अनुसार मृतक दिपेन्द्र र अजीतबीच केही बेर घम्सासी समेत भएको थियो। सामान्य विवादमा पनि अजितले गोली प्रहार गरेपछि आपूm त्यहाबाट भागेको भाई जितेन्द्रले बताए।

यसबारे सयममै प्रहरीलाई जानकारी गराएको तर चासो नदिदा हत्यारा भाग्न सफल भएका उनले बताए। घटनामा तत्कालै दिपेन्द्रको मृत्यु भएको थियो । उनलाई उपचारकालागि भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो तर चिकित्सकहरुले  उनलाई तत्कालै मृत घोषित गरेका थिए। 

तनावग्रस्त लवनी

उनको शवलाई बिहान १० बजे लबनी ल्याइएपछि उनका आफन्त तथा आक्रोसित स्थानीयले लवनीमा प्रहरी प्रशासन विरुद्ध चर्को नारा लगाउदै प्रर्दशन गरेका थिए। सिद्धार्थ राजमार्गको लबनी सडक खण्ड विहानै देखि बन्द छ । मृतक चौधरीको शव सडकमै राखेर उनका सर्मथकहरु आन्दोलित छन् । हत्यारा पक्राउ नपर्दा सम्म शव नउठाउने भन्दै स्थानीयले आन्दोलन चर्काएका छन् । प्रहरीले तोडफोड र आगजनी गर्ने समूहलाई नियन्त्रण गर्न ८ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । लबनी र मोतिभारी क्षेत्रको अवस्था अझै तनावपूर्ण छ।

लवनी र मोतिभारीमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ।  प्रहरी प्रवक्ता डिएसपी रबी रावलले घटनास्थलबाट बरामद यूपी ५५ टी २३५ नम्बरको भारतीय मोटरसाइकल धनी दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई राती नै नियन्त्रणमा लिइएको बताए। प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले घटनास्थल प्रहरी नियन्त्रणमा भएको र आन्दोलनरत पक्षसँग बार्ता भइरहेको बताए। ‘घटना दुखद छ, २ जना पक्राउ गरेका छौ, संलग्न केहीको खोजी भइरहेको छ, सडक खुलाउन पहल हुदैछ,’ उनले भने। 

राजनीतिको साइनो

मृतक दिपेन्द्र स्थानीय निकायको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट गाउपालिकाको प्रमुखका उम्मेदवार बनेका थिए। कुल १३ सय ६८ मत पाएका उनी झिनो मतले पराजित भएका थिए।

यसैबीच आफ्ना युवा नेताको हत्या भएको भन्दै नेपाल कम्यूनिष्ट पार्टीले आपत्ती जनाएको छ । नेकपा सचिव विष्णु शाहले राजाबाबु चौधरीको मृत्युले पार्टीलाई अपूरणीय क्षती भएको भन्दै उनले हत्यामा संलग्नलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन। हेर्दा व्यक्तिगत देखिएपनि हत्या राजनितिक प्रतिशोधबाट गरिएको उनले दाबी गरे । उनले मृतक चौधरीलाई शहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ती र अपराधीलाई जुनसुकै स्थानबाट पक्राउ गर्न विज्ञप्तीमार्फत माग गरेका छन्। मृतकको श्रीमती तथा पाँच बर्षिया र ३ बर्षे छोरा छन।
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5bf95070a84b1.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5bf9507118ee9.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5bf950712775a.jpg
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस