नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित
०१ फागुन २०७९
•
३ मिनेट पाठ
नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित
नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ।




नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाको अधिवेशनले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको हो।

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र बजेट तथा योजना रकमान्तरसम्बन्धी प्रस्ताव पनि पारित भएको छ। नगरसभा सदस्य मुजम्मिल हुसैन हल्वाईले स्वास्थ्य सेवा विधेयक, नगरसभा सदस्य कौशलकुमार धोवीले सार्वजनिक निजी साझेदारी विधेयक, नगरसभा सदस्य गोपाल पुनले खानेपानी तथा स्वच्छतासम्बन्धी विधेयक र नगरसभा सदस्य बिना थापाले विनियोजन विधेयकको प्रथम संशोधन नगरसभामा प्रस्तुत गरेका थिए।

यसैगरी नगरसभा सदस्य पुष्षा सिंहले प्रस्तुत गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र नगरसभा सदस्य गोविन्द रेग्मीले प्रस्तुत गरेको बजेट तथा योजना रकमान्तरसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए। नगरसभाले दिवंगत जनप्रतिनिधि र कर्मचारीहरुको शोक प्रस्ताव पनि पारित गरेको छ।

नगरसभामा नगरप्रमुख विष्टले हालसम्मको संक्षिप्त प्रगति विवरण र उपप्रमुख कमरुद्दिन राईले वित्तीय तथा राजस्व प्रगति विवरण प्रस्तुत गरेका प्रवक्ता प्रमोद रिजालले बताए। नगरप्रमुख विष्टले आफ्नो प्रगति विवरण उल्लेखित वक्तव्यमा बागेश्वरी मन्दिरमा महाआरती शुभारम्भ, मोतिविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन, दादुरा प्रकोप देखिएपछि सञ्चालित खोप अभियानमा सतप्रतिशत बढी कभरेज, दीर्घरोगीहरुलाई विपद् व्यवस्थापन कोषबाट रकम भुक्तानी, केही वडाहरुमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण, सबै वडामा इन्टरनेटको पहुँच, नगरका मुख्य स्थानमा फ्रि वाइफाई जोन, अनलाइन सिफारिस प्रणाली, मुलुकमै दोस्रो स्वास्थ्यजन्य फोहोर प्रशोधन केन्द्र स्थापना गरी कार्यान्वयन गरेको विषयलाई समेटका थिए।

यस्तै उनले प्रगति विवरणमा नगरमा पुराना डीप बोरिङहरुको मर्मत कार्य सञ्चालन, जग्गा नापजाँच कार्यका लागि आवश्यक नियन्त्रण विन्दु स्थापना, मदरसा बोर्ड गठन, उपमहानगरपालिकाको कृषि र गैरकृषि क्षेत्र निर्धारण, मंगलप्रसाद कन्या कलेजमा हाल स्नातकतर्फका केही विषयहरुमा अध्यापन सुरुवात, सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति पदपूर्ति, अपांगता परिचयपत्र वितरणसहित सचेतनामूलक कार्यक्रम सञ्चालन, न्यायिक समितिमा चालू आर्थिक वर्षमा परेका १७ उजुरीमध्ये दुईवटा निर्णय भई बाँकी प्रक्रियामा रहेको विषयहरु उल्लेख गरे। उनले चाडपर्वको लामो बिदा, संघ र प्रदेशको चुनावलगायतका कारणले सुरुवाती दिनमा लय पकड्न गाह्रो भए पनि अब उपमहानगरपालिका आफ्नो शैली र गतिमा अघि बढ्ने बताए।

नगर उपप्रमुख राईले वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै चालू आर्थिक वर्षको पुस मसान्तसम्म २५.१० प्रतिशत रकम खर्च भएको जानकारी दिए। राईले चालूतर्फ ३४.६८, पूँजीगततर्फ ९.४४ र वित्तीय व्यवस्थातर्फ ३९.३४ प्रतिशत रकम खर्च भएको बताए । उनले आर्थिक वर्ष २०७९÷८० को ११औँ नगरसभाबाट स्वीकृत कुल बजेटमध्ये विभिन्न बजेट शीर्षकमा पुस मसान्तसम्म एक करोड दुई लाख ११ हजार बढी प्राप्त भएको तथा अनुमानभन्दा बढी निकासा प्राप्त भएको भन्दै जम्मा एक अर्ब ९८ करोड ४२ लाख ५४ हजार रुपैयाँ स्वीकृतिका लागि नगरसभामा पेश गरेका थिए।

प्रस्तावित अनुमानित आयमध्ये पुस मसान्तसम्म एक अर्ब नौ करोड ६७ लाख ८५ हजार गरी करिब ५५ प्रतिशत आम्दानी प्राप्त भएको बताइएको छ। यस्तै आन्तरिक आयमा करिब ५८ प्रतिशत प्रगति भएको छ। उपप्रमुख राईले करदाताहरुको सहज पहुँचका लागि सम्पत्तिकर वडा कार्यालयबाटै अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको बताउँदै व्यवसाय र घरबहाल करसमेत वडामै बुझाउन सकिने गरी व्यवस्था गर्न प्रयासरत रहेको जनाए। नगरसभामा जनसरोकार र समसामयिक विषयमा छलफल गरिएको थियो।
अर्को समाचार
नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी
०३ वैशाख २०८१
•
२ मिनेट पाठ
नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी
चोरी भएको नेपालगन्ज– ५ बसपार्कस्थित बाइपास चोकमा रहेको जनप्रिय मार्ट। तस्बिर : नागरिक
नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ। एक समुहले आइतबार मध्यरातमा मार्टको सटर फोडेर चोरी गरेको हो।




राती करिब २ः३० बजेतिर पुष्पलाल चोकदेखि बसपार्क लाइनको बीचमा पर्ने बाइपास चोकमा अवस्थित उक्त मार्टमा चोरले ५० हजार, मदिरा, रेडबुल, चुरोटलगायत पसलमा रहेका विभिन्न सामान चोरी गरेको व्यवसायी कृष्णप्रसाद मरासिनीले बताए।

‘चोरले जग र लिभर प्रयोग गरेर सटर नै च्यातेको अवस्था छ’, उनले नागरिकसँग भने। घटनास्थलबाट बसपार्क प्रहरी बिट करिब तीन सय मिटरको दूरीमा रहेको छ।

मार्टमा जडित सिसी क्यामेरामा कैद भएको दृश्यअनुसार राती एक बजेतिर दुईजना युवा पसल बाहिर देखिएका छन्। त्यसपछि ताला फोड्न उनीहरुले करिब डेढ घन्टाजति समय लगाएको देखिन्छ।

सटर फोडेपछि उनीहरु २ः३० बजेतिर पसलभित्र छिरेर नगद र सामान चोरेको दृश्य सिसी क्यामेरामा कैद भएको पीडित व्यवसायी मरासिनीले सुनाए।

चोरी भएको पसलको सटर बिहानसम्म खुला थियो। सोमबार आज बिहान चार बजेतिर मर्निङ वाकमा निस्किएका व्यक्तिले चोरी भएको देखेर खबर गरेपछि मात्र आफूले थाहा पाएको उनले बताए। ‘चोरीमा संलग्न दुईमध्ये एकजनाको अनुहार प्रस्टै देखिन्छ। उसलाई कतै देखियो भने चिन्न सकिन्छ’, मरासिनीले भने।

आफू घटनास्थलमा पुगेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको एक सय नम्बरमा फोन गरेको र त्यसको २० मिनेटपछि प्रहरी आएर अनुसन्धान सुरु गरेको बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले पसलमा चोर्ने समुह लागुऔषध प्रयोगकर्ता हुन सक्ने बताए। ‘सिसी क्यामेरामा पनि उनीहरु कैद भएका छन्। चोरको पहिचान हुन्छ र उनीहरु पक्राउ पर्छन्’, उनले भने। पसलमा धेरै सामान चोरी नभएको डिएसपी डाँगीले बताए।

उक्त क्षेत्रमा पसल चोरी भएको यो नै पहिलो घटना होइन। यसअघि पनि पटकपटक सटर फोडेर चोरीका घटना भएको स्थानीय व्यवसायी बताउँछन्। जनप्रिय मार्टमा करिब तीन महिनाअघि पनि सटरको ताला फोडेर चोरी प्रयास भएको थियो।

‘तीन महिनाअघि पनि चोरले मेरो पसलको सटरको ताला फोडेका थिए, तर सामान चोरी भएको थिएन। यसपटक उनीहरु चोर्न सफल भए’, मरासिनीले भने। सोही ठाउँमै तीन महिनाअघि ‘शाह किराना पसल’ को पनि ताला फोडेर चोरले सामान चोरेको उनले सुनाए।

बसपार्क क्षेत्रमा पटकपटक चोरीका घटना भइरहनुमा प्रहरी र प्रशासनको निष्क्रियता देखिएको व्यवसायीले बताएका छन्। ‘यस्ता चोरीका घटना यो क्षेत्रमा दिनहुँजसो भइरहेका छन्। उद्योग व्यवसाय तथा आम नागरिकको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो’, स्थानीय व्यवसायी शेरबहादुर रेउलेले भने, ‘राज्य यी कुराबाट बेखबर रहन्छ र आम नागरिकले शान्तिसुरक्षाको अनुभूति महसुस गर्न पाउँदैनन् भने आम नागरिक र उद्योगी व्यवसायीको धैर्यको बाँध टुट्न सक्छ।’

बसपार्क क्षेत्रमा चोरीका घटना मात्र नभएर लागुऔषध प्रयोग तथा बिक्री वितरण, यौनजन्य क्रियाकलाप जस्ता बेथिति भएको उनले सुनाए। बाइपास चोक संवेदनशील क्षेत्र भएकाले त्यहाँ प्रहरीको छुट्टै बिट राखेर शान्तिसुरक्षाको व्यवस्था मिलाउनुपर्ने व्यवसायीले माग गरेका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस