महाधिवेशन पछिको कांग्रेस:सत्ता नै अन्तिम सत्य
१२ मंसिर २०८०
•
४ मिनेट पाठ
महाधिवेशन पछिको कांग्रेस:सत्ता नै अन्तिम सत्य
नेपाली कांग्रेसको १४औं महाधिवेशनपछिका दुई वर्षमा पार्टी संगठनका आधार र नैतिक मूल्य कमजोर बन्दै गए पनि सत्ता राजनीतिमा भने अब्बल साबित भएको छ। संगठन निर्माण र सञ्चालन मात्र होइन, पार्टी विधानको व्यवस्थाअनुसार कुनै पनि तहका संरचनालाई कांग्रेसले अहिलेसम्म पूर्णता दिन सकेको छैन। विधानको व्यवस्थाअनुसार चुस्त होइन, सुस्त र निकम्माजस्तै कांग्रेस तीन तहको निर्वाचनमा अन्य दलको बैसाखी टेकेर चुनावी प्रतिस्पर्धा गर्दा संख्यामा भने उसले यसअघिको भन्दा केही सुधार गरेको छ।

२०७४ सालमा भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा निकै कमजोरसहितको दोस्रो स्थानमा कांग्रेस खुम्चन पुगेको थियो। एक वर्षअघि (२०७९ सालमा) भएको तीनै तहको निर्वाचनमा कांग्रेस पहिलो दल बन्न पुगेको छ। तर कांग्रेस स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी संगठन विस्तार गरेर भन्दा अन्य दलसँग चुनावी तालमेल गरेर परिणाम आफ्नो पक्षमा पार्न सफल भएको हो।  

तीनै तहका निर्वाचनमा माओवादी केन्द्रसहितका दलहरूसँग कांग्रेसले चुनावी तालमेल गरेको थियो। चुनावअघि चुनावी तालमेल गर्नु ठिक कि बेठिक भन्ने कांग्रेसमा बहस र विवाद जारी छ। तर कांग्रेस संघीय संसद्मा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि ठुलो दल बन्न पुगेको छ। त्यति मात्र होइन, निर्वाचनपछि संघ र प्रदेशमा गुमेको सत्तालाई तत्कालै कांग्रेसले फिर्ता ल्याएको छ। निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिँदै कांग्रेसले संघीय र प्रदेश सरकारको मुख्य हिस्सेदार छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदको दाबी नछाड्दा निर्वाचन (२०७९ पुस १० गते) केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सत्ताच्युत बन्न पुगेको थियो।

निर्वाचनअघिको प्रतिबद्धता कांग्रेसले तोडेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसले चुनावअघिको गठबन्धन तोड्न एमाले सफल देखिएको थियो। त्यसले पार्टीभित्रैबाट कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले आलोचना खेपेका थिए। महामन्त्रीहरूको आलोचनाबीच देउवाले पुस १० गतेको अवस्थालाई सच्याउन पुस २६ गते नै दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय पार्टीबाट गराएका थिए । त्यससँगै पुरानो गठबन्धन फर्काउँदै कांग्रेस फेरि संघदेखि प्रदेशसम्म सत्तामा फर्केको हो।  

सात वर्षदेखि राष्ट्रप्रमुख आफ्नो पक्षमा पार्न नसकेर खुम्चेको कांग्रेसले संघीय संसद्को तेस्रो ठुलो दल माओवादी केन्द्रलाई प्रधानमन्त्री छाडेर राष्ट्रपति आफ्नो पक्षमा पारेको छ। पार्टी राजनीतिबाट करिब–करिब किनारा लाग्ने अवस्थामा पुगेका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको जिम्मेवारीमा पुर्‍याइएको छ। संघीय सरकारमा उपप्रधानसहित १० महŒवपूर्ण मन्त्रालय चैतयता कांग्रेसले सम्हाल्दै आएको छ। कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेको कांग्रेस अन्य प्रदेश सरकारमा पनि महत्त्वपूर्ण हिस्सेदार छ।

यद्यपि सरकारको कार्यशैलीका विषयमा सभापति शेरबहादुर देउवा इतरका नेताहरू सन्तुष्ट छैनन्। र, उनीहरू दाहाल नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन्। एमालेसँग मिलेर भए पनि सरकारको नेतृत्व पार्टीले लिनुपर्ने आवाज इतर पक्षका नेताहरूको छ। तर एक वर्षअघि एमालेबाट धोका खाएका देउवा गठबन्धन भत्काउने पक्षमा नरहेको निकटहरूको दाबी छ।  

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको समझदारीअनुसार नै सरकारको सहज नेतृत्वको प्रतीक्षामा देउवा छन्। तर देउवाको ध्यान पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्दै संगठन विस्तार गर्नेतिर नभएको आरोप पार्टीकै पदाधिकारीले लगाउँदै आएका छन्। कांग्रेसका अन्य पदाधिकारी र नेताहरूले पनि विधानको व्यवस्थाअनुसार संगठन सञ्चालनमा जोड दिएका छैनन्। जसले गर्दा महाधिवेशन भएको दुई वर्षमा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन भने संसदीय समिति, कार्यसम्पादन समिति, विभागहरू गठन हुन सकेको छैन। कांग्रेसका भ्रातृ संगठनहरू पनि लथालिंग अवस्थामा छन्।

जबकि कांग्रेसले २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याएको थियो। नैतिक मूल्य, मान्यताका साथै स्पष्ट वैचारिक जगका आधारमा कांग्रेसले २०४८ र २०५६ को आम निर्वाचनमा पनि बहुमत ल्याएको थियो। तर पार्टीभित्र राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र विचारलाई कांग्रेसले छाड्दै सत्तालाई मात्र केन्द्रमा राख्दै आएको छ। जसले गर्दा कांग्रेस सत्तामा अब्बल देखिए पनि सांगठनिक र नैतिक आधारमा भने एकपछि अर्को गर्दै कमजोर साबित हुँदै गएको छ।
अर्को समाचार
उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?
२३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट प्रस्तुत भएको बजेटमा आफू अलमलिएको बताएका छन्। थापाले देशमा भइरहने उथलपुथलले आफूलाई बजेटमाथि टिप्पणी गर्न अलमल्याएको बताएका हुन्।

‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु। यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन। भनेर बोल्नुपर्ने हो,’ सरकारले प्रस्तुत गरेको बजेटमाथि बुधबार भइरहेको छलफलमा बोल्दै महामन्त्री थापाले भने,‘तर अहिले त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसद्मा छ/सात महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की। आफ्नै बोली फेरि गलपासो हुने हो की !’

त्यसपछि महामन्त्री थापाले आफूले बोल्ने तयारी गर्दा अर्थमन्त्री वर्षमान पुनलाई सामान्य प्रश्न सोध्ने कुरा सोचेको बताए। ‘अर्थमन्त्रीज्युले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेकुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो, ४ प्रतिशतको भन्दा कम रह्यो,’ उनले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एसियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैले ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ। यसको आधार के हो ?’

पानी अलिकति राम्रो पर्छ भनेर गरिएका मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्नेकुराको अर्थमन्त्री पुनले संसद्लाई चित्तबुझ्दो जवाफ दिनुपर्ने थापाले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस