सांसद्हरु कानुन निर्माणमा उदासीन
०६ पौष २०८०
•
३ मिनेट पाठ
सांसद्हरु कानुन निर्माणमा उदासीन
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन आलटाल गर्दा कानुन निर्माण प्रक्रियामा विलम्ब हुँदै गएको छ। पुसदेखि चैत सम्म चार महिना हिउँदे अधिवेशनको समय मानिन्छ। तर सरकारले माघमा मात्र संसद्को अधिवेशन बोलाउन खोजेको संकेत देखाएको छ। संसद्को अधिवेशन बोलाए पनि संसद्लाई बिजनेस दिन सक्ने अवस्था नदेखिएको कारणले पनि सरकारले तत्कालै अधिवेशन बोलाउन भन्दा टार्ने पक्षमा देखिएको छ।




सरकारले यस अवधिमा नयाँ विधेयक पनि ल्याएको छैन, संसदीय समितिमा रहेका विधेयकलाई पनि समितिले अघि बढाएका छैनन्। संसद् सचिवालयका अधिकारी भन्छन्, विधेयक माथिको विवाद पनि बाहिर ल्याइको छैन, तर, स्वाभाविक तरिकाले विधेयक समितिमा अड्किएका छन्, यस्तो अवस्थाले विधेयक अधिवेशनको रूपमा रहेको हिउँदे अधिवेशनमा बिजनेस नपाएर बैठक स्थगित गर्नुपर्ने अवस्था आउने सम्भावना देखिँदै आएको छ।

प्रतिनिधिसभामा १८ विधेयक विचाराधीन रहेका छन् भने राष्ट्रियसभा तर्फ, ३ विधेयक विचाराधीन छन्। यसमध्ये अधिकांश विधेयक समितिमा छन्। कात्तिक १६ गतेदेखि अहिलेसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा कुनै पनि समितिले विधेयकको टुंगो लगाएका छैनन्। सभामुख देवराज घिमिरेले सभापतिहरूलाई समितिमा रहेका विधेयक टुङ्गोमा पु¥याउनका लागि गत मंसिर ११ गते आग्रह गरे पनि सांसदहरू उपत्यका बाहिर रहेकाले समितिका बैठक बस्न नसकेको सभापतिहरूले बताउँदै आएका छन्। संसदीय समितिका एक सभापतिले भने, यति बेला सांसद उपत्यका फर्के पनि संसदीय समितिले जनसेल प्रकरणमा बढी केन्द्रित देखिन्छन्। सभामुख नयाँ महासचिव बनाउने खेलमा छन्, कानुनको विषयमा खासै ध्यान दिएको कसैले पनि छैन।

संसद्का दुई वटा अधिवेशन बितिसकेका छन्। यस अवधिमा आर्थिक विधेयक बाहेक एक विधेयक मात्र पारित भएकाले संसद्को हिउँदे अधिवेशनले विधेयक पारित गर्न सके मात्र संसद्को प्रभावकारिता देखिने विश्लेषण छ। तर, यो अधिवेशनले पनि कानुन बनाउने काम गरेन भने, साँच्चिकै रूपमा यो संसद् पनि पङ्गु हुने दिशातर्फ जाने उनीहरूको तर्क छ।

संसद्लाई सरकारले बिजनेस दिने भएकाले सरकारले नै यसबारे सोच्नुपर्ने हुन्छ। संसद्लाई बिजनेस दिन नसक्ने सरकार सफल सरकार मान्न नसकिने विज्ञहरू बताउँछन्। सरकारले कानुन निर्माणमा आफ्नो ध्यान केन्द्रित नगरी अन्य विषयमा मात्रै ध्यान दिएर समृद्धि नआउने प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूको भनाई छ।

अघिल्लो संसद्को कार्यकालमा राष्ट्रियसभामा निष्क्रिय नभएर रहेका १२ विधेयक र सरकारले अघिल्लो अधिवेशनमा दर्ता गरेका विधेयक यति बेला प्रतिनिधिसभाका विभिन्न समितिमा छन्। संघीय निजामती विधेयक संसदमा अझै आउन सकेको छैन। अघिल्लो अधिवेशनमा आर्थिक विधेयक र मिटर व्याज सम्बन्धी मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मात्र पारित गरी लज्जास्पद अवस्था देखिएको भन्दै आलोचना भइरहेको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा चार विधेयक अलपत्र छन्। यो समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक र अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ रहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ पनि यो समितिमा छन्। ७९ कानुनलाई संशोधन गर्नका लागि ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई कानुन समितिमा छलफलमा रहेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक पनि कानुन समितिमा छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, विश्वविद्यालय विधेयक , विद्यालय शिक्षा विधेयक छन्। यसै गरी, कृषि तथा सहकारी समितिमा खाद्य सम्प्रभुता विधेयक छलफलमा छ।
अर्को समाचार
धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार, सांसदहरुको आफ्नै तयारी
२३ माघ २०८०
•
३ मिनेट पाठ
धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार, सांसदहरुको आफ्नै तयारी
सोमवारदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु भयो। प्रतिनिधि सभाको आगामी बैठक बुधवार बस्नेगरी बोलाइएको छ। भोलिको बैठकमा दलका शिर्ष नेताहरुले बोल्ने सम्भावित कार्यसूचि रहेको छ विधेयक अधिवेशनको रुपमा रहेको यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार दुवै छन्। किनभने संविधान कार्यान्वयनसँग जोडिएका कयौँ विधेयकहरु पारित हुन सकेका छैनन। यस अधिवेशनमा प्रश्तुत हुनका लागि सांसदहरुले पनि आ–आफ्नो प्रकारको तयारी गरिरहेका छन्।




नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले विकास निर्माणका कामहरु अस्तव्यस्त भएको र सुशासन कायम हुन नसकेको भन्दै यसतर्फ आफूले आवाज उठाउने बताए। उनले राष्ट्रिय हितका सवालहरु ओझेलमा परेका भन्दै यो विषयलाई पनि प्राथमिकता दिने बताए।

उनले भने, ‘सम्पूर्ण विकास निर्माणका काम अस्तव्यस्त छ। सुशासनको क्षेत्रमा भन्नुहुन्छ भने ९९ वर्षलाई पुरातात्विक क्षेत्र नै कुनै व्यक्तिका नाममा दिने सम्मका षड्यन्त्र भएका छन्। देशको सम्पती लुट्ने काम भएको छ। सरकार यति धेरै लुटमा उत्रियो कि सरकारले लुटहरुलाई संरक्षण गर्ने मात्रै होइन आफैँ संलग्न भएर लुटमा आएको छ। त्यसो भएको हुनाले देशको रक्षाको लागि पनि हामी बोल्नुपर्ने छ। हाम्रो राष्ट्रिय हितका सवालहरु अहिले असाध्यै ओझेलमा परेका छन्। हामी छिमेकीहरुसँग विभिन्न राष्ट्रहरुसँग राष्ट्रिय हित विपरित सम्झौता गर्दै अगाडी बढेका छौँ। यस कुरालाई पनि सघन ढंगले उठाउँछौँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस अधिवेशनमा कानूनहरु बनाउनका लागि आफ्नो विशेष भुमिका रहने बताए। उनले जनताको जिवनसँग जोडिएका सरोकारका विषयहरुमा पनि पहरेदारी गर्ने बताए।

उनले भने, ‘विगतमा चाहेर पनि हामीले राजनीतिक पार्टीको हिसावमा, संविधानमा व्यवस्था भएका कुराहरु, जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा हामीले चाहेर पनि सरकारका कारणले धेरै विधेयक आउन सकेन। यद्यपी हामीले सधैँ प्रयास ग¥यौँ। त्यो खालको पहलकदमी हामीले लियौ। विधेयक थोरै आयो। तर राष्ट्रिय स्वतन्त्र पार्टीको भुमिका महत्वपूर्ण थियो। यो अधिवेशनमा अझ विशेषगरी हामी एकातिर कानून बनाउने, त्यसमा विशेष भुमिका खेल्ने। अर्कोकुरो दिनानुदिन जनताको जीवनसँग जोडिएका कुराहरु, महंगी लगायतका यावत कुराहरुमा हामी एकदमै राम्रोसँग पहरेदारी गर्नेछौँ।’

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमा जलवायु परिवर्तनका असरहरुको सम्बन्धमा कुरा उठाउने तयारी रहेको बताए। उनले तराईमा पानीको सतहमा समेत असर परिरहेको भन्दै यसतर्फ संसदमार्फत ध्यानाकर्षण गराउने बताए। उनले चुरे संरक्षण नभइरहेको र भुमाफियाहरुको चलखेल भइरहेको भन्दै यो विषयलाई पनि मुद्दा बनाउने बताए।

उनले भने, ‘पार्टीले निर्णय गरेको कुरा पनि उठाउने। अहिले जलवायु परिवर्तनको कुराहरु उठाउनु जरुरी छ। जलवायु परिवर्तनले गर्दा मधेसमा पानीको सतह सय फिटमा थियो। अहिले चारसय फिटमा पनि पानी पाइरहेको छैन। यो सबै जलवायु परिवर्तनको कारण हो। चुरे संरक्षण भइरहेको छैन। भुमाफियाहरुको चलखेल भइरहेको छ। त्यसको मुद्दा उठाउने। हिमाल पग्लिरहेको छ। यस्तो मुद्दा उठाउने।’

नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले सरकारले राष्ट्र र जनताप्रति जवाफदेही भएर काम गर्न नसकेकाले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने बताए। उनले धेरैभन्दा धेरै कानुनहरु बनाउनका निम्ति सरकारलाई दबाब दिने बताए। सामाजिक सद्भाव र सामाजिक एकता खल्बल्लिइरहेको भन्दै उनले यस विषयमा पनि बोल्ने बताए।  

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सरकारले ल्याउने महत्वपूर्ण विधेयकहरुलाई पारित गर्न सशक्त भुमिका खेल्ने बताए। उनले जनजिविका र सार्वजनिक महत्वको विषयमा पनि आवाज उठाउने बताए। भ्रष्टाचारको विषयमा पनि आफूले कुरा उठाउने उनको भनाई छ।

नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले जनताको पक्षमा कानून बनाउन भुमिका निर्वाह गर्ने बताए। उनले कानून निर्माणको निम्ति जनताले महशुस गर्नेगरी काम गर्ने बताए।

सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयहरुमा जनताको जनजीविकामा परेका समस्याहरु, राष्ट्रिय राजनीतिका विषयमा लगायत समसामयिक विषयमा आवाज उठाएर सरोकारवाला पक्षलाई घच्घच्याउने पनि बताएका छन्।  
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस