मुख्यमन्त्रीको गृह जिल्लामा सरुवा आतंक
२० असोज २०८१
•
४ मिनेट पाठ
मुख्यमन्त्रीको गृह जिल्लामा सरुवा आतंक
लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयलाई कर्मचारी सरुवामा अनावश्यक चलखेल गरेको आरोप लागेको छ। कर्मचारीलाई मापदण्डविपरीत सरुवा गर्ने, आफूनिकट नरहेका संगठनका कर्मचारीलाई अवधि नै नपुगी सरुवा गर्ने, आफू निकटकालाई बचाउ गरेको आरोप लागेको हो।




प्रदेशको प्रचलित ऐनकानुनविपरीत कर्मचारीको सरुवा हुन लागेपछि कर्मचारी आतंकित बनेका छन्। नियमित प्रक्रियाका नाममा मापदण्डभन्दा बाहिर गएर मुख्यमन्त्री चेतनारायण आचार्यले चलखेल गरेको गुनासो बढेको हो।

मुख्यमन्त्रीको गृहजिल्लामै अनावश्यक चलखेलले कर्मचारी निराश बनेका छन्। प्रदेश निजामती सेवा ऐन २०८० को दफा २५ को उपदफा ४ मा प्रत्येक वर्षको भदौ ७ गतेभित्र सम्बन्धित मन्त्रालयले कर्मचारी सरुवा गरिसकेको हुनुपर्ने व्यवस्था छ। तर, पूर्वाग्रह राखेर मुख्यमन्त्रीले असोज महिनामा पनि कर्मचारी सरुवा गरेको भेटिएको छ।

घटना नम्बर १

अर्घाखाँची अस्पतालमा कार्यरत नर्सिङ अधिकृत सुनिता आचार्यले अस्पतालमा सेवा दिन लागेको आठ महिना जति भयो। पूर्वाग्रह राखेरै उनलाई आठ महिनामै अस्पतालबाट सरुवा गरिएको छ। सरुवा भदौ ७ भित्र गरिसक्नुपर्ने भएकाले भदौ ७ कै मिति राखेर असोज महिनामा सरुवा गरिएको जानकारी दिइएको छ।

नेकपा एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालकी पत्नी देवकला भुसाललाई नर्सिङ अधिकृतको जिम्मेवारी दिनकै लागि यो चलखेल गरिएको स्रोतले जनाएको छ। भुसाललाई नर्सिङ अधिकृतको जिम्मेवारी दिन ठाडो आदेश आए पनि उनीभन्दा सिनियर नर्सहरू रहेको र प्रक्रिया मिचेर दिन नसक्ने अस्पतालले जवाफ फर्काएको छ।

यो कुरा नमान्दा अस्पतालका मेसु जगन्नाथ तिवारीको पनि सरुवा चलखेल भइरहेको बताइएको छ। अन्य डाक्टर नभेटिएकाले मात्र उनलाई सरुवा गर्न नसकेको अस्पताल स्रोतको भनाइ छ।

घटना नम्बर २

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रशासन शाखा प्रमुख पोमनारायण कुँवरलाई पनि मुख्यमन्त्रीको ठाडो निर्देशनमा सरुवा गरिएको छ। नीति र विधिभन्दा बाहिर गएर हाजिर भएको ९ महिनामै उनको सरुवा भएको छ। मुख्यमन्त्री कार्यालयको सचिवस्तरीय निर्णय गरेर भदौको ३१ गते उनलाई सरुवा गरिएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय दाङमा सरुवा भएका कुँवरलाई पनि मुख्यमन्त्रीले भनेको व्यक्तिलाई कार्यालय सहयोगी पदमा राख्न अस्वीकार गरेको निहुँमा सरुवा गरिएको हो। कृषि ज्ञान केन्द्रले कार्यालय सहयोगी पदमा आवेदन खुलाएको थियो।

मुख्यमन्त्रीले आफ्नो मान्छे राख्न खोजेका थिए। प्रशासन शाखाले टिप्पणी उठाउनुपर्ने हुन्छ। मुख्यमन्त्रीले राख्न खोजेको व्यक्तिको भन्दा अन्य उम्मेदवारको योग्यता अधिकतम देखिएपछि कार्यविधिअनुसार कर्मचारी नियुक्ति हुनुपर्ने कुँवरले अडान राखेर टिप्पणी नउठाएपछि उनको सरुवा गरिएको छ।

घटना नम्बर ३

प्रदेश सरुवासम्बन्धी मापदण्ड २०८१ मा उल्लेख भएअनुसार सरुवा भएको कर्मचारीलाई सरुवा भएको निकायमा हाजिर नभई अन्यत्र वा पुनः सरुवा नगर्ने प्रावधान छ। तर, यो नियमको समेत पालना भएको देखिँदैन। कार्यालयमा हाजिर नगराई वा निवेदन नदिई अन्यन्त्र सरुवा र कुनै कर्मचारीको सरुवा बदरसमेत गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बिकलाई अर्घाखाँचीबाट पाल्पा सरुवा गरियो। अहिले उनी त्यहाँ हाजिर हुन नपाउँदै अन्यत्र सरुवाको चलखेल भएको उनले बताए।

यी केही प्रतिनिधिमूलक घटना हुन्। यसरी अस्वाभाविक रूपमा कर्मचारी सरुवा हुनुलाई शंकास्पद हिसाबले हेरिएको छ। त्यसमाथि प्रदेश सरकार अवधि नपुगेका कर्मचारीको सरुवामा समेत हतारोमा देखिँदा मुख्यमन्त्रीको नियतमाथि प्रश्न उब्जिएको हो।

लुम्बिनी प्रदेशका जिल्लामा पनि कार्यालय प्रमुख तथा अन्य कर्मचारीलाई आस्थाकै आधारमा सरुवा गरिएको कर्मचारी वृत्तमा चर्चा छ। आफूनिकट संगठनका तल्लो तहका कर्मचारीलाई निमित्त कार्यालय प्रमुख बनाउन चलखेल भएको देखिन्छ।

मुख्यमन्त्री आचार्य आफ्नो गृहजिल्लामा कार्यरत कर्मचारीको सरुवामा मात्रै केन्द्रित भएको भन्दै आलोचना भएको छ। तत्कालीन संसदीय दलका नेता लीला गिरीलाई रोक्दै मुख्यमन्त्री पदमा आसिन आचार्यले समग्र प्रदेशको विकासमा केन्द्रित हुनुको साटो आफ्नै जिल्लामा कर्मचारी सरुवामा आतंक फैलाएको आरोप लागेको छ।

मुख्यमन्त्री भएपछिको आफ्नो पहिलो जिल्ला भ्रमणमा फरक गुटका नेता कार्यकर्तालाई बेवास्ता गरेर विवादित बनेका उनी पछिल्लो समय कर्मचारी सरुवाको विषयलाई लिएर थप विवादित भएका छन्। जिल्लामा सबैको विश्वास लिएर काम गर्नुपर्ने बेलामा फरक विचार राख्ने कर्मचारीको सरुवामा लागेर निरंकुशता प्रदर्शन गरेका छन्।

अर्घाखाँची अस्पताल, कृषि ज्ञान केन्द्र, जिल्ला स्वास्थ्य कार्यालयलगायत कार्यालयमा कार्यरत कर्मचारीलाई वर्ष दिन पनि नपुग्दै मुख्यमन्त्रीको ठाडो निर्देशनमा सरुवा गरिएको बताइएको छ।

एकातर्फ सुशासनको ढोल बजाउने र अर्कोतर्फ कर्मचारी तर्साएर दोहोरो चरित्र देखाएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट मुख्यमन्त्री भए पनि कांग्रेसलाई समेत पाखा लगाउँदै एकलौटी र विवादित निर्णय गर्न उनी उद्दत देखिएका छन्।

कर्मचारीको सरुवा–बढुवा नियमित प्रक्रिया हो। यसमा विधि, नीति, थिति र नियमावली भए पनि आफूखुसी शंकास्पद सरुवा गर्दा यसलाई स्वाभाविक मान्न नसकिने कर्मचारीको भनाइ छ। फरक विचारका कर्मचारीलाई आफूले भनेको नमाने सरुवाको डन्डा चलाइरहनु जायज नहुने उनीहरूको भनाइ छ।

यो विषय सतहमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले विज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ। मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै रास्वपाले जिम्मेवार बन्न आग्रह गरेको छ।
अर्को समाचार
लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल
०४ मंसिर २०८१
•
१ मिनेट पाठ
लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल
फाइल तस्बिर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन्।




मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे।

सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनामा साझेदारी गर्न उनले अनुरोध गरेका हुन । प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमूना सहर बनाउन लगानी आवश्यक रहेको बताउँदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न उनले आग्रह गरे।

प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी सहर निर्माण, शिवपुर र कालाकाटे सुरुङमार्ग, वौद्ध सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजना अघि बढाउन सक्नेगरी लगानीको क्षेत्रको बारेमा जानकारी गराएको छ।

शिवपुरदेखि कालाकाटेसम्म सुरु¬ङ मार्गको परियोजना सात किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ।त्यसले १८ किलोमिटर बाटो छोटिने भएकाले राजधानीसँग पहुँच सहज हुने देखिएको हो। प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेको छ।

लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दोस्रो आवधिक योजनालाई पूर्णता दिन थालेको छ। त्यसमा दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्य,उद्देश्यसँग जोडेर योजनाको प्राथमिकिकरण गरिएको समेत मुख्यमन्त्रीले जानकारी दिए।  
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस