पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार (भोलि) आदेश आउन सक्ने भएको छ।
मुद्दामा पक्राउ परेकाहरूमाथिको बहस अन्तिम चरणमा पुगेको छ। भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि आदेश आउन सक्ने जिल्ला अदालत, कास्कीका स्रेस्तेदार राजन खनालले बताए।
अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवालातर्फका वकिलले जवाफी बयान सकिएको छ। बुधबार (आज) आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे। जाहेरवालातर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले पनि बहस गरे।
यसअघि रास्वपा सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए।