स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बयान जारी छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान सुरु भएको हो । बयान अहिलेसम्म आधा पनि सकिएको छैन ।
रविको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। थुनछेक बहसपछि न्यायाधीशको आदेशबमोजिम हुनेछ। तर आज नै थुनछेक बहस हने सम्भावना न्युन रहेको अदालतले बताएको छ।
बयानका लागि रवि आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।