महतोको प्रश्न- सिंहदरबार बसेर पाथीभरा आक्रमण गर्ने ?
२१ माघ २०८१
•
१ मिनेट पाठ
महतोको प्रश्न- सिंहदरबार बसेर पाथीभरा आक्रमण गर्ने ?
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले देश नस्लवादीहरूले चलाइरहेको टिप्पणी गरेका हुन्।




सोमबार (आज) काठमाडौंको माइतीघर मण्डलामा 'नो केबलाकार समूह'ले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न पुगेका उनले यस्तो टिप्पणी गरेका हुन्।

'नेपाल सबै राष्ट्रियताको हो, सबै पहिचानको हो। ए सिंहदरबारमा बस्ने नस्लवादीहरू हो, एकल चिन्तन नराख, यो देशको सार्वभौमसत्ता सबै राष्ट्रियतासँग हुनुपर्छ,' उनले भने, 'यो देश नस्लवादीहरूले चलाइरहेका छन्।'

अगाडि उनले सोधे, 'सिंहदरबार बसेर पाथीभरा लुट्न खोज्ने, आक्रमण गर्न खोज्ने ? कति लुट्ने ? गिरीबन्धु, सुन, एनसेल, वाइडबडी हुँदाहुँदै पाथीभरामा पनि केबलकारको नाममा लुट ?'

उनले नस्लवादी सिंहदरबारले सबै राष्ट्रियतालाई सार्वभौमसत्ता साझेदारी गर्न कन्जुस्याइँ गरेको पनि बताए। त्यसका विरुद्ध एक हुने बेला भइसकेको भनाइ महतोको थियो।
अर्को समाचार
पाथीभरा विवाद: महतोलाई कालोझण्डा, 'नो केबलकार' समूहको दिनहुँ प्रदर्शन र कोणसभा
१० फागुन २०८१
•
१ मिनेट पाठ
पाथीभरा विवाद: महतोलाई कालोझण्डा, 'नो केबलकार' समूहको दिनहुँ प्रदर्शन र कोणसभा
मुक्कुमलुङ(पाथीभरा) पदयात्राका लागि ताप्लेजुङ आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिवार फुङलिङमा एउटा समूहले कालो झन्डा देखाएको छ । शनिवार फुङलिङस्थित होटेल प्यारिज आसपास महतोलाई कालोझण्डा देखाइएको हो ।




महतोलाई उक्त समूहले ‘विकास विरोधी’को आरोप लगाएको छ । शान्तिपूर्ण पदयात्राको नाममा झडप र मुठभेटसम्मका घटना गराउन उक्साउने व्यक्ति भन्दै महतोलाई कालोझण्डा देखाएको उक्त समूहले जनाएको छ। कालोझण्डा देखाउनेमा अधिकांश महिला थिए ।

‘नो केबलकार पक्ष’ले भने केबलकार निर्माण कार्यको प्रतिरोधमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । फागुन ६ देखि ८ गते सम्म पाथीभरा क्षेत्रमा मुक्कुमलुङ पदयात्रा आयोजना गरेको थियो । महतो बिहीबार(८गते) उक्त पदयात्रामा सहभागी भएका थिए । उनी त्यसपछि पाथीभरा मुक्कुमलुङ क्षेत्रमै थिए । 

पाथीभरा क्षेत्रबाट फुङलिङ फर्कने क्रममा कालोझण्डा देखाएका हुन् । महतो गाडीमा सवार थिए, गाडी नरोकिइकन अघि बढेको थियो ।

बिहीबार केवलकारको निर्माणाधीन बेस स्टेसन नजिकै सुरक्षाकर्मी र ‘नो केबलकार पक्ष’बिच झडप समेत भएको थियो । काफ्ले पाटी क्षेत्रमा ‘नो केबलकार पक्ष’ले दिनहुँ जसो प्रदर्शन र कोणसभा गरिरहेका छन् । उनीहरूले मुक्कुमलुङ(पाथीभरा)आफ्नो प्रमुख मुन्धुमीस्थल भएकोले यसलाई सांस्कृतिक र प्राकृतिक रूपमा यथास्थानमै राख्नुपर्ने भन्दै त्यहाँ केबलकार निर्माण गर्न नहुने अडानका साथ आन्दोलन गर्दै आइरहेका छन् ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस