नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले २५ वर्ष मुनीको पुस्ताले आफ्नो हक माग्ने कुरा स्वाभाविक रहेको बताएका छन्। बुधवार धनगढीमा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन्।
‘अहिलेको २५ वर्षको पुस्तालाई ०४६ सालको आन्दोलन, पञ्चायतविरुद्धको सङ्घर्ष, राणा कालको कुरा त छाड्नुस् उसलाई ०६२/६३मा रोकिएको द्वन्द्वकालीन पीडा थाहा छैन,’ नेता सिटौलाले भने,‘उसलाई विगतको पीडा थाहा छैन, माओवादीको बन्दुकको पीडा थाहा छैन, राजाहरूले लोकतन्त्रमाथि अतिक्रमण गर्दा उत्पन्न भएको देशव्यापी पीडा पनि थाहा छैन।’
तर, ती युवाले आज आफ्नो हक खोजिरहेको उनले बताए। उनले भने, ‘उसले आज खोज्छ। यो चाहियो, यो चाहियो, यो चाहियो।’ उसले आज खोज्नु पनि स्वाभाविक रहेको उनले बताए। ‘त्यो हक हो, खोज्नु स्वाभाविक छ,’ उनले भने।
यदि त्यो हक मागिरहेको युवालाई विगतमा कांग्रेसले गरेको सङ्घर्ष सम्झाए कांग्रेस बनेर देश सेवामा लाग्न सक्ने सिटौलाले तर्क गरे। ‘यदि समग्र कुरामा सम्झायौँ हाम्रै युवा, हाम्रै छोराछोरी, हाम्रै भाइबहिनीलाई नेपाली कांग्रेसको सङ्घर्ष उसले कांग्रेसमा सङ्गठित हुन र जनतामा केही गर्न सङ्कल्प गर्न सक्छ,’ सिटौलाले भने।