भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन अन्तत: बाध्य भयो सरकार
१२ चैत्र २०८१
•
३ मिनेट पाठ
भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन अन्तत: बाध्य भयो सरकार
०८१ माघ १८ गते संसद् अधिवेशन सुरु हुँदै थियो। तर, सरकारले केही दिन अगाडि मात्रै विभिन्न छ वटा अध्यादेशहरू जारी गर्‍यो।




जसमध्ये पाँचवटा अध्यादेशहरू गत फागुन २१ गते दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर कानून बन्ने पक्रियामा छन्। तर, भूमिसम्बन्धी अध्यादेश भने अघि बढ्न सकेको थिएन। सरकारमै रहेका दलहरूले पनि त्यसको विरोध गरेका थिए। सरकारलाई समर्थन गरेर बसेको जनता समाजवादी पार्टी, नेपाल र सरकारमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग राखे।

अन्तत: उक्त अध्यादेश फिर्ता भएको छ। बुधबार (आज) बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। तर, जतिबेला अध्यादेशहरू जारी हुँदै थिए, सरकार सबै अध्यादेश; त्यो पनि जस्ताको त्यस्तै पारित गर्ने अड्डीमा थियो। तर, यहाँसम्म आइपुग्दा सरकार असफल भयो, सबै अध्यादेश पारित गर्न सकेन। र, अन्तत: भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनैपर्ने अवस्था बन्यो।

सदन नचलेको बखत त्यसरी ल्याइएका अध्यादेशहरू संसद् अधिवेशन सुरु भएपछि बहुमतले दुबै सदनबाट पारित गर्नुपर्ने संवैधानिक प्रावधान छ। तर, अहिलेको सरकारसँग भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा राष्ट्रिय सभामा बहुमत थिएन। राष्ट्रिय सभामा तीन सिट भएको जसपा नेपाल र एक सिट भएको लोसपाले हात उठाएपछि सरकारलाई थप सङ्कट पर्‍यो। 

सरकारमा रहेका दलहरूमध्ये कांग्रेस, एमाले, जसपा नेपाल र लोसपासँग मात्रै राष्ट्रिय सभामा सिट छ। त्यसबाहेक जसपा, नागरिक उन्मुक्ति र जनमतसँग सिट नै छैन। कांग्रेससँग १६, एमालेसँग १०, जसपा नेपालसँग तीन र लोसपासँग एक सिट छ। यसरी हेर्दा सरकारको पक्षमा जम्मा २६ मत मात्रै देखियो। त्यसमा जसपा नेपालको तीन र लोसपाको एक गरी जम्मा ३० मत हुन्थ्यो। तर, जसपा नेपाल र लोसपा अध्यादेशको विपक्षमा उभिए।

यसकै कारण सरकार भूमिसम्बन्धी अध्यादेश लिन बाध्य भयो र लियो पनि। तर, सरकारले अन्तिम समयसम्म अध्यादेश अघि बढाउने ढिपी गर्दै थियो। तर, सकेन। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम समयसम्म प्रयास गरेकै थिए। कांग्रेसले अध्यादेश पारित गराउनका लागि राष्ट्रिय सभामा आठ सिट भएको एकीकृत समाजवादीलाई फकाउनदेखि 'फुटाउन' सकिने निष्कर्ष पनि निकालेको थियो भनिन्छ। यस्तै उसले जसपा नेपाललाई फकाउन पनि जारी नै राख्नुपर्ने प्रधानमन्त्री ओलीलाई सुझाएको थियो। 

तर, अन्तिममा कुनै उपाय चलेन र अध्यादेश फिर्ता लियो। जसपा नेपाल र लोसपा बरु सरकार छाड्न र समर्थन फिर्ता लिन तयार भए तर, भूमिसम्बन्धी अध्यादेशमा समर्थन जनाउन तयार भएनन्। माओवादी केन्द्र प्रमुख प्रतिपक्षी भइहाल्यो, उसले समर्थन जनाउने कुरा भएन। माओवादी नेताहरूले सुरुदेखि नै अध्यादेशको कडा विरोध गरेका थिए। एकीकृत समाजवादीसँग स्वयम् प्रधानमन्त्री ओलीको राम्रो सम्बन्ध छैन। त्यसका अध्यक्ष माधवकुमार नेपालसँग उनको सधैँजसो कटाक्ष चलिरहन्छ। 

जे होस्, अवस्था यस्तो बन्यो कि सरकार जे-जसो गरे पनि भूमिसम्बन्धी अध्यादेश अघि बढाउन नसक्ने ठाउँमा पुग्यो। यसैले त प्रधानमन्त्री ओली फिर्ता लिन बाध्य भए। अन्यथा, उनी जब्बर नेता हुन्।

संवैधानिक प्रावधानअनुरूप त्यसरी ल्याइएका अध्यादेशहरू संसद् अधिवेशन सुरु भएको मितिले दुई महिनाभित्र पारित भइसक्नुपर्छ। अन्यथा, ती स्वत: निष्क्रिय हुन्छन्। अर्थात् माघ १८ गते संसद् अधिवेशन सुरु भयो। यदि सरकारले फिर्ता लिने निर्णय नगरेको भए यो अध्यादेश चैत १८ गते अर्थात् अबको पाँच दिनपछि स्वत: निष्क्रिय हुँदै थियो। तर, सरकारले स्वत: निष्क्रिय भएको भन्दा फिर्ता लिएकै बेस भन्ठानेर फिर्ता लियो।

जसै, दुईतिहाइको सरकारले जे सोचेर अध्यादेशहरू ल्याएको थियो, पारित गर्नका लागि त्यही तवरमा सहज भएन। अन्तत: भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भयो।
अर्को समाचार
अध्यादेशमा सरकारको विकल्प : फकाए पनि 'फुटाए पनि' एकीकृत समाजवादी !
१६ फागुन २०८१
•
४ मिनेट पाठ
अध्यादेशमा सरकारको विकल्प : फकाए पनि 'फुटाए पनि' एकीकृत समाजवादी !
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहित अन्य केही साना दल मिलेर बनेको दुईतिहाइको सरकारलाई ६ अध्यादेश टाउकोदुखाइको विषय बनेको छ।




संसद् अधिवेशन नहुँदाको बखत ल्याएको ६ वटा अध्यादेश पास नहुने भएपछि सरकारलाई झमेला थपिएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन सुरु भएको माघ १८ गते नै दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा निर्णयार्थ प्रस्तुतका लागि तयार गरेको थियो। तर, राष्ट्रिय सभामा आफ्नो पक्षमा बहुमत नदेखिएपछि सरकारले कार्यसूचीबाट अध्यादेश झिकेको थियो।

त्यसयता राष्ट्रिय सभामा बहुमत जुटाउन कोसिसरत सरकारले अझै बहुमत जुटाउन सकेको छैन। जसै सरकार ६ वटै अध्यादेश पास गर्न चाहन्छ। त्यसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाधक बनेका छन्। जसपा नेपाल र लोसपाले अरु पाँच वटामा समर्थन गर्न सकिने भए पनि भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने अडान राखेका छन्। तर, सरकार भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने पक्षमा छैन।

घटनाक्रम यसरी अगाडि बढ्दा २८ दिनसम्म पनि अध्यादेश निर्णयार्थ प्रस्तुत हुन सकेको छैन। संवैधानिक प्रावधानअनुरूप सरकारले अध्यादेश अबको ३२ दिनभित्र पास गरिसक्नुपर्छ। अन्यथा, अध्यादेश स्वत: निष्क्रिय हुनेछ। तर, प्रतिष्ठाको विषय बन्दै आएको अध्यादेश निष्क्रिय होस् भन्ने सरकार चाहँदैन। यसर्थ, सरकारसम्बद्ध दलहरू कांग्रेस र एमाले अध्यादेश पास गर्ने दोस्रो विकल्पको खोजीमा छन्। 

यही क्रमअन्तर्गत अहिले कांग्रेस-एमाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आइपुगेका छन्। फकाउन परे पनि 'फुटाउन' परे पनि एकीकृत समाजवादी नै सही भएको व्याख्या कांग्रेस-एमाले नेताहरूले गरिरहेका छन्। यसअघि बसेको संयन्त्र बैठकमा पनि यसबारे छलफल भएको कांग्रेसका एक नेताले नागरिकसँग बताए। फेरि शुक्रबार (आज) संयन्त्रको बैठक बस्दैछ। आजको बैठकमा पनि यसबारे छलफल हुने ती नेताको भनाइ छ।

हुन त यसअघि नै कांग्रेसले अध्यादेश पास गर्नका लागि एकीकृत समाजवादी नै सही पार्टी भएको निष्कर्ष निकालिसकेको हो। त्यसमा एमालेले पनि समर्थन जनाएको छ। त्यसबमोजिम सुरुमा उसलाई फकाउने र अध्यादेशको पक्षमा उभ्याउने यदि त्यसो हुन नसके दल विभाजन सहज हुनेगरी विधेयक ल्याउने गरी छलफल अगाडि बढेको ती नेताको भनाइ छ। 'के कसरी अध्यादेश पास गर्न सकिन्छ भन्ने कुरा आउँदा मुख्यगरी एमाले नेताहरूले दल विभाजन सहज हुनेगरी विधेयक ल्याउने कुरा उठाउनुभएको छ। तर, हामीलाई चाहिँ त्यसो नभइदिए हुन्थ्यो भन्ने लागेको छ। हामी बदनाम हुन चाहँदैनौँ,' ती नेताले भने।

प्रतिनिधि सभासँग विधेयक राष्ट्रिय सभामा फेल भए पनि पुन: पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउन सक्ने 'सर्वोच्चता'छ। यही प्रावधानको आँटमा सरकारले दल विभाजन सहज हुनेगरी विधेयक ल्याउने छलफल गठबन्धनमा गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसैगरी अगाडि बढ्नुपर्ने अवस्था आउनसक्ने ब्रिफिङ गरेको ती नेता बताउँछन्।

यसरी अघि बढ्दा विधेयकमा दुईवटा प्रावधान संशोधन गर्नेबारे कांग्रेस-एमालेबीच छलफल भइरहेको छ। एउटा, पाँच वर्षअगावै दल विभाजन गर्न सकिने र अर्को, दल विभाजनसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय समितिमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थालाई परिवर्तन गर्ने अर्थात् आफूअनुकूल प्रतिशत घटाउने।

एकीकृत समाजवादी २०७८ भदौमा एमालेबाट विभाजित भई बनेको दल हो। त्यसअनुसार एकीकृत समाजवादी २०८३ भदौसम्म विभाजन हुन पाउँदैन। तर, सरकारले त्यही प्रावधानलाई संशोधन गर्न सक्नेछ। यस्तै यदि एकीकृत समाजवादी विभाजन नै हुने भयो भने त्यहाँ संसदीय समिति वा केन्द्रीय समितिमा कति प्रतिशत पुग्छ, त्यहीअनुसार प्रतिशत राखेर संशोधन गर्न सक्नेछ।

यो विकल्पलाई सरकारले 'प्लान बी'अन्तर्गत राखेको छ। यद्यपि, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग निर्णायक संवाद गर्ने तयारी कांग्रेस-एमालेको छ। लोसपा त सत्तासीन दल नै हो। लोसपाबाट शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्। भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन जनाउने नसक्ने बताइसकेपछि अध्यक्ष ठाकुरले भण्डारीलाई सरकारबाट बाहिरिनुपर्ने हुनसक्ने भन्दै तयारी अवस्था रहन निर्देशन गरिसकेका छन्।

जसपा नेपालले भने अध्यादेशमा समर्थन गर्नका लागि 'सत्ता बार्गेनिङ' गरेको चर्चा छ। तर, उसले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसकिने बताइसकेको छ। यस्तो अवस्थामा सरकारसम्बद्ध कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यादव-ठाकुरसँग निर्णायक संवाद गर्ने तर, पार नलागे 'प्लान बी'अन्तर्गत जाने स्रोतको दाबी छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस