आफूअनुकूल निर्णय लिन बहुमतको व्यवस्था
०६ मंसिर २०७६
•
८ मिनेट पाठ
आफूअनुकूल निर्णय लिन बहुमतको व्यवस्था
काठमाडौं – संवैधानिक परिषद्ले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने तयारी सरकारले गरेको छ। संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेर पहिलो बैठकमा बहुमतका आधारमा परिषद्ले निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याउने तयारी भएको हो। सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाउन लागेको छ।




अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले बहुमतबाट कुनै पनि निर्णय गर्न सक्नेछ। यस्तो व्यवस्था गरेपछि सरकारले चाहेको व्यक्ति तुरुन्तै संवैधानिक अंगमा नियुक्त हुन सक्ने अवस्था आउनेछ। संवैधानिक निकाय स्वतन्त्र रहने भएकाले कुनै दल विशेष तथा सरकारको प्रभाव नपरोस् भनी संवैधानिक परिषद्ले कुनै पनि निर्णय सर्वसम्मतिबाट गर्ने व्यवस्था थियो। संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ को दफा ६ उपदफा ५ मा भनिएको छ– बैठकमा पेस भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुनेछ। सर्वसम्मति हुन नसकेका विषयमा निर्णय हुन नसक्ने र सम्पूर्ण सदस्यको सहमतिबाटै निर्णय गर्न अर्को बैठक बोलाउनुपर्ने कानुनी प्रावधान छ । त्यसरी बोलाइएको बैठकमा पनि सहमति हुन नसके मात्रै परिषद्का सबै सदस्यको बहुमतबाट निर्णय गर्नुपर्ने व्यवस्था छ। त्यस्तो बैठकमा अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित भएमात्रै त्यसलाई गणपूरक संख्या मान्न सकिने व्यवस्था छ । तर यस विषयलाई संशोधन गर्दै बहुमतका आधारमा निर्णय हुने व्यवस्था राखिएको स्रोतले बतायो।

संवैधानिक परिषद्ले बहुमतका आधारमा निर्णय गर्ने हो भने यो संस्था सरकारको विभागजस्तो हुन्छ।

–संविधानविद् डा. विपीन अधिकारी

संवैधानिक परिषद्ले बहुमतका आधारमा निर्णय गर्ने हो भने यो संस्था सरकारको विभागजस्तो हुने संविधानविद् डा. विपीन अधिकारीले बताए। ‘परिषद्मा प्रतिपक्षीको पनि उपस्थिति गराएको कारण स्वायत्त अधिकारको प्रयोग गर्न सक्ने असल मान्छे ल्याऊँ भन्ने हो’, उनले भने। संवैधानिक परिषद्सम्बन्धी विद्यमान ऐन नै कमजोर भएको अवस्थामा त्यसलाई झनै कमजोर पार्न खोजिएको उनले बताए। संवैधानिक परिषद्मा बहुमतको आधारमा निर्णय हुने व्यवस्था गर्ने हो भने परिषद्को आवश्यकता नै नपर्ने उनले बताए। उनले भने, ‘बलुवाटारमै टुंगो लगाएर नियुक्ति गर्न पठाए हुन्छ।’ प्रधानमन्त्रीले नाम प्रस्ताव गर्न सक्ने तर निर्णय सर्वसम्मत हुनुपर्ने भन्दै उनले थपे, ‘त्यसपछि मात्रै त्यसको महत्व हुन्छ।’

नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संवैधानिक परिषद्ले बहुमतका आधारमा निर्णय गर्ने हो भने संवैधानिक परिषद् नरहेर संवैधानिक पार्टी परिषद् हुन पुग्ने बताइन्। संवैधानिक परिषद्ले बहुमतीय आधारमा निर्णय गर्ने प्रावधान ल्याउने हो भने त्यो संविधानको भावनाविपरीत हुने उनको भनाइ छ। ‘यस्तो व्यवस्थाले संवैधानिक आयोगहरुलाई पार्टीको भर्तीकेन्द्र बनाउँछ’, उनले भनिन्, ‘नयाँ संविधान कार्यन्वयनमा ‘बे्रक’ गर्ने गरी जान पाइँदैन।’

राजनीतिक विष्लेषक कृष्ण पोखरेलले भने विगतमा पनि संवैधानिक परिषद्ले गर्ने सिफारिस ‘स्वतन्त्र’ नरहेको दाबी गरे। सर्वसम्मत निर्णय भागबन्डामा गएर जोडिएकाले आयोगमा दलको प्रभाव परेको उनले बताए। ‘पहिलाको व्यवस्थाले नै दलको प्रभाव परिरहेको ठाउँमा अहिले अध्यादेश ल्याउन प्रधानमन्त्रीलाई किन हतारो’, उनले भने, ‘यहाँ नियत ठीक देखिएन।’

संविधानको धारा २८४ ले प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न ६ सदस्यीय संवैधानिक परिषद्को व्यवस्था गरेको छ। परिषद्मा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने व्यवस्था छ। प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुनमन्त्री सदस्य रहने व्यवस्था छ।

परिषद्का सदस्य प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले रिक्त संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा सहमति नजुटेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएका छन्। प्रधानमन्त्री केपी ओली केही दिनमै उपचारका लागि अमेरिका जाने तयारी छ। उनी विदेश नजाँदै संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्ने तयारीमा छन्। संवैधानिक परिषद्को सदस्य रहेका सभामुख कृष्णबहादुर महरा फौजदारी अभियोगमा जेलमा छन्। त्यसैले सभामुख पद खाली छ। नयाँ सभामुखको निर्वाचन कहिले हुने, टुंगो छैन। नेपाल कम्युनिस्ट पार्टी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउन खोज्दैछ। उतले तत्काल राजीनामा दिँदा संवैधानिक परिषद्को निर्णयमा समस्या हुनसक्ने देखिन्छ। हतारहतारमा अध्यादेश ल्याएर संवैधानिक आयोगहरुमा नियुक्ति गरेपछि मात्र उपसभामुखलाई राजीनामा दिन लगाउने तयारीमा नेकपा रहेको स्रोतले बतायो।
अर्को समाचार
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
२ मिनेट अघि
•
१ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।




आइतबार विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको ज्ञापन पत्र बुझ्दै महामन्त्री आचार्यले रास्वपा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका हुन्।

महामन्त्री आचार्यले समाजको अभिन्न अंग पत्रकारिता भएकाले पत्रकारितालाई अझ समृद्ध बनाउन पार्टी लागि पर्ने बताए।

‘प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज गर्ने नीति हिजो पनि नभएको र आज पनि छैन’, उनले भने,‘पत्रकारितालाई अझ समृद्ध बनाउन रास्वपा लागिपर्नेछ।’

पत्रकारहरूले राखेका जायज मागको सम्बोधन गरिने उनले स्पष्ट पारे। समाचार लेखेका आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको, सरकारी सञ्चारमाध्यमहरूबाट श्रमजीवी पत्रकारहरूलाई निष्कासन गरिएको, अध्यादेशबाट प्रेस काउन्सिल सम्बन्धी कानुन निर्माण गरिएको लगायतका विषयमा असहमति जनाउँदै नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

सोही कार्यक्रम अन्तर्गत मोरङका पत्रकारहरूले रास्वपा महामन्त्री विपिन आचार्यलाई पार्टीको धारणा माग गर्दै ज्ञापन पत्र बुझाएका थिए।

यसैबिच आइतबारको आन्दोलनका कार्यक्रम अन्तर्गत रास्वपाको मोरङ जिल्ला पार्टी कार्यालयमा पनि पत्रकारहरूले केही बेर धर्ना दिएका छन्। 
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
यो पनि पढौँ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस