काठमाडौं – द्वन्द्वपीडितले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पुरानै पदाधिकारी दोहोरिएमा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। उनीहरुले संक्रमणकालीन न्याय टुंग्याउन बनेका दुई आयोगमा पुराना पदाधिकारी दोहोरिनु भनेको अलमल्याउने बहानाबाजी भएको टिप्पणी गरेका छन्।
आयोगमा यसअघि बसिसकेकालाई सिफारिस गरेमा कुनै पनि हालतमा स्वीकार्य नहुने द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले बताए। ‘पुरानालाई जबर्जस्ती पठाइयो भने कुनै पनि हालतमा स्वीकार्य छैन। सत्य पत्ता लगाउने ठेक्का लिएर चार वर्षको बिताएकाले काम गरेनन्’, अध्यक्ष चौधरीले भने, ‘दोहो-याएमा हामीलाई सबैभन्दा ठूलो धोका हो। धोका दिनेलाई साथ दिदैनौं।’
पीडितसँग पुराना केही पदाधिकारीको व्यवहार नराम्रो रहेको उनले बताए। पुरानाको यसअघि परीक्षण भइसकेकाले तिनैलाई दोहो-याउन नहुने उनको जोड छ। ‘पुराना पदाधिकारी पूर्णतया असफल भइसकेका छन्। यो कुरा पनि सरकारले भनिसकेको छ। संसद्ले कानुन संशोधन गरेर उनीहरुलाई फिर्ता पठाइसकेको छ’, चौधरीले भने, ‘असफल भएकाहरुको नैतिकता पनि छैन। जागिरे मानसिकता भइसकेको छ। मानवीय संवेदनासँग जोडिएको संक्रमणकालीन न्यायमा उनीहरु जान हुँदैन।’
जवाफदेही निगरानी समितिका अध्यक्ष चरण प्रसाईंले पुरानाले नियुक्ति खोज्नु व्यक्तिगत स्वार्थ भएको बताए। उनले पुरानालाई दोहो-याउनु भनेको काम नगर भन्नु जस्तै हुने बताए। ‘चार वर्षसम्म एकजना पीडकको पनि पहिचान गरेनन्। न राहत दिए न सत्यतथ्य पत्ता लगाए।’
पुराना पदाधिकारीले काम गर्न नसकेको स्विकार्नुपर्ने प्रसाईंले बताए। ‘एउटा प्रतिवेदनसम्म सार्वजनिक गर्न सकेनन्। काम गर्न नसकेका स्वतः पछि हट्नुपर्ने हो। फेरि जानुको अर्थ अलमलमा राख्ने बहानाबाजी गर्नु नै हो’, उनले भने, ‘साँच्चै काम गरेको भए चार वर्षको अवधिमा ऐन संशोधन अघि बढाउनुपथ्र्यो तर पहल पनि भएन। ऐन संशोधन गरेरमात्र अघि बढाउनुपर्छ। नियुक्ति मात्रै खोज्नु व्यक्तिगत स्वार्थ हो।’
सिफारिस समितिमा दुई निवदेन
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस समितिमा दुुईवटा निवेदन परेका छन्। समितिले दुई आयोगमा पदाधिकारी सिफारिस प्रक्रियाका लागि ६१ जनाको नामवली प्रकाशित गर्दै प्रतिक्रिया मागेको थियो। जम्मा दुईवटा प्रतिक्रिया परेको समितिकी सदस्य शर्मिला कार्कीले बताइन्। आइतबार बसेको बैठकले प्रतिक्रिया अध्ययन गरेर छलफल गर्ने उनले बताइन्।
पुराना पदाधिकारीलाई सिफारिस समितिले फेरि ल्याउन खोजेको, ऐन संशोधन नगरी पदाधिकारी नियुक्तिका लागि प्रक्रिया सुरु भएको भन्दै एउटा निवेदन परेको छ। निवेदनमा विभिन्न मानवअधिकारकर्मी, द्वन्द्वपीडित संघसंस्थाका प्रतिनिधिलगायत २६ जनाको हस्ताक्षर छ। निवेदनमा पदाधिकारी चयनप्रति असहमति जनाएको कार्कीले बताइन्। ‘समितिले प्रकाशित गरेको नामवलीमा व्यक्तिगत रुपमा कुनै प्रतिक्रिया आएको छैन। पुरानालाई दोहो-याउन नहुने, ऐनका विषयदेखि प्रक्रियाकै विषयमा निवेदन परेको छ’, उनले भनिन्।
समितिले एकदुई दिनमा निवेदन अध्ययन गरेर निर्णय गर्ने बताइएको छ। सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा चैतमा सिफारिस समिति गठन गरेको थियो। आयोगका लागि १० जनाको नाम सिफारिस हुनेमा दुई आयोगका लागि आठजनाको नाम दोहोरिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि यसअघिका सदस्य माधवी भट्ट, श्रीकृष्ण सुवेदी र मञ्चला झाको नाम सार्वजनिक गरिएको छ। त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको आयोगका लागि पुरानै समितिका अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्यहरु बिजुलकुमार विश्वकर्मा, विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङको नाम दोहोरिएको छ।