कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको आरोप
०९ जेष्ठ २०७७
•
१० मिनेट पाठ
कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको आरोप
प्रदेशसभा बैठकमा दुरी कायम गरेर सांसदहरुलाई राख्ने व्यवस्था गरिएको छ । तस्बिर : प्रदेशसभा सचिवालय
प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको दलका सांसदहरुले आरोप लगाएका छन् । लकडाउनको दुई महिनाको अवधिमा निर्माण गर्नुपर्ने आइसोलेसन अस्पताल र क्वारेन्टिनको व्यवस्थापन नगर्दा प्रदेशमा कोरोना संक्रमतिको उपचार नै प्रभावित भएको सांसदहरुको भनाई छ ।  




प्रदेश ५ प्रदेशसभाको शुक्रबारदेखि सुरु भएको छैटौं बैठकमा दलका तर्फबाट बोलेका सांसदहरुले कोरोना संक्रमितको उपचार र क्वारेन्टिनको व्यवस्थापन चुस्त बनाउन सरकारको ध्यानार्कषण गराए । नेपाली काँग्रेस संसदीय दलका उपनेता विरेन्द्र कनौडियाले लकडाउनको दुई महिनासम्म सरकारले सम्भावित जोखिमको पूर्व तयारीको काम गर्न नसकेको बताए । आइसोलेसन  र क्वारेन्टिन निर्माणमा सरकारले बल्ल तयारी गरेको भन्दै कोरोना महामारीप्रति सरकार संवेदनशिल नभएको आरोप उनले लगाए । ‘हामी दुई महिना लकडाउन गर्‍यौं तर क्वारेन्टिन व्यवस्थापन भएन, क्वारेन्टिनमा खाना पाएका छैनन्’ उनले भने । उनले रुपन्देहीको सुनौली, कपिलवस्तु, बाँकेका भारतीय सीमामा हजारौं नेपालीहरु अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  

भारत सरकारले रेल चलाउन थालेपछि हजारौं नेपाली नागरिहरु सीमामा आएर अलपत्र परेको भन्दै व्यवस्थित रुपमा नेपाल ल्याउने तर्फ प्रदेश सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । जिल्लाहरुमा क्वारेन्टिनमा अलपत्र रुपमा राखिएको भन्दै त्यसतर्फ ध्यान दिन समेत नेता कनौडियाको आग्रह ट । उनले परीक्षणको दायरा फराकिलो बनाउन समेत सुझाव दिए ।  

राष्ट्रिय जनमोर्चाका तर्फबाट बोल्दै सांसद तारा जिसिले सिमामा लाखौंका नागरिकले अमानवीय व्यवहार सहेर बस्नुपरेको भन्दै सुरक्षित तरिकाले नेपालमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले बाध्य भएर हिँडेर सीमा आएका नेपालीलाई तुरुन्त नेपालमा ल्याउने व्यवस्था गर्नुपर्ने बताइन् । उनले सामान्य ज्वरो रुघाखोकी लाग्दा पनि कोरोनाका आशंकामा दुव्र्यहार हुने गरेको भन्दै सामुदायिक स्वास्थ्य संस्थालाई बलियो बनाउन आग्रह गरिन् । सांसद जिसिले कारोना महामारीमा स्थानीय तहले काम गरेको बताउँदै प्रदेश सरकार सेतो हात्तिको रुपमा रहेको भन्दै प्रदेश सरकार नै खारेज गर्नुपर्ने माग उठाईन् । उनले अनावश्यक खर्च घटाउनुपर्ने भन्दै आवश्यक परे सांसदहरुको सुविधा पनि सरकारलाई दिन तयार रहेको बताइन् ।  

बैठकमा सांसद समाजवादी पार्टीका सांसद कल्पना पाण्डेले कोभिड १९ को ंसंक्रमण नियन्त्रणमा सरकारले लापरवाही गरेको आरोप लगाइन् । उनले सीमावर्ती क्षेत्रमा गर्नुपर्ने पूर्व तयारी नहुँदा प्रदेश ५ कोरोना महामारीको रुपमा फैलिएको बताइन् । उनले मुख्यमन्त्री प्रदेशको समस्यामा भन्दा वालुवाटारमा बढि ध्यान केन्द्रीत गरेको भन्दै प्रदेशमा ध्यान दिन आग्रह गरिन । रुपन्देहीका  मर्चवारी, सम्मरीमाई कोटहीमाई गाउँपालिकामा रहेका क्वारेन्टिनमा भेडाबाख्रालाई जस्तै गरि रादिएको भन्दै यसले झन जोखिम निम्तिएको बताइन् ।  

अर्का सांसद सहर्षराम यादवले कपिलवस्तुमा मात्रै करिव ८ हजार नेपाली सीमामा अलपत्र भएकाले उनीहरुलाई तत्त्काल नेपालमा ल्याउनुपर्ने बताए । गाउँपालिका र नगरपालिकाहरुले क्वारेन्टिन निर्माणको प्रक्रिया अघि बढाएको भएपनि भारतबाट आउने हजारौंर्का व्यवस्थापन गर्न नसकेको बताए । यस्तै सांसद सन्तोषकुमार पाण्डेले रुपन्देहीको सुनौली नाकामा देशैभरका नागरिकहरु आउने गरेकाले उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर सम्बन्धित जिल्ला र गाउँपालिकामा पठाउने व्यवस्था गर्नुपर्ने बताए ।  

नेकपा संसदीय दलका तर्फबाट सांसद पार्वती पुन गहतराजले कोरोना महामारीका बेलामा प्रतिपक्षी र सत्तापक्ष नहुने भन्दै सबै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्नेमा जोड दिईन । उनले सरकारले लकडाउन गरेकै कारण ठूलो क्षति हुनबाट रोक्न सफल भएको बताइन् ।  

छैटौं अधिवेशन बजेट अधिवेशन समेत भएकाले अब कोरोना महामारीले निम्तयाएको असरलाई कम गर्र्ने गरि निति कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । प्रेशसभा बैठकको शुरुमा सभामुख पूर्ण घर्तीमगरले छैटौं अधिवेशन आह्वानको प्रदेश प्रमुख धर्मनाथ यादवको पत्र पढेर सुनाएका थिए । बैठकमा पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बजार नियम तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए । यस्तै भौतीक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पेश गरेको सडक निर्माण तथा मर्मत सम्मार तथा विस्तार सम्बन्धमा गर्न बनेको विधेयक भौतीक पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको छ ।  

प्रदेशसभाको छैटौं अर्थात बजेट अधिवेशन ६५ दिनपछि बसेको हो । कोरोना महामारीका कारण बैठकमा प्रदेशसभा सदस्यहरुको भौतीक दुरी ५ फिट रहने गरि सिटको व्यवस्था गरिएको छ दर्शक दीर्घा समेत हटाइएको छ । बिहीबार सांसद, सुरक्षाकर्मी, कर्मचारी र मर्यादापलाक र पत्रकारहरुको समेत आरडिटी मार्फत कोरोना परीक्षण गरिएको थियो । अर्को बैठक शनिबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ ।  
अर्को समाचार
खाप टोलका १ सय १० परिवारलाई राहत
०३ असार २०७८
•
१ मिनेट पाठ
खाप टोलका १ सय १० परिवारलाई राहत
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका विराटनगर १९ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ। नेपाली समाज जर्मनको सहयोगमा हामी युवा विराटनगरले विराटनगर १९ खापटोलका १ सय १० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो।  




कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहालले विपन्न परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

प्रत्येक परिवारलाई २५ किलो चामल, खाने तेल, पिठो, चिनीलगायतका खाद्यान्न सााग्री वितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिइन्। हामी युवाले आगामी दिनमा पनि कोरोना लगायतका महामारी र विभिन्न दैविविपत्तीबाट पीडित बनेका परिवारलाई सहयोग गर्ने कामलाई निरन्तरता दिने कार्कीले बताइन्।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
यो पनि पढौँ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस