कोरोना नियन्त्रणमा सरकारकै लापरबाही
२८ मंसिर २०७७
•
५ मिनेट पाठ
कोरोना नियन्त्रणमा सरकारकै लापरबाही
सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ। प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्ता गर्दै भाषण, उद्घाटन, जमघट, पार्टी, यात्रा, घुमफिर, बिहेलगायत कार्यक्रममा सहभागी हुने गरेका छन्। मंसिर ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ पुगेर ‘मास’ लाई सम्बोधन गरे। पर्यटनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई, नेता सुवास नेम्बाङ पनि ओलीसँगै ताप्लेजुङ पुगेका थिए। ताप्लेजुङको घुन्सामा बनेको स्वास्थ्य चौकी उद्घाटन गर्न पुगेका ओलीलाई ठूलै भिडले स्वागत गर्‍यो। त्यसबखत ओलीले कोरोना नियन्त्रणमा सरकारले बनाएका नियमकानुन सबै बिर्सिए।




त्यस्तै मंगलबार कीर्तिपुरस्थित ज्येष्ठ नागरिक भवन शिलान्यास कार्यक्रममा पनि प्रधानमन्त्री ओली सरिक हुँदा उसैगरी भिडभाड बढ्यो। कोरोना संक्रमणलाई पर्वाहै नगरी ओलीको जोसिलो भाषणले भिडलाई ततायो। कोरोना संक्रमण बढिरहेका बेला ओलीले कोरोनाभन्दा बढी भाषण राजनीतिक विषयमा गरे। यसरी कोरोना महामारीलाई नियन्त्रण गर्न सर्वसाधारणलाई भिडभाडजन्य गतिविधि नगर्न लिखित र मौखिक निर्देशन दिँदै आएको सरकार नै संक्रमणको जोखिम बढाउने गतिविधिमा सरिक भएको छ। सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली नै भिडभाडजन्य गतिविधि र मास भेलामा सहभागी हुँदै आएका छन्। प्रधानमन्त्रीले नै कोरोना संक्रमणलाई वास्ता नगरेपछि कोभिड नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड फितलो बनेको छ।  

यसबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बोल्न अस्वीकार गरे। ‘यसबारे मैले बोल्दिनँ, प्रधानमन्त्रीज्यू पुगेको ठाउँमा भिडभाड छैन,’ उनले भने, ‘अन्य कुरा अरूलाई नै सोध्नुस्।’ त्यसो त सरकारको विरोध गर्नेलाई भने कोरोनाको बहाना बनाउँदै ओली नेतृत्वको सरकारले कडाइ गर्दै आएको छ। १० दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शन रोक्न भन्दै लिखित निर्देशन दिएको थियो।  

सामान्य होइन संक्रमण दर

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन। परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ। दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको छ। दैनिक २० जनाभन्दा बढीको मृत्यु भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आम नागरिक नै कोरोना नियन्त्रणमा जिम्मेवार नबनेको बताए। ‘सरकारले त आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ उनले भने, ‘आम सर्वसाधारणले पनि आफ्नो दायित्व बुझ्नुपर्‍यो नि।’

कोरोना भयावह बनिरहेका बेला सरकारकै खेलाचीका कारण संक्रमण झन् बढेको विज्ञहरूको भनाइ छ। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले कोरोना दर बढिरहेका बेला सरकारले पनि आफ्नो ठाउँ छाडिसकेको बताए। उनले परीक्षणका दायरा घटाएर संक्रमण दर कम देखाए पनि भित्रभित्रै संक्रमण बढिरहेको जानकारी दिए। ‘सरकारले सुरुदेखि नै हेलचक्र्याइँ गर्दै आएको छ, अहिले त झन् कोरोना छ वा छैन भन्ने नै बिर्सिएझैं देखिन्छ,’ उनले भने, ‘न त संक्रमण रोक्न सरकार जिम्मेवार छ न त आम नागरिक नै।’ उनले कोरोनालाई खेलाची ठान्दा चिसोमा संक्रमण दर भयावह हुने देखिएको जानकारी दिए।  

मन्त्रीका छोराको बिहेमा भिड

कोरोना नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरा र गृहमन्त्री रामबहादुर थापाका छोराले गत सोमबार तामझामका साथ विवाह गरे। कोरोना नियन्त्रणका विषयमा प्रमुख जिम्मेवारी सम्हालेका यी दुई मन्त्रीले छोराको बिहेमा जन्ती र पाहुनाको भिड नै जम्मा गरे। प्रहरीले सुटुक्क साथ दिएपछि पार्टी र बिहे भेलाको हल्लै भएन। गृहमन्त्री थापाका छोराले पोखरामा बिहेको पार्टी दिए, पुल्चोकस्थित मन्त्रीनिवासमै पनि भिडभाड बढाएका थिए। त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्तका छोराको बिहेमा पनि मुख्य नेताहरूलाई डाकेर काठमाडौंमै पार्टी आयोजना गरिएको थियो।  

पार्टी प्यालेस र घरघरमा भिड

कोरोना संक्रमण बढिरहेका बेला मंसिरमा बिहेका कार्यक्रम भने रोकिएनन्। लकडाउनका कारण चौपट बनेका पार्टी प्यालेस र रेस्टुरेन्टले मंसिरमा भिडभाड गराएरै भए पनि आम्दानी गरिरहेका छन्। ती ठाउँहरू बिहेको पार्टी दिने र खान आउनेको भिड उस्तै छ। सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नदिने नियम लागु गरे तापनि पछिल्लो समय अत्यधिक भीडभाड र जमघट बढेको हो। साधारण तरिकाले बिहे र अन्य सांस्कारिक कार्यक्रम आयोजना गर्न भनिए पनि तडकभडक हुँदा कोरोना संक्रमण फैलन सक्ने डर देखिन्छ। त्यसो त ती ठाउँहरूमा भएको भिडभाड नियन्त्रण गर्न प्रहरी प्रशासनले चासो दिएको छैन। सरकारले सातातिना व्यवसाय तथा रेस्टुरेन्ट खोल्न अनुमति दिएको भन्दै प्रहरीले ती ठाउँहरूमा अनुगमन गरेको छैन। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले मातहतका प्रहरी कार्यालयलाई भिडभाडबारे अनुगमन गर्न निर्देशन दिइएको दाबी गरे। ‘कोरोनाबारे प्रहरीले दायित्व पूरा गरेको छ, अनुगमन पनि भइरहेको छ,’ उनले भने, ‘यसबारेमा सर्वसाधारण पनि सजग हुनुपर्छ।’  

सवारीसाधनमा पनि उस्तै भिडभाड  

कोरोना महामारीका कारण लामो समय बन्द रहेको सार्वजनिक यातायात सरकारले मापदण्ड र ससर्त सञ्चालन गरे पनि यातायात व्यवसायीले भने कुनै सुरक्षा मापदण्ड र सर्त पालना गरेका छैनन्। उपत्यकामा जोरबिजोर प्रणाली लागु भइरहेका कारण सार्वजनिक यातायातमा अत्यधिक भीडभाड बढेको छ। सिटमा मात्रै यात्रु बसाल्न पाइने भए पनि यातायात व्यवसायीले मनपरी यात्रुहरू कोचेका छन्। अन्य विकल्प नभएका कारण भिडभाड गरेर बसमा यात्रा गर्नुपरेको लोकन्थली बस्ने नरेन्द्र चुदालीले बताए। उनले जोरबिजोर नियम लागु गर्दा पर्याप्त बस नचकाले सार्वजनिक बसमा कोचिएर यात्रा गर्नुपरेको जानकारी दिए।

‘कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले यातायातमा स्वास्थ्य सुरक्षा अनिवार्य गरेको थियो,’ उनले भने, ‘तर यातायात क्षेत्रमा कोरोना संक्रमणबाट जोगिन कुनै सुरक्षा माण्दण्ड अपनाइएको छैन।’ सरकारले दुई सिटमा एकजना यात्रु राख्ने, ढोकामा स्यानिटाइजर राख्ने, यात्रुसँग दूरी कायम राख्ने, मास्क लगाएर मात्रै सवारीसाधनमा बसाल्नेलगायत सुरक्षा अपनाउन निर्देशन दिए पनि यातायात क्षेत्रमा त्यसको पालना भएको छैन।
अर्को समाचार
जुम्लामा लापरबाहीले बढ्दै कोरोना संक्रमण
०९ साउन २०७८
•
२ मिनेट पाठ
जुम्लामा लापरबाहीले बढ्दै कोरोना संक्रमण
जुम्लामा लापरबाहीका कारण कोरोना संक्रमण बढिरहेको छ। कोरोना नियन्त्रण बाहिर रहेको देखिएको हो। स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्।  




शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५८ जनाको आरटी पिसिआर परीक्षण गरिएकोमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएकोले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।  

वैशाख पहिलो सातादेखि हालसम्म जुम्लामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या १ हजार १७६ पुगेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार साउन ८ गतेसम्म संक्रमणमुक्त हुनेको संख्या ९५१ छ।  

अहिले पनि जुम्लामा २२५ जना सक्रिय संक्रमित छन्। संक्रमणका कारण जिल्लाका ५ ज्येष्ठ नागरिकसहित ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। जिल्लाबाहिरका कर्णाली अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको छ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचाररत छन्। कोभिड–१९ संक्रमण कम भएको भन्दै सरकारले देशभर निषेधाज्ञा खुकुलो गर्दै लगेको छ। देशभरसहित जुम्लामा पनि निषेधाज्ञा खुकुलो पार्दै लगिएको छ।  

वैशाख पहिलो सातादेखि जुम्लामा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा असार तेस्रो सातादेखि केही खुकुलो पारिएको हो। निषेधाज्ञा खुकुलो बनाएसंगै संक्रमण दर ह्वात्तै बढेको छ।  

अहिले न गाउँमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिएको छ। न त लकडाउन नै कडा पारीएको छ।  

लोकसेवा आयोगलगायत अन्य निकायले परीक्षाको कार्यक्रम सार्वजनिक गरेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गरिने भएको छ। त्यसैगरी दैनिक उपभोग्य वस्तु तथा खाद्य पसलसहित अन्य व्यापार, व्यवसायका पसल दैनिक दिउँसो ४ बजेसम्म खुल्दै आएका छन्।  

जुम्लामा कोभिसिल्डको पहिलो डोज लगाएका ८ हजार ९५८ जना ज्येष्ठ नागरिक दोस्रो डोज लगाउन वञ्चित भएका छन्। पहिलो खोप लगाउने भारतले दोस्रो डोज उपलब्ध नगराएपछि वञ्चित भएका हुन्। कोभिसिल्डको दोस्रो डोजको खोप स्वास्थ्यकर्मी, चालक, कर्मचारीसहित २ हजार ९४८ जनाले मात्रै लगाएको जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए। 

यस्तै, १ हजार ९९१ जनाले भेरोसेल लगाएका छन् भने दोस्रो भेरोसिल खोप १ हजार ६१६ जनाले लगाएका छन्। अहिले पनि खोप कार्यक्रम चलिरहेकाले पहिलो डोज भेरोसेल लगाउने सबै नागरिकले दोस्रो डोजको खोप पाउने निश्चित भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस