बंगलादेशविरुद्ध १२ ब्याट्सम्यान
०८ चैत्र २०६८
•
६ मिनेट पाठ
बंगलादेशविरुद्ध १२ ब्याट्सम्यान
राजेन्द्र ज्ञवाली- बंगलादेशले मंगलबार एक महत्वपूर्ण म्याचमा पूर्व विश्व विजेता श्रीलंकालाई पराजित गर्दै पहिलो पल्ट एसिया कप क्रिकेटको फाइनलमा प्रवेस गरेको छ। त्यस अघि विश्व विजेता भारतलाई हराउदै एसिया कपको अन्तिम दुई स्थानका लागि आफ्नो बाटो फराकिलो बनाएको आयोजक टिमले दुबै पटक लक्ष्य पछ्याउदै विजयश्री दर्ता गराएको थियो।




क्रिकेटमा ११ जनाले ब्याटिङ गर्छन्। तर मंगलबारको खेलमा बंगलादेश विरुद्ध १२ ब्याट्सम्यानले रन बनाएका थिए।
१२ औँ खेलाडीका रुपमा क्रिकेटको पछिल्लो नियम डकवर्थ लेविसले बंगलादेशको लक्ष्यलाई अझ अप्ठेरो बनाएको थियो। म्याचको तथ्यले त्यसै भन्छ।

पहिला ब्याटिङ गरेको श्रीलंकाली टिम ४९ दशमलव ५ ओभरमा २ सय ३२ रन बनाएर पेवेलियन फर्केको थियो। त्यस अनुसार बंगलादेशलाई जितका लागि ४ दशमलव ६६ को औसतले ५० ओभरमा २ सय ३३ रन बनाउने लक्ष्य प्राप्त भएको थियो।

तर लगत्तै भएको वर्षाका कारण केही बेर खेल रुक्न पुग्यो। त्यसपछि खेल सुरु हुदा बंगलादेशका लागि डक वर्थ लेविस नियमले नयाँ लक्ष्य तयार पारेको थियो। जस अनुसार अब बंगलादेशले जितका लागि ४० ओभरमा २ सय १२ रन बनाउनु थियो। अर्थात बंगलादेशको खाताबाट १० ओभर झिकिए पनि २१ रन मात्र कम गरिएको थियो।
नयाँ लक्ष्य अनुसार बंगलादेशलाई ५ दशमलव ३ रन प्रति ओभरको औसतले रन बनाउनु थियो। अर्थात वर्षाका कारण खेल रुकेपछि लागु गरिएको डकवर्थ लेविस नियमका कारण बंगलादेशको लक्ष्य झनै कठिन भएको थियो।

तर टेष्ट क्लबको कान्छो सदस्यले जुन परिपक्वताकासाथ जित दर्ता गरायो त्यसलेआउदा दिनमा विश्व क्रिकेटको प्रतिस्पर्धा झनै गहन हुने संकेत देखा परेको छ।
श्रीलंका भरखरै अष्ट्रेलियामा सम्पन्न त्रिकोणिय एक दिने क्रिकेट श्रृङ्खलाको उपविजेता टिम थियो भने भारत त साविक विश्व विजेता नै हो। तर दुबै टिम विरुद्ध बंगलादेशले रन पछ्याउदै जित दर्ता गराएको छ।

भारत र श्रीलंकाका विश्व स्तरिय बलरहरूले बंगाली टाइगरलाई रोक्ने जति प्रयास गरे पनि सफल हुन सकेनन्। र पहिलो पटक बंगलादेश आफ्नै भूमिमा एसिया कपको फाइनलमा पुगेको छ।

बिहिबार हुने फाइनलमा बंगलादेशले पाकिस्तानको सामना गर्ने छ। हुनत पाकिस्तान विरुद्धको उद्घाटन खेलमा बंगलादेशले पराजयको सामना गर्नु परेको थियो। तर त्यो पराजयको अन्तर त्यति ठूलो भने थिएन।

बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, सकिब अल हसन, नासिर हुसेन लगायतमा देखिएको परिपक्वताले उनीहरूको ब्याटिङक्रमलाई कुनै पनि लक्ष्य पछ्याउन सक्ने स्थितिमा ल्याएको छ। विशेषगरी पाकिस्तान विरुद्धको पहिलो खेलमा ६४, भारत विरुद्ध ७० र मंगलबार मात्र श्रीलंका विरुद्ध ५९ रन बनाएका प्रारम्भिक ब्याट्सम्यान तमिम इकबालको फर्म निकै आकासिएको छ। उनलाई सकिब अल हसनले पनि राम्रो साथ दिदै पाकिस्तान विरुद्धको पहिलो खलमा ६४, त्यसपछिको भारत विरुद्ध ४९ तथा श्रीलंका विरु४५६ रनको इनिङ खेलेका थिए।

बंगलादेशसँग नजमुल हुसेन, अब्दुर रज्जाक र सकिब अल हसन, सहादत हुसेन, मसरफ मर्तजा जस्ता प्रंभावशाली बलरको पनि सूची छ। जसले एसियाकप अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

हुनत पाकिस्तान पनि पूर्व विश्व विजेता टिम हो र पछिल्लो पटक यो निकै खारिदै आएको छ। प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टिम भएबाट पनि यसको क्षमताको अनुमान गर्न सकिन्छ। तर बंगलादेशको फाइनलसम्मको यात्रा क्रिकेटमा प्राय देखिने भाग्यको सहारामा भएको पनि होइन। यसले आफ्नै बलमा भारत र श्रीलंका जस्ता टिमलाई पञ्छ्याउदै उपाधि भिडन्तसम्म आइ पुगेको हो।

क्रिकेटमा दुई टिमको पूर्व प्रदर्शनका आधारमा जित हारको भविस्यवाणी गर्नु निकै जोखिम हुन्छ। तर पनि बंगलादेशले अहिलेसम्म देखाएको प्रदर्शनलाई हेर्दा फाइनल खेलमा यसले पाकिस्तानलाई ठूलो चुनौति दिनेमा विश्वास गर्न सकिन्छ। अर्थात एसिया कप फाइनल खेल क्रिकेटको प्रकृति अनुसार निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक हुनेमा कुनै शंका नरहला।
 

 
अर्को समाचार
बंगलादेशविरुद्ध कीर्तिमानको ओहिरो
२९ माघ २०७३
•
४ मिनेट पाठ
बंगलादेशविरुद्ध कीर्तिमानको ओहिरो
हैदराबाद- उच्च लयमा रहेका कप्तान विराट कोहलीले अर्को दोहोरो शतक पूरा गर्दा शुक्रबार भारतले बंगलादेशविरुद्ध हैदराबादमा जारी टेस्टको दोस्रो दिन कीर्तिमानी योगफल खडा गरेको छ। लगातार ४ शृंखलामा दोहोरो शतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका कोहलीले २ सय ४ रन बनाए। भारतले ६ सय ८७ रनमा इनिङ समाप्तीको घोषणा गर्दा ३ ब्याट्सम्यानले शतक पूरा गरे।




यससँगै भारत लगातार तीन खेलमा ६ सय भन्दा माथिको स्कोर बनाउँने पहिलो राष्ट्र बनेको छ। भारतले यसअघि इङ्ल्यान्डविरुद्ध मुम्बईमा ६ सय ३१ र चेन्नईमा ७५९–५ को स्कोर बनाएको थियो।

जवाफी ब्याटिङ गरेको बंगलादेशले दोस्रो दिन सकिँदा ४१ रन बनाएको छ। यसक्रममा टोलीले ओपनर सौम्य सरकारलाई गुमाइसकेको छ। ३१ बलमा ३ चौका सहित १५ रन बनाउँदा सरकार अन्तिम ओभर बलिङ गरेका उमेश यादवको बलमा ऋदिमन शाहबाट क्याच भएका थिए। तमिम इकबाल २४ र मोमिनुल हक १ रन बनाएर क्रिजमा छन्।

उप्पल रंगशालामा भारतलाई उच्च स्कोरतर्फ डोर्‍याउन कोहलीको प्रदर्शन महत्वपूर्ण रह्यो। उनको साथमा अन्य ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गरे। २ सय ४६ बल सामना गरेका कोहलीले २४ चौका प्रहार गरेका थिए। यससँगै उनले महान हस्ती डोनाल्ड ब्राडम्यान र राहुल द्रविडको कीर्तिमान तोडेका छन्। दुवै हस्तीले लागातार ३ शृंखलामा दोहोरो शतक पूरा गरेका थिए। कोहलीले यसअघि वेस्ट इन्डिज, न्युजिल्यान्ड र इङ्ल्यान्डविरुद्ध दोहोरो शतक पूरा गरेका थिए।

२८ वर्षे कप्तान कोहलीलाई तैजुल इस्लामले एलबिडब्लू धरापमा पारेका थिए। तैजुलले ३ विकेट आफ्नो नामा लेखाए। भारतका मध्यक्रमका ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गरे।  १ सय ६ रनमा अविजित रहेका ऋदिमन शाहले सातौं विकेटका लागि रविन्द्र जडेजासँग १ सय १८ रनको अविजित साझेदारी गरे। जडेजा ६० रनमा अविजित रहे। करियरकै दोस्रो टेस्ट शतक पूरा गर्ने क्रममा ऋदिमनले ७ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै पाँचौ अर्धशतक पूरा गर्ने क्रममा जडेजाले ७८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि कोहलीले अजिन्क्या राहनलेसँग चौथो विकेटका लागि २ सय २२ रनको साझेदारी गरेपछि भारत बंगलादेशविरुद्ध कीर्तिमानी स्कोरतर्फ लम्किएको थियो। राहनेले ११ चौका सहित ८२ रन बनाए। उनी तैजुलको बलमा मेहन्दी हसन मिराजबाट क्याच भएका थिए। भारतले बंगलादेशविरुद्ध यसअघि बनाएको सबैभन्दा ठूलो स्कोर ६ सय १० रन हो। जुन २००७ मा ढाकामा बनेको थियो।

३५६–३ को स्थितीबाट भारतले दोस्रो दिनको शुरूआत गरेको थियो। कोहलीले १ सय ११ र रहानेले ४५ रनको स्थितीबाट दोस्रो दिन खेल्न सुरु गरेका थिए। भारतका रविचन्द्र आश्विनले ३४ रन बनाए। ४ चौका प्रहार गरेका आश्विन मेहन्दी हसनको बलमा सरकारबाट समातिएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस