‘पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण’
०९ असार २०७७
•
६ मिनेट पाठ
‘पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण’
पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्रनजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ लिने मनसायले भारतीय पक्षले कब्जाको प्रयास गरेको टोलीको निष्कर्ष छ ।  

उक्त स्थानलाई आफ्नोतर्फ पार्न भारतले नेपाली भू–भागमा भौतिक संरचना निर्माण अवरोध गर्नुका साथै स्थानीयवासीलाई मानसिक तनाव दिएको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ । उक्त स्थानबाट पूर्वतर्फ भारतमा संरक्षित क्षेत्रका रूपमा सिंहलीला राष्ट्रिय निकुञ्ज रहेको र उक्त स्थानमा भौतिक संरचना निर्माण गर्न नसकिने भएपछि भारतीय पक्षले नेपाली भूभाग कब्जा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेको छ ।  

गत वैशाख अन्तिम साता उक्त स्थानमा सङ्ग्रहालय निर्माणमा भारतीय पक्षले अवरोध गरेको थियो । भारतीय वन कर्मचारीको स्वार्थअनुसार उक्त क्षेत्रलाई भारततर्फ पार्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालमा अनावश्यक दबाब दिने गरेको अध्ययन टोलीले प्रतिवेदनमा उल्लेख छ ।           

के भएको थियो  ?     

नेपाल–भारत सीमा नजिकै पाँचथरको फालेलुङ–६ तथा इलामको सन्दकपुर गाउँपालिका–२ को सिमानामा पर्ने आहाल क्षेत्रमा पर्यटकीय सङ्ग्रहालय निर्माणका लागि स्थानीय ‘सन्दकपुर आहाल चौँरीपालक कबुलियती वन समूह’ले योजना प्राप्त गरेको थियो । सङ्ग्रहालय निर्माणका लागि डिभिजन वन कार्यालय पाँचथरबाट  १० लाख बजेट रहेको वार्षिक कार्यक्रम स्वीकृत भई कार्यान्वयन सुरु भएको थियो । 

गत वैशाख २४ गतेबाट सङ्ग्रहालयको भवन निर्माणका लागि जग खन्ने काम सुरु भएको थियो तर वैशाख २७ गते भारतीय सीमा सुरक्षा बलको टोलीले उक्त निर्माणस्थल नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा पर्ने झुटो दाबी तथा नक्कली नक्सासमेत तयार पारी निर्माणकार्य रोक्न दबाब दिएको थियो । निर्माणकार्य नरोके बल प्रयोग गर्ने भन्दै एसएसबीले धम्की दिएपछि निर्माणकार्य रोकिएको थियो ।           

भारतीय पक्षको अवरोधपछि फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङसहित जनप्रतिनिधि तथा सुरक्षाकर्मीको टोलीले उक्त स्थानको स्थलगत अवलोकन गरी भारतीय पक्षसँग संवादसमेत गरेको थियो । भारतीय पक्षले उक्त भूभाग दशगजा क्षेत्रमा पर्ने झुटो दाबी नछाडेपछि गाउँपालिकाले वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेको थियो ।  

जिल्ला सुरक्षा समितिको जेठ २ बसेको बैठकले उक्त स्थानको वास्तविक अवस्था बुझी प्रतिवेदन पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेको संयोजकत्वमा अध्ययन टोली गठन गरेको थियो । टोलीमा नापी अधिकृत जयराम तामाङ, सहायक वन अधिकृत राजकुमार खत्री, प्रहरी निरीक्षक डम्बर विश्वकर्मा, सशस्त्र प्रहरी निरीक्षक एनीकुमार तामाङ र मालपोत कार्यालयका प्रमुख बाबुराम पोखरेल सदस्य थिए । टोलीले स्थलगत निरीक्षण, स्थानीय र भारतीय पक्षसँग संवाद गरी प्रतिवेदन तयार पारेको हो ।           

नेपाली भूमि कब्जा गर्ने प्रयास           

महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने आहाल क्षेत्रलाई कब्जा गर्न भारतीय पक्षले अनधिकृतरूपमा एकलौटी सीमास्तम्भ राखेर नेपाली भूमि कब्जा गर्ने मनसायसहित झुटो दाबी पेश गरेको उक्त समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । पिङ्की शेर्पा, नरबहादुर खपाङ्गीलगायत स्थानीयवासीले अध्ययन टोलीलाई दिएको जानकारीअनुसार दुई वर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५८-९ नम्बरको सीमास्तम्भको उत्तरपश्चिम डाँडामा नेपाली भूभागभित्र अनधिकृत रूपमा नयाँ सीमास्तम्भ राखेको थियो । उक्त अनधिकृत स्तम्भ राखेपछि एसएसबीले पिङ्की शेर्पा बसेको घरजग्गासमेत रहेको क्षेत्र र आहाल क्षेत्र भारतमा पर्ने भनेर झुटो दाबी गर्न थालेको थियोे । यही दाबीका आधारमा नेपाल तर्फको भूभाग कब्जा गर्न खोजिएको स्थानीयको भनाइ छ ।           

स्थानीयका अनुसार यहाँबाट सूर्योदय र सूर्यास्त एकदमै राम्रोसँग देखिने, कञ्चनजङ्घा र सगरमाथा हिमालसहित विभिन्न हिमशृङ्खला देखिने भएकाले धेरै पर्यटक आउने गर्दछन् । यहाँ सीमापूर्व भारततर्फ सिंहलीला राष्ट्रिय निकुञ्ज रहेको र त्यहाँ भारत सरकारले कुनै पनि निर्माणकार्य गर्न प्रतिबन्ध लगाएको छ । 

अध्ययन टोलीलाई स्थानीय पिङ्की शेर्पाले भनेकी छन्, ‘यहाँ आउने सबै पर्यटक नेपालमा रहेका घरवासमा बस्छन् । यसले नेपाल पक्षलाई ठूलो आर्थिक लाभ भइरहेको छ । भारतले कुनै लाभ लिन नसकेपछि भारतीय वन कर्मचारीको उक्साहटमा एसएसबीले नेपाली भूमि अतिक्रमण गर्न खोजेको हामीलाई लागेको छ ।’           

आहाल क्षेत्रमा गत वर्ष मेची पहाडी पर्यटन विकास समितिको बजेटबाट दृश्यावलोकन स्तम्भ निर्माण गरिएपछि भारतीय पक्षले अवरोध गर्न थालेको सन्दकपुर आहाल चौँरीपालक कबुलियती वन समूहका अध्यक्ष नरबहादुर खपाङ्गीको भनाइ छ ।  

सीमा क्षेत्रसहितको वन स्थानीय कबुलियती वन समूहलाई हस्तान्तरण गरिँदा स्थानीयवासीको निरन्तर क्रियाशीलता भई अप्रत्यक्षरूपमा सीमा सुरक्षामा बल पुगेको स्थानीयको भनाइ छ ।  

‘नेपालीहरु पूर्वाधार विकास गर्दै सीमाको रेखदेख र संरक्षण तथा पर्यटन विकासमा लागेको भारतीय पक्षले देख्न नसकेर सीमाको समस्या सिर्जना गरेको हो,’ खपाङ्गीले भने ।     

अध्ययन टोलीले पर्यटकीय क्षेत्र भएकै कारण भारतीय पक्षले नेपाली भूभाग कब्जा गर्न खोजेको, अनधृकित सीमास्तम्भ राखेर ‘डब्लू’ आकारको सीमारेखाको व्याख्या गरी विवाद सिर्जना गरेको, स्थानीयवासी नेपालीलाई अनुचित मनोवैज्ञानिक दबाब दिई त्रास उत्पन्न गराएको, नेपालको नक्सा र गुगल नक्सामा उक्त क्षेत्र नेपालमै देखिएको, नेपालभित्रै भौतिक संरचना निर्माण गर्दा भारतीय पक्षले अवरोध गरी दादागिरी गरेको र वन क्षेत्र स्थानीय समूहलाई दिँदा सीमा सुरक्षामा नेपाली स्वयं सक्रिय भई लागेको निष्कर्षसहितको प्रतिवेदन सुरक्षा समितिलाई बुझाएको थियो ।  

समितिमार्फत प्रतिवेदन गृह मन्त्रालयमा समेत पुगिसकेको छ । अध्ययन टोलीले दुवै देशको उच्चस्तरीय नापी समितिबाट चाँडो विवाद निरुपण गर्नुपर्ने, पर्यटनमा आधारित आर्थिक स्वार्थ देखिएको हुँदा दीर्घकालीन समाधान निकाल्नुपर्ने, सीमा सुरक्षाको प्रबन्ध गर्नुपर्ने, सीमा क्षेत्रका स्थानीयवासीलाई सक्रिय गराई अप्रत्यक्षरूपमा सीमा संरक्षण एवं अतिक्रमण रोक्नुपर्ने, नेपालतर्फ पर्यटकीय पूर्वाधार विकासलाई तीव्र पारी आर्थिक लाभ लिनुपर्ने सुझावसमेत दिएको थियो ।           

टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार उक्त प्रतिवेदनमाथि गृह मन्त्रालयले कारवाही प्रक्रियासमेत थालेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट विभागीय मन्त्रालयहरुलाई नापीको उच्चस्तरको टोली पठाउन, पर्यटकीय तथा भौतिक पूर्वाधार निर्माणको काम नरोक्न पत्र लेखिएको जानकारी आएको न्यौपानेले जानकारी दिए ।  

यस्तै, गृह मन्त्रालयले चाँडै सशस्त्र प्रहरी बलको सीमा अनुगमन चौकी (बीओपी) स्थापना गर्ने तयारीसमेत थालेको छ । यी सबै कार्यको समन्वय गर्न जिल्ला प्रशासन कार्यालय पाँचथरलाई निर्देशन दिइएको छ । सहायक प्रजिअ न्यौपानेका अनुसार नापीको उच्चस्तरीय टोली सम्भवतः यसै साता जिल्ला आइपुग्नेछ ।
अर्को समाचार
आफैँ असुरक्षित सुरक्षाकर्मी
०५ असोज २०७८
•
३ मिनेट पाठ
आफैँ असुरक्षित सुरक्षाकर्मी
उद्युमगन्ज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि निर्माण गरिएको बिओपी ।नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी । तस्बिरः गणेश/नागरिक
प्रहरीले प्रतिबन्धित लागूऔषध चरेस ओसारपासारको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ परेपछि गत भदौ ४ गते बाँकेस्थित राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो। पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए। उनीहरुको ज्यादती त्यतिमै रोकिएन, ‘प्रदेश सांसदलाई पनि घेराबन्दी गरे।’ यो घटना सीमा क्षेत्रमा नयाँ र नौलो भने होइन। यस्ता घटना सीमा क्षेत्रमा दोहोरिरहन्छन्।

डुडुवा गाउँपालिका–६, उद्युमगन्ज नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) छ। उक्त बिओपी दिनमा दुईजनाको भरमा चलेको छ भने सीमा क्षेत्र एउटा लाठीको भरमा। उक्त बिओपीका खटिएका प्रहरीसँग सीमा सुरक्षाका लागि अन्य प्रविधि छैन। बेलाबेलामा सीमा क्षेत्रमा हुने तनाव मात्र होइन भारतीय तस्करबाट हुने जोखिमलाई उक्त लाठीले भरथेक गर्न सक्ला? यही प्रश्न सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको मनमनमा छ। तर उनीहरु सांगठनिक ह्वीपका कारण उक्त कुरा व्यक्त गर्न सक्दैनन्। सीमा सुरक्षाका लागि पहरेदार भएका सशस्त्र प्रहरी आफैँ असुरक्षित छन्। पूर्वाधार, जनशक्ति अभाव, सीमा क्षेत्रमा बिओपी स्थापना हुन नक्नु, प्रविधिलगायतले सीमा क्षेत्रमा सीमा रक्षक सशस्त्र प्रहरी असुरक्षित भएका छन्।

सीमा क्षेत्रमा पूर्वाधार अभाव भएको भन्दै सशस्त्र प्रहरीका एपी अशाेक बमले भने, ‘सुरक्षाकर्मी सधैं असुरक्षित हुन्छन्। हामी असुरक्षाका बाबजुद पनि सुरक्षा गर्ने हो।’ सीमालाई प्रविधिमैत्री र पूर्वाधार निर्माण गरेको भए सुरक्षाका लागि सहज हुने उनको भनाइ छ। सीमा क्षेत्रमा जनशक्ति अभावमा बिओपी कम हुँदा पनि सुरक्षा चुनौती भएको उनले बताए। बाँकेसँग सीमा जोडिएको क्षेत्रमा भारतले २४ वटा बिओपी निर्माण गरेको छ। 

यता नेपालले भने १० वटा मात्र बिओपी निर्माण गरेको छ। एक बिओपीबाट अर्काे बिओपी टाढाटाढा भएकाले पनि एकबाट अर्काेलाई सहयोग गर्न कठिन हुने सशस्त्र प्रहरीको भनाइ छ। ‘बिओपी टाढाटाढा छन्,’ उनले भने, ‘एउटा बिओपी असुरक्षित भए अर्काेले सहयोग गर्न जाने कठिन छ।’ निश्चित स्रोतसाधनका बीच आफूहरुले सीमा सुरक्षामा खटिएको उनले जनाए।

‘सीमा क्षेत्रमा कतिबेला तस्करको आक्रमणमा परिने हो,’ एकजना सशस्त्र प्रहरीले भने, ‘असुरक्षित भएर एउठा लाठीको भरमा सीमा सुरक्षामा खटिएका छौं।’ सरकारले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न सकेको भए सीमा सुरक्षामा सहज हुने उनको भनाइ छ। तस्करले बाँकेका भित्री नाका प्रयोग गर्ने गरेको बेलाबेला गुनासाहरु आउने गरेका छन्। त्यस्ता ठूला तस्करलाई सशस्त्र प्रहरीले रोक्दा वा प्रक्राउ गर्दा तस्कर जतिबेला पनि जाइलाग्ने अवस्था भएको सर्वसाधारणहरु बताउँछन्। नेपाल–भारत सीमा नाकाले पनि दुर्गमका सुरक्षाकर्मीलाई असुरक्षित बनाएको भन्दै उनी भन्छन्, ‘सरकारले सीमा सुरक्षाकर्मीलाई प्रविधियुक्त बनाउन जरुरी छ।’

तस्करले आक्रमण गरेका बेलाबेलाका समाचारले दुर्गम र कठिन भौगोलिक स्थानमा सीमा सुरक्षाको जिम्मेवारीसहित राखिएका सुरक्षाकर्मीलाई त्रसित बनाउने अर्का सशस्त्र प्रहरीको भनाइ छ। सशस्त्र प्रहरीको उचित बन्दोबस्ती र संरचना निर्माणमा ध्यान नदिँदा सीमामा खटिएका सुरक्षाकर्मी असुरक्षित भएको उनको भनाइ छ। सीमा क्षेत्रलाई व्यवस्थित गरे जोखिम कम हुने एसपी बमको भनाइ छ। खुला सीमालाई कुन–कुन नाका खुला राख्ने र बन्द गर्ने त्यो निर्णय गरेर लागू गर्दा सजिलो हुने उनले बताए। 

दिनमा दुईजना लाठीको भरमा भए पनि रातिमा पाँच/सातजना हतियारसहित हुने सशस्त्र प्रहरीले जनाएको छ। एउटा बिओपी असुरक्षित हुनासाथ त्यहाँ तत्काल पुग्ने सशस्त्र तैनाथ भएको बताइएको छ। स्थानीयको सहयोगमा असुरक्षित हुँदाहुँदै आफ्नो जिम्मेवारी बहन गरिरहेको डिएसपी बमले जनाए। यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले सीमा क्षेत्रमा प्रहरीसँग भएका झडपका खबर नआएको बताए। ‘हामीले भारतीय सुरक्षाकर्मीसँग मिलेर काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले अवस्था त्यति त्रसित छैन।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस