नेपाल–चीनको सिमाना: सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ
२४ चैत्र २०७७
•
१ मिनेट पाठ
नेपाल–चीनको सिमाना: सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ
नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ। नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो।




हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा सुरक्षा चौकीसँग सम्पर्क गर्न कठिन भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीले बताए। वल्र्डलिङ्कको इन्टरनेट सेवाले सम्पर्क गर्न केही सहज भए पनि हाल सो सेवा बिग्रिएपछि यतिखेर सम्पर्क गर्न कठिन भएको उनले बताए।

त्यतिमात्रै नभई सो ठाउँको अर्को टेलिकमको भिस्याट टेलिफोनसमेत बिग्रिएको उपरीक्षक भण्डारीले बताए। चौकीका लागि स्थापना भएको भिस्याटबाट सिधै क्षेत्रीय र प्रधान कार्यालयमा मात्र सम्पर्क हुने र हिल्साको चौकीका बारेमा बुझ्न आफूले केन्द्रसँग सम्पर्क गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।

उक्त सीमाक्षेत्रमा सोलारबाट सञ्चालन हुने भिस्याटमा घाम लागेको दिन मात्रै सम्पर्क हुने नत्र सम्पर्कविहीन हुने गरेको छ। यस वर्ष हिमपात कम भएका कारण चार हजार छ मिटर अग्लो नारालेक पार गरेर यारीमा आएपछि टेलिकमको सम्पर्कमा जोडिने गरेको छ। चौकीमा खटिएका सुरक्षाकर्मीले घरपरिवार र आफन्तसँग सम्पर्क गर्न सक्ने अवस्था अझै न्यून छ। दुई वर्ष अगाडि नै नारालेकमा टावर बन्ने गरी बोलपत्र गरेको भए पनि हालसम्म सो टावर बनेको छैन। रासस
अर्को समाचार
आफैँ असुरक्षित सुरक्षाकर्मी
०५ असोज २०७८
•
३ मिनेट पाठ
आफैँ असुरक्षित सुरक्षाकर्मी
उद्युमगन्ज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि निर्माण गरिएको बिओपी ।नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी । तस्बिरः गणेश/नागरिक
प्रहरीले प्रतिबन्धित लागूऔषध चरेस ओसारपासारको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ परेपछि गत भदौ ४ गते बाँकेस्थित राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो। पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए। उनीहरुको ज्यादती त्यतिमै रोकिएन, ‘प्रदेश सांसदलाई पनि घेराबन्दी गरे।’ यो घटना सीमा क्षेत्रमा नयाँ र नौलो भने होइन। यस्ता घटना सीमा क्षेत्रमा दोहोरिरहन्छन्।




डुडुवा गाउँपालिका–६, उद्युमगन्ज नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) छ। उक्त बिओपी दिनमा दुईजनाको भरमा चलेको छ भने सीमा क्षेत्र एउटा लाठीको भरमा। उक्त बिओपीका खटिएका प्रहरीसँग सीमा सुरक्षाका लागि अन्य प्रविधि छैन। बेलाबेलामा सीमा क्षेत्रमा हुने तनाव मात्र होइन भारतीय तस्करबाट हुने जोखिमलाई उक्त लाठीले भरथेक गर्न सक्ला? यही प्रश्न सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको मनमनमा छ। तर उनीहरु सांगठनिक ह्वीपका कारण उक्त कुरा व्यक्त गर्न सक्दैनन्। सीमा सुरक्षाका लागि पहरेदार भएका सशस्त्र प्रहरी आफैँ असुरक्षित छन्। पूर्वाधार, जनशक्ति अभाव, सीमा क्षेत्रमा बिओपी स्थापना हुन नक्नु, प्रविधिलगायतले सीमा क्षेत्रमा सीमा रक्षक सशस्त्र प्रहरी असुरक्षित भएका छन्।

सीमा क्षेत्रमा पूर्वाधार अभाव भएको भन्दै सशस्त्र प्रहरीका एपी अशाेक बमले भने, ‘सुरक्षाकर्मी सधैं असुरक्षित हुन्छन्। हामी असुरक्षाका बाबजुद पनि सुरक्षा गर्ने हो।’ सीमालाई प्रविधिमैत्री र पूर्वाधार निर्माण गरेको भए सुरक्षाका लागि सहज हुने उनको भनाइ छ। सीमा क्षेत्रमा जनशक्ति अभावमा बिओपी कम हुँदा पनि सुरक्षा चुनौती भएको उनले बताए। बाँकेसँग सीमा जोडिएको क्षेत्रमा भारतले २४ वटा बिओपी निर्माण गरेको छ। 

यता नेपालले भने १० वटा मात्र बिओपी निर्माण गरेको छ। एक बिओपीबाट अर्काे बिओपी टाढाटाढा भएकाले पनि एकबाट अर्काेलाई सहयोग गर्न कठिन हुने सशस्त्र प्रहरीको भनाइ छ। ‘बिओपी टाढाटाढा छन्,’ उनले भने, ‘एउटा बिओपी असुरक्षित भए अर्काेले सहयोग गर्न जाने कठिन छ।’ निश्चित स्रोतसाधनका बीच आफूहरुले सीमा सुरक्षामा खटिएको उनले जनाए।

‘सीमा क्षेत्रमा कतिबेला तस्करको आक्रमणमा परिने हो,’ एकजना सशस्त्र प्रहरीले भने, ‘असुरक्षित भएर एउठा लाठीको भरमा सीमा सुरक्षामा खटिएका छौं।’ सरकारले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न सकेको भए सीमा सुरक्षामा सहज हुने उनको भनाइ छ। तस्करले बाँकेका भित्री नाका प्रयोग गर्ने गरेको बेलाबेला गुनासाहरु आउने गरेका छन्। त्यस्ता ठूला तस्करलाई सशस्त्र प्रहरीले रोक्दा वा प्रक्राउ गर्दा तस्कर जतिबेला पनि जाइलाग्ने अवस्था भएको सर्वसाधारणहरु बताउँछन्। नेपाल–भारत सीमा नाकाले पनि दुर्गमका सुरक्षाकर्मीलाई असुरक्षित बनाएको भन्दै उनी भन्छन्, ‘सरकारले सीमा सुरक्षाकर्मीलाई प्रविधियुक्त बनाउन जरुरी छ।’

तस्करले आक्रमण गरेका बेलाबेलाका समाचारले दुर्गम र कठिन भौगोलिक स्थानमा सीमा सुरक्षाको जिम्मेवारीसहित राखिएका सुरक्षाकर्मीलाई त्रसित बनाउने अर्का सशस्त्र प्रहरीको भनाइ छ। सशस्त्र प्रहरीको उचित बन्दोबस्ती र संरचना निर्माणमा ध्यान नदिँदा सीमामा खटिएका सुरक्षाकर्मी असुरक्षित भएको उनको भनाइ छ। सीमा क्षेत्रलाई व्यवस्थित गरे जोखिम कम हुने एसपी बमको भनाइ छ। खुला सीमालाई कुन–कुन नाका खुला राख्ने र बन्द गर्ने त्यो निर्णय गरेर लागू गर्दा सजिलो हुने उनले बताए। 

दिनमा दुईजना लाठीको भरमा भए पनि रातिमा पाँच/सातजना हतियारसहित हुने सशस्त्र प्रहरीले जनाएको छ। एउटा बिओपी असुरक्षित हुनासाथ त्यहाँ तत्काल पुग्ने सशस्त्र तैनाथ भएको बताइएको छ। स्थानीयको सहयोगमा असुरक्षित हुँदाहुँदै आफ्नो जिम्मेवारी बहन गरिरहेको डिएसपी बमले जनाए। यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले सीमा क्षेत्रमा प्रहरीसँग भएका झडपका खबर नआएको बताए। ‘हामीले भारतीय सुरक्षाकर्मीसँग मिलेर काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले अवस्था त्यति त्रसित छैन।’
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
यो पनि पढौँ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस