नेपाल पुलिस सेमिफाइनलमा प्रवेश
२३ असोज २०६९
•
५ मिनेट पाठ
नेपाल पुलिस सेमिफाइनलमा प्रवेश
काठमाडौं, असोज २३ (नागरिक)- तीन विभागीय टोलीमध्ये नेपाल पुलिस क्लबमात्र एनसेल कप फुटबलको सेमिफाइनल प्रवेश गर्न सफल भएको छ। मंगलबार सिएमजी संकटाविरुद्ध १-० को संघर्षपूर्ण जितका साथ पुलिस अन्तिम चारमा पुगेको हो।  
बौद्धसँगै त्रिभुवन आर्मी क्लब र एपिएफ यसअघि नै क्वार्टरफाइनलबाट बाहिरीसकेका छन्। बैशाखको वि्रटिस गोर्खा कप जितेको पुलिसले बिहीबारको सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीको सामना गर्नेछ।

खेल सकिन १२ मिनेट बाँकी रहँदा रमेश कटुवालले गरेको एकमात्र गोल सेमिफाइनल पुग्न पुलिसका लागि पर्याप्त रह्यो। योगेश श्रेष्ठले पेनाल्टी बक्समा दिएको पासमा संकटाका गोलकिपर पायर हार्भ विट भएपछि रमेशले नजिकबाट बललाई 'ट्याप' गर्दै पोस्ट दिशा दिएका थिए। उनको गोलले लगातार चौथो क्वार्टरफाइनल थप समयमा लम्बिन पाएन। अघिल्ला तीनको नतिजा दुई टाइब्रेकर र एक थप समयमा निस्केको थियो। पुलिसको जितसँगै सबै समूह विजेता सेमिफाइनलमा पुगेका छन्। पुलिससँगै आइसबर्ग मध्यपुर युथ, मनाङ र म्याकडेवल्स आरसिटी आ आफ्नो समूहको विजेता बनेका थिए।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठको भनाईमा संकटाविरुद्धको जित महंगो पर्‍यो। ' सेटको खेलाडी पर्वत पाण्डे आज घाइते भए। घुडाको चोटका कारण दीपेन्द्र पौडेल आज खेल्दै खेलेनन्,' श्रेष्ठले भने,' यो जित हाम्रो लागि महंगो भयो। पर्वतले सेमिफाइनल खेल्नेमा शंका छ। खेलाडी नै कम छन्, त्यसमा पनि सेटका खेलाडी घाइते हुँदा थप समस्या परेको छ। ' खेलका दौरान गोलिगाठामा चोट लागेपछि पर्वतले २४ औं मिनेटमा मैदान छोडेका थिए।
श्रेष्ठ पुलिसको खेलमा सन्तुष्ट हुन सकेनन्। ' आज हाम्रो टिमको बल पोसेसन, सर्पोट र कम्युनिकेसन केही देखिएन,' उनले भने,' त्यसले खेलमा गोल गर्न निकै संघर्ष गर्नुपर्‍यो।'
काउन्टर एट्याकमा बढी जोड दिएको संकटाको अन्तिम मिनेटको प्रहारलाई पुलिसका गोलकिपर रितेश थापाले रोक्दै अग्रतालाई जोगाएका थिए। सल्याण खड्कीको फ्रिकिकमा वाङ्गेल घलानले गरेको उत्कृष्ट प्रहारलाई रितेशले रोकेका थिए। १० औं मिनेटमा रितेश विट भैसकेपछि संकटाका अफ्रिकिन खेलाडी बोम्बो लिडानीले प्रहार गोलपोस्ट नजिकबाट बाहिरीएको थियो।
पुलिसले पनि केही राम्रा अवसर पाएर पनि उपयोग गर्न सकेन। चौथो मिनेटमा योगेशको लामो प्रहार क्रसबारमा लागेर फर्कियो भने २९ औं मिनेटमा भोला सिलाको फ्रिकिक गोलकिपरले पन्च गरे। हार्भले ४९ औं मिनेटमा भरत शाहको वान भर्सेसवान र ६६ औं मिनेटमा रमेशकै शक्तिशाली प्रहार बचाएका थिए।
संकटाका प्रशिक्षक महेश्वर मुल्मीले भने टोलीको प्रदर्शनप्रति सन्तोष जनाए। ' हाम्रा अधिकाशं खेलाडी 'बी' डिभिजनबाट आएका हुन्। पुलिसविरुद्ध राम्रै खेले। तर पनि केही अवसरमा गोल गर्न सकेनन्,' उनले भने,' समग्रमा प्रदर्शनबाट म सन्तुष्ट छु। यो अनुभवबाट केटाहरुले सिक्नुपर्छ।'
ए डिभिजन तथा राष्ट्रिय लिग च्याम्पियन पुलिसका प्रशिक्षक श्रेष्ठले एनसेल कपमा नाम चलेका टोलीले राम्रो प्रदर्शन गर्न नसकेको बताए। ' यो प्रतियोगितामा जसले मेहनत गरेको छ। त्यहि टोलीले नतिजा निकालेको छ,' उनले भने,' पुलिससहित ठुला मानिएका क्लबले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।'
एनसेल कपमा बुधबार (पहिलो सेमिफाइनल)
मध्यपुरविरुद्ध आरसिटी (२ : ०० बजे)
अर्को समाचार
प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा
२१ कार्तिक २०८०
•
१ मिनेट पाठ
प्रथम वीरगञ्ज गोल्डकप :नेपाल पुलिस क्लब सेमिफाइनलमा
नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ। सोमबार भएको खेलको पहिलो हाफमै पुलिसका प्रताप गुरुङ्ग एक्लैले पाँच गोल गरे। दोश्रो हाफमा पुलिस क्बलका प्रविण थापा र विवेक सन्तोषीले एक÷एक गोल गरे। खेलको अन्तिम समयमा कोलकाताका अमन मुन्सीले सान्त्वना गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत आज झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ। यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,  नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, नवलपरासी, झापा एफसी, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी रहेका आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए।

प्रतियोगिताको उपाधि जित्ने टोलीलाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई रु १० हजार, विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा
नागरिक नागरिक • · ०३ असोज २०७१ · २ मिनेट पाठ
आर्मी र पुलिस सेमिफाइनलमा
नागरिक नागरिक • · १० फागुन २०७२ · ३ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस