हम्बनटोटा, कात्तिक २७ (नागरिक)- जीवन मेन्डिसले ३ विकेट लिएपछि श्रीलंकाले शनिबार चौथो एकदिवसीय खेलमा ७ विकेटको विजय हात पारी न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखला जितेको छ।
वर्षाले प्रभावित खेलमा ३२ ओभरमा पाएको १ सय ३१ रनको लक्ष्यलाई श्रीलंकाले ५ ओभर अगाडी पूरा गरी पाँच खेलको शृंखलामा ३-० को अग्रता लियो। वर्षाले पहिलो एकदिवसीय खेल सुरु नभई रद्ध पारेको थियो। वर्षाले प्रभावित शृंखला डकवर्थ लुइस पद्धतिमा जितेको यो तेस्रो पटक हो।
तिलकारत्ने दिलशानको स्थानमा शृंखलामा पहिलो खेल खेलेका ओपनर दीनेश चन्डिमालले ४३ रन बनाए। उनले कुमार सांगाकारासँग दोस्रो विकेटमा ८७ रनको साझेदारी गरे। अविजित ४२ रन बनाएका सांगाकाराले ५५ बलको इनिङमा ५ चौका र १ छक्का प्रहार गरे। ओपनर उपुल थाराङ्गा २७ रनमा आउट भएका थिए।
लेग स्पिनर मेन्डिसले ४ ओभरमा १५ रन खर्ची म्यान अफ द म्याच प्रर्दशन गरे। केन विलियम्सलाई २१ रनमा बोल्ड गरेका उनले नाथान म्याकलमको स्टम्प गुग्लीमा उडाइ दिए। अर्को ओभरमा उनले एन्ड्रयु इलिसलाई पनि खाता खोल्न दिएनन्। तीब्र बलर नुवान कुलासेकाराले २ तथा थिसारा परेरा र रंगना हेराथले १-१ विकेट लिए। ब्रेन्डन म्याकलमले न्युजिल्यान्डबाट सर्वाधिक ३० रन बनाए। जेम्स फ््रयाङ्क्लिनले २१ रन जोडे।