श्रीलंकालाई एकदिवसीय शृंखला
१४ भदौ २०७१
•
३ मिनेट पाठ
श्रीलंकालाई एकदिवसीय शृंखला
दम्बुला- सिमर थिसारा पेरेराले ३४ रन खर्चेर ४ विकेट लिनुका साथै तिलकरत्ने दिलशानले अविजित ५० रन बनाएपछि श्रीलंकाले शनिबार तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानलाई ७ विकेटले पराजित गरी शृंखला २–१ ले जितेको छ।




दामिका प्रसादले पनि २ विकेट लिएपछि घरेलु टोली श्रीलंकाले पाकिस्तानालाई ४८ ओभरमा छोट्याइएको खेलमा ३२.१ ओभरमै १ सय २ रनमा अलआउट गर्योा। दम्बुलाको एकतर्फी खेलमा श्रीलंकाले १९औं ओभरमा डकवर्थ लुइस पद्धतिमा पाएको १ सय १ रनको लक्ष्य पूरा गर्यो्। श्रीलंकाले टेस्ट शृंखला पनि २–० ले 'क्लिन स्विप' गरेको थियो।
वर्षाका कारण एक घन्टा ढिला सुरु खेलमा पाकिस्तान २६औं ओभरमा ८१–८ को स्थितिमिा पुग्यो। पाकिस्तानी कप्तान मिसवाह उल हकले ब्याटिङ गर्न कठिन विकेट नभए पनि आफ्नो टोलीले राम्रो खेल्न नसकेको बताए। 
तेस्रो ओभरमा ओपनर शर्जिल खानलाई प्रसादले आउट गरेपछि पाकिस्तान कुनै पनि सम्हालिन सकेन। नुवान कुलासेकाराको स्थानमा आएका प्रसादले अर्का ओपनर अहमद शेहजादलाई पनि आउट गरे। शर्जिलले खाता खोल्न सकेनन् भने शेहजादले १० रन बनाए। लासिथ मालिङ्गाले मोहम्मद हफिजलाई एलबिडब्लु आउट गरेपछि पाकिस्तानले १४ रनमै तेस्रो विकेट गुमायो।
मिसवाहलाई दिलशानले सिधा थ्रोमा १८ मा रन आउट गरेपछि तथा पेरेराले उमर अकमाललाई ७ रनमा आउट गर्दा पाकिस्तान १९औं ओभरमा ५५–५ को स्थितिमा पुग्यो। फवाद आलमले अविजित ३८ रन बनाएपछि पाकिस्तानले १ सय रन पुर्या–यो। ७३ बल खेलेका उनले ३ चौका प्रहार गरे। 
ओपनर उपुल थाराङ्गा र कुमार सांगाकारा सस्तैमा आउट भए। थाराङ्गाले १४ र सांगाकाराले २ रन बनाए। दिलशानले माहेला जयवर्द्धनेसँग तेस्रो विकेटमा ४१ रन जोडे। दिलशानले ५५ बल खेली ९ चौका प्रहार गरे। जयवर्द्धने २६ रनमा आउट भए। 
पाकिस्तानले अक्टोबरमा युएईमा अस्ट्रेलियासँग टेस्ट र एकदिवसीय शृंखला तथा श्रीलंकाले नोभेम्बरमा इङ्ल्यान्डलाई ७ एकदिवसीय खेलका लागि निम्त्याउने छन्।
अर्को समाचार
श्रीलंकालाई एकदिवसीय शृंखला
१४ साउन २०७६
•
३ मिनेट पाठ
श्रीलंकालाई एकदिवसीय शृंखला
कोलम्बो – आभिस्का फर्नान्डोको उत्कृष्ट ब्याटिङप्रेरित श्रीलंकाले आइतबार बंगलादेशमाथि ७ विकेटको जितका साथ तीन एकदिवसीय खेलको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ।




बंगलादेशले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य श्रीलंकाले ४४.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको थियो। यस क्रममा फर्नान्डोले ७५ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८२ रन जोडेका थिए। फर्नान्डोले पहिलो विकेटका लागि कप्तान दिमुथ करुणारत्नेसँग ७१ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए। करुणारत्नेले १५ रन जोडे।

चौथो विकेटका लागि कुशल मेन्डिस र एन्जेलो म्याथ्युजले अविजित ९३ रनको साझेदारी गर्दा श्रीलंकाले सहज जितका साथ एक खेलअगावै शृंखला आफ्नो पक्षमा पारेको हो। म्याथ्युजले ५७ बलमा ७ चौकाको मद्दतमा अविजित ५२ रनको योगदान गर्दा मेन्डिसले ७४ बलमा ४ चौकाको मद्दतमा अविजित ४१ रनको योगदान गरे। त्यस्तै कुशल परेराले ३० रन बनाए।

बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३८ रनको योगफल तयार पारेको थियो। बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले अविजित ९८ रन जोडे।

२६ रन जोड्दा ओपनर सौम्य सरकारलाई पहिलो विकेटका रूपमा गुमाएको बंगलादेशले थप ५ रन जोड्दा कप्तान तमिम इकबाललाई पनि गुमायो। भरपर्दा ब्याट्सम्यान मोहमद मिथुन र मोहमदुल्ला क्रमश १२ र ६ रन जोड्दै पवेलिययन फर्किए भने सबिर रहमान र मोसाडिक हुसेनले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन्। 

११७–६ को स्थितिमा ब्याटिङका लागि आएका मेहदी हसन मिराजसँग सातौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै रहिमले बंगलादेशलाई सम्मानजनक योगफलतर्फ डोे¥याएका थिए। रहिमले १ सय १० बलमा ६ चौका र १ छक्का प्रहार गरे। मेहदी हसनले ४९ बल खेल्दै ६ चौकाको मद्दतमा ४३ रन जोडे। श्रीलंकाका अकिला धनञ्जय, नुवान प्रदीप र इसरु उडानाले समान २ विकेट लिए। शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ। बंगलादेशले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य श्रीलंकाले ४४.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
भारतद्वारा शृंखला कब्जा
नागरिक नागरिक • · १३ भदौ २०७४ · ५ मिनेट पाठ
श्रीलंकालाई शृंखला
श्रीलंकालाई शृंखला
नागरिक नागरिक • · २६ कार्तिक २०६९ · २ मिनेट पाठ
श्रीलंकालाई शृंखला
नागरिक नागरिक • · २७ मंसिर २०७१ · ३ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस