ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति
२५ वैशाख २०७८
•
१ मिनेट पाठ
ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल देउवालाई भेट्न शुक्रबार उनकै निवास पुगेका थिए ।




ओली विश्वासको मत लिनभन्दा पनि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त हुने रणनीतिमा रहेको विषयमा समेत दुई नेताबीच कुरा भएको स्रोतको दाबी छ । त्यही अनुसार लुम्बिनी प्रदेशमा ट्रायल गरेको विश्लेषण भइरहेका बेला जनता समाजवादी पार्टीको समर्थन पाउने अवस्थामा ओलीले प्रधानमन्त्रीमा आफूलाई पुनर्नियुक्ति गरेर दुई वर्षका लागि पद सुनिश्चित गर्ने रणनीतिमा रहेको कांग्रेस नेताहरूको बुझाइ छ ।

दाहाल र देउवाले ओलीको पक्षमा बहुमत जुट्न नदिने समझदारी गरेका छन् । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेकाले त्यसलाई कसरी असफल बनाउने भन्नेबारे दुई नेताबीच छलफल भएको जानकारी दिए । यसअघि देउवालाई भेट्न बुधबार प्रधानमन्त्री ओली र बिहीबार एमाले नेता माधवकुमार नेपाल बुढानीलकण्ठ पुगेका थिए । जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई तथा एमाले नेता नेपाल पक्षसँग निरन्तर छलफलमा रहेका दाहाल सोही क्रममा देउवालाई भेट्न पुगेका हुन् ।
अर्को समाचार
अनिर्णयको बन्दी बन्दै संसद्ः तलब लिन्छन् काम गर्दैनन्
०८ माघ २०७८
•
३ मिनेट पाठ
अनिर्णयको बन्दी बन्दै संसद्ः तलब लिन्छन् काम गर्दैनन्
संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु भएको महिनादिनसम्म उपलब्धि विहीन जस्तै भयो।




संसद्ले गर्ने निर्णयमा बहस छलफल हुनुपर्ने र संसद्ले जे गर्नुपर्ने हो त्यो काममा ढिलासुस्ती गर्नुहुँदैन भन्ने संसदीय मान्यतामा दलहरू रहेको देखिँदैन। पछिल्लो अवस्थामा संसद्का कामको समिक्षा गर्ने हो भने ठूला दलको नेताको मुठीमा जस्तै देखिएको छ।

गत मंसिर २८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनको अवस्थालाई हेर्ने हो भने सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गरेपछि कुनै उपलब्धी भएको देखिँदैन। माघ १६ गतेसम्म संसद् स्थगित हुँदा संसद् नै विघटनको कुरा आउन थालेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी एमालेबाट तलब लिने तर, संसदलाई अनिर्णयको बन्दी बनाइ राखेकाले संसद्ले अबका दिनमा पनि कुनै काम गर्न नसक्ने निष्कर्ष निकालेर यसको विकल्प खोज्न थालेका छन्। माओवादी अध्यक्ष दाहालले त संसद् विघटन गरी वैशाख मै निर्वाचन गर्ने प्रस्ताव गठबन्धनको बैठकमा राखेका छन्।

अर्कोतर्फ अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विषयमा पनि सबै दलबीच एकमत बनाएर लैजाने प्रयास असफल बन्दा संसद् थप जटिल अवस्थामा पुगेको स्रोतको भनाइ छ। विशेष गरी संसद्को अधिवेशन बोलाइसकेपछि के के कुराले प्राथमिकता पाउँछन्? कस्तो कानुनको आवश्यकता पर्छ भन्ने कुरामाथि ध्यान नदिएर संसद्को चार वर्ष वितेको केही सांसदको टिप्पणी छ।

संसद् सचिवालयले बैठकका लागि संसद्का १६ समितिका लागि कर्मचारीको व्यवस्था गरेको छ। दलहरूका संसदीय दलका कार्यालयमा पनि कर्मचारीको व्यवस्था गरिएको छ। संसद् बैठक बस्नका लागि भनेर सयाैँ मर्यादापालकलाई संसद्मा थुपारिएको छ। संसद् नै अनिर्णयको बन्दी हुँदा सबै काम विहीन देखिएको संसद सचिवालयका अधिकारी बताउँछन्।

यो अवस्था आउनुमा तत्कालिन नेकपा पार्टी विभाजन भएर साविकको एमाले र माओवादी केन्द्र मै फर्किनु मुख्य कारण रहेको देखिन्छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको द्वन्द्वमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको दाहाललाई साथ दिनुको कारणले नै संसद्को यो कार्यकालमा असहमतीको गाँठो फुक्ने अवस्था नदेखिएको विष्लेषण छ। सरकारले संसद्लाई बिजनेश दिनुपर्ने हुन्छ। प्रतिपक्षले सरकारले बिजनेश दिन किन नसकेको भनेर प्रश्न गर्नुपर्छ।

संसदीय अभ्यास भनेको सत्तापक्ष र प्रतिपक्षको द्वन्द्वबाट विकासमा सकारात्मक फाइदा पुर्‍याउनु हो। तर द्वन्द्वबाट नकारात्मक असर मात्रै पार्दै जाने हो भने त्यसले कालन्तरमा हिंसाको रूप लिने अवस्था आउने हुँदा यसतर्फ राजनीतिक दल सचेत रहनुपर्ने हुन्छ भन्ने विष्लेषकको भनाइ छ।

संसद्भित्रको साउनदेखि यता मात्रै साढे १७ करोडभन्दा बढी खर्च भएको देखिन्छ। सांसदहरू र पदाधिकारीको तलब भत्तादेखि उनीहरूले राखेका ३ सय जना मात्र पिए छन्। संसद् अवरुद्ध गर्ने दल एमालेका सबैभन्दा बढी सांसद रहेकाले सबैभन्दा बढी सेवा सुविधा एमाले पार्टीले नै संसद्बाट लिएको देखिन्छ।

दुई पटक विघटन भएको संसद्लाई अदालतले दुई पटक नै पुनःस्थाना गरेको छ। यसले संसद् कुनै पनि व्यक्तिले इच्छाका आधारमा संसद् विघटन गर्न सक्दैन भन्ने कुरा अदालतले स्थापित गरेको छ।

तर अहिले संसद्लाई प्रतिष्ठाको विषय बनाउँदा अदालतले स्थापित गरेको नियम पनि काम नलाग्ने अवस्थामा पुग्न लागेको देखिन्छ। संसद्ले काम नगर्दा सबैभन्दा बढी फाइदा सत्ता सञ्चालन गर्नेलाई पुग्ने हुँदा प्रतिपक्षले यस विषयमा सोच्नुपर्ने देखिन्छ। संसद्का कामहरू जनसरोकारसँग सम्बन्धित हुन्छन्। सरकारका वेथितीविरुद्धमा हुन्छन् र सुशासन कायम गर्ने खालका हुन्छन्।

त्यसैले त्यस्ता कुरालाई चिर्नका लागि प्रतिपक्षले जनसरोकारका विषयमा कडा आवाज उठाइ संसद्लाई प्रभावकारी बनाउन मद्दत गर्दा प्रतिपक्ष मात्र जनताको हो भन्ने अवस्था आउने हुँदा यसले प्रतिपक्षलाई अर्को निर्वाचनमा सत्तापक्षमा पुर्‍याउन  मद्दत गर्दछ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस