युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ: राष्ट्रपति
२८ साउन २०७८
•
३ मिनेट पाठ
युवामा रहेको  सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताएकी छन्। ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताएकी हुन्।




राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्दै मुलुकको सकारात्मक परिवर्तनका लागि नेपाली युवालाई सिर्जनात्मक सोचसहित प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिन्।  

युवा शक्ति देशको शक्ति हो भन्दै उनले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको बताईन्। राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र समाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्दै युवाको ठूलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्ने बताईन्। 'युवाहरु रोजगारीका लागि विदेशिँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आएको छ। यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ', उनले भनिन्, 'सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुन जान्छ।'

राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्दै युवालाई सीपयुक्त गुुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताईन्। कोभिड–१९ महामारीले अर्को चुनौती थपिएको बताउँदै उनले सङ्क्रमणकै कारण कृषि प्रणालीमा प्रतिकूलता र खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्या पैदा भएको उललेख गरिन्।  

राष्ट्रपति भण्डारीले नवीन सोचका माध्यमबाट खाद्य प्रणालीमा रुपान्तरण तथा वातावरण संरक्षणका साथै नेपाली समाज र सिङ्गो भूमण्डलीय संरक्षणमा पैभावकारी भूमिका निर्वाह गर्न युवालाई सफताला मिलोस् भनेर कामनासमेत गरिन्। उनले चेतना र जागरणका संवाहक नेपाली युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापित राष्ट्रिय युवा परिषद्ले विभिन्न सिर्जनात्मक काम गर्दै आएकामा खुसी लागेको बताईन्।

मुलुकको सामाजिक र आर्थिक प्रणालीसँग जलवायु परिवर्तनको मुद्दा अभिन्न अङ्गको रूपमा जोडिएको बताउँदै उनले हरित गृह ग्याँसको उत्सर्जनमा भएको वृद्धिले विश्वमा तामपान बढ्न गई जलवायु सङ्कट उत्पन्न भएको उल्लेख गरिन्। 'जलवायुको उच्च जोखिममा नेपाल पनि रहेको छ, यसबाट हाम्रो हिमालय क्षेत्रको तापमानमा पनि वृद्धि भई हिमाल पग्लने, हिमताल विष्फोटन हुने र सम्पूर्ण जनजीवन अस्तव्यस्त हुने सम्भावना बढेर गएको छ', उनले भनिन्।

राष्ट्रपति भण्डारीले अप्रत्यासित बाढी, पहिरो, अनावृष्टि, शीतलहर, प्राकृतिक तापमान अस्वाभिक वृद्धिजस्ता कारणले प्राकृतिक वातावरणलाई समेत खलबल्याएको उल्लेख गर्दै वन विनास, भूक्षय, आगलागी र प्रदूषणले जनजीवन थप प्रभावित बन्न पुगेको बताईन्। 'जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि युवा समुदायले विशेष पहल लिनुपर्दछ', उनले भनिन्। खाद्य उत्पादनमा ह्रास, असुरक्षित खाद्य व्यवस्था, खानाको गलत प्रयोग र पोषणयुक्त खानाको कमीले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताउँदै उनले हाम्रो खाद्य प्रणालीमा रुपान्तरणका लागि खाद्यवस्तु उत्पादन, संरक्षण, वितरण र उपयोगमा युवाको नवीन सोचको प्रयोग हुन सके मानव स्वास्थ्य सुरक्षित हुने विश्वास व्यक्त गरिन्।
अर्को समाचार
दिगो विकासका लागि युवा पदयात्रा
२६ साउन २०८०
•
२ मिनेट पाठ
दिगो विकासका लागि युवा पदयात्रा
दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थियो।




कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दिगो विकासका लागि युवाको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले थपे, ‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ। अबको देशको नेतृत्व युवाहरूको हातमा रहेको छ।’ सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि उनले बताए।

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने, ‘सबै मिलेर मात्रै देश विकास हुन्छ। मुलुकमा धेरै राजनीतिक परिवर्तन भएको बताए।

युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने, ‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढिरहेका छौँ। युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन्। त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु।’

युवा पदयात्राको समापन कार्यक्रममा सात राजनीति दलका सांसदहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि ब्यानरमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनीहरुले देशमा युवाका लागि अवसर सृजना नगराइँदा पलायन हुन बाध्य भएको बताए।

नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सांसद भएकाले युवाका मुद्दाहरू संसदमा उठाउने र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको जनाए। 

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले अबको युग युवाको भएकाले युवामा थप लगानी गर्नु पर्ने कुरामा जोड दिए। नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले वर्तमान सरकारले युवाका पक्षमा उल्लेख्य काम गरिरहेको भन्दै सरकारको प्रशंसा गरिन्।

जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले देश निर्माणमा युवाको महत्त्वपूर्ण भूमिका भएकाले उनीहरूलाई राज्यको मूलधारमा ल्याउनु पर्ने बताइन्।

कार्यक्रममा फोर एच एसिया तथा नेपालका अध्यक्ष लोकराज अवस्थीले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस