अन्तर्राष्ट्रिय युवा दिवसः युवाका मुद्दा कार्यन्वयनमा समस्या
२८ साउन २०७८
•
४ मिनेट पाठ
अन्तर्राष्ट्रिय युवा दिवसः युवाका मुद्दा कार्यन्वयनमा समस्या
नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ।




दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।

सरोकारवालाले वर्सेनी युवा दिवस मनाएपनि युवाका मुद्दा कार्यन्वयनमा भने समस्या देखिएको छ।  

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।  

नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो। नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन्।  

मुलुकमा कुल जनसंख्याका ४०.३ प्रतिशत युवा भएपनि सरकारले पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशिलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता समृद्ध राष्ट्र निर्माण लागि सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको हो।  

यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन्। प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लव सञ्जाल गठन गरिएका छन्।  

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले पनि युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याएपनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न नसकिएको बताए।  

उनले युवा क्षेत्रमा धेरै नीति र संरचना बनेपनि युवाको मानविक क्षमतामा प्रभावकारी रुपमा काम गर्नका लागि राज्यले अझै नसकेको बताए। “सडक, बाटो निर्माण जस्तै युवाको क्षमताका विकास गर्न जरुरी रहेको छ”, उनले भने, “तर सरकारले युवाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेकोले युवाको क्षमता विकास भएको छैन।”

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विक्रम संवत् २०६५ सालमा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ ले  युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ।  

परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले नेपाली युवामा क्षमता भएपनि सरकारले उनीहरुको क्षमतालाई प्रस्फुटन गराउन नसक्दा धेरै नै क्षति व्यहोर्नु परेको बताए।  

उनले युवा वैज्ञानिक, अनुसन्धान, नवप्रवर्तन जस्ता क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेको समेत बताए। उनका क्षेत्रमा काम गर्नका लागि अलग्लै राष्ट्रिय गौरवको आयोजना स्थापना गर्नमा जोड दिए।  

दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग वस्नेत बनेका नीति र कार्यक्रमको प्रभावकारी कार्यन्वयन नहुँदा युवा पलायन बढेको बताए। उनले मौलिक हकको रुपमा रहेको स्वास्थ्य, शिक्षा र रोजगारीलाई कार्यन्वयन गराई युवाका मुद्दा सम्बोधन गर्नुपर्ने बताए। “युवाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता पनि युवाका मुद्दा कार्यन्वयन गराउन तर्फ लागेको देखिएन” उनले भने, “युवाका क्षेत्रमा काम गर्ने राज्यका संरचनाले पनि युवाका मुद्दालाई सम्बोधन गर्न गम्भिर ढङ्गले काम गरेनन्।”

उनले युवालाई मुलुकमा नै रोजगारीतर्फ उन्मुख गराउनका लागि कलकारखाना, उद्यमशीलतामा अग्रसर गराउनुपर्ने बताए।  

राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले कानूनतह रुपमा युवाका मुद्दा समेतका लागि धेरै नीति, कानून बनेपनि कार्यन्वयनमा समस्या भएको बताए। उनले सरकारले युवा लक्षित कार्यक्रम ल्याएपनि ति कार्यक्रमको प्रभावकारी रुपमा कार्यन्वयन हुन नसुकेको बताए। “शिक्षा, स्वास्थ्य र रोजगारीका धेरै युवा लक्षित कार्यक्रम धेरै सरकारले ल्याएको छ” उनले भने,“तर ति कार्यक्रम कार्यन्वयन नहुँदा युवाका समस्या जहिको त्यही रहेको छ।” उनले युवालाई कृषितर्फ आकर्षण गराएर मुलुकलाई कृषिमा आत्मनिर्भर गराउनुपर्ने बताए।  

योङ्ग कम्युनिष्ट लिग ९वाइसिएल०का अध्यक्ष रामप्रसाद सापकोटाले राज्यले युवाका मुद्दामा खर्च गरे पनि परिमाणमुखी बनाउन नसकेको बताए। उनले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारीमुखी बनाउने जस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको बताए। “नीति र संरचनागत रूपमा युवाका मुद्दा सम्बोधन गर्नका लागि धेरै कार्यक्र ल्याइएका छन”, उनले भने, “तर ती युवाका मुद्दालाई व्यवहारमा उतार्ने ति कार्यक्रम सफल भएका छैनन्।”

एकद्वार प्रणाली अभाव

परिषद्का उपाध्यक्ष ढुङ्गेलले अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुदा पनि युवाका कार्यक्रम प्रभावकराी हुन नसकेको बताए। उनका अनुसार विभिन्न ११ वटा मन्त्रालय र १८ विभागले युवाका क्षेत्रमा काम गरेपनि प्रतिफल प्राप्त हुन नसकेको बताए। “हामीले युवा लक्षित सवै कार्यक्रम एकद्धार प्रणाली अन्तर्गत परिषद्बाट गरौ भनेर पटक पटक सरकारले ध्यानाकर्षण गरायौ” उनले भने, “तर ति कार्यक्रम एकिकृत गर्न नसकेर प्रभावकारी हुन नसकेको छैन।”  

उनका अनुसार सरकारी तवरबाट सङ्घ, प्रदेश र स्थानीय तह गरि करिव दुई खर्बको बजेट विनियोजन हुने गरेको छ।  

उनले राजनीति नेताको रोजाई पनि युवा तथा खेलकुद मन्त्रालय प्राथमिकता नपर्ने भएकोले युवाका मुद्दामा सरकारको चासो कम गएको भन्ने बुझ्न सकिने बताए।  

परिषद्का उपाध्यक्ष ढुङ्गेले युवाका मुद्दा सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ। रासस
अर्को समाचार
दिगो विकासका लागि युवा पदयात्रा
२६ साउन २०८०
•
२ मिनेट पाठ
दिगो विकासका लागि युवा पदयात्रा
दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थियो।




कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दिगो विकासका लागि युवाको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले थपे, ‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ। अबको देशको नेतृत्व युवाहरूको हातमा रहेको छ।’ सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि उनले बताए।

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने, ‘सबै मिलेर मात्रै देश विकास हुन्छ। मुलुकमा धेरै राजनीतिक परिवर्तन भएको बताए।

युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने, ‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढिरहेका छौँ। युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन्। त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु।’

युवा पदयात्राको समापन कार्यक्रममा सात राजनीति दलका सांसदहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि ब्यानरमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनीहरुले देशमा युवाका लागि अवसर सृजना नगराइँदा पलायन हुन बाध्य भएको बताए।

नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सांसद भएकाले युवाका मुद्दाहरू संसदमा उठाउने र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको जनाए। 

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले अबको युग युवाको भएकाले युवामा थप लगानी गर्नु पर्ने कुरामा जोड दिए। नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले वर्तमान सरकारले युवाका पक्षमा उल्लेख्य काम गरिरहेको भन्दै सरकारको प्रशंसा गरिन्।

जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले देश निर्माणमा युवाको महत्त्वपूर्ण भूमिका भएकाले उनीहरूलाई राज्यको मूलधारमा ल्याउनु पर्ने बताइन्।

कार्यक्रममा फोर एच एसिया तथा नेपालका अध्यक्ष लोकराज अवस्थीले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस