मंसिर २१ मा मनोनयन २५ गते मतदान
२९ कार्तिक २०७८
•
४ मिनेट पाठ
मंसिर २१ मा मनोनयन २५ गते मतदान
नेपाली कांग्रेसको मंसिरमा हुने १४औं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व मात्र चयन गर्ने भएको छ। सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले आगामी महाधिवेशनले नयाँ नेतृत्व मात्र चयन गर्ने निर्णय गरेको हो।




मंसिर २४ गते १४औं महाधिवेशनको उद्घाटन गर्ने र २५ गते नयाँ नेतृत्वको लागि मतदान गर्ने निर्णय गरेको कांग्रेसले नीतिगत महाधिवेशन त्यसपछि गर्ने भएको छ।

‘यो महाधिवेशनले नयाँ नेतृत्वमा मात्र चयन गर्नेछ,’ केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले भने, ‘१४औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले त्यसपछि नीतिगत अधिवेशन गराउने छ।’ नीतिगत अधिवेशनमा पार्टीले हाल अख्तियार गर्दै आएका नीतिहरूको पुनर्विचारसहित नयाँ नीतिका विषयमा छलफल गर्ने उनले जानकारी दिए।

मंसिरभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले मंसिर २१ गते नयाँ नेतृत्वको लागि मनोनयन दर्ता हुने जानकारी दिइन्। ‘नेतृत्वको लागि मनोनयन दर्ता भइसकेपछि पेस हुने राजनीतिक,सांगठनिकसहितका दस्तावेजमा छलफल पनि कम हुन्छ,’ उनले भनिन्, ‘नीतिगत छलफलपछि गर्नेगरी अहिलेको महाधिवेशनमा निर्वाचन मात्र हुन्छ। बन्द सत्र हुँदैन।’

महाधिवेशन हुनेबाहेक हरेक वर्ष महासमिति बैठक गर्ने विधानमा व्यवस्था गरेको कांग्रेसले त्यसमार्फत पार्टीको सांगठनिकदेखि नीतिगत विषयमा छलफल गर्ने र निर्णय लिने परिकल्पना गरिएको थियो। तर, १३औं महाधिवेशनपछिको साढे पाँच वर्षमा एकपटक मात्र महासमिति बैठक राखेको कांग्रेसले प्रतिस्पर्धी दल नेकपा एमालेको सिको गर्दै नेतृत्व चयन र नीतिगत छलफल गर्नेगरी विभाजन गरिएको हो।

त्यस्तै, बैठकले सभापति देउवाको नेतृत्वमा मूल तयारी समिति,महाधिवेशनका लागि आर्थिक व्यवस्थापन गर्न सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरेको छ। त्यस्तै, सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकतवमा भोजन तथा आवास, प्रवक्ता विश्वप्रकाश शर्माकोमा प्रचार समिति गठन गरिएको छ।

मोहनबहादुर बस्नेत स्वास्थ्य र सीता गुरूङको संयोजकत्वमा सांस्कृतिक समिति पनि कांग्रेसले गठन गरेको छ। काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका जिल्ला सभापति रहेको मञ्चव्यवस्थापन समिति गठन गरेको छ।

पार्टीको सातै प्रदेशको अधिवेशन गर्नका लागि सात नेतालाई जिम्मेवारी दिएको छ। मंसिर १६ र १७ गते सम्म सातै प्रदेशको अधिवेशन गर्ने कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेसँगै केन्द्रीय समितिले प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश २ मा केन्द्रीय सदस्य रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति गठन गरिएको छ।

त्यस्तै, गण्डकी प्रदेशमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, लुम्बिनीमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, कर्णालीमा केन्द्रीय सदस्य जीवनबहादुर शाही र सुदूरपश्चिममा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो। सात प्रदेशमा तोकिएका संयोजकमध्ये प्रदेश एक, बागमती र सुदूरपश्चिमबाहेक सबै सभापति शेरबहादुर देउवानिकट नेता हुन्। सबै प्रदेशका अधिवेशनहरू प्रदेश राजधानीमा हुने छन्।

बैठकमा नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, गगनकुमार थापासहितका नेताहरूले पार्टीको क्रियाशील सदस्यताको विषयमा जिल्ला–जिल्लामा विवाद रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गरेका थिए।

महाधिवेशन तयारी समिति गठन भइसक्दा पनि सदस्यताको विषय टुंगोमा नपुगेको भन्दै बैठकमा नेता पौडेलले अहिले पनि रौतह, रसुवा, डडेलधुरासहितका जिल्लामा क्रियाशील सदस्यतालाई लिएर पार्टीका नेता तथा कार्यकर्ता अनशन बसिरहेको भन्दै पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका थिए। ‘हामी पार्टी कार्यालयमा बैठक गर्न नसकेर भागेर बूढानीलकण्ठमा बस्नुपरेको छ।

तपाईं (शेरबहादुर देउवा)को जिल्लाका साथीहरू पनि १ गतेबाट अनसन बस्ने भनेका छन्,’पौडेललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘त्यहाँ एकथरीको नाम काटिएको छ। त्यो हामीले सम्बोधन गर्ने कि नगर्ने? समस्या नबुझेर मुन्टो बटारेर पार्टी बलियो हुँदैन।’ जिल्लाको समस्यालाई लिएर कहिलेसम्म भाग्ने र टार्ने भन्दै पौडेलले थपेका थिए,'जिल्लाजिल्लाबाट साथीहरू रुँदै फोन गरिरहेका छन्। त्यसलाई हामीले सम्बोधन गरेर महाधिवेशनमा जानुपर्छ।’

त्यस्तै,बैठकमा नेताहरूले अदालतमा देखिएको विवादमा पार्टी बोल्नुपर्ने धारणा राखेका थिए। तर, सभापति देउवाले अदालतमा देखिएको समस्याको समाधान त्यहाँबाट खोज्नुपर्ने धारणा दोहोर्‍याउँदै अहिले त्यस विषयमा पार्टी केही नबोल्ने र नबोल्न नेताहरूलाई आग्रह गरेका छन्।

सर्वोच्चमा देखिएको समस्याको समाधान त्यहीबाट खोजिनुपर्ने तर्क गर्दै देउवाले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सत्तारुढ दलहरूबीच कुनै छलफल नभएको धारणा राखेका थिए। अहिलेको गठबन्धन कायम राखेर सरकारलाई निरन्तरता दिने बाहेक अन्य विषयमा सत्ता गठबन्धनका दलहरूसँग छलफल नभएको देउवाले स्पष्ट पारेका थिए।
अर्को समाचार
उप निर्वाचन हुने स्थानमा उमेद्वार मनोनयन दर्ताको क्रम सुरु
०२ मंसिर २०८१
•
१ मिनेट पाठ
उप निर्वाचन हुने स्थानमा उमेद्वार मनोनयन दर्ताको क्रम सुरु
स्थानीय तह उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता सुरु भएको छ। निर्वाचन हुने क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेद्वारले मनोनयन दर्ता गर्ने क्रम सुरु भएको हो। 




निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेद्वारी दर्ताको समय तोकेको छ। सोही बमोजिम दलहरु र स्वतन्त्र उमेद्वारले मनोनयन दर्ता गर्न थालेको हाम्रा सहकर्मीहरुले जनाएका छन्।

यसैक्रमा काठमाडौंको कीर्तिपुर नगरपालिका १ को वडाध्यक्षका लागि सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। त्यहाँ विनोद महर्जनले स्वतन्त्र उमेद्वारी दर्ता गराएका हुन्।

भोलि सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने कार्यतालिका छ।  

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुन लागेको हो।
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस