पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलित नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आव्हान गरेको मंगलबारको ‘नेपाल बन्द’ले उदयपुरमा आंशिक प्रभाव पारेको छ।
माओवादी मजदुर पार्टीसँगको सहकार्यमा आयोजित बन्दमा सदरमुकाम गाईघाटका पसल, बजार र ठूला सवारी साधन ठप्प भएको छ।
मोटरसाईकल भने निर्वाध चलेका छन्। विहान ९ः०० बजेसम्म भने ठूला साना सबैखाले सवारी साधन बन्द गरेकोमा यातायात चलाउन स्कर्टिङका लागि सुरक्षाकर्मी अघि सरेपछि बस ट्रकलगायत ठूला साधनमात्र रोकेर हलुका सवारी आवागमन खुल्ला गरिएको छ।
नेकपा र मामपाका कार्यकर्ताहरु बन्द सफल बनाउन बजारका चोकचोकमा झण्डासहित गोलबन्द भएर खटेका छन्।
सदरमुकामबाहेक कटारी, बेलटार, रामपुरलागयत बजारमा पनि बन्दको आंशिक प्रभाव परेको स्थानीयले बताएका छन्। बन्दमा अहिलेसम्म कतै झडप, मुठभेड र झैझगडा भएको खबर नआएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार विहानदेखि अहिलेसम्म कतै नराम्रो घट्नाको खबर आएको छैन। उनले सदरमुकाममा पसल, व्यापार बन्द भए पनि चल्न चाहने यातायात सुचारु गर्न सुरक्षाकर्मीले स्कटिङको व्यवस्था मिलाएको बताए।