विप्लव नेतृत्वको नेकपा लगायत विभिन्न दलले घोषणा गरेको नेपाल बन्दको प्रभाव मंगलबार रोल्पाको जनजीवन प्रभावित बनेको छ। सदरमुकाम लिवाङ बजार लगायत जिल्लाका सुलिचौर, घर्तीगाउँ, होलेरी लगायतका सबै बजार बन्द छन्।
विद्यालय लगायतका शैक्षिक संस्थाहरु बिहानै देखि खुलेका छैनन्। जिल्ला बाहिर र भित्र चल्ने सवारी साधन चल्न सकेका छैनन्। बन्द सफल गराउन भन्दै विप्लवका कार्यकर्ताहरु बिहानै देखि चोकहरुमा बसिरहेका छन्।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सदरमुकाम लिवाङमा बन्द सफल गराउन भन्दै ¥याली समेत निकालेका थिए। पटक पटकका बन्दले जनजीवन प्रभावित भएको भन्दै स्थानीयहरुले गुनासो गर्ने गर्नेछन्।