किचलोमै बित्यो देउवाको कार्यकाल
२४ मंसिर २०७८
•
३ मिनेट पाठ
किचलोमै बित्यो देउवाको कार्यकाल
मुलुकको पुरानो दल नेपाली कांग्रेसले झण्डै साढे पाँच वर्षको समय आन्तरिक किचलोमा नै गुजारेको छ। २०७२ फागुनमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेपछिको अधिकांश समय गुटगत विवाद र किचलोमै वितेको छ।




पार्टीलाई एकताबद्ध  बनाउने प्रतिबद्धतासँगै पार्टीको मूल नेतृत्वमा पुगेका देउवाले आफ्नो कार्यकालभरि न विधानको व्यवस्थाअनुसार अघि बढ्ने आँट गरे नत पार्टीभित्र सहमति नै जुटाएर अघि बढ्न।

२०७२ चैत ३ गते सभापतिको औपचारिक जिम्मेवारी सम्हालेसँगै सुरु भएको किचलो बिहीबार बसेको पार्टी केन्द्रीय समितिको अन्तिम बैठकसम्म कायमै रहन पुग्यो। सभापतिका प्रत्यासी रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीतसँगै विवाद सुरु भएको हो।

पार्टीभित्र भागवण्डाका लागि आफैले अख्तियार गरेको बैठक बहिस्कारको संस्कारलाई पौडेलसहितको अर्को पक्षले आत्मसात गर्दा देउवाले पार्टी संगठनलाई चलायमान बनाउन सकेनन्।

पार्टी नेतृत्वमा पुगेपछि तीन भ्रातृ संगठनको महाधिवेशन गरेपनि देउवाले त्यसलाई निरन्तरता दिन सकेनन्। कार्यकालको अन्तिमसम्म आइपुग्दा अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनलाई तदर्थ समितिमा परिणत गरेर निकम्मा बनाएका छन्।

पार्टीका उपगुटलाई वैधता दिँदै कांग्रेसभित्र मात्र होइन, राज्यसत्तामा पनि भाग पाउने परम्परा देउवाले बताए। विधानअनुसार विभागसहितका समितिलाई पूर्णता दिनसमेत असफल बने। आफ्नो गुटबाट सभापति भएपछि पनि माथि उठ्न नसकेको आरोप खेप्दै आएका देउवाले निकट सहयोगी विमलेन्द्र निधिलाई पनि १४औं महाधिवेशनसम्म आइपुग्दा आफूसँग राख्न असफल भएका छन्। 

कांग्रेस नेतृत्वमै संविधान घोषणा भयो। कांग्रेस नेतृत्वको सरकारले नै देशमा संविधान जारी भएपछि तीन तहको चुनाव गरायो। तर, कांग्रेस नराम्रोसँग पराजित भयो। पार्टी नेतृत्वमा भएको निर्वाचनको स्वामित्व लिनुभन्दा नेताहरूको ध्यान नेतृत्वको आलोचनामै केन्द्रित भयो। झन्डै एक वर्ष निर्वाचनमा पराजयको जिम्मेवारी कसले लिने भन्नेमै गुजारेको कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन  गर्‍यो। तर, आन्तरिक विवादले विचमै स्थगित भयो। महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्ष गर्नुपर्ने महासमिति बैठक एक पटकमै सीमित भयो।

सडक, सदन दुबै मोर्चामा कमजोर कांग्रेस संगठन सुदृढ गर्न चासो दिएन। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष मात्र होइन संस्थापन इतर पक्षको पनि ध्यान गएन। पार्टीभित्र आफूलाई युवा भएको दाबी गर्ने नेताहरूको पनि त्यसतर्फ गएन, बरु नेताविरुद्ध आक्रोश र कुन्ठा पोख्दै व्यक्ति केन्द्रित गतिविधिमा अघि बढे।

प्रतिकूल हुँदा सहमति र अनुकूल हुँदा विधानलाई अघि सार्दै अघि बढ्दा चार वर्ष गर्नुपर्ने पार्टी महाधिवेशन संबैधानीक समयसिमा रहेको साढे पाँच वर्षमा पनि हुन सकेन। संगठन सुधारको रतिभर काम नगरिकन परिस्थितिजन्य अवस्थाले अहिले फेरि कांग्रेस सरकारमा पुगेको छ।

तर, पार्टीको वैधता जोगाउन संविधान र कानुनको छिद्रहरूको पनि साहारा नपाएपछि बाध्यताबस कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट सुरु हुन लागेको हो। देउवा नेतृत्वको साढे पाँच वर्षे कार्यकाल संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराएको बाहेक कुनै सकारात्मक सन्देशविनै सकिएको छ।
अर्को समाचार
जनक्रान्तिपछि जनताभन्दा दरबार बलियो
०७ फागुन २०७८
•
७ मिनेट पाठ
जनक्रान्तिपछि जनताभन्दा दरबार बलियो
एक शताब्दीको निरंकुश राणाशासनविरुद्ध २००७ सालमा भएको जनक्रान्तिले नेपालमा प्रजातन्त्रको स्थापना गर्‍यो। नेपाली कांग्रेसको नेतृत्वमा भएको जनक्रान्तिले नेपालमा आधुनिक प्रजातन्त्रको प्रादुर्भाव गरायो। यस जनक्रान्तिले प्रजातन्त्र मात्र ल्याएन, नेपाली राष्ट्रियताको जग पनि बसायो।




सन् १८१६ को सुगौली सन्धिपछि नेपालको एक अखण्ड भूभागको निर्माण भयो। यसले एउटा निश्चित राजनीतिक मानचित्रको निर्माण गर्‍यो। त्यसअघि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा एउटा निश्चित भूखण्डको मानचित्र कोरिएको थियो। भनौं, एउटा राष्ट्रको निर्माण भयो। राष्ट्ररूपी मन्दिरको स्वरूप पायो तर प्राण प्रतिष्ठा गरिएको थिएन। ००७ सालको जनक्रान्तिले राष्ट्रियतारूपी प्राण प्रतिष्ठा गयो। एउटा आफ्नै निश्चित भूगोल बन्यो। तर पूर्ण राष्ट्र बन्न सकेको थिएन। त्यस जनक्रान्तिले समग्र नेपालका हिमाल, पहाड र तराईका बासिन्दा जुरुक्क उठी एउटै नेपाली राष्ट्रियताको वेगमा सँगै बढे।

यसरी वि.सं. १८२५ मा आधुनिक नेपाल राष्ट्रको निर्माण भएपछि ००७ सालमा एकैपल्ट राष्ट्रियता उर्लियो। त्यही राष्ट्रियताको लहरले जनक्रान्ति सफल भई मुलुकमा प्रजातन्त्र आयो। जनक्रान्तिलाई दरबारमा कैद भएका राजा त्रिभुवनको पनि समर्थन प्राप्त भयो। शताब्दियौँदेखिको राणाको कैदमा बसेका राजालाई कैदबाट बाहिर निस्कन अन्तः कारणबाट प्रेरणा जाग्यो। फलस्वरूप राजा त्रिभुवन गोप्य रूपले काठमाडौंस्थित भारतीय राजदूतावासमा गएर शरण लिए। त्यसपछि दिल्लीबाट आएका विशेष सैनिक विमानले राजा त्रिभुवनलाई लगे।

यता नेपाली कांग्रेसले ००७ कात्तिक २६ गतेदेखि सशस्त्र क्रान्तिको सुरुवात ग¥यो। वीरगन्ज, विराटनगर, जनकपुर राजविराजदेखि पश्चिम भैरहवा, नेपालगन्ज, धनगढी, कञ्चनपुरसम्म मुक्ति सेनाले आक्रमण गरी कब्जा गरे। नेपालमा सशस्त्र क्रान्ति सुरु भएपछि राणाहरू त्रसित भई यसलाई रोक्न प्रयास गर्नतिर लागे। यसका लागि राणा सरकारका दुई प्रतिनिधि केशरशमशेर र नरेन्द्रमणि आ.दी. दिल्ली पुगी भारत सरकारसित वार्ता गरे।

उनीहरूले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, गृहमन्त्री सरदार बल्लभभाइ पटेल तथा अन्य अधिकारीसित भेटी चाँडै सुधार गर्ने, जनप्रतिनिधिलाई सरकारमा सामिल गराउने तथा राजा ज्ञानेन्द्रलाई राजा मान्ने भनी तीन सूत्रीय प्रस्ताव राखे। तर भारतले ती प्रस्ताव मान्नुको सट्टा पाँचसूत्रीय प्रस्ताव पठायो। प्रस्तावमा ‘बालिग मताधिकार आधारमा निर्वाचन गरी एक वैधानिकसभा गठन गरी सोमार्फत नेपालको नयाँ संविधान बनाउने, राणा र कांग्रेसको संयुक्त सरकार गठन गर्ने, त्रिभुवनलाई नै राजा मान्ने, सबै राजनीतिक बन्दीलाई मुक्त गर्ने तथा राजनीतिक संगठन बनाउने अधिकार प्रदान गर्ने’ उल्लेख थियो।

भारत सरकारको प्रस्ताव अनुसार नै प्रधानमन्त्री मोहनशमशेरले भारदारीसभा बोलाएर पारित गराए। उता २००७ फागुन १ गते भारत सरकारको मध्यस्थमा राजा त्रिभुवन, राणा प्रतिनिधि र नेपाली कांग्रेसबीच अन्तिम वार्ता भई एउटा सम्झौता भयो, जसलाई दिल्ली सम्झौता भनिन्छ। सम्झौताअनुसार, अन्तिम सरकार गठन गर्ने र त्यसमा राणातर्फबाट पाँच र कांग्रेसबाट पाँच मन्त्री रहने, त्रिभुवनलाई राजा मान्ने र मोहनशमशेरलाई अन्तरिम सरकारका प्रधानमन्त्री मान्ने भनी सबै पक्षले स्वीकार गरे।

त्यसपछि राजा त्रिभुवनसहित सबै नेपाल फर्के। फागुन ७ गते श्री ५ त्रिभुवनबाट प्रजातन्त्रको घोषणा भयो। घोषणामा ‘आज हाम्रो प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएको’ भन्ने मूलसार थियो। राजाबाट गरिएको उक्त घोषणामा न ००७ सालको जनक्रान्तिबाट प्रजातन्त्र आएको उल्लेख छ न त सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। यसरी शाही घोषणा एकतर्फी थियो, राजाले खुुसी भएर प्रजातन्त्र दिएको जस्तो थियो।

त्यसपछि अन्तरिम सरकारको गठन भई अन्तरिम शासन विधान पनि बनाइयो। अन्तरिम शासन विधानमा तीन वर्षभित्रै विधानसभाको चुनाव गरी त्यसमार्फत नयाँ संविधान बनाउने उल्लेख थियो। तर तोकिएको समयमा विधानसभाको चुनाव गरिएन। जबकि शाही घोषणाको मुख्य कार्यभार विधानसभाबाट गणतन्त्रात्मक विधान अनुसार नयाँ संविधानको निर्माण गर्नु थियो। तर विभिन्न बहानामा चुनाव सार्दै अन्तरिम शासन विधानमा पटकपटक संशोधन गरी आठ वर्ष लम्बाइयो।

त्यसैबीच राजा त्रिभुवनले विधान संशोधन गरी ००७ सालका जनक्रान्तिका उपलब्धि दरबार लगे। सर्वप्रथम उनले २००९ साउन ३० गते आफैँ सरकार प्रमुख बनी पाँच सदस्यीय परामर्शदातृ सरकार गठन गरे। त्यसपछि २०१० माघ ७ गते आन्तरिम शासन विधानको दफा २९ संशोधन गराई सम्पूर्ण राजकीय शक्ति र विशेषाधिकार आफूमा निहित गरे। त्यस दफालाई संशोधन गरी ‘जुनसुकै कुरा कानुनमा भए पनि वा जुनसुकै अदालतको फैसलामा जुनसुकै फैसला भए पनि नेपालको शान्ति व्यवस्था वा राम्रो शासनका लागि श्री ५ महाराजधिराजलाई कानुन बनाउने राजकीय एवं सम्पूर्ण अधिकार प्राप्त भइरहनेछ’ गराइयो।

त्यस्तै राज्यका निर्देशक सिद्धान्तहरू, जसमा जनताका मौलिक हक थिए, त्यसलाई पनि संशोधन गरी ती निर्देशक सिद्धान्तलाई नेपालको कुनै अदालतद्वारा लागू गर्न नपाइने बनाइयो। यसरी राजा त्रिभुवनले मौलिक हकमाथि नै प्रहार गरी न्यायालयलाई पनि पंगु बनाए। प्रधान न्यायालयको गठन र अधिकारसित सम्बन्धित मूल विधानको दफा ३०, ३१ र ३२ झिकियो र त्यस स्थानमा प्रधान न्यायालयको गठन अधिकार तथा कार्य कानुन बमोजिम तोकिने भनी संशोधन गरियो। यसरी राजाबाट बिस्तारै ००७ सालको क्रान्तिको उपलब्धिलाई अपहरण गरियो।

अन्तरिम विधान संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको मान्यता र सिद्धान्तमा आधारित थियो। तर, राजा त्रिभुवन यसविपरीत क्रियाकलाप गरी संविधानभित्र नबसी बाहिर गई निरंकुश बने। उनको निधनपछि महेन्द्र राजा भए। उनले पनि अन्तरिम विधानमा पटकपटक आफूअनुकूल संशोधन गरे। विधानसभाको चुनाव सार्दै गए।

राजा महेन्द्रबाट २०१४ असोज पूर्णिमाका दिनदेखि आमचुनाव सुरु गर्ने घोषणा भयो। घोषणा अनुसार आमनिर्वाचन विधानसभा वा संसद्का लागि हुने हो भन्ने स्पष्ट नभई विवादास्पद बन्यो। यो विवाद त्यस बेला झन् बढ्यो, जब तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले ‘नेपालमा हुने आगामी चुनाव संविधानसभा वा संसद्कै लागि हुने हो, त्यो कुरा निर्णय भएको छैन’ भनी भने।

प्रधानमन्त्री आचार्यको उक्त कुरा असंवैधानिक र आपत्तिजनक मान्दै नेपाली कांग्रेसका नेता बिपी कोइरालाले राजा त्रिभुवनबाट गरिएको शाही घोषणा अनुरूप देशको संविधान तर्जुमा गर्नेबारे त्यस घोषणाका प्रतिकूल काम गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भनी प्रधानमन्त्री, नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा २०१३ असार १४ गते मुद्दा दायर गरे।

सो मुद्दा २०१३ साउन १८ गते फैसला गर्दै नागरिकका हैसियतले आफ्नो स्वतन्त्र विचार राख्ने पाउने अधिकार अन्य नागरिकसरह नेपाल नागरिक अधिकार ऐन, २०१३ को दफा ६ को उपदफा १ मुताबिक प्रधानमन्त्रीको छ, प्रधानमन्त्री भएपछि कसैले उपरोक्त ऐनको अधिकार प्रयोग गर्न नपाउने कुनै कानुन छैन, कानुनले गर्नुपर्ने कर लागेको काम गर्दिनँ भनी जवाफ दिएकामा परमादेश रिट जारी गर्न मिल्ने हो तर प्रस्तुत मामिलामा सो बमोजिम भए गरेको नदेखिनाले समेत कुनै रिट जारी गर्न मिल्ने यो उजुरी नदेखिएकाले सो निवेदनपत्रबाट केही कारबाही गर्ननपर्ने गरी खारेज हुने ठर्हछ।

यसरी शाही घोषणाबाट प्रदत्त संविधानसभाको चुनावलाई सर्वोच्च अदालतबाट पनि खारेज गरी दिएकाले कुनै विकल्प नदेखी राजा महेन्द्रबाट घोषणा गरिएको संसद्को चुनावलाई सबै दलहरूले इच्छा नहुँदानहुँदै मान्न बाध्य भए। २०१५ फागुन ७ गतेदेखि भएको संसद्को चुनावमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याई प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो।

राजालाई नेपाली कांग्रेसले बहुमत ल्याउन सक्दैन भनी विश्वास थियो। तर यसको विपरीत दुईतिहाइ मतले जिती सरकार गठन गरे। राजालाई मनपरेको थिएन। तापनि कांग्रेसको सरकारले प्रगतिशील काम ग¥यो। बिर्ता उन्मूलन, वनजंगलको राष्ट्रियकरण, भूमिसुधार कार्यक्रम, सहकारी ऐन जस्ता समाजवादी कार्यक्रम ल्याइएको थियो।

१८ महिना राम्रो गतिशील र प्रगतिशील रूपमा चल्दै गरेको सरकारलाई बिनाकुनै कसुर राजा महेन्द्रले धारा ५५ लगाई सरकारलाई अपदस्थ गरे। साथै संसदीय प्रजातन्त्र नै खारेज गरी निर्दलीय पञ्चायती व्यवस्था लादे। यसरी राजा त्रिभुवनदेखि महेन्द्रसम्मले सम्पूर्ण शक्ति आफूमा निहित गरे। कुनै पनि राजा संवैधानिक राजतन्त्रभित्र बस्न चाहेनन्। संविधानलाई मिच्दै गए। अन्त्यमा २०६३ सालमा दोस्रो जनआन्दोलनबाट नेपाली जनताले निरंकुश राजतन्त्रलाई फाली मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए।

(लेखक अधिवक्ता हुन्।)
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २२ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस